पानीको व्यक्तित्व, सृष्टि र मानवता

सृष्टिरूपी मंचमा पानीमात्रै यस्तो तत्व हो, जसले आफू मर्दा कुनै मृत अंश छोड्दैन । तर वास्तविकतामा पानी मर्यो भनेर कसैले पनि भन्न सक्दैन, चाहे यो त्यहाँ रहेको होस् या नहोस् । विशाल झरनामा शक्तिशाली तथा कमजोर दुवै खालका गह्रौंभन्दा गह्रौं चट्टानहरूलाई पानीले ध्वंश गर्छ र यसले ती चट्टानहरूलाई विशाल महासागरमा लगेर स्थिर गरिदिन्छ । पानीको न आकार हुन्छ न त रंग नै । यद्यपि यसले आफू रहेको स्थानको आधारमा आकार र रंग ग्रहण गर्दछ । उँचो ठाउँमा होस् या होचो ठाउँमा, यो सधैं तटस्थ रहन्छ । र, अझ यो आफैँ जमेर, पग्लेर, बाफिएर अथवा हाइड्रोजन र अक्सिजनका पृथक-पृथक अणुहरूमा विभाजित भएर पनि आफैं व्यस्थित बन्छ ।

पानीले ध्वनि निकाल्छ तर यसको साँचो स्वभाव भने ध्वनिरहित छ । पानीले जीवन बचाउन सक्छ, तथापि यसले ज्यान पनि लिनसक्छ ।

पानी अत्यधिक फोहर ठाउँमा पनि बाँच्न सक्छ, जहाँ धेरै प्रकारका जीवात्माहरू रहन रुचाउँदैनन् । यद्यपि पानी नै सबै फोहर चीजहरूलाई सफा गर्ने वस्तु हो । पानी त्यस्तो चीज हो, जुन अरू कुनै वस्तु छिर्न नसक्ने ठाउँमा समेत छिर्न सक्छ । यो सबभन्दा शक्तिशाली वस्तु हो, जसले समय प्रसंगमा प्रकृतिको सबभन्दा कडा वस्तुलगायतका थुप्रै तत्त्वहरूको स्वरूप बदल्न सक्छ । पानीले ध्वनि निकाल्छ तर यसको साँचो स्वभाव भने ध्वनिरहित छ । पानीले जीवन बचाउन सक्छ, तथापि यसले ज्यान पनि लिनसक्छ । पानीले हरेक चीज धुन्छ तर आफैंलाई चाहिँ होइन । सबै सजीवहरूलाई पानीको जरूरत पर्छ, तर आफैं बाँच्नलाई भने पानीलाई पानीको जरूरत पर्दैन ।

पानीले नदीको रूप लिई पृथ्वीमा यात्रा गर्नसक्छ । र, यो पानीको वाफको रूपमा गुरूत्वाकर्षणको विपरीत जमिनमाथि जान पनि सक्छ । जमीनमाथि गएर यो बादल बन्न सक्छ र पृथ्वीको वातावरणका तहहरू पार गरी यसले आफूलाई पृथ्वीको सतहमा पुनः बितरित गर्न पनि सक्छ ।

पानीको हस्तक्षेपबिना कृषि र खाद्यवस्तुको प्राप्ति एक वातावरणीय असंभाव्यतामात्र हुने हुन्छ ।

मन्द गतिमा बगिरहेको पानी यदि कुनै अवरोधसँग ठोक्किन पुग्यो भने यसले भद्रतापूर्वक त्यस अवरोधको छेउछाउबाट बगेर त्यसलाई कुनै क्षति नपुऱ्याइकनै आफ्नो गन्तब्यतर्फको यात्रा पूरा गर्दछ । यसअर्थमा पनि पानी अलचिलो र जड छैन । सम्पूर्ण पृथ्वीमा अस्तित्वमा रहेका अन्य सबै पदार्थहरूमध्ये पानीको नै सबभन्दा बढी परिमाण रहेको छ ।

मानव शरीरले बाह्य तथा आन्तरिक रूपमा पर्याप्त मात्रामा पानी प्राप्त गर्दैन भने दलदल जस्तो बन्न पुग्ने हाम्रो जीवनले हाम्रा जीवकोष तथा अंगहरूलाई आक्रमण गर्दछ ।

जहाँ पानी बग्दैन, त्यहाँ दलदलको सिर्जना हुन्छ । पानीले मानवको बाह्य तथा आन्तरिक तहहरू धुने गर्दछ । मानव शरीरले बाह्य तथा आन्तरिक रूपमा पर्याप्त मात्रामा पानी प्राप्त गर्दैन भने दलदल जस्तो बन्न पुग्ने हाम्रो जीवनले हाम्रा जीवकोष तथा अंगहरूलाई आक्रमण गर्दछ । यो भनेकै रोग हो ।

यसो भन्न सकिन्छ- पानीको व्यक्तित्व एक पूर्ण मानवजीवनको व्यक्तित्वसँग मिल्दोजुल्दो छ । केही परम्पराहरूका अनुसार त थप पानीको व्यक्तित्व ईश्वरको व्यक्तित्वसँग नजिक छ । पानी एउटा जीवन दिने तथा लिने चीज हो । यो सजीव तथा निर्जीव हुन्छ । पानी छर्लंग देखिन्छ, तथापि यो अदृश्य पनि बन्नसक्छ । यो हरेक जीवात्मामा रहेकै हुन्छ तर यसको उपस्थिति अप्रत्यक्ष हुन्छ । यो नरम तथा कडा छ । यो दयालु तथा कठोर छ । यसको आकार छ र यो आकाररहित पनि छ । जटिल प्वालहरूमा पनि पानीले आफ्नो आकारलाई अनुकूल बनाउँछ, जबकि अन्य वस्तुहरू तथा जीवात्माहरू त्यसो गर्न सक्दैनन् । यो तरल हो र यो ठोस पनि हो । आफ्नो स्वरूपमा यसको कुनै निश्चितता छैन । पानीले प्रकृतिका नियमहरूलाई पछ्याउँछ तथापि यसका आफ्नै आन्तरिक नियमहरू पनि छन् । हामी धेरैले याद नगरे पनि पानी जीवनको आधार हो । पानीले भेदभावरहित रूपले सबै लिङ्ग तथा जीवात्माहरूलाई ख्वाउँछ । तर यसको आफ्नै भने कुनै लिंग हुँदैन ।

'आनन्द' र 'सुविधा'को आदर्श समाजतर्फ प्रगति गर्दै गइरहेको दावी गरिने अहिलेको समाजमा स्वतन्त्र र महत्वपूर्ण स्वार्थरहित वस्तु पानीकोघोर उपेक्षा एवं अपमान गर्ने क्रम बढ्दो छ ।

पानीले हरेक चीज तथा हरेक वस्तुलाई मद्दत गर्छ । तर यसले कसैबाट कुनै मद्दतको आशा गर्दैन । यो आफैबाट सन्तुष्ट छ । पानीलाई कुनै शिकार, कुनै खाना, कुनै खुशीको समय आवश्यक पर्दैन । यो अवलोकनात्मक छ र यसले जीवनलाई निरन्तरता दिन्छ । यसले आफू स्वयंलाई विभिन्न ठाउँहरूमा संरक्षित गर्छ, चाहे त्यो उच्च आकाशमा होस्, हिमालको चुचुरोमा होस् या जमीनमुनि ६० मिटर तल नै किन नहोस् । यो धैर्यवान छ । यसलाई कहिल्यै पट्यार लाग्दैन, चाहे यसले हज्जारौं वर्षसम्म पर्खनु परेको किन नहोस् ।

'आनन्द' र 'सुविधा'को आदर्श समाजतर्फ प्रगति गर्दै गइरहेको दावी गरिने अहिलेको समाजमा स्वतन्त्र र महत्वपूर्ण स्वार्थरहित वस्तु पानीको घोर उपेक्षा एव‌ अपमान गर्ने क्रम बढ्दो छ ।

कुनै एक मान्छेले आफ्नो सानो बुद्धि प्रयोग गरी आफ्नो सानो रकम तिरेर हालसालै मात्र एउटा मोटरकार किनेको छ भने उसले त्यस मोटरकारको एउटा सानो धातुको टुक्रालाई निरन्तर रूपमा धुनको लागि सयौं लिटर पानी खर्च गरेको हुन्छ । तर उसले पिउन र आफू स्वयंलाई धुन हिस्सेदार बनाउने पानी भने पानीको अभाव र सुख्खालाई अंगालेको यो संसारमा उसले खेर फाल्ने पानीभन्दा दशगुना कम हुन्छ ।

कोकाकोला र पेप्सीजस्ता आधुनिक पेय पदार्थहरूले हाम्रो शरीरभित्रका कलेजो छाला, मस्तिष्क र मृगौलाका जीवकोषहरूलाई धुन सक्दैनन् । र तिनीहरूले पानीले जस्तै ती जीवकोषहरूलाई प्राकृतिक तरिकाबाट धोइदिँदैनन् । यस्ता पेय पदार्थहरूले गर्ने आशिक र सीमित फाइदा भनेको पखाला लागेको बेलामा मात्र हो । अन्यथा यसले बेफाइदा नै गर्छ ।

हामीकहाँ यस्ता मानिसहरू पनि छन्, जसले मानवजीवनको एक पुरानो साथी तथा जीवनदायिनी वस्तुको रूपमा रहेको सफा एक गिलास पानी पिउनुको सट्टामा कोकाकोला वा पेप्सिकोलाजस्ता हल्का पेयपदार्थ प्रयोग गर्ने गर्छन् । वास्तवमा तिनीहरूले गम्भीर गल्ती गरिरहेका छन् । किनभने, कोकाकोला र पेप्सीजस्ता आधुनिक पेय पदार्थहरूले हाम्रो शरीरभित्रका कलेजो छाला, मस्तिष्क र मृगौलाका जीवकोषहरूलाई धुन सक्दैनन् । र तिनीहरूले पानीले जस्तै ती जीवकोषहरूलाई प्राकृतिक तरिकाबाट धोइदिँदैनन् । यस्ता पेय पदार्थहरूले गर्ने आशिक र सीमित फाइदा भनेको पखाला लागेको बेलामा मात्र हो । अन्यथा यसले बेफाइदा नै गर्छ । वास्तवमा यस्ता हल्का पेय पदार्थहरू नाफाखोर पूंजीवादको एक औजार भइसकेको छ । यसले मानिसको अस्थायी र अल्पकालिक इच्छा तथा आनन्दलाई मात्र पोस्दछ, तर खासगरी उसको बुद्धिलाई पोस्दैन । आदिवर्ती हल्का पेयको रूपमा रहेको पानीनै मातृ-प्रकृतिको प्राथमिक छनौट थियो । धेरैपटक के प्रमाणित भइसकेको छ भने यी महामूर्खतापूर्ण हल्का पेयहरूले मानिसहरूमा मोटोपन, मधुमेह. एलर्जी र मानसिक दुर्व्यसनजस्ता रोगहरू ल्याइदिन्छन् । अर्कोतिर यिनीहरूले गर्ने सांस्कृतिक विध्वंशका पक्षहरू त छँदैछन् । तर अल्छी मानिसहरूले यो कुरालाई बेवास्ता गरिरहेका छन् । तिनीहरूले मानिसहरूको अस्थायी उत्तेजना तथा हुस्सू बानीहरूको मात्र आज्ञापालन गरिरहेका छन् ।

पानी कम भित्र्याएको कारणबाट शरीरभित्रको सिंचाइ र निष्काशन प्रक्रिया घट्न जान्छ भने त्यसपछि त्यसको परिणामको रूपमा हाम्रो शरीरभित्र दलदलजस्तो वातावरण बन्न पुग्दछ । र, अवस्थाले रोगहरूलाई जन्म दिन्छ ।

कुनै पनि चीजको सबभन्दा कडा रूपलाई आक्रमण गर्ने वस्तुको रूपमा पानीलाई चिनिन्छ । यसमा सबभन्दा कडा रोगहरूको निदानको कुरा पनि पर्छ । चाहे यो तपाईंको आफ्नै घरमा तातो पानीले नुहाउने कुरा होस् या दुखेको मांशपेशी, बाथ अथवा अझ झन चर्मरोगहरूको निदानको लागि प्राकृतिक तातो भरनातिर जाने कुरा होस। त्यस्तैगरी, चाहे सबै तन्तुहरूमा सिंचाइ बढाउनका निम्ति पचेर बाँकी रहेका (Metabolic) फोहरहरू प्राथमिक रूपले पिसाबको रूपमा हाम्रा मृगौलाहरूबाट बाहिर निकाली शरीरबाहिर फाल्न किन नहोस् हामीले सामान्यतः प्रतिदिन दुई लिटर पानी पिउनुपर्छ । यदि पानी कम भित्र्याएको कारणबाट शरीरभित्रको सिंचाइ र निष्काशन प्रक्रिया घट्न जान्छ भने त्यसपछि त्यसको परिणामको रूपमा हाम्रो शरीरभित्र दलदलजस्तो वातावरण बन्न पुग्दछ । र, अवस्थाले रोगहरूलाई जन्म दिन्छ ।

सृष्टिको सम्पूर्ण चित्रमा पानीको राजनीति र बुद्धिले जीवनलाई 'क देखि 'ज्ञ'सम्म नै प्रभुत्वमा पारेका छन् । जसले नुहाउँदा आवश्यकताभन्दा बेसी पानी फालेर मोटरकार सफा गर्दा तथा ठूलो पौडी पोखरी पानीले भर्दा नियमित रूपमा खानेपानी खेर फालेर, थोरै प्लेट तथा गिलासहरू सफा गर्न पनि अनावश्यक रूपमा लिटरका लिटर खानेपानी खर्च गरेर अथवापानीको विकल्पमा अन्य चिनी बेसी भएका कृत्रिम पेयपदार्थहरू प्रयोग गरेर पानीलाई मूर्खतापूर्ण रूपले बेवास्ता तथा अपमान गर्छन्, तिनीहरुले आफ्नै व्यक्तिगत स्वास्थ्य तथा जीवनकाे साथसाथै विश्ववयापी जिवनकाे पतनकाे लागि ठूलाे मूल्य चुकाउन बाध्य हुनेछन् ।

(लेखक इरानी मूलका अमेरिकी चिकित्सक तथा मानवशास्त्री हुनुहुन्छ) । अनुवाद: तुल्सीदास महर्जन