धर्सो

हिमालयको आँखाबाट झरेको आँशु
विशाल समुन्द्र भएको देख्दा
हिमालय के सोच्दो हो
म गमीरहन्छु।

पहरामा पछारिदै बग्दै गरेको नदी
आफू विशाल समुन्द्र बनेको देख्दा
के सोच्दो हो
म गमीरहन्छु।

एक गेडी बिउ टुटदै फुटदै
आफू विशाल वृक्ष बनेको देख्दा
के सोच्दो हो
म गमीरहन्छु।
  
विशाल सूर्य 
आफू धर्सो भएर
धर्तीभरी उज्यालो  छरीरहदा
के सोच्दो हो
म गमीरहन्छु।