अखबारको प्रकाशन कसरी शुरु भयो ?

   आजभोलि अखबार संचारको सबैभन्दा सशक्त र प्रभावशाली माध्यममध्ये एक मानिन्छ । एकछिन कल्पना गर्नु होस त, अखबारहरु नहुने हो भने, कस्तो स्थिति होला ? निश्चय पनि तपाई अखबारविनाको संसार कल्पना नै गर्न सक्नुहुन्न ।

   संचारको अन्य माध्यमहरु, रेडियो, टी.भी, टेलिफोन आदि कसले शुरु गर्यो‍ भन्ने कुरा हामी सजिलै थाहा पाउन सक्छौं । किन भने, त्यसबारे बयान गरी छापिएका कुराहरु सहजै पाउन सकिन्छ । तर अखबार जस्तो प्रभावकारी संचारको माध्यमको थालनी कसले गरेको थियो होला त ?– यस बारे चाहिँ कमैलाई मात्र थाहा होला । आउनुहोस्, हामी यसबारे सामान्य जानकारी लिऔं ।

   भनिन्छ पाँचौ शताव्दी तिर रोममा एकजना व्यक्तिले सर्वप्रथम अखबारको थालनी गरेका थिए । तर त्यसबेलाको अखबार आजभोलीको जस्तो थिएन । त्यो अखबार समाचारहरु लेखिएको चिठी जस्तो हुन्थ्यो । ती व्यक्तिले राजधानीबाट टाढा रहेका जन्ताहरुलाई खबर लेखेर पठाउने गर्थे ।

   आजभोली जस्तो खालको अखबारको शुरुवात गर्ने चाहिँ जुलियस सिजर थिए । उनले सन् ६० तिर एउटा दैनिक बुलेटिनप्रकाशित गराउन थालेका थिए, त्यसमा विशेष गरी सरकारी घोषणहरु छापिएका हुन्थे । त्यस अखबारको नाम थियो–। जस्को अर्थ हो– दैनिक घटनाहरु ।

   व्यवसायिक क्षेत्रबाट अखबारको पहिलो प्रकाशन सोह्रौ शताव्दी तिर जर्मनीमा भएको थियो । जर्मनका बैकर्सहरुको समुह ले भरपर्दा खाका समचारहरु संकलन गर्ने, गराउने कामको थालनी गरेको थिए । उता, त्यसै समयताका भेटीकन सिटीमा जनताले सरकारी सुचनाहरु हेर्न पैसा तिरेर सरकारी गजेट हर्ने गर्थे । तयस गजेटलाई लेखिएका खबरहरु भनिन्थ्यो ।

   लण्डनमा पहिलो नियमित अखबारको प्रकाशनको थालनी सन १६६३ मा भएको थियो । त्यो अखबार थियो– । तर पाठकहरु र साधनहरु सीमित भएकोले त्यसबेला साप्तहिक रुपमा मात्र अखबाहरु प्रकासिथत हुन्थे । 

   अमेरिकाको पहिलो अखबार थियो । सन् १६९० मा बोस्टनबाट प्रकाशित उक्त अखबारलाई त्यहाँको गभर्नरले तुरुन्तै बन्द गराईदिएका थिए । सुप्रसिद्ध वैज्ञानिक बेन्जामिन फ्रन्कलिनले १७२९ देखि १७६५ सम्म नामक अखबार प्रकासित गरेका थिए ।

   पहिले देखि नै अमेरिकामा अखबारहरु निकै लोकप्रिय थिए । अमेरिकी क्रान्तिको बेलासम्म त्यहाँ ३७ वटा अखबारहरु प्रकाशित भइरहेको थिए । ती प्रकासित अखबारहरु मध्ये सबैभन्दा बढी प्रभाव भएको अखबार थियो ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।