चाकरी

एकजना गरीब थियो । ऊ जतिसुकै दुःख झेल्नु परे पनि धनीमानी साहुको चाकरी गर्दैनथियो ।

एक पटक एकजना धनवान् उसलाई सोध्यो, “म यति धनवान् छु तर पनि तँ मेरो चाकरी गदैनस् किन हँ ?”

चाकरी गरेका भरमा तिमीले तिम्रो धन कसैलाई दिने हैन क्यार ! म बेकारमा तिम्रो  चाकरी किन गरुँ ?” गरीबले भन्यो ।

“ए त्यसो पो ! यदि मैले मेरो धनको २० प्रतिशत तँलाई दिएँ, भने तँ मेरो चाकरी गर्छस् त ?”

“अहँ गर्दिनँ । त्यसो गर्दा म आफूलाई अन्यायको शिकार भएको ठान्नेछु । तिम्रो चाकरी गर्ने त कुरै छैन ।”

“यदि मैले मेरो सम्पत्तिको आधा हिस्सा तँलाई दिए भने नि !”

“त्यति बेला पनि म तिम्रो चाकरी गर्दिनँ । आधा सम्पत्ति दियौ भने मेरो औकात पनि तिम्रो बराबर हुन्छ । त्यो अवस्थामा म तिम्रो चाकरी किन गर्छु हँ ?”

यदि मैले मेरो भएभरको सबै सम्पत्ति तँलाई दिएँ भने त चाकरी गर्लास् नि हैन ?”

“अहँ गर्दिनँ । त्यतिबेला त म आफैं धनवान् बन्नेछु । धनवान् बनेपछि त झन् तिमीजस्ताको चाकरी गर्नुपर्ने जरुरत नै पर्दैन ।”

गरीबले आफ्नो अगाडि यसरी ठाडठाडै चाकरीका विरोधमा कुरा राखेको सुनेर धनवान् छक्कै पर्‍यो । उसले सोच्यो, स्वाभिमानी र हिम्मतदार छ भने जतिसुकै गरीब भए पनि त्यससित टक्कर लिनु गाह्रो कुरा हो । यस्ता मान्छेले कल्पना र सपनामा पनि कहिल्यै हार्न जानेका हुँदैनन्, चाकरीको त कुरै छोडौं ।

प्रस्तुति: शारदारमण नेपाल