नभेटिकनै २० वर्ष लामो प्रेम सम्बन्ध !

प्रख्यात लेबनानी-अमेरिकी लेखक खलिल जिब्रानको अर्की लेबनानी-प्यालेस्टाइनी लेखिका मे जयादाहसंग प्रेम थियो।यी दुई जना बीचको प्रेम आत्मिक प्रकारको थियो। यिनीहरुको कहिले भेट भएन।  तर यो  यी दुई बीच प्रेम सम्बन्ध चिट्ठीपत्र मार्फत करिब २० बर्ष सम्म जारी रह्यो।  खलिल जिब्रान अमेरिकाको न्युयोर्कमा बस्थे भने मे जयादाह इजिप्टको राजधानी काइरोमा बस्थिन्।

जिब्रान र मे जयादाह संसारका दुई कुनामा बसेर चिट्ठीपत्रमार्फत् आफ्ना विचार र भावनाहरु साटासाट गर्थे। भौतिक दूरीले यिनीहरुबीचको सम्बन्धमा कुनै अवरोध ल्याउन सकेको थिएन।

एउटा चिट्ठीमा जिब्रानले मे जयादाहलाई सोध्छन्- तपाईं कस्ती देखिनु हुन्छ ? अब आइन्दा चिट्ठीसंग आफ्नो फोटो पनि पठाउनु होला।

मे जयादाहले उत्तरमा लेख्छिन्- म कस्तो देखिन्छु होला, अन्दाज गर्नुहोस त ?

जिब्रानले जवाफमा लेख्छन्- मलाई लाग्छ तपाइको कपाल छोटो हुनुपर्छ। जसले तपाईंको अनुहारलाई ढाक्छ होला।

यो कुरा पढ्नेबित्तिकै मे जयादाहले आफ्नो लामो कपाल काटिन् र चिट्ठीसंगै छोटो कपाल भएको आफ्नो फोटो पठाइदिइन्।

प्रत्युत्तरमा जिब्रानले लेखे, देख्नुभयो त ! मेरो कल्पना कत्ति सत्य रहेछ!

मे जयादाहले जवाफमा लेखिन्,  प्रेम झनै साँचो थियो !

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।