केही अद्भूत कुराहरु, जसले मानिसलाई शक्तिशाली बनायो !

मानिस आफूले गरेका खोज र आविस्कारहरुले गर्दा एउटा साधारण जीवबाट शक्तिशाली बन्यो। मानिसले यो यात्राका क्रममा गरेको केही महत्वपुर्ण खोज र आविस्कारहरु जसले उसलाई महाबली बनायो !

आगो

मानिसले करिब १० देखि १५ लाख वर्ष अगाडि आगोमा खाना पाकाएर खाएको प्रमाण भेटिन्छ। यस बाट थाहा हुन्छ कि आगोलाई नियन्त्रण गर्न मानिसले सिकिसकेको थियो। मानव सभ्यतामा यो खोजको महत्व सर्वाधिक रहेको छ।

पाङ्ग्रा

करिब ३५०० ईसा पुर्व पाङ्ग्राको आविस्कार गरे यता मानवको विकाश यात्रा यहि पाङ्ग्रा माथि सवार छ। यो क्रममा पाङ्ग्राले काठको गोलो टुक्रा हुदै आधुनिक स्वरुप लिदै गैरहेको छ।

कम्पास

मानिसलाई शक्तिशाली बनाउनमा उसका यात्राहरुको अहम भूमिका रहेको छ। यसमा बाटो पहिलाउन मद्दतको लागि कंपासको आविस्कार त्यतिनै महत्वपुर्ण रहेको थियो। ९ औ र ११ औ शताब्दीको बिचमा यसको आविस्कार चीनमा भएको थियो।

अबेकस

आधुनिक गणितका महत्वपूर्ण सूत्रहरुको आधार अबेकसको सरल ढाँचामै रहेको छ। इतिहासमा पहिलो पटक यसको चर्चा २७००-२३०० ईसा पूर्व मेसोपोटामियामा भेटिन्छ।

प्रिन्टिंग प्रेस

छापाखानाको आविस्कार पनि मानव इतिहासमा एउटा महत्त्वपूर्ण घटना हो। यसको आविस्कार पहिलो पटक चीनमा १२ औ शताब्दीमा सोङ्ग राजबंशको पालामा भएको थियो। पछि जर्मनीमा योहनास गुटनवर्गले १४४० यसलाई परिष्कृत रुपमा बनाए।

बल्ब

बिजुलीको चिमको आविस्कारले शक्तिशाली बन्दै गइरहेको मानिसको यात्रामा नयाँ उज्यालो छरिदियो। १८७९ मा थोमस अल्वा एडिसनले कार्वन फिलामेन्ट वाला बल्बसंगै उज्यालो उत्पन्न गर्ने प्रणाली बनाए।

इन्जिन

१७१७ मा थोमस न्युकम्यानले पिस्टनलाई प्रयोग गरेको बनाएको एटमोस्फेरिक इन्जिन पहिलो वास्प इन्जिन थियो। त्यस पछि १७८१ मा जेम्स वाटले १० हर्स पावरको इन्जिन बनाए जसले लगातार काम गर्न सक्थियो।

टेलिफोन

१८७६ मा एलेक्जेन्डर ग्राहम बेलले अमेरिकामा पहिलो पटक यस्तो मेसिनको पेटेन्ट गराए जसले मानिसको आवाजलाई टाडा टाडा सम्म पुर्‍याउन सक्थ्यो। यही प्रविधिको थप विकास भएर आजको मोबाइल फोनसम्म आइपुगेको छ।

हवाइजहाज

१९०३ मा अमेरिकामा राइट ब्रदर्स पहिलो पटक हवाइजहाज उडाउन सफल भए। त्यो बेलादेखि अहिलेसम्म यो सिलसिलामा अत्याधुनिक तिब्र गतिका हवाइजहाजहरु उडाइसकिएको छ।

कम्प्युटर

अंग्रेज मेकानिकल इन्जिनियर चार्ल्स ब्याबेजलाई कम्प्युटरको पिता मानिन्छ। १८२२ मा उनले पहिलो मेकानिकल कम्प्युटर बनाएका थिए। यस पछि कम्प्युटरको यात्रा सुपर कम्प्युटरसम्म पुगिसकेको छ।

इन्टरनेट

१९६० मा अमेरिकाको रक्षा विभागको एडभान्स रिसर्च प्रोजेक्टका लागि त्यस ‍भित्र रहेका विभिन्न एजेन्सीहरुका कम्प्युटरहरुलाई जोड्ने उद्देश्यले लरेन्स रोबेर्ट्सको नेतृत्वमा एउटा नेटवर्क बनाइएको थियो। यहीँबाट आधुनिक इन्टरनेटको सुरुवात भयो।

स्रोत: https://www.dw.com/

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।