इजरायलको 'युद्ध अपराध': अस्पतालमाथि आक्रमण गरी ५०० बढीको हत्या !

हमासले गरेको आक्रमणको प्रतिरोधमा उत्रिएको इजरायल यतिखेर गापा क्षेत्रमा अन्धधुन्ध हवाइ आक्रमण गरिरहेको छ । यसैक्रममा उसले एउटा अस्पतालमा आक्रमण गर्दा ५०० जनाभन्दा बढीको ज्यान गएको छ ।

गाजामा रहेको अल–अहिले वाप्तिस्ट अस्पतालमा वमवर्षा गरी इजरायलबाट भएको यस हत्याकाण्डले हिटलरको युद्ध अपराधलाई समेत पछाडि पारिदिएको छ । अधिकांश बच्चा र महिलाहरुको ज्यान लिएको उक्त हत्याकाण्डको विरुद्धमा विश्वव्यापी रुपमा आक्रोश र भत्सर्ना भइरहेको छ ।

यसैक्रममा जोर्डनले अमेरिकी राष्ट्रपति जो बाइडेन तथा अन्य अरब प्रतिनिधिहरुसँग हुने भनेको शिखर सम्मेलनलाई रद्द गरिदिएको छ । 

राष्ट्रसघमा रहेका अरब प्रतिनिधिहरुले तुरुन्तै युद्धविरामको माग गरेका छन् । त्यसै गरी, प्यालेष्टिनी राजदूतले इजरायलको कदमलाई ‘मानवताविरुद्धको अपराध’ घोषित गर्दै विश्वले त्यसलाई रोक्नु पर्ने बताएका छन् ।

उक्त घटनाको विरोधमा पश्चिम बैंक, लेवनान लगायत मध्यपूर्वका थुप्रै देशहरुमा स्वतःस्फूर्त रुपमा विरोध प्रदर्शनहरु भएका छन् ।

जोर्डन, इजिप्ट, कतार, अरबलिग, टर्की, क्यानडा, इरान लगायतले उक्त घटनाको विरोध गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि उक्त हत्थ्याकाण्डको घोर विरोध एवं भत्सर्ना गरेको छ । त्यसै गरी विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयसले पनि एक ट्वीट गर्दै सो घटनाको भत्सर्ना गरेका छन् । उनले सर्वसाधारण नागरिक, स्वास्थ्य कर्मीहरुको सुरक्षाको माग गरेका छन् ।

इजरायलले उक्त हमलाको जिम्मा लिन अस्वीकार गरेको छ । उसले त्यस घटनामा आफ्नो हात नरहेको र प्यालेष्टिनी इस्लामी जिहाद नाम गरेको संगठनले त्यो घटना घटाएको आरोप लगाएको छ । इजरायलमाथि हानेको रकेट खसेर उक्त घटना भएको उसको दावी छ । तर इस्लामी जिहादले उक्त आरोपलाई खारेज गरेको छ ।

स्मरणीय छ, इजरायली सेनाले गाजामा रहेका सबै अस्पतालहरुलाई समेत खाली गर्न यसअघि निर्देशन दिइसकेको हो । यस अर्थमा पनि उक्त हमलामा शंकको सुइ बलियोसँग इजरायलमाथि तेर्सिएको हो ।

Title photo: bbc.com

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।