अनारको दाना

उनको सात वर्षे भानिज आएर लटरम्म फलेका अनार देखेर खुशी भएको उनले झलझल्ति सम्झिन पुगिन् । ऊ हस्याङ-फस्याङ गर्दै बोट चढेको थियो ।

उस रात अनारका बोटका भए भरका पात झरेका थिए । भुईंमा पातहरु कस्तो मजाले कुडुल्को परेका थिए । किमिको बिहान उठेर यसो हेर्छ त बोटका पात खत्र्याक-खुत्रुक झरेर निमिट्यान्न भएको देखेर तिनचित्त पर्दछ । ल, पातहरु यताउता असरल्ल छरिएकै छैनन्, ऊ चकित पर्छ । उनले त सोचेकी थिइन् कि बेलुकाको हुरी बतासले बित्याँस गरेको होला ।

एउटा रुखको ठीक पछिल्तिर हलक्क हुर्केको अनारको बोट थियो ।

‘झटपट्ट आएर हेर्नु त यसको के हविगत भयो !’ उनले आमालाई बोलाउँदै भनिन् ।

'ए, मैले त बिर्सेछु !' आमाले एकसरो रुखलाई नजर लगाइन् र  भान्सा कोठातिर छिरिन् ।

तिनको निर्जनता देखेर किमिको भने शोकमग्न हुन पुगिन् । करेसाको अनारको बोट पनि उदास र वेवारिसे झैं लाग्दथ्यो ।

त्यस्तै दुई हप्ता अघिको कुरा हो, उनको सात वर्षे भानिज आएर लटरम्म फलेका अनार देखेर खुशी भएको उनले झलझल्ति सम्झिन पुगिन् । ऊ हस्याङ-फस्याङ गर्दै बोट चढेको थियो । त्यसबेला किमिकोले भरपुर जीवनको मजा लिएको अनुभव गरेकी थिइन् ।

'अलिक माथि झन ठूलो दाना छ,' बरण्डाबाट उनले कराउँदै इसारा गरेकी थिइन् ।

'त्यसलाई पनि टिप्ने हो भने म कसरी ओर्लनु नि !'

उसले सही कुरा गरेको हो । दुवै हातमा अनारको दाना बोकेर बोटबाट तल ओर्लनु सजिलो पनि त हुँदैन । किमिको मुस्कुराइन् । केटोलाई मान्नु पर्छ । उनको घर नआउन्जेल केटोलाई अनारको बारे थाहा पत्तै  थिएन । हिजो आज ती दुवैले त्यसलाई बिर्सि पनि सकेका छन् ।

उतिबेला अनारका दाना हरिया पातमा लुकेका हुन्थे । अहिले भने खुला आकासमा तुर्लुङ्ग झुण्डिएको छ ।

त्यस फलमा दम थियो र त्यसरी नै भुईंमा कुडुल्को लागेका पातमा पनि दम थियो । किमिको टाँगो लिएर गइन् र अनारको दाना झारिन् । गज्जबले पाकेको र बिचमा प्याट्ट फिटेर खिसिक्क हाँसेको । बरण्डामा त्यसलाई यसो के राखेकी थिइन् घामका किरणमा ती त धपक्क बल्न पो थाले !

अनायास उनको मन अमिलो भएर आयो ।

माथिल्लो तलामा बसेर उनी सानोतिनो सिलाइको काम गर्दै थिइन्, तल केइचिले कराएको आवाज उनको कानमा पुग्यो । ढोका त खुलै थियो, सायद बगैंचामा चक्कर लगाउन आएको होला । तर तलबाट आएको आवाज भने आतेसबाजीमा आएको जस्तो लाग्थ्यो । 'किमिको, ए किमिको !' उनकी आमाले कराउँदै बोलाइन् । 'हेर त, किमिची नानी आएका छन्  ।'

किमिकोले सियोमा धागो उन्नै छोडेर त्यसलाई सियो धागो राख्ने बट्टामा कोचकाच पारिन् ।

केइमिची लडाइँमा जानेवाला थियो । 'तर बिना निम्तो हामी कसरी भेट्न आउनु र ?! र तिमी आएनौ पनि । तर आज भए पनि तिमी आएर ठूलो काम गर्यौ ।'

आमाले केइमिचीलाई किमिको कति प्रतीक्षारत थिई  भनेर पोल खोली दिइन्, 'बिचरी किमिको भन्दै थिई, नानी उता जानू अघि उसलाई  भेट्ने ठूलो धोको छ ।' केइमिची लडाइँमा जानेवाला थियो । 'तर बिना निम्तो हामी कसरी भेट्न आउनु र ?! र तिमी आएनौ पनि । तर आज भए पनि तिमी आएर ठूलो काम गर्यौ ।' उनले भान्सा गरेर जान भनिन् । तर ऊ हतारमा थियो ।

'उसो भए, एउता अनार खाएर त जाउँ ! यो हाम्रै बारीमा फलेको हो ।' उनले किमिकोलाई फेरि बोलाइन् ।

उसका आँखै हेरेर भन्न सकिन्थ्यो कि ऊ किमिकोलाई भेट्न आतुर थियो । ऊ स्वागत गर्न  के लम्केको थियो किमिको भर्याङमा टक्क रोकिइन् ।

उसका आँखामा एक किसिमको आत्मीय भाव झल्किन्थ्यो । कसो कसो उसको हातबाट अनारको दाना फ्यात्त भुईंमा झर्यो । तिनले एक अर्कामा आँखा जुधाजुध गरे र मुसुक्क मुस्कुराए । जब आफू मुस्कुराएको उनले सम्झिइन्, उनी लाजले भुतुक्कै भइन् । केइची बरण्डाबाट उठेर बाहिर निस्कन ताउरमाउर गर्यो ।

'आफ्नो बारेमा राम्रो ख्याल गर नि किमिको !'

'तपाईंले पनि आफ्नो ख्याल गर्नु होला नि !'

किमिकोसंग बिदाई माग्दै केइचीले आफ्नो बाटो ततायो ।

उ गेट न पुगुन्जेल सम्म किमिकोले उसलाई एक टकले निहारी रहिन् ।

'बिचरा केइची सारै हतारमा थियो ।' उनकी आमाले भनिन् ।

ऊ अनारको दाना खोल्न मात्रै के लागेको थियो अनायास् उसका आँखा रसाए र  नजानिँदो ढंगले उसले त्यसलाई भुईँमा खसाली दियो ।

'यो अनारको दाना पनि कति राम्रो, देख्दै खाउँ खाउँ लाग्ने !'

केइचीले त्यसलाई बरण्डा यसै छोडेर गएको ।

ऊ अनारको दाना खोल्न मात्रै के लागेको थियो अनायास् उसका आँखा रसाए र  नजानिँदो ढंगले उसले त्यसलाई भुईँमा खसाली दियो । दुई फ्याँक नै त भएन तर फुटेर भित्रका  केही दाना भने यत्र तत्र छरिए ।

केमिको आमाले त्यस अनारलाई टिपिन् र राम्रोसंग धोईपखाली गरेर छोरीलाई दिईन् ।

अनकनाउँदै किमिकोले हात झिकिन् र फेरि लजाउँदै हात थापिन्  ।

केइचीले एक छेउबाट केही दाना लिए जस्तो गरिन् । आमाले यो सब निहारी राखेको देखेर केइचीले न खाई दिनु चाहिँ जाति  न होला भन्ने ठानिन् । केही दाना हातमा लिएर बेफिक्रिसंग खाई दिइन् । मुख भने तुमतिम्याइलो बनाइन् । उनमा एक किसिमको मिश्रित भावना सञ्चार भयो, उदासीपन र सुखानुभुतिको ककटेल । मानौं त्यस भावनाले भित्र-भित्रै  भेदन गरेको छ ।

मन नलागी नलागी उनकी आमा जुरुक्क उठिन् ।

किमिको ऐनाको छेउमा गएर थचक्क बसिन् । 'तिमी मेरो कपालमा एकसरो नजर लगाई हेर त ! मैले बिना कोरीबाटी केइचीलाई बिदावारी गरें ।'

किमिको काइयाँले कपाल सर सर कोरेको आवाज सजिलै सुन्न सक्थिन् ।

'तिमी मेरो कपालमा एकसरो नजर लगाई हेर त ! मैले बिना कोरीबाटी केइचीलाई बिदावारी गरें ।'

'तिम्रो बुवाको देहान्त भएपछि,' उनकी आमा मलिनो स्वरमा भन्दै गइन्, 'म कोरीबाटी गर्न नै डराउन थालें ।  जब म कोरीबाटी गर्थें त्यतिखेर म के गर्दैछु त्यो सब कहिले बिर्सी सकेको हुन्थें । जब म चेतमा आउथें, लाग्थ्यो तिम्रो बुवा छेवैमा बसेर यसले कहिले कोरीबाटी सिध्याउली भनेर कुरिरहेका छन् ।'

किमिकोले आफ्नी आमाको आनीबानी सम्झिइन्, आफ्ना पतिले छोडेको जुठोपुरो सिनित्त पारेर खाइदिन्थिन् ।

कटक्क उनको मन काट्यो, एउटा यस्तो सुखानुभूति जसले उनलाई रुउँ रुउँ लाग्ने बनाउथ्यो ।

सायद उनकी आमाले  अनारको दाना त्यसै फ्याँकी दिनुभन्दा उनलाई दिनु जाति भनेर दिएकी हुन् । त्यति मात्रै कारण हो । कुनै पनि चीजलाई खेर फाल्नु हुन्न भन्ने उनको बानी नै हो । भित्र-भित्रै उनी  खुशी त थिइनन् तर आफ्नी आमका सामुन्ने भने लजाइन् । उनी के सोच्न पुगिन् भने किमिकोले जतिसुकै समय लगाए पनि त्यतिन्जेलसम्म कुर्न सक्छु भन्ने बारेमा आफू सचेत भइदिएको भए सायद उसको बिदाइ अझ राम्रो हुने थियो । उनले आफ्नी आमालाई पुलुक्क हेरिन् । घामको किरण ढोकाको बगल रहेको खबर कागजमा पोखिएको थियो । त्यसैको पछिल्तिर ऐनाको सामुन्ने उनी घोरिएर बसेकी थिइन् ।

किमिको कसो-कसो अनार खान भने धकधकाई रहेकी थिइन्   ।

*यासुनारी कावाबाता (१८८९-१९७२)। विख्यात जापानी साहित्यकार । साहित्यमा उनले सन् १९६८मा नोवेल पुरस्कार पाए । यो पुरस्कार पाउने उनी पहिलो जापानी हुन् । उनी मुलत: उपन्यासकार हुन् ।उनका प्रसिद्ध औपन्यासिक कृति हुन्: हिम देश (नेपालीमा पनि अनुवाद भई सकेको छ) सहश्र सारस र पहाडी आवाज । उनले माथिको कथा जस्तै अन्य कयौं लघुकथा पनि लेखेका छन् । उनको लेखाइको अन्तरवस्तु, ढाँचा र शिल्प पक्ष लोभलाग्दो र उच्चकोटीको छ । ससाना घटनामा पनि मानवीय संवेदनाका गम्भीर पक्ष उद्घाटन गर्छन् उनी । प्रस्तुत कथाले यसको गवाही दिन्छ, युद्धले ल्याउने मानवीय, सामाजिक सम्बन्ध माथिको ज्यादति । प्रस्तुत कथा दोश्रो विश्वयुद्धको लगत्तै सन १९४५ मा लेखिएको हो । कारुणिक घटना । कस्तो कलात्मक अभिव्यक्ति ! ( अनुवादकको टिप्पणी)