ब्रिक्स प्लसले नयाँ आर्थिक प्रणाली सुरु गर्ने सम्भावना कति ?

‘ग्लोबल साउथ’का धेरै मुलुकहरू अहिले बहुध्रुवीय विश्वको नेतृत्वकर्ताका रूपमा उदाएको ब्रिक्समा सामेल हुने तयारीमा छन्। ब्रिक्सले वाचा गरेको प्रभुत्ववादबाट मुक्त भविष्यप्रति आश्वस्त भएर उनीहरू यसमा सामेल हुन लाइन लागेका हुन्‌।

इन्डोनेसिया र नाइजेरिया ब्रिक्समा सामेल हुन सक्ने उम्मेदवारहरूको शीर्ष स्थानमा रहेका मुलुकहरू हुन्। पाकिस्तान र भियतनाममा पनि यही कुरा लागू हुन्छ। उता मेक्सिको पनि यसमा सामेल हुन आतुर छ, तर धेरै जटिल बन्धनमा छ।

तर, अहिलेसम्म मेक्सिकोलाई नियन्त्रणमा राख्दै आएको ‘हेगेमोन’ अमेरिकाको सम्भावित क्रोधलाई कसरी सामना गर्ने भन्ने चिन्तामा मेक्सिको छ। यी मुलुक बाहेकका लाइनमा अर्को नयाँ उम्मेदवार पनि छ: यमन। जसलाई रूस, चीन र इरानबाट प्रशस्त समर्थन छ।

मस्कोमा भर्खरै भएको बहुध्रुवीय सम्मेलनको क्रममा निजी भेटमा त्यहाँका विदेश मन्त्री सर्गेई लाभरोभले आफ्ना समकक्षीहरू चीनका वाङ यी र भारतका एस जयशंकरलाई विशेष जोड दिएर ब्रिक्सको प्रभावकारी विस्तारको सम्बन्धमा कुरा गरेको समचारहरू सार्वजनिक भएका थिए।

हालै रूसी राष्ट्रपतिको निर्वाचनपछि फेरी पुटिनले अर्को कार्यकाल सुरु गरेका छन्। यसको भू-राजनीतिका मात्र होइन, भू-अर्थशास्त्रीय महत्त्व पनि छ। अब तीन महिनापछि जुनमा एउटा महत्त्वपूर्ण मन्त्रीस्तरीय बैठक हुँदैछ भने चार महिना पछि काजान शिखर सम्मेलनको लागि विस्तृत मार्गचित्र तयार गर्नुपर्नेछ।

गत हप्ता क्रेमलिनका शीर्ष सल्लाहकार युरी उशाकोभले घोषणा गरे कि ब्रिक्सले डिजिटल मुद्रा र ब्लकचेनमा आधारित स्वतन्त्र भुक्तानी प्रणाली स्थापना गर्न काम गर्नेछ। उशाकोभले विशेष रूपमा "डिजिटल टेक्नोलोजी र ब्लकचेन” जस्ता अत्याधुनिक उपकरणहरूमा जोड दिएका छन्।

उशाकोभको घोषणासँग जोडिएको विषय यो हो कि सन् २०२४ मा नै अन्तर्राष्ट्रिय मौद्रिक / वित्तीय प्रणालीमा ब्रिक्सको भूमिका बढाउने यो सार्वजनिक घोषणा हो।

उशाकोभले सन् २०२३ को जोहानेसबर्ग घोषणामा कसरी ब्रिक्स राष्ट्र प्रमुखहरूले राष्ट्रिय मुद्रामा व्यापार बढाउने र आपसी बैंकिङ सञ्जालहरूलाई सुदृढ पार्ने कुरामा ध्यान केन्द्रित गरेको स्मरण गरे। यसको लक्ष्य आकस्मिक रिजर्भ व्यवस्थाको विकास गर्ने र मुख्य रूपमा अमेरिकी डलर भन्दा फरक मुद्राहरूको प्रयोगको विधि खोज्नु रहेको थियो।

माथिका सबै सन्दर्भले रूस–चीन साझेदारीका सम्बन्धमा मस्कोमा हाल छलफल भइरहेको मुख्य मुद्दालाई दर्साउँछ। जसले ब्रिक्स-१० राष्ट्रहरू बिचको अमेरिकी डलरको वैकल्पिक भुक्तानी सम्झौतालाई मूर्त रूप दिनु रहेको छ।

र्‍याबकोभका अनुसार ब्रिक्सले वित्तीय र मौद्रिक गठबन्धन बनाउनु हुँदैन। तिनीहरूले भुक्तान र सेटलमेन्ट प्रणालीहरू मात्र सिर्जना गर्नुपर्छ, जुन हालका नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा निर्भर हुँदैन।

अब ब्रिक्सले पश्चिमा राष्ट्रहरूले कब्जामा लिइएको रूसको सम्पत्तिलाई उनीहरूले गरेको सामूहिक चोरी भन्दै पश्चिमसँग नयाँ भू-अर्थशास्त्र प्रतिमानको रूपरेखा पेश गर्ने सम्भावना छ। रूसको विरुद्धमा अमेरिका र ईयूको रवैया त्यस्तो चीज हो जसले आफैंमा वर्तमान विश्वव्यापी वित्तीय प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पार्ने सम्भावना बोकेको छ।

पश्चिमाको यस्तो कदमले कानुनी शासनको अवधारणालाई पूर्णतया ध्वस्त पार्नेछ। जसले सैद्धान्तिक रूपमा विश्वव्यापी नयाँ वित्तीय प्रणालीको विकासलाई बलियो बनाउँछ ।

https://www.chinadailyhk.com