आठ पापको गाग्रो

एकपटक कवि कालिदास हाट बजार (खास दिनमा मात्र खुल्ने बजार)मा घुम्न गए । त्यहाँ उनले एउटी महिला एउटा माटोको गाग्रो र एउटा कचौरा लिएर ग्राहकको प्रतिक्षा गरिरहेको देखे । ती महिलाले के बेचिरहेकी छिन् भनेर कविको मनमा कौतुहलता उत्पन्न भयो । उनले ती महिलाको छेउमा गएर सोधे– “बहिनी तिमी के बेचिरहेकी छ्यौ ?” ती महिलाले सहज भावमा जवाफ दिइन्– “म पाप बेच्दैछु । म यहाँ आउने मानिसहरुलाई मसँग पाप छ, इच्छा भए किन भन्छु, अनि उनीहरु खुशी हुँदै यो पाप खरिद गर्दछन् ।”

ती महिलाको जवाफ सुनेर कवि कालिदास रनभुल्लमा परे र सोधे– “गाग्रोमा पनि के पाप हुन्छ र ?”

ती महिलाले जवाफ दिइन्– “हुन्छ, महाशय ! हुन्छ ! मेरो यो गाग्रो आठ वटा पापले भरिएको छ । ती हुन्– बुद्धिनाश, पागलपन, लडाइँ, झगडा, बेहोशी, विवेकको नाश, सद्गुणको अन्त्यष्ठि, सुखको अन्त्य ।” यो सुनेर कवि कालिदास झन् छक्क परे र सोधे– “बहिनी, यति कुरा भनिदेऊ, तिम्रो गाग्रोमा आखिर के छ हँ ?”

अनि ती महिलाले भनिन्– “रक्सी, हो रक्सी, यो नै सबै पापको जननी हो । जसले रक्सी खान्छ, ऊ यो आठ पापको शिकार हुन्छ ।”