सुकरातका तीन छोटा प्रश्नहरु
सुकरात धेरै ज्ञानी र नम्र थिए। एकपटक उनी बजारबाट जाँदै थिए । बाटोमा चिनेका व्यक्तिसँग भेट भयो । सुकरातलाई ती सज्जनले रोकेर केही बताउन चाहे । सुकरातले स्वीकृतिमा टाउको हल्लाएपछि उसले भन्न थाल्यो, 'तपाईंलाई थाहा छ तपाईंका साथीले तपाईंका बारेमा हिजो मलाई के बताएको थियो ?'
सुकरातले ती मानिसलाई बीचैमा रोके र भने- सुन्नुहोस्, भद्र मान्छे। मेरो साथीले मेरो बारेमा के भन्नुभयो भन्नुअघि, कृपया मेरा तीनवटा छोटा प्रश्नहरूको जवाफ दिनुहोस् है । अनि बल्ल म तपाईंले बताउन खोज्नु भएको कुरा सुन्छु ।'
ती व्यक्तिले अचम्म मान्दै भन्यो- 'तीन छोटा प्रश्न ।'
सुकरातले भने- 'हो, तीन छोटा प्रश्न।'
'पहिलो प्रश्न हो, के तपाईंले मलाई भन्नु भएको कुरा पूर्णतया सही छ?'
मानिसले जवाफ दियो- 'होइन, मैले भर्खरै यो सुनेको छु र...'
सुकरातले भने- 'ठीकै छ, केही छैन, यसको मतलब तपाईंले मलाई सुनाउन खोज्नु भएको कुरा सत्य हो कि होइन भन्ने तपाईंलाई अत्तोपत्तो छैन ।'
अब मेरो दोस्रो प्रश्नको जवाफ दिनुहोस्, 'के तपाईंले मलाई भन्नु भएको कुरा मेरो लागि राम्रो छ?'
मान्छेले तुरुन्तै भन्यो– 'होइन, बरु उल्टो अलि नराम्रो चाहिँ हो ।'
सुकरातले भने- 'ठीक छ। अब मेरो अन्तिम प्रश्नको जवाफ दिनुहोस्– तपाईले मलाई भन्न खोज्नुभएको कुरा मेरो लागि उपयोगी छ कि छैन ?'
व्यक्तिले भन्यो- 'छैन, त्यो कुरा तपाईंका लागि कुनै पनि तरिकाले उपयोगी छैन ।'
तीनवटै प्रश्न सोधेपछि सुकरातले ती व्यक्तिलाई शान्त स्वरमा भने- 'जुन कुरा सत्य छैन, जसबाट मलाई कुनै फाइदा छैन र जुन मेरो लागि कुनै कामको छैन, त्यस्तो कुरा सुनेर के फाइदा ? अनि सुन्नुहोस्, त्यस्तो कुरा मलाई सुनाएर तपाईंलाई पनि के फाइदा ?'
सुकरातको कुरा सुनेर ती व्यक्ति लज्जित बने । लाजले उनको शिर निहुरियो, उनी केही बोल्नै सकेनन् ।
Photo: https://upload.wikimedia.org
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया