जीवित रहँदासम्म पदमा टाँसिइनरहने गरियो भने मात्रै चिनियाँ वा रुसको जस्तो प्रतिक्रान्तिको घटना रोक्न सकिन्छ !

उथलपुथलले भरिएको जीवन–सङ्घर्ष: प्रचण्ड भन्छन्– त्यसबेला नेतृत्वलाई पनि मृत्यु पचाउन धेरै गाह्रो परिरहेको थियो  !

पुष्पकमल दाहाल'प्रचण्ड' – रक्तिम जनयुद्धलाई विसाएर शान्तिपूर्ण राजनीतिमा समाहित भए यता नेपाली राजनीतिको केन्द्रमा कुनै न कुनै रुपले स्थापित र चर्चित भइरहने पात्रको नाम हो । संघीय संसदमा ३२ सीट राख्ने नेकपा माओवादी पार्टीका अध्यक्ष समेत रहेका प्रचण्ड हाल संसदमा ८९ सीट रहेको नेपाली कांग्रेस लगायत अन्य ससाना दलहरुसमेतको गठबन्धनको बलमा मुलुकको प्रमुख शासकीय पद प्रधानमन्त्री समेत रहेका छन् । आज म‌ंसिर २६ गते, उनको जन्मदिन । यस सन्दर्भमा हामीले उनका विगतलाई चिहाउन र बुझ्न तथा वर्तमानको सन्दर्भमा उनलाई मूल्याङ्कन गर्न सहयोग गर्ने  यो अन्तरवार्ता प्रस्तुत गरेका छौं । यो सामग्री हामीले  मूल्याङ्कन प्रकाशन गृहद्वारा प्रकाशित तथा राजेन्द्र महर्जनबाट सम्पादित पुस्तक 'जनयुद्धका नायक'बाट लिएका हौं । –दायित्वबोध

 

प्रचण्ड जन्मिँदाको परिवेश

अहिले फर्केर हेर्दा, तपाईंको जन्म भएको बेलाको नेपालको राजनीतिक अवस्था कस्तो थियो ?

म २०११ साल जेठ २५ गते जन्मिएको थिएँ । अहिले फर्केर हेर्दा लाग्छ, त्यतिबेलाको देशभित्रको परिस्थितिमा नेपालमा जनताहरू आन्दोलनमा उत्रिएका थिए । २००७ सालवरिपरि र २०११ सालसम्म पुग्दा राजनीतिक दलहरू सक्रिय भएर राजनीतिमा लागेका थिए । तराईतिर ठूल्ठूला किसान सङ्घर्ष हुन थालेका थिए । अहिले विचार गर्दा यस्तो राजनीतिक परिस्थिति रहेको पाउँछु । देशबाहिर हेर्दा पनि एकातिर चीनमा आन्दोलन उत्कर्षतिर गएको थियो । क्रान्तिको एउटा प्रक्रियामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समाजवादी शिविरहरू मजबुत हुँदै गएको थियो । जेहोस्, त्यतिखेर क्रान्तिको लहर चलिराखेको रहेछ भन्ने ठान्छु ।

अनि तत्कालीन नेपालको सामाजिक र आर्थिक स्थितिका बारेमा यहाँको मूल्याङ्कन कस्तो छ नि ?

– त्यसबेला राजनीतिक परिवर्तनको जनताको आकाङ्क्षा र चेतना बढेको भएपनि आर्थिक रुपले नेपाल पिछडिएकै थियो । मध्ययुगीन सामन्ती उत्पादन सम्बन्ध पनि त्यस्तै, संस्कार पनि त्यस्तै रहेको र राजनीतिक रुपमा पनि ठूलठूला षड्यन्त्र भइराखेको थियो । राणाहरू हटेको तर त्यसको ठाउँ शाहले लिएको, खासै तात्त्विक अन्तर नआएको त्यो बेलाको मुख्य परिवेश थियो । आर्थिक रुपमा पनि अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक स्थितिमा खासै परिवर्तन नआएको स्थिति नै थियोजस्तो लाग्छ ।

हाम्रो परिवार एक–दुई पुस्ताअगाडि त गाउँको अलि धेरै नै धनी परिवार मानिँदोरहेछ । हजुरबुबाको बालाई गोविन्द साहु भनेर चिनिन्थ्यो । त्यसबेला घरमा जताबाट पनि पैसामात्रै आउने रे !

कास्कीमा तपाईंको परिवारको स्थिति र सामाजिक हैसियत कस्तो थियो ?

– त्यतिबेला हाम्रो परिवार गरिब किसान नै थियो भन्ने बुझ्छु, बा–आमासँग कुरा गर्दा । त्यसो त हाम्रो परिवार एक–दुई पुस्ताअगाडि त गाउँको अलि धेरै नै धनी परिवार मानिँदोरहेछ । हजुरबुबाको बालाई गोविन्द साहु भनेर चिनिन्थ्यो । त्यसबेला घरमा जताबाट पनि पैसामात्रै आउने रे ! यज्ञ गर्ने, पूजा गर्ने, चौतारा बनाएर पनि पैसा नसकिने रे ! त्यसो भएपछि उहाँले यज्ञ गरेर अञ्जुलीले उठाएर पैसा बाँड्नुहुन्थ्यो रे, त्यो पनि गनेर होइन । अहिले पनि हामी गोविन्द साहुको परिवार भनेर कास्कीको ढिकुरपोखरीमा चिनिन्छ ।

त्यो स्तरको पारिवारिक अवस्थामा कसरी गिरावट आयो नि ?

पछि धेरै बालबच्चा जन्मदै जाँदा र अंशबण्डा गर्दै जाँदा मेरो बाबुको पालासम्म आउँदा स्थिति गरिब किसानमा झर्यो । नाम लिँदा त ठूलै साहुको नामबाट चिनिने तर नातिसम्म आइपुग्दा स्थिति खस्किएर खान लाउन पनि मुस्किल पर्ने स्थिति रहेछ । त्यसरी राम्रोसँग पहाडमा गुजारा चलाउन नसकेरै मेरो बुबा पहाडबाट चितवनतिर बसाइँ सर्ने दिशामा लाग्नुभएको हो ।

हाँडाभाँडासहित बसाइँ–सराइ

अहिले हेर्दा कास्कीको त्यो परिस्थितिले तपाईंको व्यक्तित्व निर्माण गर्न केही सहयोग पुर्याएकोजस्तो लाग्छ ?

– गोविन्द साहुको विरासतले त मलाई असर गरेको मलाई अझै अनुभूति हुने गर्दैन । मेरो बुबा–आमाको जुन गरिब किसानको स्थिति थियो, त्यसले भने प्रभाव पारेको अनुभव ममा अझै छ । आफू सातवर्षको उमेरमा बसाइँ सर्नुपरेको, हाँडाभाँडा, भैंसी लिएर पैदल हिँडेर चितवन गएको सबै म सम्झन्छु । ती घटनाक्रमले चाहिँ केही न केही असर ममा पर्यो भन्ने लाग्छ । त्यहीबेलादेखि गरिबीको असर के हुन्छ भन्ने कुरा मलाई विस्तारै थाहा भएको अनुभूति मैले गरेको छु ।

चितवनमा बसाइँ सरेपछि तपाईंको परिवारको आर्थिक स्तरमा आमूल परिवर्तन आयो कि ?

कास्कीबाट चितवन गएपछि पनि सुरुमा हाम्रो स्थिति राम्रो थिएन । बाले मुस्किलले अढाइ बिघा जमिन त पाउनुभो । त्यो जमिन लिँदा पनि ऋण थियो । त्यो तिर्न बालाई धेरै वर्ष लाग्यो । त्यही ऋण र गरिबीका बीचमा म हुर्कें । त्यसले केही न केही रुपमा मेरो मनःस्थिति बन्नमा सहयोग पुर्यायो । त्यो अढाइ बिघा जमिनमा पनि सबैमा धान खेती हुँदैनथ्यो । त्यतिबेला सिँचाइको सुविधा थिएन । त्यो अलि तलको जमिन थियो, जसलाई घोल भन्ने गरिन्छ । त्यसमा त धान हुन्थ्यो । बाँकीमा मकै र हिउँदे बाली हुन्थ्यो । धान पाकिसकेपछि ऋण तिर्न बाले धान बेच्नुहुन्थ्यो । चितवनमा गएपछि पनि धानको भात खान धेरै मुस्किल भयो । कहिलेकाहीँ मात्रै धानको भात खाने, नत्र त मकैको भात नै खाइन्थ्यो । गाउँबाट चामल बोकेर नारायणघाटमा लगेर बेच्नुपर्ने बाध्यता थियो । म एघार–बाह्रवर्षको उमेरमा चामल बोकेर नारायणघाट आउनुपर्दथ्यो । तीनघण्टाको बाटो थियो शिवनगरबाट नारायणघाटसम्मको । सानो बच्चाले चारपाथी चामल बोकेर आउनु भनेको ठूलो दुःखको कुरा हुन्थ्यो । र, मलाई त्यो बाटो छिचोल्न मलाई पाँच–छ घण्टा लाग्दथ्यो । त्यतिबेला गरिबी के हो भन्ने कुरा अनुभूति गर्दथें । यस्तै बाध्यताले गर्दा बच्चैदेखि अलि भावुक नै बन्ने गर्दथें । मभित्र गहिरो प्रश्न उठ्थ्यो, नारायणघाटको साहु पनि मान्छे, हामी पनि मान्छे तर कस्तो फरक ? धनीमानी मान्छेहरूसँग हाम्रो गरिबी तुलनामा गर्दा लाग्थ्यो, यत्रो दुःख गरेर पनि हाम्रो बा किन गरिब हुनुभा’को छ ? अरु भने बडो सुखसँग बसेका छन्, त्यो कसरी भन्ने खालको प्रश्न मनमा उब्जन्थ्यो ।

म एघार–बाह्रवर्षको उमेरमा चामल बोकेर नारायणघाट आउनुपर्दथ्यो । तीनघण्टाको बाटो थियो शिवनगरबाट नारायणघाटसम्मको । सानो बच्चाले चारपाथी चामल बोकेर आउनु भनेको ठूलो दुःखको कुरा हुन्थ्यो ।

बसाइँ सराइको राम्रो प्रभाव

तपाईंको बसाइँ सराइले विचारमा फड्को मार्न र पार्टीको नेतृत्वमा पुग्न कत्तिको सहयोग गरेजस्तो लाग्छ ?

मलाई त लाग्छ, यसले धेरै नै सहयोग पुर्यायो । यदि म लेवाडे (ढिकुरपोखरी)मा नै भएको भए म अहिले जे छु, त्यो कुनै हालतमा हुन्नथें भन्ने नै लाग्छ । यसो हेर्दा म बढीमा के हुन्थे होला त ? या त म भारतमा कुनै नोकरी गरिराखेको हुन्थें होला । त्यसभित्र पनि केही गर्थें होला, यो त अर्को कुरा भो । अथवा शिक्षक पेसा गरेर कतै बसिराखेको हुन्थें । त्यहीँ बसिरहेको भए विभिन्न ढङ्गले विषयलाई हेर्न आउँदैनथ्यो होलाजस्तो लाग्छ । त्यहाँबाट बसाइँ सरेर अन्तै गइएको भए पनि के हुन्थ्यो होला त, त्यो पनि भन्न सकिन्नँ । तर चितवनमै गइयो, चितवन भनेको एउटा ७६ औं जिल्ला पर्यो । त्यहाँ सबै जिल्लाका मान्छे हुन्छन् । त्यहाँ एकापट्टि विश्वकर्माको घर छ, अर्कोपट्टि तामाङ, गुरुङ, नेवार समुदायलगायत सबै जनजातिका घर पनि छन् ।

त्यो सांस्कृतिक विविधतासँग यहाँको जीवन्त अन्तर्क्रियाले यहाँको व्यक्तित्व निर्माणमा कत्तिको मद्दत गर्योजस्तो लाग्छ त ?

– भौतिक रुपले धेरै नै मद्दत गर्यो । हामी रुढिवादी नबन्नका लागि पनि ठूलो मद्दत गर्यो । बच्चैदेखि विश्वकर्मासँग खेल्ने अथवा तामाङ, गुरुङ, नेवारजस्ता साथीहरूसँग खेल्नुपर्ने । त्यहाँ बाहुन कल्चर भन्ने नै भएन । सबैसँग एकखाले सहिष्णु हुनैपर्ने स्थिति थियो र सबैसँग ‘एड्जस्ट’ (मिल्नैपर्ने) नै हुनुपर्ने आवश्यकता भयो । सबैबाट केही केही कुरा सिक्नु पनि पर्ने भो, नमिलीकन बस्नै नसकिने भयो । त्यसले त धेरै ठूलो काम गर्यो भन्ने लाग्छ ।

फेल हुँदा रुँदै घर

यहाँले आफ्नो औपचारिक अध्ययनलाई कसरी अगाडि बढाउनुभयो ?

– अक्षर मैले घरमा चिनें अनि स्कुलमा तीनमा भर्ना भएँ । त्यो बेला परिस्थिति त्यस्तै थियो । त्यसबेला म अङ्क चिन्दिनथें, अक्षरमात्र चिन्दथें । ३ कता र ६ कता फर्किन्छ भनेर थाहा पाउन मलाई धेरै महिना लागेको थियो । (हाँसो) उस्तै लाग्यो ३ पनि, ६ पनि । त्यो बेला परीक्षा पनि हाफ एयर (अर्ध–वार्षिक)को रुपमा जेठमा हुन्थ्यो र पूर्ण परीक्षा भने मङ्सिरमा । माघमा भर्ना भएँ, फागुन, चैत र बैशाखपछि त अर्ध–वार्षिक जाँच आइहाल्यो । मलाई त विषयहरु नै थाहा थिएन । जाँचमा त म सबैमा फेल भएँ । त्यो म कहिल्यै बिर्सन सक्दिनँ । त्यो बेलामा अर्ध–वार्षिक परीक्षा नै भए पनि सबै गाउँलेलाई जुटाएर मास्टरले रिजल्ट सुनाउनुहुन्थ्यो । मेरो बा पनि छोरो पास भयो कि भनेर आउनुभएको थियो । तर मेरो नाम त फेलको सूचीमा रहेको कुरा सुनाइयो । त्यहाँ बरपिपलको बोटमा बसेर त्यसरी सुनाइन्थ्यो रिजल्ट । मेरो नाम फेल भनेर आएपछि बुबाको अनुहार कालो भएर आयो । त्यतिबेला म नौवर्षको थिएँ । म रुँदै–रुँदै घर गएँ । आमाले किन रोएको भन्नुभएको थियो । त्यो फेल हुँदा ठूलै बेइज्जत भएको ठानियो, ठूलै अपमान पनि ठानियो । त्यसपछि अब त कहाँ भनेर जोश आयो । अन्तिम परीक्षामा त फेरि पास भइहालें । विस्तारै म पनि कक्षा चढ्नेमा गइहालें ।

चारकक्षामा पुगेपछि त तेस्रो भइहालें । त्यसरी प्रगति भएपछि शिक्षकहरुले पनि माया गर्न थालिहाले । पाँचकक्षामा गएपछि शिवनगर र राधानगरको स्कुल मिलिहाल्यो । राधापुरे र हामी जोडियौं एउटै स्कुलमा । त्यहाँ पढाइमा ठूलो प्रतिस्पर्धा भयो । शिवनगरबाट जानेमा त म फस्ट नै थिएँ । राधारपुरका दुईजना विद्यार्थीहरु मभन्दा चलाख र अध्ययनशील निस्के । त्यसपछि म तेस्रो नै भएँ । त्यसपछि म पनि पाँचबाट एक्कैचोटि सातमा गएँ । राम्रो पढाइ हुनेको कक्षा चढ्ने चलन थियो उतिखेर ।

हाइस्कुलमा मेरो असाध्यै मिल्ने साथी गोपालमान श्रेष्ठ थिए । मिल्ने भएपनि पढाइमा हाम्रो एकदम प्रतिस्पर्धा हुन्थ्यो । आठकक्षामा पुगेपछि फेरि म फस्ट हुन थालें । नौ र दस कक्षामा पनि प्रथम नै भएँ । एसएलसीमा मेरो सेकेण्ड डिभिजनमात्रै आयो । चितवनबाट त्योबेला कसैको फस्ट डिभिजन आएन । मेरो पालामा नेपालभरिबाट जम्मा ६२ जना फस्ट डिभिजनमा आएको कण्ठै छ । डा. बाबुराम भट्टराई र मेरो एउटै ब्याच थियो । हामीले २०२६ सालमा एसएलसी पास गरेका हौं । आइएस्सीको दोस्रो वर्षमा फिजिक्समा मेरो ‘ब्याक’ लाग्यो ।

शिक्षक र किताबको प्रभाव

पारिवारिक गरिबीबाहेक विद्यालयको जीवन या अरु राजनीतिक परिघटनाले पनि असर पार्यो ?

घरायसी वातावरणले गर्दा मलाई राम्रोसँग पढ्नुपर्छ भन्ने परेको थियो । त्यो गरिबीको भर्पाइ भनौं कि त्यसको सट्टाभर्नास्वरुप राम्ररी पढ्ने स्थिति रह्यो । बुबा–आमाले राम्ररी पढ्नका लागि प्रोत्साहित गर्नुहुन्थ्यो । राम्ररी पढियो भने पछि राम्रो हुनसकिन्छ भन्ने मनोविज्ञान बच्चादेखि नै परेको थियो । त्यसैले गर्दा विद्यालयमा मेरो पढाइ राम्रै हुन्थ्यो । त्यहीबेला अङ्ग्रेजी पढाउने चन्द्रराज भुर्तेलले मलाई आठकक्षामा पढ्दा कम्युनिष्ट चीनको कुरा बताउनुभएको थियो । उहाँको भाइ पुष्प भुर्तेल मेरो कक्षाको साथी हुनुहुन्थ्यो । चन्द्रराज भुर्तेलले मलाई ‘चीन सचित्र’ देखाउनुभयो । त्यहाँ माओको ठूलो फोटो पहिलोपटक देखेको थिएँ । त्यही फोटो देखाएर उहाँले भन्नुभयो: कम्युनिष्ट व्यवस्थामा धनी/गरिब कोही पनि नहुने भनेर छोटो परिचयमा ती कुरा बताउनुभयो । उहाँले भन्नुभयो, त्यहाँ समान छन् सबै मान्छेहरू । चीनमा यस्तो व्यवस्था र नेताहरू छन् । त्यसो भनेपनि मैले धेरैबेरसम्म त्यो फोटो हेरेको अझै सम्झिरहेको छु । बालक मनमा लाग्यो, धनी–गरिब नहुने यस्तो पो व्यवस्था हुनुपर्ने । त्यसैले त्यो चीन सचित्र मैले घरमा लिएर गएँ । पल्टाएर हेर्दा त्यसमा अनेक खालका मान्छेहरू देखें, कोही काम गरिरहेका छन्, महिला–पुरुष दुवैले पनि काम गरिरहेका छन्, गाउँमा पनि सबै खुसीका साथ हाँसेका छन्, नाचेका छन् । यस्तो चित्र देखेर लाग्यो: ओ हो, कस्तो राम्रो ! सबै कति खुसी ! सबैलाई कति आनन्द ! यस्तो व्यवस्था र नेता पो हुनुपर्ने हामीकोमा ! त्यहाँ मेरो गरिबीसँग बनेको मानसिकता तथा माओ त्से–तुङ, चीन, कम्युनिष्ट भन्ने कुराको यस्तो राम्रोसँग मिल्न गयो र मैले खोजेको कुरा पाएजस्तो भयो ।

त्यो त तपाईंको स्थिति र चेतनाको समायोजन भयो त !

हो, आवश्यकता र चेतनाको यस्तो ‘फ्यूजन’ भएको ठानें मैले । त्यसपछि कम्युनिष्टका ससाना पुस्तकहरू जे जे पाइन्छ, त्यही खोजेर पढ्न थालें । त्यसो त म नौकक्षामा पुगेपछि पढेको किताब ‘ओयाङ हाइको गीत’ नै हो । त्यसलाई धेरै दिन लगाएर पढें, त्यसले राम्रो प्रभाव पार्यो । अलि मोटो थियो त्यो किताब । त्यही क्रममा शिव वर्माका साना–साना हिन्दीका बुकलेटस् भेटेको थिएँ । त्यहाँबाट पनि केही सिक्ने प्रयास गरियो ।

त्यस्ता किताबहरू कसबाट, कहाँबाट पाउनुहुन्थ्यो ?

– तिनै शिक्षक चन्द्रराज भुर्तेलमार्फत पाइन्थ्यो । त्यसको केही समयपछि मेरो पुष्पलाल समूहसँग सम्पर्क भयो । नारायणघाटको जोशी पुस्तक पसलबाट पनि केही पुस्तक किनेर लाने गरें । बुझे पनि नबुझे पनि खोज्ने र किन्ने गर्न थालें । माओ त्सेतुङका साना–साना रेडबुक पनि थियो हामीसँग । त्यसबेला त्यस्ता पुस्तकहरू प्रशस्तै पाइन्थ्यो । कतिपयले त माओको फोटो भएको पत्रिका च्यातेर त्यसबाट पुस्तकको गाता पनि लगाउँथे । चिनियाँ सांस्कृतिक क्रान्ति उत्कर्षमा चलिरहेको बेला थियो त्यो । त्यहीबेला नेपालमा पनि चिनियाँ साहित्यको ओइरो नै आएको रहेछ । केही सित्तैमा पाइन्थ्यो, केही पाँच–दसपैसामा पाइन्थ्यो । त्यो हेर्दा अचम्म लाग्थ्यो ।

मभित्र जीवनमा मिहेनत गरेर केही गर्नुपर्छ भन्ने भाव जाग्दै गएको बेला ‘स्ट्रगल फर एजुकेशन’ नामक आत्मकथासँग कहीँ न कहीँ म आफूलाई जोड्थें । वास्तवमा मैले पनि राम्रोसँग पढें भने त केही गर्न सकिन्छ कि भन्ने आशा जागेको थियो ।

तपाईंलाई विद्यालयमा अरु त्यस्तो केले प्रभाव पारेकोजस्तो लाग्छ ? पाठ्यपुस्तक वा शिक्षकले प्रभाव पारेको महसुस भएन ?

– नौ–दसकक्षामा पढ्दा मलाई भित्र–भित्र कतै न कतै महङ्खवाकाङ्क्षा बढाउने कामचाहिँ हेडमास्टर राजकृष्ण कँडेलले गर्नुभयो । उहाँ अत्यन्त राम्ररी अङ्ग्रेजी विषय पढाउनुहुन्थ्यो । त्योबेलाका दसकक्षामा उचयकभ बलम उयभतचथ (प्रोज एण्ड पोयटरी)को कोर्स थियो, जुन अहिलेको बीए र एमएमा हुने खालको जस्तो थियो । त्यहाँ त्यति राम्रो साहित्य छ । त्यसमा struggle for an education (शिक्षाका लागि सङ्घर्ष) भन्ने प्रोजको च्याप्टरमा बि.टि. वाशिङ्टनको आत्मकथा थियो । त्यसमा पढ्नका लागि उनले कति सङ्घर्ष गरे, एउटा गरिब भएर पनि पढेर कसरी ठूलो मान्छे भए भन्ने कुरा लेखिएको छ । ती सबै कुरा कँडेल सरले खुब राम्ररी व्याख्या गर्नुहुन्थ्यो । त्यतिबेला उहाँले अलि प्रभावशाली ढङ्गले पढाउनुहुन्थ्यो । त्यसले मभित्र कतै न कतै आकाङ्क्षा जन्मायो । दुईवर्षसम्म त मैले त्यो कुरा अनुभूति गरी नै राखें । मभित्र जीवनमा मिहेनत गरेर केही गर्नुपर्छ भन्ने भाव जाग्दै गएको बेला ‘स्ट्रगल फर एजुकेशन’ नामक आत्मकथासँग कहीँ न कहीँ म आफूलाई जोड्थें । वास्तवमा मैले पनि राम्रोसँग पढें भने त केही गर्न सकिन्छ कि भन्ने आशा जागेको थियो ।

अनि ‘नेहरुज लेटर’ले कस्तो प्रभाव पार्यो नि ?

– ‘नेहरुज लेटर’ले मलाई समाज, इतिहास, भूगोललाई बुझ्नलाई एउटा आधारको काम गर्यो । a shame of life (ए शेम आफ लाइफ)जस्तो ‘पोयट्री’ (कविता) ले अलि बढी प्रभाव पारेकै थियो । त्यस्ता ‘प्रोज’ र ‘प्रोयट्री’ अझै पनि मलाई फर्केर हेर्न मन लाग्छ ।

त्यतिबेलाको कोर्स सबै हिसाबले व्यवस्थित थियोजस्तो लाग्छ । भोलि हामीले कोर्स बनाउँदा फिलोसफी (दर्शन), साइन्स (विज्ञान), जोग्राफी (भूगोल), हिस्ट्री (इतिहास) कल्चर (संस्कृति)को बारेमा समग्र ज्ञान दिने प्रयास गर्नुपर्छ स्कुलमा पनि । त्यतिबेलाको कोर्स तुलनात्मक रुपमा अहिलेको भन्दा अगाडि थियोजस्तो लाग्छ ।

स्कुलको कोसेली

अहिलेको समग्र जीवनलाई हेर्दाखेरी स्कुलले के के दियोजस्तो लाग्छ ?

– त्यसलाई एकेडेमिक हिसाबले भन्नुपर्दा भूगोल, इतिहास, जनसङ्ख्या, मानव–समाज के हो भन्ने कुरा बुझ्ने मौका दिएजस्तो लाग्छ । त्यो ज्ञान नभएको भए सबै कुरालाई जोडेर बुझ्न समस्या हुन्थ्योजस्तो लाग्छ । त्यतिबेलाको कोर्स सबै हिसाबले व्यवस्थित थियोजस्तो लाग्छ । भोलि हामीले कोर्स बनाउँदा फिलोसफी (दर्शन), साइन्स (विज्ञान), जोग्राफी (भूगोल), हिस्ट्री (इतिहास) कल्चर (संस्कृति)को बारेमा समग्र ज्ञान दिने प्रयास गर्नुपर्छ स्कुलमा पनि । त्यतिबेलाको कोर्स तुलनात्मक रुपमा अहिलेको भन्दा अगाडि थियोजस्तो लाग्छ ।

त्यतिखेरका पुरातन धार्मिक मान्यता र आस्थाहरू पनि स्कुलमार्फत् सञ्चार भएको अनुभूति भयो कि भएन ?

– छन् त कोर्स त्यस्ता पनि थिए । मलाई किन त्यस्तो भएन, मलाई थाहा छैन । मलाई धार्मिक कुराले त छुँदै छोएन । उदाहरणका लागि त्यसबेला संस्कृत पढ्नुपर्दथ्यो । त्यसमा महाभारतका कथा हुन्थे, हितोपदेश पनि हुन्थ्यो । तिनलाई मैले कण्ठ पनि पार्दथें । मेरो बढी ध्यान त विज्ञानतिरै गयो । भूगोल, इतिहास, गणित, अङ्ग्रेजीमा बढी रुचि भयो । हुन त घरमा बाले दैनिक पूजाआजा गर्नुहुन्थ्यो । उहाँले मलाई पनि पूजा गर्न लगाउनुहुन्थ्यो । म उहाँले भन्नुभएअनुसार त्यसो गर्थें पनि । तर त्यसमा मेरो धार्मिक आस्था भएन । बाले भन्नुहुन्थ्यो, म उहाँको आज्ञा मान्ने हिसाबले मात्र गर्दथें । मलाई विश्वासै थिएन, पूजा गरे पनि बासँग बहस पनि गर्थें । भन्थें, बेकारमा आधाघण्टा लगाएर पूजा गर्नुभन्दा आधाघण्टा अरु काम गर्दा फाइदा हुन्छ । बच्चामै यसरी बासँग बहस गर्दथें ।

किशोरावस्थामै तपाईं नास्तिक बन्नुभयो कि के हो ?

– आठ–नौ कक्षामा पढ्दादेखि नै मेरो कम्युनिष्टतिर झुकाव गइहाल्यो नि । त्यसपछि नास्तिक सोच त्यसले बनाई हाल्यो ।

साइन्सका विद्यार्थीको राजनीति

तपाईंलाई साइन्स नै पढ्न प्रेरित गरेको केले होला ?

साइन्सतिर झुकाव बढ्नुमा कम्युनिष्ट हुनुसँग अलिक सम्बन्ध छ । विज्ञान नै ठीक भन्नमा त्यसले अलिकति मनोविज्ञान बनाएकोजस्तो लागेको छ । यता मैले आइएस्सीमा साइन्स पढ्नुको तत्कालीन कारण भने साइन्स पढेपछि डाक्टर, पाइलट, इन्जिनियर हुन पाइन्छ भन्ने आशा थियो । मेरो मुख्य सोच त पाइलट हुने भन्ने थियो । दोस्रोमा मेरो इन्जिनियर र तेस्रोमा डाक्टर हुने भन्ने थियो । पाइलट हुन आइएस्सी पढ्नुपर्छ भनेपछि ध्यान त्यतै गइहाल्यो । एसएलसीमा पनि त्यो बेलाको सापेक्षतामा राम्रै भएको थियो ।

त्यतिबेला पार्टीका नेता रुपलालहरूको अत्यन्तै यान्त्रिक सोचाइ थियो । उनीहरूले ‘मलाई बाहिर देखिनुहुन्न है, भूमिगत हुनुपर्छ’ भनेर खुला राजनीतिमा सहभागी हुन दिएनन् । नत्र पाटन क्याम्पसमा म विद्यार्थी राजनीतिमा सक्रिय भएर आउँथें ।

तपाईंले २०२८ सालमा पाटन क्याम्पसमा पढ्दाको राजनीतिक परिस्थिति कस्तो थियो ?

– त्यो बेला त म राजनीति बुझ्ने भइसकेको थिएँ । प्रगतिशील विद्यार्थी र कांग्रेसका बीचमा बहस र छलफल चल्दथ्यो । चुनाव हुन्थ्यो । म सक्रिय रुपमा नै भाग लिन्थें । नेतृत्व त मैले गरिनँ । प्रगतिशील पक्षलाई जिताउनका लागि आफ्नो ढङ्गले पहलकदमी गरें । उतापट्टि म पार्टी मेम्बर भइसकेको थिएँ । त्यसैले पार्टीको निर्देशनअनुसार चल्नुपर्छ भन्ने भइहाल्यो । त्यतिबेला पार्टीका नेता रुपलालहरूको अत्यन्तै यान्त्रिक सोचाइ थियो । उनीहरूले ‘मलाई बाहिर देखिनुहुन्न है, भूमिगत हुनुपर्छ’ भनेर खुला राजनीतिमा सहभागी हुन दिएनन् । नत्र पाटन क्याम्पसमा म विद्यार्थी राजनीतिमा सक्रिय भएर आउँथें । पार्टीको नीति नै भाषण गर्नुहुन्न, बाहिर देखिनुहुन्न भनेर भूमिगत जीवन बनाउन जोड दिनेखालको थियो । अहिले फर्किएर हेर्छु, त्यतिबेला खुला राजनीति गरिएको भए म विद्यार्थी राजनीतिमा उपत्यकामा चिनिसकेको हुन्थें । त्यस्तो भएको भए अहिले अलि बढी फाइदा हुन्थ्यो जस्तोलाग्छ ।

विद्यार्थी हुँदा कसरी जीवन व्यतीत गर्नुभयो ?

– हाम्रो घरको अवस्था त्यति राम्रो भइसकेको थिएन । मेरो बसाइ दुःखद् बसाइ थियो । आइएस्सी पढ्दा पनि स्थिति नाजुक नै थियो । भनौं न घरबाट चामल लिएर आउने हुन्थ्यो । घ्यू, तेल, नुन सबै घरबाट नै ल्याउनुपर्दथ्यो ।

म केही समय काठमाडौंको क्षेत्रपाटीमा बसें । त्यसपछि केही समय मंगलबजार (पाटन)मा बसें । सामान्य कोठामा दुई/तीनजना साथीसँग बसिन्थ्यो । मंगलबजारमा वर्तमान रक्षा सचिव विष्णुदत्त उप्रेतीलगायत साथीहरुसँगै पढ्थ्यौं र एउटै कोठामा बस्थ्यौं । अन्तरिम संसद् उद्घाटनको दिन उनीसँग भेटघाट भएको थियो । उनीसँग सैंतीसवर्षपछि भेट भएको थियो ।

त्यो बेला कोठा भाडा पैंतीस रुपैयाँ थियो । तीन/चारजना भएकोले मेरो भागमा दसरुपैयाँ पर्दथ्यो । एकवर्षजति ठमेल र अर्को वर्ष पकनाजोलमा पनि बसें । रत्नपार्कसम्म हिँडेर आउने र बसमा पाटन जाने हुन्थ्यो । बस भाडा त्यसबेला दस पैसा थियो ।

किसान मानसिकता र आन्दोलन

तपाईंको बाल्यकाल हेर्दा किसान आन्दोलन बढ्दो स्थितिमा थियो । चितवनमा त्यस्तो खालको आन्दोलन पनि भएको थियो ?

– मेरो स्वभाव पनि अत्यन्तै मिहेनती थियो । म काम र पढाइमा असाध्यै मिहेनत गर्थे । घरमा र खेतीपातीमा पनि असाध्यै खट्नुपर्ने वातावरण थियो । खेतीपाती गर्ने, खन्ने, भारी बोक्ने, जस्तोसुकै काममा मेरो उमेरका सबैलाई उछिन्थें म । त्यसो भएकोले किसान मानसिकता के भन्ने कुराको जानकारी पनि मलाई हुनगयो । किसानले खाजा खानेबेलाको, बिहान जोत्न जाने बेलाको र बेलुका काम गरेर फर्किने बेलाको उनीहरुको मनोविज्ञान पनि थाहा भयो । यता कम्युनिष्ट साहित्यमा रुचि भएकोले किसानहरुसँगको सम्बन्ध महत्त्वको सैद्धान्तिक पक्ष पनि अलि बुझ्न थालें । त्यसपछि किसान आन्दोलनका हरेक घटनामा मेरो ध्यान जाने भयो । तैपनि त्यस्तो ठूलो किसान आन्दोलन आफैले प्रत्यक्ष नेतृत्व गर्ने वा सहभागी हुने मौका भने हातमा परेको थिएन । साना फाटफुट गाउँघरका झैझगडा, मुद्दा–मामिला मिलाउन सानैदेखि संलग्न भने हुन्थें । साँधमा बारी मिच्ने, पानीको पालो मिच्ने, चोर्नेजस्ता झगडा मिलाउने काम त भइराख्थ्यो । जो अलि अन्यायमा परेको छ, त्यसको पक्षमा बोल्ने, अन्याय गर्नेको विरोध गर्नेतिर मेरो ध्यान गयो । गाउँमा पनि त्यही रुपमा चिनिएँ पनि । त्यसपछि आइएस्सी पढ्ने बेलामा फेरि पार्टी सदस्य भइहालें । पाटन क्याम्पस पढ्ने बेलासम्ममा कम्युनिष्ट साहित्यको मोटामोटी ज्ञान भइसकेको थियो । त्यतिबेलासम्म नेपालमा कम्युनिष्ट पार्टीहरु धेरै छन् भन्ने पनि थाहा थिएन ।

मेरो छिमेकी धनबहादुर विश्वकर्माले रुपलाल विश्वकर्मासँग परिचय गराइदिए । उनीहरु पुष्पलाल समूहका रहेछन् । रुपलालले अन्तरविरोधको बारेमा व्याख्या गरे । अन्तरविरोध शब्द पनि त्यति बेला ठूलै लाग्थ्यो ।

आइएस्सीमा भर्ना भएर फर्केर गएपछि मेरो छिमेकी धनबहादुर विश्वकर्माले रुपलाल विश्वकर्मासँग परिचय गराइदिए । उनीहरु पुष्पलाल समूहका रहेछन् । रुपलालले अन्तरविरोधको बारेमा व्याख्या गरे । अन्तरविरोध शब्द पनि त्यति बेला ठूलै लाग्थ्यो । त्यसको व्याख्यापछि एक पेजमा मेरो निवेदन लेखियो । सदस्यताका लागि एक रुपैयाँ तिर्नुपर्दथ्यो । त्यसरी एक रुपैयाँ तिरेर पार्टी सदस्य भएँ । त्यसपछि भने किसान आन्दोलनका सम्बन्ध अलिक नजिक भइयो । पहिला त व्यक्तिगत गरिन्थ्यो, पछि सङ्गठित ढङ्गले किसानहरुको समस्या हेर्ने भएँ ।

स्कुल र प्रौढ कक्षाका शिक्षक

कास्कीबाट चितवन बसाइँ सर्दादेखि तपाईं जागिर खाएर जग्गा जोड्दासम्म तपाईंको परिवारमा कति सम्पत्ति थियो ?

– २०१९ सालमा कास्कीको ढिकुरपोखरीबाट चितवन झर्यौं । त्यो बेला मेरो बाले ल्याएको सम्पूर्ण सम्पत्ति भनेको बाह्रसय रुपैयाँ हो । त्यो पैसाले नै हो अढाइ बिघा जग्गा लिएको । त्यसबेला एकबिघा जमिनको मूल्य एकहजार थियो । बासँग बाह्रसय रुपैयाँमात्रै भएको पैसा नपुगेर बाँकी एकहजार ऋण लाग्यो । त्यो ऋण तिर्न बालाई बडो मुस्किल परेको थियो । मैले पढेर जागिर खान आरुघाट गइसकेपछि हेडमास्टरको भन्दा मेरो बढी तलब हुन्थ्यो । म त्यहाँ प्रौढ कक्षा पनि पढाउँथें । त्यसरी कमाइँदा पनि म पैसा खर्च गर्दिनथें ।

घरमा दुःख पनि छ । फेरि घरमा भान्टाङभुन्टुङ धेरै भयो । घरमा उस्तै उस्तै एक–एकवर्षको फरकका आठजना दाजुभाइ दिदीबहिनी थिए । यो भनेको ठूलो परिवारै हो । सबैको पढाइ, लेखाइ, विवाह आदि सबैको समस्या पनि हुने भो । आमाले त अलि दुःखै गर्नुहुन्थ्यो । जेठो–बाठोको हिसाबले ममा अलि जिम्मेवारी हुने पनि भयो । तर कमाएरै जग्गा किनियो भन्ने पनि भएन । कमाएर त परिवारलाई भरथेगमात्रै भयो । त्योबेला ढुकुटी खेल्ने चलन थियो । एक–दुईहजार रुपैयाँ जम्मा गरेर आलोपालो चलाउने तरिका हो ढुकुटीको चलन भनेको । हाम्रो त्यो चलन सामाजिक नै थियो । त्यो चलन भर्खरैमात्र चितवनमा आएको थियो । मैले नि जागिरबाट अलिकति कमाएँ । अलिकति ढुकुटी गरेर एकबिघा जग्गा थपियो । त्यो थप्नेबित्तिकै स्थिति माथि गइहाल्यो ।

सबै पार्टीका नेताहरूको सम्पत्ति पार्टीकरण हुँदा तपाईंको सम्पत्ति के गर्नुभयो ?

– एक बिघा थपेपछि फेरि दसकट्ठा थप्न सक्ने हुँदै पाँचबिघा जमिन किनियो । चितवनमा पाँचबिघा जमिन हुने मान्छेको त हैसियत बढी हाल्छ । त्यसपछि त मध्यमवर्गमा राम्रै मानिनेमा गनियो नि हाम्रो परिवार पनि । तर पछि म पूर्णकालीन सदस्य भएपछि स्थिति बिग्रियो । एकातिर मेरो कमाइ बन्द भयो । अर्कोतिर म पार्टी सदस्य भएको बेलामा चुनाव पनि आयो । त्यो बेला चुनाव बहिष्कार गरियो । म पार्टीमा असाध्यै क्रियाशील भइसकेको थिएँ । त्यसपछि पुलिसले सताउन थाल्यो । कहिले बालाई पक्रेर लाने, कहिले घर फोर्ने, दराज फोर्ने, मेरा सम्पूर्ण प्रमाणपत्र लैजाने, किताब फाल्दिने काम भयो । त्यसो गर्न थालेपछि बा–आमालाई टेन्सन हुन थाल्यो । छोरा परिवारमा सँगै छ भनेपछि त उहाँहरू र भाइबहिनीलाई पनि पुलिसले सताउने भो ।

एकदिन बुबाले भन्नुभयो, ‘तँ अलग भइदिँदा कमसेकम पुलिसले त दुःख दिँदैन ।’ यसरी सोझो तालले भन्नुभएपछि हामी छुट्टियौं । बा–आमालाई म छुट्टिँदा सुरक्षित हुन्छ भने म अलग हुन्छु भनेरै अलग भएँ ।

एकदिन बुबाले भन्नुभयो, ‘तँ अलग भइदिँदा कमसेकम पुलिसले त दुःख दिँदैन ।’ यसरी सोझो तालले भन्नुभएपछि हामी छुट्टियौं । बा–आमालाई म छुट्टिँदा सुरक्षित हुन्छ भने म अलग हुन्छु भनेरै अलग भएँ । गाउँमै अलग भएर बसियो । दुईवर्षपछि नारायणगढ बसाइ सरियो । त्यहाँ आउनुमा पनि लामै कथा छ ।

हामीलाई पनि सुनाउनुस् न त्यो लामो कथा, गाउँबाट सहरतिरको यात्राको कथा ।

– मलाई कस्तो भयो भने म कम्युनिष्ट भएर पूर्णकालीन सदस्य भइसकेपछि गाउँमा बस्न मलाई समस्या हुन थाल्यो । कम्युनिष्ट भएर गाउँमा बस्न नसक्नु भनेको अचम्मको कुरा लाग्नसक्छ । ती कुरा मलाई पनि बडा ‘कन्ट्रयाडिक्टरी’ (अन्तरविरोधी) भयो । म त गाउँमा कहिलेकाहींमात्रै घर जान्थें । सानैमा विवाह भएकोले मेरो पनि बच्चाबच्ची धेरै भइहाल्यो । आफ्नै नजिकका नाताले हाम्रो पालाको पानी राति चोरिदिन्थे । आफ्नै दाजुभाइले आलि ताछ्दै गर्न थाले । मेरो परिवारमा त पुरुष कोही थिएन, महिलामात्रै । या त मैं ती सबै मान्छेहरुसँग झगडा गर्नुपर्यो । फेरि कम्युनिष्ट भएर झगडा पनि कसरी गर्ने, ती सबै गरिब छन् । त्यसैले मैले जुन कम्युनिष्ट विचार लिएको थिएँ, त्यो विचारसँग मेरो व्यवहार झन् मेल खाँदैन भन्ने लाग्यो । त्यसबेला मनमा ठूलो अन्तरविरोध पैदा हुन्थ्यो । अन्तिममा मैले गाउँ छोड्नु नै उचित देखें ।

कम्युनिष्ट भएर गाउँमा बस्न नसक्नु भनेको अचम्मको कुरा लाग्नसक्छ । ती कुरा मलाई पनि बडा ‘कन्ट्रयाडिक्टरी’ (अन्तरविरोधी) भयो । म त गाउँमा कहिलेकाहींमात्रै घर जान्थें । सानैमा विवाह भएकोले मेरो पनि बच्चाबच्ची धेरै भइहाल्यो ।

छिमेकी किसान दाजुभाइसँग झगडा गरेर कम्युनिष्ट पार्टीमा बस्नुभन्दा त गाउँ छोड्नु उत्तम लाग्यो । उनीहरुको मानसिकता भनेको किसान ‘मेन्टालिटी’ (मानसिकता) नै थियो । यो भनेको सामन्ती संस्कार नै हो । अतः अन्तिममा झगडा गर्दा त आफू पनि त्यही संस्कारमा झरेको ठहरिने भयो । उनीहरुलाई नेतृत्व गर्नका लागि त हामीले परिवेश बदल्नुपर्छ भनेर म बजार आएँ ।

नारायणगढमा गाउँमा भन्दा त धेरै राम्रो भयो । त्यहाँ कसैसँग झगडा गर्नुपरेन । व्यक्तिगत टकराव अलि कम हुन थाल्यो । त्यसपछि पार्टीमा मैले राम्रो गर्दै गएपछि मेरो राजनीतिक विकास हुँदै गयो । देशभरि घुम्ने भएपछि एउटा प्रभाव पनि भयो । त्यसपछि त नारायणघाट पनि साँघुरो लाग्न थाल्यो । पहिला आरुघाटमा पढाउँदा पनि दुईवर्ष त ठीकै लागेको थियो । अलि बुझ्दै गएपछि आरुघाट साँघुरो लाग्न थाल्यो । यहाँमात्र बसेर त कसरी नेतृत्व गर्न सकिन्छ भन्ने भयो । र, पूर्णकालीन सदस्य बनेपछि गाउँमा फेरि समस्या देखियो । गाउँका किसान मानसिकतामात्रै मान्छेहरु त एकदम सानो चित्तका हुन्छन् । किसान मानसिकतामा असाध्यै संकीर्णता पनि हुन्छ । त्यस्तो मानसिकतासँग लडेर बस्नुभन्दा त अर्को तरिकाले सम्झाएर/बुझाएर नै परिवर्तन गर्न सकिन्छ । त्यसैले गाउँ पनि साँघुरो देखें ।

नेकपा एकताकेन्द्र बनेपछि म काठमाडौ आएँ । २०४७ सालतिरै एकता संयोजन समिति बनाएर २०४८ मा एकता महाधिवेशनपछि त आवश्यकताले काठमाडौं आउनुपर्ने भो । त्योभन्दा अगाडि पनि मेरो काठमाडौं आउने–जाने त हुन्थ्यो । पूर्ण रुपले परिवारसहित काठमाडौं आएको एकताकेन्द्र बन्ने प्रक्रियामा हो । त्यसपछि मैले बडो मुक्त भएको अनुभव गरें । आफू स्वतन्त्र भएजस्तो महसुस भयो । कतै झमेला पनि भएन । आफ्नो कामलाई कतैबाट हस्तक्षेप नभएकोजस्तो अनुभव गरें ।

सबै सम्पत्ति पार्टीकरण

छुट्टिएपछि आफ्नो भागको सम्पत्ति कहिले पार्टीकरण गर्नुभयो ?

– म छुट्टिएपछि मेरो भागमा एक बिघा चार कठ्ठा भागमा परेको थियो । जतिबेला म नेतृत्वमा आएँ, पटक–पटक हामीले पार्टीलाई पैसा दिने भनेर कोटा तोक्यौं । नेताहरूले सम्पत्ति घटाउँदै जानुपर्छ भन्ने मान्यताअनुसार २०४४ सालमा अगाडि गयौं ।

पार्टीले माओवादी बनेपछि सबै सर्वहाराकरण गर्ने भनेपछि फेरि घर बेचेर यो रकम पनि पार्टीलाई बुझाइयो । बच्चाबच्चीको भाग त राख्नुपर्छ भन्ने थियो तर त्यस्तो बनेन मेरो । त्यसैले गर्दा छोरा प्रकाशको सम्पत्ति पनि खासै छैन । एककठ्ठा जमिन अझै मेरो भरतपुरमा बाँकी छ ।

त्यतिखेर त पार्टीको बोल्शेभीकरण सुरु भएको थियो नि होइन ?

– हो, एक खालको वोल्शेभीकरण गरेर जनयुद्धको तयारी गर्नुपर्छ भन्नेतिर पार्टी गयो । त्यसको तयारीका लागि विभिन्न सामान र तालिम चाहिन्छ । त्यसैले नेताहरूले अलि सोचविचार गरी ‘सेक्रिफाइस’ (त्याग) गर्दै जानुपर्छ भन्ने भएपछि म ‘लिडरसीप’ (नेतृत्व)मा भएको हुनाले मैले नै त्यसमा अग्रसर हुनुपर्छ । यसो भन्दाभन्दै आठ कट्ठा जमिन बेचेर पार्टीलाई बुझाइसकेको थिएँ । चौबीसकट्ठाबाट सोह्रकट्ठामात्र बाँकी रह्यो । त्यसपछि नारायणगढ आउने भनिसकेपछि त्यो पनि बेचेर घर बनाउने काम भयो । ती सबै जग्गा नारायणघढ आएर घरमा परिणत भयो । त्यहाँ सानो एउटा घर थियो । यता पार्टीले माओवादी बनेपछि सबै सर्वहाराकरण गर्ने भनेपछि फेरि घर बेचेर यो रकम पनि पार्टीलाई बुझाइयो । बच्चाबच्चीको भाग त राख्नुपर्छ भन्ने थियो तर त्यस्तो बनेन मेरो । त्यसैले गर्दा छोरा प्रकाशको सम्पत्ति पनि खासै छैन । एककठ्ठा जमिन अझै मेरो भरतपुरमा बाँकी छ ।

विद्यार्थी सङ्घर्षमा सहभागिता

झापा सङ्घर्ष भएको बेला तपाईंलाई कस्तो अनुभूति भएको थियो ?

– त्यसको मिश्रित अनुभूति नै भयो भन्ने लाग्छ । सुरुमा त राम्रो नै महसुस भयो भन्ने लाग्छ मलाई । सामन्तका विरुद्धमा त्यहाँका युवाहरु लडेका छन् । त्यस सङ्घर्षले गर्दा परेको प्रभाव सकारात्मक हुन्थ्यो । तर म जोडिएको सङ्गठन अर्को थियो । त्यस सङ्गठनले झापा सङ्घर्षलाई वामपन्थी उग्रवाद हो भनेर विश्लेषण गर्यो । त्यस्तो लाइनआएपछि त उग्रवाद नै होला भन्ने त भइहाल्यो । पछि म जान्ने भएपछि त्यसलाई सकारात्मक भनेर बताएँ पनि !

२०३२ सालको विद्यार्थी आन्दोलनमा सहभागी बन्नुभयो कि बन्नुभएन ?

– २०३२ सालको सरकारविरोधी विद्यार्थी आन्दोलनमा सामान्यतया सहभागी भइयो । २०३६ सालमा त म होलटाइमर भइसकेको हुनाले क्रियाशील भएरै लागें । चितवनको विद्यार्थी आन्दोलनमा सहभागी बन्दा पहिलो दिन नै प्रहरीसँग ढुङ्गामुढा भएको छ । पुलिसले हानेको ढुङ्गाले मलाई त्यहीँ पहिलोपटक लागेको छ । पाकिस्तानका जुल्फिकार अली भुट्टोलाई फाँसी दिइएपछि २०३६ चैत्र २६–२७ का दिन चितवनमा प्रदर्शन भएको थियो । सो जुलुसलाई हामीले नै नेतृत्व गर्दै गएका थियौं । म त्यतिबेला विद्यार्थी फ्रयाक्सनको इञ्चार्ज थिएँ । त्यसपछि विद्यार्थी आन्दोलन लगातार पाँच–छमहिना गयो ।

बमकाण्ड र सशस्त्र सङ्घर्ष

२०४२ सालको सत्याग्रह र पाँच वामपन्थी समूहको आन्दोलनमा तपाईंको सहभागिता कस्तो रह्यो त ?

२०४२ सालमा हामी मोटामोटी रुपमा लामाजी र मोहनविक्रमसँग पनि अलग्गिइसकेका थियौं । त्यस्तो अवस्थामा हाम्रो काँधमा आफ्नै धार र सङ्गठनलाई स्थापित गर्ने जिम्मेवारी बेसी थियो । अतः त्यसका लागि ठूलो मिहेनत गर्नुपर्ने भएको हुनाले बाहिरी आन्दोलनमा हाम्रो त्यत्रो सक्रिय भूमिका भएन । आफ्नै सङ्गठनलाई सुदृढ गर्ने काममै हाम्रो मुख्य ‘फोकस’ भयो । यद्यपि आन्दोलनलाई समर्थन गर्नेगरी काम गर्यौं ।

रामराजाप्रसाद सिंहको नेतृत्वमा रहेको जनवादी मोर्चाले आन्दोलनकै क्रममा गरेको बमकाण्डलाई कसरी हेर्नुभएको थियो, जसले गर्दा सत्याग्रह र पाँच वामदलको आन्दोलन नै रोक्नपर्ने स्थिति बनेको थियो ?

– हामी त्यस बमकाण्डको पक्षमा थिएनौं । हामीमा सशस्त्र सङ्घर्ष गर्नुपर्छ मान्यता आइसकेको त थियो । त्यसका तयारी गर्न थालेको हुनाले हामीलाई बमकाण्डको असर पर्यो । त्यो ठीक हो कि होइन भन्ने विषयमा पार्टीभित्र निकै बहस पनि चल्यो । मैले नियत ठीक हो तर तरिका बेठीक हो भन्ने खालको वक्तव्य पनि दिएँ । सामन्तवाद राजतन्त्रको अन्त्य गर्ने कुरा त ठीक छ तर जुन तरिकाले बमकाण्ड मच्चाइयो, यो तरिका ठीक छैन भन्ने प्रभाव परेको त्यहाँ हो । सामाजिक रुपान्तरण वा राजनीतिक परिवर्तन गर्ने खालको काम गर्न त्यसले खासै सकेन, सक्दैन नै भन्ने पनि मलाई परेको थियो । तैपनि हामीले हतियारको बलमा सशस्त्र सङ्घर्ष गर्ने कुरा गरिराखेको स्थितिमा हामीलाई अब छिट्टै जनयुद्ध गर्नुपर्छ भनेर त्यसले प्रेरित नै गरेको थियो ।

सामन्तवाद राजतन्त्रको अन्त्य गर्ने कुरा त ठीक छ तर जुन तरिकाले बमकाण्ड मच्चाइयो, यो तरिका ठीक छैन भन्ने प्रभाव परेको त्यहाँ हो । सामाजिक रुपान्तरण वा राजनीतिक परिवर्तन गर्ने खालको काम गर्न त्यसले खासै सकेन, सक्दैन नै भन्ने पनि मलाई परेको थियो ।

२०४६ सालको आन्दोलनमा व्यक्तिगत रुपमा कसरी सहभागी बन्नुभयो त ?

२०४६ सालमा त म पार्टीका महामन्त्री भइसकेको थिएँ । त्यसबेला हामी सङ्गठनात्मक रुपमा पनि अलि बलियो भइसकेका थियौं र भित्र सुदृढ पनि भइसकेका थियौं । सबै पार्टीसँग एकताबद्ध भएर जाने कोसिस थियो मेरो । निर्मल लामाजीहरुसँग पटक–पटक कुराकानी पनि भए । सबै मिलेर जाऔं भनेर अरु पार्टीसँग पनि छलफल भए । हाम्रो पार्टीको तर्फबाट मुख्यतः मेरो पहलमा नयाँ मोर्चा निर्माणको प्रयास भयो । भित्री रुपमा म महामन्त्री भएको नाताले मालेको मोर्चा बन्दा बाहिर जनवादी क्रान्तिका पक्षधरहरुको अलग्गै मोर्चा बन्नुपर्छ भन्ने धारणा राखियो ।

संयुक्त राष्ट्रिय जनआन्दोलन बनाउने क्रममा पहिला चौथो महाधिवेशनकै प्रतिनिधि पनि आएका थिए । लामाजी त आएर मिटिङ नै बसेको हो नि । दुईवटा मोर्चा हुन्छन्, यिनका बीचमा भेटघाट गरेर तालमेल मिलाउने भन्ने पनि थियो ।

नेकपा चौमबाट निर्मल लामाजी सो मोर्चामा बस्न लागिपर्नुभएको थियो र उहाँले जनवादी क्रान्तिको नाराका साथ कांग्रेससँग एकता नगर्ने विचार राख्नुभएको थियो, पार्टीभित्र र बाहिर पनि । त्यसले ठूलो बहस सिर्जना गरेपछि उहाँ तपाईंहरूको मोर्चाबाट हट्नुभएको त हो नि ।

उहाँको त राजनीतिक रुपमा कांग्रेससँग मिलेर जानुहुन्न, राजतन्त्रको अन्त्यको लागि अलग्गै मोर्चा बनाएर लड्नुपर्छ भन्ने नै धारणा थियो सुरुमा । पछि त्यहाँ धेरै अन्तरसङ्घर्ष चर्कियो र उहाँहरुले मोर्चा छोड्नुभयो, जसले गर्दा मोर्चा कमजोर बन्यो । संयुक्त राष्ट्रिय जनआन्दोलन (सराजआ)मा लामाजी हुनुभएको भए उहाँको व्यक्तित्वले धेरै काम गर्ने स्थिति थियो, तर उहाँ आइदिनु भएन । पछि बाबुरामजीलाई प्रवक्ताको रुपमा ल्याइयो । उहाँ त्यतिखेर मोहनविक्रमको मसाल पार्टीतिर हुनुहुन्थ्यो । उहाँको ‘विद्रोही मसाल’ पनि बनिसकेको थिएन । २०४७ सालमा हो, उहाँले मोहनविक्रमसँग विद्रोह गरेको । तैपनि बाबुरामजीको त्यहाँ अन्तरसङ्घर्ष चलेको हामीलाई थाहा थियो । मोहनविक्रमसँग बाबुरामजीको ट्रेण्ड नमिलेको कुरा थाहा थियो । त्यसैले उहाँलाई अगाडि ल्याउँदा राम्रै हुन्छ भनेर हामीले उहाँलाई समर्थन गरेका हौं । यसरी सराजआ नामक मोर्चा निर्माण गरी २०४६ सालको आन्दोलनमा सक्रियतापूर्वक लागियो ।

जनयुद्ध र हतियार प्रशिक्षण

यहाँले धनुषाबाटै हतियार चलाउने तालिम लिएको बताउँदै आउनुभएको छ, सुरुमा कसरी तालिम लिनुभएको हो ?

पहिलो कुरा, मधेसतिर पहाडमा भन्दा बढी हतियार पाउने सम्भावना हुन्छ । पेस्तोल, कटुवा, बारुदजस्ता हतियार पाउने सम्भावना बढी हुन्छ । दोस्रो कुरा, धनुषाको सवैला भन्ने ठाउँ भनेको मातृका यादवजीको गाउँ हो, जहाँ भगवत भन्ने युवक थिए । उनी रामराजाप्रसाद सिंहलाई छाडेर हामीतिर आएका थिए । अहिले उनी एमालेमा छन् । उनले बम बनाउने तालिम सिकेर आएका रहेछन् । त्यसो भएकोले पहिलो तालिम हामीले नै लिनुपर्छ भनेर म, बादल, गौरवले धनुषाको त्यो साथीबाट पहिला बम बनाउन सिक्यौं ।

त्यो कति समयको तालिम थियो ?

एकहप्ताजतिको । उनले हामीलाई त्यसरी बम बनाउन सिकाए । बम पनि बनाएर परीक्षण गरियो । यो ठीक हुन्छ भन्ने पनि भयो ।

बन्दुक चलाउन सिक्नुभएन त ?

त्यहाँ बन्दुक होइन, मुख्यतः बममात्र बनाउन सिकिएको हो । मैले धनुषाबाट बमको बारेमा बढी सिकें । त्यहाँबाट बन्दुक र कटुवाहरु किन्थ्यौ हामी । कटुवा पेस्तोल बनाउनेचाहिँ सिराहाबाट सिकेका हौं । सिराहामा हाम्रै सङ्गठनका एकजना फलामको काम गर्ने मान्छेले पेस्तोल बनाउन सक्नुहुन्थ्यो । राम्रो रिवल्भर बनाउनुहुन्थ्यो । उहाँलाई बनाउन लगाएर त्यहाँ बसी परिक्षण गरेर मैले उहाँसँग केही खरिद पनि गरेको छु ।

अस्ति एउटा कार्यक्रममा विजय गच्छेदारले भन्नुभयो, ‘तपाईंले त रुकुम–रोल्पाबाट जनयुद्ध सुरु गर्नुभयो, भरुवा बन्दुकबाट । अहिले मधेसमा त एके फोर्टी सेभेनबाट सशस्त्र सङ्घर्ष सुरु भएको छ ।’ त्यसपछि मैले उहाँलाई भनें, ‘तपाईले त केही पनि बुझ्नुभएको रहेनछ, मैले सिकेको भनेको नै धनुषा र सिराहाबाटै हो । बेकारमा उल्टो कुरा गर्नुहुन्छ ? रुकुम र रोल्पाबाट सशस्त्र सङ्घर्ष सुरु भएको त बाहिरी रुपमा देखिएको मात्र हो ।’ त्यो जवाफ सत्य र वास्तविक पनि हो ।

यहाँले गोरखाको सिरानचोकमा हतियार चलाउने तालिम दिनुभएको थियो । त्यस्तै रुकुम र रोल्पामा पनि युद्धकलासम्बन्धी क्याम्प नै चलाउनुभएको थियो । त्यो कामलाई कसरी अगाडि बढाउनुभयो ?

– यता सिराहामा पेस्तोल तयार भए पनि उतापट्टि हामीलाई ठूलो हतियारको पनि केही तालिम दिनुपर्छ भनेर थ्रिनटथ्रि राइफल आवश्यक परेको महसुस हुन्थ्यो । खोज्दै जाँदा राइफल नै भेटियो मनाङमा । त्यहाँ बादलजी र म नै गएर हेरियो, दुइटा राइफल रहेछ । त्यतिखेर ती दुइटा राइफल पनि हाम्रो लागि निकै ठूलो कुरा थियो । हेर्नुस्, अहिलेका यत्रा हतियार त केहीजस्तो लाग्दैन, त्यो बेलाको समस्या हेर्दा ।

उहाँको पछि–पछि लागेर बाक्लो निगालोको झाङभित्र पसेर आधाघण्टा घारीमा हिँड्दै राइफल हेरियो । उहाँले नै राइफलका सबै पाटपूर्जा खोल्ने र राख्ने काम सिकाउनुभयो ।

हामी मनाङ गएर देव गुरुङजीको घरमा बसेका थियौं । बिहान उठेर राइफल हेर्न गणेशबहादुर गुरुङको घरमा गयौं । उहाँ केही समयअगाडि मात्रै बित्नुभयो । मनाङको साह्रै राम्रो नेता हो उहाँ । उहाँको पछि–पछि लागेर बाक्लो निगालोको झाङभित्र पसेर आधाघण्टा घारीमा हिँड्दै राइफल हेरियो । उहाँले नै राइफलका सबै पाटपूर्जा खोल्ने र राख्ने काम सिकाउनुभयो । दसहजार मूल्यमा दुईवटा राइफल हामीले त्यहाँ किन्यौ ।

त्यो राइफल यहाँ तल गोर्खा ल्याउन त बा...बा.. यत्रो महाभारत भयो ! देव गुरुङजीले त्यो राइफल ल्याउन राति–राति हिँडेर थुप्रै दुःख गर्नुभयो । बादलजी र मैले त हतियार हेर्यौं, ठीक छ भनेर पैसा पनि दिएर आयौं । देवजीले मनाङका गुरुङहरुलाई लगाएर रातारात गरेर गोरखा ल्याउनुभयो ।

गोरखा सिरानचोकमा तालिम दिनेबेलामा हामीसँग पेस्तोल, दुईनाले राइफल, बम, टाइमबम, जिलेटिनका पोकाहरु भए । अब अलिकति जनयुद्ध तयारीको छाँटकाँट आउन थाल्यो ।

त्यसबेला तपाईंहरूसँग कुन कुन राइफल र हतियारका साथ सैन्य प्रशिक्षण चलाइएको थियो ?

– एउटा थ्रिनटथ्रि र अर्को नम्बर फो राइफल थियो । थ्रिनटथ्रिभन्दा अलि कमसल हो त्यो । सेन्ट्रल कमिटीका र अन्य गरी पन्ध्र–बीसजनालाई सिरानचोकमा दस–बाह्रदिनको तालिम दिइयो । हतियार र एम्बुसलगायतका छापामारले सिक्नुपर्ने सबै न्यूनतम विषयमा तालिम दिइयो । भूतपूर्व भारतीय सेनाले त्यसमा धेरै नै सहयोग पुर्याए । भारतीय सेनाका क्याप्टेनहरु अहिले पनि हामीसँग धेरै छन् ।

जनयुद्धकाल: सीता दाहाल, प्रचण्ड, डा‍ बाबुराम भट्टराई र हिसिला यमि

जनयुद्धका प्रशिक्षण

गोरखामा पहिलो सैन्य प्रशिक्षण गर्ने अनि गोरखाकै राजा पृथ्वीनारायण शाहले लडेको युद्धशैलीबाट धेरै सिक्ने । वास्तवमा पृथ्वीनारायणबाट युद्धकला कत्तिको सिक्नुभयो त ?

– मैले पृथ्वीनारायण शाहको लडाइँबाट धेरै सिकेको छु । युद्धको प्लान बनाएको पनि वास्तवमा पृथ्वीनारायण शाहबाट सिकेर नै भने पनि हुन्छ । उनले बडा छापामार शैलीमा झुक्याएर लडेका छन् नि ! राति–राति गएका छन्, अनेक गरेका छन् । लडाइँमा उनी बडो धूर्त, चतुर र माहिर देखिन्छन् । गोरखा, लमजुङदेखि काठमाडौंसम्मका लडाइँ हेरियो भने उनको युद्धको चित्र आइहाल्छ ।

युद्धको प्लान बनाएको पनि वास्तवमा पृथ्वीनारायण शाहबाट सिकेर नै भने पनि हुन्छ । उनले बडा छापामार शैलीमा झुक्याएर लडेका छन् नि !

उनले त्यतिबेला एकखालको जनयुद्ध नै गरेकोजस्तो मलाई लाग्छ । उनले जनपरिचालन गरेकै हो । दमाईसँग पनि सल्लाह लिएको छ । तनहुँलाई झुक्याएर लिएको छ ।

अनि भारतका पिपुल्स वार ग्रुप र एमसिसिजस्ता माओवादीसँग पनि त्यतिबेला केही सहयोग लिइएको थियो ?

– थियो, हाम्रो सुरु सम्बन्ध भएको एमसिसिसँग हो । उनीहरुको गढ रहेको बिहार नजिक पनि हामीलाई पर्यो । उनीहरुसँग कलकत्तातिरबाट हाम्रो सम्बन्ध भएको हो । २०४४ सालमै म र गौरवजीसँगै उनीहरुको क्षेत्रमा गएका थियौं । पन्ध्रदिनसम्म युद्ध, छापामार र लड्ने तरिका हेर्ने भनेर हामी त्यहाँ गएका थियौं । हामी बिहारको पटनाबाट पाँच–छघण्टाको बसमा पलामु जिल्ला गयौं । त्यहाँ उनीहरु जङ्गलमा पाल राखेर बसेका थिए । गाउँहरु पनि जङ्गलसँगै जोडिएका थिए । गाउँलेहरुले खाद्यान्न र पानी दिएर सहयोग गरिराखेका थिए । हामीलाई बस्नेचाहिँ जङ्गलमै बनाइएको थियो । त्यतिबेला त हामीलाई अनौठो लाग्दथ्यो: हतियार लिएर बसेका दस्ताहरु थिए । पुलिस कोही पनि नआउने अवस्था थियो । उनीहरुसँग पन्ध्रदिन त बडो रमाइलोसाथ बसियो । कमाण्डरहरुसँग छलफल गरियो, ट्रेनिङ सबै लिइयो । हामीले पनि ट्रेनिङ दियौं । त्यहाँ विभिन्नखालका आधुनिक हतियारहरु पनि देखियो । उनीहरुसँग लगातार सम्बन्ध रहिरह्यो ।

२०४५/०४६ सालतिर भने हाम्रो पिपुल्स वार ग्रुपसँग पनि सम्बन्ध विस्तार भयो । उनीहरुसँग गम्भीर ढङ्गले कुराकानी भयो । हामी जनयुद्धको तयारी गर्दै थियौं । त्यसबेला हामीले संयुक्त वक्तव्य पनि निकालेका छौं । उनीहरु राजनीतिमा अलि अगाडिजस्तो देखिन्थे । जनतामा पहुँच भएको र प्रभाव पनि बेसी भएको पार्टी थियो त्यो ।

भारतका दुवै माओवादी पार्टीसँग हाम्रो सम्बन्ध भएकोले दुवैलाई एकता गराउन नै हाम्रो पहल हुन्थ्यो । यसो भन्दाखेरी त अहंकार प्रदर्शन गरेजस्तो लाग्नसक्छ तर यथार्थ के हो भने उनीहरुको एकता गराउन हाम्रो नै मुख्य हात रहेको छ । त्यो कुरा एमसिसि र पिपुल्सवार दुवैलाई थाहा छ ।

हामीले दुवै भारतीय माओवादी समूहको एकीकरणमा नेपालका माओवादीको हात रहेको कुरा लेखेका थियौं, भारतीय र यहाँहरूको स्रोतको आधारमा । भारतीय अखवारले पनि यस्तो खबर छापेका थिए । त्यसो भए ती कुरा सही रहेछन्, होइन ?

– उनीहरुको एकीकरणमा हाम्रो प्रत्यक्ष भूमिका रहेको सत्य–तथ्य हो । पीपुल्स वार ग्रुपको क्षेत्रमा पनि एउटा टीम नै पठाइएको थियो, तालिम लिनका लागि । उनीहरुसँग हतियार पनि धेरै, भूभाग पनि ठूलो, द्वन्द्वको अवस्थामा जङ्गलमा महिनौं पनि टिक्ने आफ्नै संसार थियो ।

अनि उल्फा र नागा विद्रोहीहरूसँगको सम्बन्धबारे प्रकाश पारिदिनुस् न ।

– पूर्वी भारततिरका विद्रोही ग्रुपसँग पनि हाम्रो सम्बन्ध थियो । उल्फा र नागाहरु पनि विद्रोही भएको कारणले हाम्रो सम्बन्ध राम्रै थियो । जनयुद्ध सुरु नहुँदैको कुरा हो त्यो । त्यतिबेला यही पाटनमा बस्थ्यौं । एकताकेन्द्रको बेलामा उल्फाका मान्छे यहीँ आउँथे । उनीहरुले हामीलाई राम्रो सहयोग गर्दथे । त्यतिबेला उनीहरुको दबदबा थियो । जनयुद्ध सुरु हुनुभन्दा अगाडि हाम्रा साथीहरु पनि गए । उनीहरुसँग हतियार पनि एकदम अत्याधुनिक खालका थिए ।

पूर्वी भारततिरका विद्रोही ग्रुपसँग पनि हाम्रो सम्बन्ध थियो । उल्फा र नागाहरु पनि विद्रोही भएको कारणले हाम्रो सम्बन्ध राम्रै थियो । जनयुद्ध सुरु नहुँदैको कुरा हो त्यो ।

किरणको गिरफ्तारीसँग जोडिएर आउने कामतापुरी लिबरेशन अर्गनाइजेसनसँग कस्तो सम्बन्ध थियो नि ?

– उनीहरुसँग भने सम्बन्ध थिएन । अखबारमा त्यो कुरा उछालिए पनि कामतापुरीसँग सम्बन्धको कुरा साँचो होइन ।

युद्धमा पनि मान्छे मर्छ र ?

जनयुद्धको पहिलो आक्रमण भएको बेला कस्तो अनुभूति भयो ?

– जनयुद्ध सुरु गरेपछि मान्छे मर्छन् भन्ने कुरा थाहा त भइहाल्ने भयो । मर्न पनि सकिन्छ भनेर लाग्ने कुरा पनि भो । तर ठ्याक्कै रुपमा मान्छे मार्ने र मर्ने भन्नेचाहिँ: अनुभूतिको वा ‘कल्चर’ (संस्कृति)को तहमा हुँदोरहेनछ । दिलबहादुर रम्तेलको गोर्खामा हत्या भयो । बालक विद्यार्थी मर्यो भन्ने कुराले मलाई छोयो । किनकि हामीले मान्छे मार्ने कामबाट त युद्ध सुरु गरेका होइनौं । युद्ध त गरेको छ, मान्छे त मर्दैन होलाजस्तो अनुभूति कता–कता हुने । अनि त छजना खड्काबन्धु पनि मारिए रुकुमको गोठमा । त्यसले त धेरै उद्वेलित बनायो । त्यसले त राति सुत्न पनि गा¥हो, खान पनि त्यस्तै । हुनै नहुने कुरो भएजस्तो लाग्यो ।

युद्ध त गरेको छ, मान्छे त मर्दैन होलाजस्तो अनुभूति कता–कता हुने । अनि त छजना खड्काबन्धु पनि मारिए रुकुमको गोठमा । त्यसले त धेरै उद्वेलित बनायो ।

जनयुद्धको पन्ध्रदिनमा छजना खड्काबन्धु मारिँदा म पाटनमा थिएँ । त्यो खबर सुनेर रातभर सुतिनँ पनि । राति खाना नखाई एकदम भावुक भइराखें । युद्ध हो मान्छे त मर्छन् भन्ने भाव त मनमा आउँथ्यो तर त्यो भावले जित्दैनथ्यो । यत्रो मान्छे मरे भन्ने मात्र हुन्थ्यो, राति चारबजेतिर झकाएको छु । पाँचबजेतिर फेरि ब्युँझिएँ ।

शिख पुलिसको नेतृत्वले गएको टोलीले उनीहरुलाई ड्याम–ड्याम मारी दियो । नेपाली नै भएको भए त्यसरी छजना युवकलाई त्यसरी मार्दैनथ्यो होला । त्यतिबेला हामीले एकजना पनि मान्छे मारेका थिएनौं । चौकीमाथि स–साना पटाका हानेजस्तो मात्र थियो हाम्रो आक्रमण । पहिला आक्रमण गर्दा पनि बन्दी बनाएर समातेर ल्याउने भन्ने थियो । हतियार लुट्ने तर मार्ने भन्ने निर्देशन थिएन । मान्छे मार्नेबाट युद्ध र आक्रमण सुरु गर्नुहुन्न भन्ने पनि निर्देशन थियो । तर एकैचोटि छजना युवक मारिए भन्ने कुराले स्तब्ध बनायो ।

मैले सुन्नेबित्तिकै हाम्रो आक्रमण बन्द गर भनेर सर्कुलर गरिहालें । त्यसपछि त आक्रमण रक्षात्मक हुनुपर्छ भन्ने सर्कुलर गरियो । केही साथीहरूलाई ‘यो रक्षात्मकमा फर्क’ भनेको भन्ने लागेछ । ‘युद्धमा जाने त्यत्रो तयारी गरेको छ, फेरि रक्षात्मक हुनुपर्दा उहाँहरूलाई त्यस्तो भएको रहेछ । त्यसपछि ‘यो निर्देशन अहिलेलाई मात्र हो, सधैंलाई होइन मिटिङ बसेर निर्णय गरेर जाने’ भन्ने सर्कुलर सबैतिर पुर्याइदिइहालें ।

त्यो निर्णय पूरा योजनाबद्ध लिइएको त थिएन । पन्ध्रदिनको लागि स्थगन गरेको हो । त्यसपछि स्याङ्जामा मिटिङ बसेर अर्को योजना बनाइयो । त्यसपछि योजनाबद्ध जाने क्रम सुरु भयो ।

पहिला एकजना मान्छे मारिँदा देश नै उद्वेलित हुन्थ्यो । अहिले कयौं मान्छे मारिँदा पनि त्यस्तो हुँदैन । तपाईंलाई कस्तो लाग्छ, यो वर्गीय रुपमा बुझेर पचाउँदै गइरहेको हो वा मान्छेमा संवेदनहीनता पैदा हुँदै गएको हो ?

– तपाईंले भनेको दुइटै कुरा ठीक हो । एउटा त मान्छेले पचाउँदै गएको हो भने अर्को त वर्गीय रुपमा हिंसाबारे बुझ्दै गएको पनि हो ।

नेतृत्वका लागि प्रतिस्पर्धा

माओवादी पार्टी बनेपछि एक–अर्कोलाई उछिन्न नेतृत्वमा कत्तिको प्रतिस्पर्धा हुन्थ्यो ?

– यो प्रश्न अलि सरल र जटिल दुवै छ । पार्टीमा प्रतिस्पर्धा त भई नै राख्छ । नेतृत्वमा आउनुपर्छ भनेर म पार्टीमा लागिनँ । सुरुमा त पार्टीमा ठूल्ठूला नेता छन् भन्ने लागेको थियो । त्यसैले त्यहाँ पुग्ने त्यति कल्पना नै हुँदैनथ्यो । मोहनविक्रम र निर्मल लामालाई पार्टीमा माओ र चाओ भन्ने प्रचलन नै थियो । आजादलाई चू तेह भनिन्थ्यो फेरि । आजाद (ऋषि देवकोटा) ले राजीनामा दिएर हिँडिहाल्नुभयो । उहाँ अलि हतियार चलाउनुपर्छ, क्रान्ति गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँ क्रान्तिकारी सहिद बनेर जानुभयो ।

सुरुमा त पार्टीमा ठूल्ठूला नेता छन् भन्ने लागेको थियो । त्यसैले त्यहाँ पुग्ने त्यति कल्पना नै हुँदैनथ्यो । मोहनविक्रम र निर्मल लामालाई पार्टीमा माओ र चाओ भन्ने प्रचलन नै थियो ।

त्यस्ता नेताहरुको छाप मलाई परिहालेको थियो । त्यति ठूला नेताहरु भइसकेपछि हामी खुरु–खुरु पछि लागेर लड्ने भन्ने नै लागेको हो । २०३८ सालमा अयोध्या प्लेनममा माओ र चाओको झगडा देखेपछि पूरा मन भाँचिएको थियो । मोहनविक्रमको चारित्रिक कुराले पनि कस्तो सानो कुरा पनि मिलाउन नसकेको होला भनेर मन भाँचियो ।

मैले पहिला भेटेको र प्रशिक्षण लिएको त लामाजीबाटै हो । उहाँको प्रस्तुति, कुरा गर्ने तरिका मलाई बढी मन परेको थियो । उहाँको स्वभाव असाध्यै सहज लागेको थियो, मनका कुरा ड्याङ–ड्याङ भनिहाल्ने । त्यस्तो कपटीजस्तो नलाग्ने उहाँ, सीधा सीधा कुरा हुने । रोई पनि हाल्नुहुन्थ्यो । मसँग एकता केन्द्र बनेपछि ‘तपाईंजस्तो साथी पाएँ, मलाई गर्व छ’ पनि भन्नुहुन्थ्यो । झगडा गर्दा पनि तँ, तँ र म म नै हुने ।

मोहनविक्रमचाहिँ ठूलो सिद्धान्तकारजस्तो गरेर प्रस्तुत हुन त खोज्ने तर कृत्रिम लाग्ने । तैपनि पार्टीको लाइन भनेर उतापट्टि लागियो । उनीहरू दुइजनाको झगडाले मलाई राम्रो प्रभाव पारेन । त्यसपछि उनीहरु महान् नेता हुन्, उनीहरुको नेतृत्वमा क्रान्ति हुन्छ भन्ठानेको, तर त्यस्तो त होइन रहेछ भन्ने लाग्यो । मैले पनि धेरै मिहेनत गर्नुपर्ने हो कि भन्ने चिन्ता मलाई हुन्थ्यो । मोहनविक्रम र मेरो त्यतिबेला असाध्यै गहिरो सम्बन्ध थियो र अलि–अलि कुरा हुन थालेको पनि थियो । मिल्दो साथी फणिन्द्रजी लामाजीतर्फ लाग्नुभयो ।, क्रान्ति, पार्टी जे भने पनि नेता त ठीक रहेनछन् भन्ने लाग्यो । मिल्दो साथी उता भएपनि फुटेको चौममा गइएन ।

चौम फुटेपछि २०४१ सालमा मोहनविक्रमसँग फेरि परिहाल्यो । २०४२ सालमा पुग्दा नपुग्दै मोहनविक्रमसँग अलग्गिने स्थिति बन्यो । २०३८ देखि २०४२ सम्मको ‘पिरियड’ (अवधि) एकदम तीब्र गतिमा पार्टी, विचार, ट्रेण्डलाई बुझ्ने अनि अन्तरसङ्घर्ष र नेताहरु सबैलाई भरपूर बुझ्ने अवधि बन्यो । फुटकै बीचमा २०४२ सालमा किरणजीले नेतृत्व गरेको मोटो मशाल बन्यो ।

त्यसबेला हाम्रोतर्फका कोही पनि नेता प्रख्यात थिएनन् । नेता नै नभएको पार्टीमा पो परिएछ कि जस्तो लाग्यो । किरणजी पनि स्थापित हुनुहुन्थेन ।

त्यसबेला हाम्रोतर्फका कोही पनि नेता प्रख्यात थिएनन् । नेता नै नभएको पार्टीमा पो परिएछ कि जस्तो लाग्यो । किरणजी पनि स्थापित हुनुहुन्थेन । भक्तबहादुरजी ‘शेरसिंह’को नाममा महामन्त्री हुनुहुन्थ्यो । महामन्त्री भएपनि निर्मल लामा र मोहनविक्रमको ‘हाइट’ (उचाइ) उहाँको पुग्दैनथ्यो । अरु साथीहरू त सापेक्षिक रुपमा राम्रा–राम्रै लिए । यी नेताले लडेर क्रान्ति पूरा गर्दछन् भनेर कता–कता विश्वास पनि नहुने ।

यस्तो समयमा म एउटा युवा कार्यकर्ताको रुपमा अलि मिहेनत गर्नेतिर गएँ । अध्ययन, लेखन, सङ्गठनात्मक रुपमा पनि लागें । २०४२ बाट २०४४ सालमा पुग्दा नपुग्दै दुईवर्षको मिहेनतमा सबैतिरबाट मलाई खोज्ने स्थिति बन्यो । हाम्रो मोटो मशाल समूहभित्र म पूर्वदेखि पश्चिमसम्म गएपछि समस्या हल भइ पनि हाल्ने, सङ्गठन पनि बन्ने अवस्था आयो । अरु साथी जाँदा नसक्नेजस्तो स्थिति हुन्थ्यो ।

यसरी आफू मिहेनतकै आधारमा स्थापित भइयो । तैपनि म महामन्त्री भइचाहिँ हाल्दिनथें । महामन्त्री हुने इच्छा पनि थिएन । मभन्दा धेरै सिनियर साथीहरू थिए । किरणजी त महामन्त्री हुनुहुन्थ्यो । गौरवजी पनि मभन्दा सिनियर साथी हो । खम्बासिंह कुँवर, भक्तबहादुर श्रेष्ठ, वाचस्पति देवकोटा पनि सिनियरमध्येकै हुनुहुन्थ्यो । तर सङ्गठनभित्रको चाहनाकै कुरा गर्ने हो भने धेरै साथीहरू मलाई चाहनेजस्तो भइसकेका थिए । त्यहीबेला असनमा (सेक्टरकाण्ड) घटना भयो । त्यसपछि पटक–पटक तलबाट आलोचना भइरहन थाल्यो । तलचाहिँ कारबाही गर्ने, माथि भने किन नगर्ने ? ठूलाले गल्ती गर्ने, कारबाही भने नहुने: यस्तो हुन थालेपछि किरणजीको प्रस्तावमा महामन्त्री भइयो । त्यो अरु कसैको आविष्कार होइन । धेरैले चितवनका धेरै केन्द्रीय कमिटीमा भएकोले त्यसो गरे होला भन्छन् । तर त्यो बिल्कुल झुठो कुरा हो ।

किरणजी र म एकदम नजिक पनि भइयो । उहाँले फिलोसफी, सौन्दर्यशास्त्रमा राम्रो ज्ञानआर्जन गर्नुभएको छ । नेपालमा अध्ययनमा त्यो स्तरको मान्छे मैले देखेको छैन । हाम्रो निनु चापागाईले पनि सौन्दर्यशास्त्रको अध्ययन धेरै माथि पुर्याइसक्नुभएको छ । तर दर्शन, राजनीति, सौन्दर्यशास्त्र सबै क्षेत्रमा किरणजीको अध्ययन गहिरो छ । म उहाँको अध्ययनबाट छिट्टो सिक्न चाहन्थें । तर उहाँमा फेरि नेतामा हुने गतिशीलता नपुग्ने । उहाँले चाहिँ नेताका लागि मलाई देख्नुहुन्थ्यो । आफूले पद छाडेर मलाई महामन्त्री बनाउने उहाँको इच्छा हो । त्यसका लागि योग्य उम्मेद्वारको म उहाँको दिमागमा बेला–बेलामा आइराखेको रहेछ । उहाँ बारम्बार भन्नुहुन्थ्यो, ‘म छाड्छु, तँ युवा छस्, नयाँ ढङ्गले जानसक्छस् ।’ म भन्थें, ‘बेकारमा यता सौच्दै नसोचौं, म भर्खरको युवक नै थिएँ । मैले हुन्न भन्न थालें तर किरणजीको आफूचाहि नबस्ने इच्छा प्रबल थियो ।

किरणजी र म एकदम नजिक पनि भइयो । उहाँले फिलोसफी, सौन्दर्यशास्त्रमा राम्रो ज्ञानआर्जन गर्नुभएको छ । नेपालमा अध्ययनमा त्यो स्तरको मान्छे मैले देखेको छैन ।

मुख्य नेता हुनुभन्दा बाहिर बसेर काम गर्ने उहाँको स्वभाव थियो । मैले मान्दै नमानेपछि अब उहाँले साथीहरुबीच महामन्त्री पद बाँड्न थाल्नुभयो । त्यसपछि ल अबचाहिँ हुँदैन पार्टी कता लाने भन्ने त लिडरसीपको ठूलो हात हुन्छ भन्नेचाहिँ पक्कै भएको हो ।

आरोप–प्रत्यारोपमा नेतृत्व

नेतृत्वमा हुने मान्छेलाई विभिन्न आरोप लाग्ने गर्दछ । तपाईंलाई कुनै त्यस्ता घटनाले तनाव उत्पन्न भएको त छैन ?

– त्यस्तो खालको आरोप लागेको अहिलेसम्म मैले अनुभव गरेको छैन । भ्रष्टाचार, यौन अथवा अन्य केही व्यक्तिगत आरोप लागेका छैनन् । त्यस्तो ठाउँ पनि रहेन । राजनीतिक आरोप त भइहाल्छ ।

मोहनविक्रम सिंहको आक्रमण र व्यवहारले तनावमा पारे कि ?

– उनले भनेको कुराले त्यति छुँदैनथ्यो मलाई । मैले उनलाई धेरै आक्रमण गर्थे र म धेरै ‘अफेन्सिभ’ (आक्रामक) थिएँ । त्यसो हुनाले उनको कुरा र आरोपबाट खासै असर हुँदैनथ्यो । मलाई कहिलेकाहीं आफ्नै साथीले नराम्रोसँग छाडिदिने अथवा गलत ढङ्गले आरोपित गरेर जाने कुराले तरङ्गित पार्दथ्यो ।

पछिल्लो समयको डा. भट्टराईसँगको अन्तरद्वन्द्वले त्यस्तो प्रभाव पार्यो कि ?

– २०६१ सालमा बाबुरामजीसँग द्वन्द्व भयो । ‘आइडोलोजिकल’ (वैचारिक) र ‘पोलिटिकली’ (राजनीतिक रुपमा) बहस भयो । त्यसले मलाई व्यक्तिगत रुपमा त्यति छोएन । उहाँको र मेरो पृष्ठभूमिले गर्दा केही भ्रमहरू र केही ग्यापहरूले गर्दा ‘वेभलेन्थ’ (जोड–कोण)हरू नमिल्ने हुन्थे तर हामी सँगसँगै बसेर लडी पनि राखेका हुन्थ्यौं । फेरि एउटै सङ्घर्षमा छौं भन्ने भाव पनि हामीमा हुन्थ्यो । त्यस्तो कटुता भएर बोलचाल नै बन्द कहिल्यै पनि भएन । झगडा भएर पनि सँगै हुन्थ्यौं हामी ।

प्रचण्ड र डा‍ बाबुराम भट्टराई । तस्विर: ध्रुव बस्नेत

त्यसो हो भने बादलजीको घटनामा त्यसो भएको हो कि कसो ?

मलाई सबभन्दा नजिकको साथीले गलत ढङ्गले आरोपित गर्यो भने बढी दुःख लाग्थ्यो । जनयुद्ध सुरु हुँदै थियो । भकाभक मान्छेहरू मारिन थालिराखेका थिए । त्यो परिस्थितिमा बादलजी मेरो एकदम पहिलादेखिको नजिकको साथी । उहाँको एउटा घटना भइदियो । त्यो घटनासँग सम्बन्धित भएर त्यसलाई साथीहरू सहज रुपमा लिनुभन्दा पनि त्यसलाई आरोपित गर्नेतिर गए । त्यसले कयौं महिनासम्म टेन्सन दियो, ठूलै टेन्सनमा भनौं न । ‘के हुँदो रहेछ हो ! पार्टी र साथीहरू भनेर के रहेछ त यो ?’ भन्ने लाग्यो र यस्तो बिझ्यो, यस्तो बिझ्यो कि भनी साध्य नै छैन ! ओहो कति विश्वास गरेको पनि यस्तो हुने भन्ने लाग्यो ।

त्यसलाई मलम लगाउने काम चुनवाङ बैठकले गर्यो ?

त्यो बैठकलाई त रुपान्तरण नै हो भन्छु म त । नत्र भने केही न केही कच्याक्कचुक भइराख्ने क्या । साथीलाई आफूले गरेको कमजोरी ठूलो नलाग्ने, सामान्य नै गरेको छुजस्तो ठान्ने । यता अरुले सोच्दा गम्भीर हो भनेजस्तो लाग्ने । त्यो भइसकेपछि मैले आरोपितलाई अनुशासनको कारबाही गर्दा नेतृत्वमा आउन लागेकोले ‘माइनस’ गर्न मैले यो गरेको हो भनेपछि त के हुन्छ ! जब त्यो घटना ‘रियालिटी’ हो, केही घटना यथार्थ सत्य छ । त्यहाँ सोझै देखिएको छ । तर त्यस्तोमा पनि कसैले भन्दियो, कारवाही आफ्नो नेतृत्व बनाइराख्नको लागि गरेको हो भनेर । नेतृत्वको प्रतिस्पर्धाको लागि भनेर जोड दिइएपछि सबभन्दा ठूलो चोट लाग्नेजस्तो पनि हुन्थ्यो । त्यो बेलामा ‘यो सबै चिज भ्रम त होइन’ भन्नेजस्तो पनि हुन्थ्यो । त्यत्रो वर्ष सँगै बसियो, काम गरियो, साथीहरूचाहिँ गरेपछि एकैचोटि भरङ भत्किएलाजस्तो क्या । पछि फेरि सङ्घर्षकै क्रममा रुपान्तरण पनि हुन्थ्यो ।

चुनवाङ बैठकताका थकाइ मार्दै । तस्विर: खिलबहादुर भण्डारी

रुदाँरुँदै हाँस्नुपर्ने, हाँस्दाहाँस्दै रुनुपर्ने

प्रचण्ड र भावुकता भन्ने कुरा एकदम जोडिएको छ । जस्तो चुनवाङको साँस्कृति कार्यक्रममा तपाईं सार्वजनिक रुपमा नै रोएको पनि देखिएको थियो । त्यो चुनवाङबाहेक पनि तपाईं सार्वजनिक रुपमा रुनुभएको छ कि ?

– जतिबेला मैले रुदाँरुँदै हाँस्नुपर्ने, हाँस्दाहाँस्दै रुनुपर्ने भनें, त्यो रोल्पाको एउटा कार्यक्रममा भनेको हो । त्यो साँच्चैको घटना भएर भनेको हुँ । एकातिर त्यो कार्यक्रममा जानुपर्दथ्यो बादलजी, म जानुपर्ने स्थिति आइपर्यो । बादलजीलाई अनुशासनको कारवाही गर्नुपर्ने भयो । २०५३ सालमा एकवर्षमात्रै भएको थियो जनयुद्ध भएको ।

अघिल्लो पटकको भेलामा गएका राम्रा–राम्रा साथीहरू मारिएका थिए । अर्कोतिर पार्टी केन्द्रमा सबभन्दा नजिकको साथीलाई अनुशासनको कारबाही गर्नुपर्ने स्थिति आयो । उता साथीहरू ढलेका छन्, यता कोही भने यसरी भइरहेको छ भन्ने कुराले मभित्र उद्वेलन भइराख्थ्यो । त्यतिबेला साथीहरूसँग बोल्नुपर्दा म भावुक भइहाल्थें ।

त्यतिबेला मृत्यु सहज भइसकेको थिएन । नेतृत्वलाई पनि मृत्यु पचाउन धेरै गाह्रो परिरहेको थियो । सबै कार्यकर्तालाई हेरियो सबै भावुक छन् ।

रोल्पाको जिल्ला कार्यकर्ता त्यो भेलामा पनि सहिद परिवार आएका थिए । त्यतिबेला मृत्यु सहज भइसकेको थिएन । नेतृत्वलाई पनि मृत्यु पचाउन धेरै गाह्रो परिरहेको थियो । सबै कार्यकर्तालाई हेरियो सबै भावुक छन् । फेरि बादलजीलाई कारबाही गरेको कुरा त्यतिबेला बाहिर नभन्ने निर्णय थियो ।

सबैलाई बादल आउनुपर्ने ठाउँमा महामन्त्री आफैं किन आए भन्ने लागेको थियो । कार्यकर्ताको भावनालाई हेरेर म ठूलो पीडासहित गएको थिएँ । कारबाहीको कुरा भन्न नभइराखेको अवस्थामा म बोल्दा–बोल्दै रोइराखेको थिएँ ।

नेतृत्व सन्तुलनको विधि

नेतृत्वको सन्तुलन पार्टीभित्र कसरी राख्नुहुन्छ त ?

– एकता, सङ्घर्ष, रुपान्तरण त सन्तुलनको प्रक्रिया नै हो । म सबै कमरेडहरुलाई विश्वास गर्छु, एउटा सन्तुलनको तरिका हो । कसैसँग आग्रह र पूर्वाग्रह सकेसम्म राख्दिनँ । जसको जे क्षमता छ, उसलाई त्यसको जिम्मेवारी दिनुपर्छ र ऊप्रति पूर्वाग्रही हुनुहुन्न भन्नेमा बढी सतर्क रहन बल गर्छु । त्यसैले सन्तुलन कायम छ, नत्र गाह्रो हुन्छ ।

विश्वभरिका माओवादीका नेताहरु यहाँ आएका थिए । उनीहरु सबै जिल्ल परे, यत्रो वर्षको युद्धमा पनि तिमीहरुको पार्टी फुटेन भनेर । युद्धमा त प्रायः पार्टीहरु फुट्छन् । संसारभरिका पार्टीहरुमा त्यस्तै भएको देखिन्छ ।

हेर्नुहोस्, अहिले विश्वभरिका माओवादीका नेताहरु यहाँ आएका थिए । उनीहरु सबै जिल्ल परे, यत्रो वर्षको युद्धमा पनि तिमीहरुको पार्टी फुटेन भनेर । युद्धमा त प्रायः पार्टीहरु फुट्छन् । संसारभरिका पार्टीहरुमा त्यस्तै भएको देखिन्छ । हाम्रो त झन् जुट्दै गयो । यत्रो दसवर्ष युद्ध गरेर शान्ति सम्झौता गरेको छ । र पनि पार्टी झन् बलियो देखिन्छ । त्यो देखेर उनीहरु दङ्ग भएका छन् । यसको मुख्य कारण सबै कमरेडलाई क्षमताअनुसार काम दिएर नै हो ।

तपार्इंलाई निकटबाट जान्ने–बुझ्नेहरूले भनेजस्तै तपाईको चिन्तन र आचरण गर्ने शैलीले पनि त्यसमा काम गरेको हो कि ?

– त्यो त हो । म सबैसँग सरल व्यवहार गर्छु । कसैसँग झगडा भएपनि सरल ढङ्गले कुरा गर्नसक्छु । कसैसँग झगडा भयो भने त्यो कमरेडको कमजोरीभन्दा पनि ‘पोजेटिभ’ (सकारात्मक) कुरा के छ भनेर हेरिदिन्छु । त्यसबाट त ऊ प्रभावित हुन्छ नि त । झगडा हुनेसँग नै म बढी मिल्ने गर्दछु । बाबुरामजीसँग त्यत्रो द्वन्द्व भयो ! सँगै बसेर उहाँका सकारात्मक कुराहरु हेरिदिएपछि त नतमस्तक हुनुपर्यो नि ! अहिले हामी साथीहरुलाई यही सिकाउँछौं कि भिन्नमत हुनेको सकारात्मक पक्ष हेर्न सिक ।

पार्टीको अध्यक्ष पनि आवधिक

नेतृत्वको हस्तान्तरणबारे केही सोच्नुभएको छ ?

– त्यसबारे मैले चुनवाङ बैठकमा एउटा प्रस्ताव पेस गरेको छु । हामीलाई लाग्छ, त्यो तरिका अपनाउनु एक्काइसौं शताब्दीमा अपरिहार्य छ । क्रान्ति सम्पन्न गर्न र प्रतिक्रान्ति रोक्न पनि यो मान्यतालाई हामीले लागु गर्नुपर्छ भनेर ठानेका छौं । क्रान्तिद्वारा पैदा हुने लिडरसिपको टिम सत्तामा नजाने, जीवित रहँदासम्म पदमा टाँसिएर नरहने अनि राज्य सञ्चालनका दैनिक कामबाट टाढा रहने मान्यता हो त्यो । उनीहरुले अर्को युवापिँढीलाई राज्य सञ्चालन गर्ने जिम्मेवारी दिने धारणा हो त्यो । त्यसो गर्दा अथोरिटीचाहिँ पुरानो लिडरको टिममा हुन्छ, एउटा राज्यको अथोरिटीजस्तो । यदि कार्यकर्ता अथवा नेताले राज्यसञ्चालनमा गल्ती गर्यो भने पुरानो नेतृत्वले जनतालाई भनिदिनेबित्तिकै उनीहरुले राजीनामा दिन बाध्य हुन्छन् । यो मान्यतासँगसँगै हामीले के भनेका छौ भने राज्यको नेतृत्व पनि आवधिक रुपमा जनतामा जानुपर्छ, पार्टी नेतृत्व गर्नेले राज्यसत्ता चलाई रहनुहुँदैन । निश्चित समय सत्तामा बसेपछि त्यो पद छोडेर जनतामा जनपरिचालन र सङ्गठन विस्तारमा जानुपर्छ । सङ्गठन निर्माण र जनपरिचालन गरेका कार्यकर्ताहरु फेरि नेतृत्वमा आउनुपर्छ । यो चक्र चलाइराख्न सक्नुपर्छ ।

क्रान्तिद्वारा पैदा हुने लिडरसिपको टिम सत्तामा नजाने, जीवित रहँदासम्म पदमा टाँसिएर नरहने अनि राज्य सञ्चालनका दैनिक कामबाट टाढा रहने मान्यता हो त्यो । उनीहरुले अर्को युवापिँढीलाई राज्य सञ्चालन गर्ने जिम्मेवारी दिने धारणा हो त्यो । ... यो क्रान्ति गलत भयो भने मैले राजीनामा दिनुपर्छ । सही नै भए पनि ममात्रै सधैं यो पदमा टाँसिरहनु ठीक हुँदैन ।

त्यसो हो भने पार्टीको अध्यक्षमात्रै आवधिक हुनुपर्दैन त... ... ?

– हो, हो अध्यक्ष पनि आवधिक हुनुपर्छ भनेको हो मैले । अघि भनेको त्यो आवधिकतामा अध्यक्ष पद पनि हो । पार्टीको अध्यक्ष पनि जनतामा जानुपर्छ भनेको हो । जस्तो अहिले म अध्यक्ष छु । मानिलियौं, यो क्रान्ति गलत भयो भने मैले राजीनामा दिनुपर्छ । सही नै भए पनि ममात्रै सधैं यो पदमा टाँसिरहनु ठीक हुँदैन ।

मैले के भनेको हुँ भने अब दुई–चारवर्ष अध्यक्षता गर्नुपर्यो भने पनि गर्छु । अब ठ्याक्कै अहिले नै अर्को बनाउँ भन्नमिल्दैन । हुनसक्छ पाँचवर्ष पार्टी अध्यक्षको पनि, सरकार प्रमुखको पनि भूमिका खेल्नुपर्ने भयो भने खेल्नु नै पर्छ । तर पाँचवर्षभित्र अर्को पुस्ता तयार गरिसक्नुपर्छ । अध्यक्ष र सरकार प्रमुख छोड्ने पनि, त्यसपछि अर्को साथीलाई दिएर चक्रमा पनि लैजाने काम गर्नैपर्छ । यसो गरियो भने मात्रै चिनियाँ वा रुसको जस्तो प्रतिक्रान्तिको घटना हुनबाट नेपाली क्रान्तिलाई रोक्न सकिन्छ । होइन भने अरु जतिसुकै राम्रा कुरा गरेपनि त्यो भौतिक परिस्थिति र प्रक्रियाले उही ठाउँमा पुर्याउँछन् नै ।

माओले पार्टी अध्यक्ष भएर राज्यमाथि अङ्कुश लगाउने जुन अभ्यास गर्नुभयो, त्यही अभ्यासको पुनरावृत्ति त होइन यो ?

– त्यसको पुनरावृत्तिचाहिँ होइन । माओलाई पार्टी अध्यक्ष अन्तिमसम्म बस्नुपर्ने बाध्यता भयो । हामीले भन्न खोजेको त्योभन्दा फरक हो ।

फेरि पनि मूलतः पार्टीमा रहेका नेताहरूकै हातमा सत्ता रहने हो कि भन्ने चिन्ता पनि छ नि ?

– त्यो त होइन । अध्यक्ष भएर अथवा सरकार प्रमुख भएर आउने र बाहिर रहेर चलाउनेमा फरक छ । ‘मोरल अथोरिटी’ (नैतिक प्राधिकार) पनि भएर कानुनी रुपले गरिने त्यस्तो हस्तक्षेप तानाशाही हुँदैन अब । त्यस्तो अत्यावश्यक क्षण आयो भने मात्रै मोरल अथोरिटी प्रयोग गरिन्छ ।

जनयुद्धको विशिष्टता

अहिले बाह्रवर्षपछि फर्केर हेर्दा जनयुद्धको विशिष्टता के रह्यो त ?

– नेपाली जनताको तयारी र सुरुआत मौलिक ढङ्गले नै भयो । दसवर्षको यसको विकासक्रमलाई हेरियो भने पनि त्यसमा मौलिकता बेसी नै देखिन्छ । राजनीतिक र फौजी हस्तक्षेपदेखि शक्ति–सन्तुलनको दृष्टिकोणले पनि, रणनीतिक, कार्यनीतिक दृष्टिकोणले पनि यसमा केही मौलिकता र नयाँपन नै रह्यो । त्यसैले गर्दा सारा साम्राज्यवादी र विस्तारवादी तङ्खव लाग्दा पनि यसलाई सखाप पार्न सकेनन् र यो आफ्नो गतिमा अगाडि बढी नै राख्यो । जनयुद्धको एघारौंवर्ष सुरु हुने क्रमसँगै हामीले शान्ति सम्झौताको क्रम चलाएका छौं । हामी संविधानसभाको चुनावको दिशामा अगाडि बढिरहेका छौं । यहाँसम्म आउँदा के भन्नसक्छौ भने नेपाली जनयुद्ध बीसौ शताब्दीका सबै क्रान्ति र प्रतिक्रान्तिबाट शिक्षा लिएर नयाँ तरिकाले सङ्गठित गरिएको एउटा युद्धको रुपमा देखापरेको छ । हामी यहाँसम्म आउँदा, शान्ति सम्झौता गर्दा यो चीज त खतम भयो, अब क्रान्ति सकियो भन्नु भन्दा पनि क्रान्तिको रुप परिवर्तन ग¥यौं भनेर बुझ्दा नै बढी ठीक हुन्छ भन्ने लाग्छ । यसले प्रतिक्रियावादी वर्गविरोधी सङ्घर्षमा केही रुप परिवर्तन गरेको छ तर सङ्घर्ष जारी छ । अहिले यो जनयुद्धका उपलब्धिहरुलाई रक्षा गर्ने चरणमा छ भन्ने लाग्छ । मैले आफ्नो शब्दमा भन्नुपर्दा दसवर्षका युद्धका उपलब्धिलाई पहिला संस्थागत गरौं, त्यसपछि फेरि अगाडिको रणनीति बनाऔंला भन्ने हिसाबले संविधानसभाको चुनाव हुनु पनि जनयुद्धकै उपलब्धि हो । अहिले हाम्रो नेपाल र हामी नेपाली लोकतान्त्रिक गणतन्त्रको सङ्घारमा छौ । त्यो युद्धकै उपलब्धि हो । राज्यको अग्रगामी पुनःसंरचनाका लागि अहिले जुन जातीय, क्षेत्रीय, लिङ्गीय र वर्गीय जागरण पैदा भएको छ, त्यो पनि जनयुद्धकै उपलब्धि हो । संघीय अग्रगामी पुनःसंरचनादेखि गणतन्त्रसम्म जाने कुरालाई संस्थागत गरिसकेपछि अगाडिको रणनीति बनाउनु ठीक हुन्छ भनेरै हामीले यो तरिका अपनाएका हौं ।

नेपाली जनयुद्धको यस्तो विशेषता लागु गर्दा कतिपय मानिसहरुले ठानेका छन्, हामीले जनयुद्ध र क्रान्ति छाड्यौं र हामी पनि पुरानै संसदीय धारमा गयौं । तर त्यो ठम्याइ सत्य होइन । सत्य के हो भने अहिले पनि क्रान्ति जारी छ, तर भिन्न रुप र रङ्गमा ।

नेपाली जनयुद्धको यस्तो विशेषता लागु गर्दा कतिपय मानिसहरुले ठानेका छन्, हामीले जनयुद्ध र क्रान्ति छाड्यौं र हामी पनि पुरानै संसदीय धारमा गयौं । तर त्यो ठम्याइ सत्य होइन । सत्य के हो भने अहिले पनि क्रान्ति जारी छ, तर भिन्न रुप र रङ्गमा । अहिले जुन संसद् अगाडि बढिरहेको छ, त्यो पुरानो संसद् पनि होइन, त्यो पूरै क्रान्ति सफल भएर बनेको चिज पनि होइन । त्यो पूरै क्रान्ति सफल भएर बनेको चिज पनि होइन । यो एउटा सङ्क्रमणकालीन अवस्था हो, जुन संसद्, सरकार र संविधानमार्फत् अभिव्यक्त भइरहेको छ । यो जनयुद्धले पैदा गरेको प्रभाव हो भन्ने लाग्छ ।

अहिलेको बाटोबाट शान्तिपूर्ण ढङ्गले राज्यसत्ता कब्जा गर्न सकिन्छ कि सकिँदैन ?

– मलाई त्यस्तो लाग्दैन । शान्तिपूर्ण ढङ्गले सङ्क्रमण गरेर राज्यसत्ता कब्जा गर्न र समाजवाद बनाउन सकिन्छ भन्ने कुरालाई हाम्रो अहिलेको प्रयोगले पुष्टि गर्दैन । यसले के मात्रै पुष्टि गर्छ भने दसवर्षको जनयुद्धको बलमा जो राजनीतिक परिस्थिति पैदा भएको छ, त्यसको माध्यमबाट त्यसलाई नै प्रयोग गरेर विचारको नयाँ विकास गर्ने, रणनीतिको नयाँ विकास गर्ने प्रक्रियालाई यसले पुष्टि गर्दछ । पुरानै यान्त्रिक नक्कल नगरेर नयाँ ढङ्गले जाने कुरा त पुष्टि गर्छ तर शान्तिपूर्ण सङ्क्रमणलाई भने पुष्टि गर्दैन ।

नयाँ नेपालको सपना

तपाईंले नयाँ नेपालको सपना देखिरहनुभएको छ । नयाँ नेपालको खाकालाई बुँदागत रुपमा भन्दा कस्तो देखिन्छ त ?

– राजनीतिक रुपमा भन्नुपर्दा अहिलेसम्म जुन वर्ग, जाति, लिङ्गलाई राज्यसत्ताले दबाएर, तल पारेर उत्पीडन गरिराखेको छ, त्यसलाई मालिक बनाउनु नै नयाँ नेपाल बनाउनु हो । जबसम्म उनीहरुलाई यो देशको मालिक बनाइँदैन, तबसम्म नयाँ नेपाल बन्दैन । आर्थिक रुपमा भन्ने हो भने अहिलेसम्म जे प्रयोग हुँदै आएको छ, त्यसमा आमूल परिवर्तन गर्नुपर्छ । भूमिसम्बन्धी नीतिमा आमूल परिवर्तन गर्नुपर्छ । पहाडी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्नुपर्छ ।

अहिलेसम्म त पुरानो सत्ताले मधेसलाई आर्थिक स्रोत मानेर त्यसको शोषण गरिराखेको छ । हामीले अबको अर्थनीतिमा पहाडलाई मेरुदण्ड बनाउनेतिर सोच्नुपर्छ । चाहे त्यो हाइड्रो पावरको माध्यमबाट होस् वा उद्योगधन्दा र कलकारखानाबाट होस् । हरेक दृष्टिकोणबाट पहाडलाई केन्द्रविन्दु बनाइनुपर्छ, तराईको बोझ हलुका पार्नुपर्छ । अर्को पूर्व–पश्चिम राजमार्ग हिमालको फेदबाट लैजानुपर्छ र लिङ्क–रोडहरु बनाउनुपर्छ ।

सबै मान्छेहरु जसरी तराई झर्ने क्रम बढेको छ, मलाई त्यो बेठिक लाग्छ । अब तराईका मान्छेलाई माथि पहाडमा ल्याउनुपर्छ ।

त्यसो भन्नुको तात्पर्य सबै मान्छेहरु जसरी तराई झर्ने क्रम बढेको छ, मलाई त्यो बेठिक लाग्छ । अब तराईका मान्छेलाई माथि पहाडमा ल्याउनुपर्छ । पहाडमा बाटोघाटो र सुविधा बढ्यो भने त मान्छे माथि गइहाल्छन् । गर्मीले गर्दा तराईमा बस्न नै सकिन्न । तराईमा बढी चलखेल भएकोले हामीलाई भारतको प्रभाव बेसी परेको छ । त्यसलाई न्यूनीकरण गर्न पनि पहाडलाई केन्द्रविन्दु बनाउनु उपयुक्त हुन्छ । यो हेर्दा सानो तर ठूलो कुरो होजस्तो लाग्छ ।

नयाँ नेपाल बन्न गणतन्त्र त न्यूनतम अपरिहार्य सर्त नै हो । सामन्तवादको जडको रुपमा रहेको राजतन्त्र रहँदासम्म नयाँ नेपालको कल्पना गर्न सकिन्न ।

पहाडमा बाटो बनाउँदा, तराईमै पनि केही निर्माण गर्दा भारतले हस्तक्षेप गरेर रोक्न खोजेको दृष्टान्त छ नि ?

– अहिले नै त त्यस्तो समस्या आएको छैन । पहिले भारतको एउटा शासकीय तप्काले सीधै हस्तक्षेप गर्ने गरेको सत्य हो । पहाड र तराईकै बाटोमा पनि कोहलपुर–बनबासा पहिला चिनियाँहरुलाई ठेक्का परेको थियो । भारतीय हस्तक्षेपले नै त्यो रोकियो ।

नयाँ नेपालको प्रश्नमा पनि उसले हस्तक्षेप गर्ला नि ?

– यो अलि गम्भीर प्रश्न हो । मलाई के लाग्छ भने अब चिज त्यस्तो छैन । हामी अब झुक्ने स्थितिमा हुँदैनौं । कुरा के पनि हो भने पहिला बाटो बनाउनलाई उत्तरबाट सहयोग लिन धेरै समस्या थियो । अब त्यो ढोका खुलेको छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।