रुस र उत्तर कोरियाबीच रणनीतिक साझेदारी सम्झौता
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई उत्तर कोरियाको राजधानी प्योंगयांगमा भव्य स्वागत गरिएको छ। २४ वर्षपछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेका हुन्। बिहानको ३ बजे प्योंगयांगमा विमानस्थलमा उत्तर कोरियाली नेता किम जोङ्ग उनले उनलाई स्वागत गरेका थिए। त्यस्तै औपचारिक स्वागत समारोहका लागि पुटिन प्योंगयांगमा पुग्दा सडकका दुवै किनारामा पंक्तिबद्ध उत्तर कोरियाली नागरिकहरुले कोरियाली झण्डा र फूलका गुच्छाहरु र स्वागत प्लेकार्डहरुले स्वागत गरेका थिए। प्योंगयांगको किम इल सुंग स्क्वायरमा भएको स्वागत समारोहमा उत्तर कोरियाली नेता किम जोङ्ग उन र राष्ट्रपति पुटिनले भाग लिएका थिए।
प्योंगयांग शिखर सम्मेलनको क्रममा पुटिन र किमले बृहत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्। जस अनुसार यी दुई देश मध्ये कसै माथि बाह्य आक्रमण भएमा एक अर्कोलाई सहयोग गर्ने कुरा समावेश छ। रुसले कोरियालाई सैन्य र सामारिक क्षेत्रमा पनि सहयोग गर्नेछ। त्यस्तै यी दुई देश बीच व्यापार, उद्योग, शिक्षा, संचार, स्वास्थ्य जस्ता क्षेत्रहरुमा पनि सहकार्य बढ्नेछ।
भ्रमणको क्रममा सोम्बोधन गर्दै राष्ट्रपति पुटिनका अनुसार रुस र उत्तर कोरियाले स्वतन्त्र विदेश नीति अख्तियार गरेको छ र कसैको डर धम्कीले यसलाई बदल्न सक्दैन। मस्कोले प्योंगयांग संग सैन्य-प्रावधिक सहकार्यको संभवाना लाई इन्कार गर्दैन।
त्यस्तै उनले पश्चिमले आफ्नो बर्चस्व कायम राख्न नाकाबन्दीलाई औजारको रुपमा प्रयोग गरेकोमा भर्त्सना गरेका छन्। पुटिनले उत्तर कोरिया माथि अमेरिकी योजनामा राष्ट्रसंघले लागु गरिएका प्रतिबन्धहरु माथि पुनरावलोकन गरिनुपर्ने बताएका छन्। उत्तर कोरियाली नेता किम जोङ्ग उनका अनुसार उत्तर कोरिया र रुस बीच भएको सहमति शान्तिपूर्ण र रक्षात्मक प्रकृतिको रहको र यसले नयाँ बहुध्रुवीय विश्वव्यवस्था निर्माणलाई तिब्रता दिनेछ। यसमा सैन्य क्षेत्रसहित देशहरु बीच सहकार्यको विकास पनि सामिल छ। किमका अनुसार प्योंगयांगका लागि मस्को सबै भन्दा इमान्दार मित्र र सहयोगी हो र राष्ट्रपति पुटिन कोरियाली जनताका प्रिय मित्र हुन्।
बहुध्रुवीय विश्व अब केवल एउटा सिद्धान्त होइन वास्तविकता
इरान भन्छ: अमेरिकाले मानव अधिकार हनन गर्यो, ७ दिने योजना स्वीकारे हर्मुज खु…
इरान भन्छ: अमेरिकाले मानव अधिकार हनन गर्यो, ७ दिने योजना स्वीकारे होर्मुज ज…
‘परमाणु हतियार इजरायलसँग, निरीक्षक इरानमा’ पेजेश्कियानको गम्भीर प्रश्न
रुसमा पुटिन झनै बलियो बन्दै !
मानचित्रको युद्ध: असमान पृथ्वीमाथि समान पृथ्वीको विजय
लाल सागरको तटमा हुथी नियन्त्रण र भूराजनीतिक प्रभाव
प्रतिक्रिया