माओ त्से तुङको प्रिय पुस्तक

चिनियाँ नेता माओ त्सेतुङ असाध्यै किताबहरु पढ्ने गर्थे। उनलाई पढाइप्रतिको यो सोख बच्चैदेखि लागेको थियो। उनमा विद्यार्थी कालमा हुनानको प्रान्तीय हाइस्कुलमा भर्ना भएदेखि नै यो लत बसेको थियो। शिक्षक फु दिंगयीले माओलाई चीनको प्राचीन इतिहास ज़िज़्ही तोंगजियान पढ्न प्रेरित गरे, जसलाई ‘सरकार सञ्चालनका लागि बृहत् ऐना’ पनि भनिन्छ।

Image: https://en.m.wikipedia.org

यो पुस्तकले माओलाई चीनको इतिहास व्यवस्थित रूपमा बुझ्न मद्दत पुर्‍यायो।

ज़िज़्ही तोंगजियान (सरकारलाई सहायता गर्न बृहत् ऐना), सिमा ग्वाङद्वारा १०८४ मा संकलित, एउटा महत्वपूर्ण चिनियाँ ऐतिहासिक ग्रन्थ हो।

image: https://en.wikipedia.org

यस पुस्तकले ४०३ ईसापूर्वदेखि ९५९ ईस्वीसम्मको १६ राजवंश र करिब १४०० वर्षको इतिहासलाई समेटेको छ। पुस्तकले घटनाहरूको वर्षअनुसार विवरण दिँदै शासन, राजनीति, र कन्फ्युसियस सिद्धान्तमा आधारित नैतिक पाठबारे जानकारी दिन्छ। शासकहरूलाई मार्गदर्शन गर्न रचना गरिएको यो ग्रन्थ चिनियाँ इतिहास र राज्य व्यवस्थाको अध्ययनका लागि महत्त्वपूर्ण स्रोत मानिन्छ।

अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले माओबारे भनेका थिए— "माओ पूर्णरूपमा प्रतिबद्ध र व्यवहारिक कम्युनिस्ट मात्र होइनन्, उनी चिनियाँ जनताको इतिहासको गहिरो प्रशंसा गर्ने कल्पनाशील कवि पनि हुन्।"

उच्च अध्ययनका लागि माओ पछि हुनान नर्मल कलेजमा भर्ना हुँदा समेत यही पुस्तकलगायत अरू प्राचीन चिनियाँ इतिहासका पुस्तकहरू गहिरो रुचिका साथ पढ्ने गर्थे। आफ्नो अध्ययन पूरा गरी राजनीतिमा लागेपछि पनि माओले इतिहासको अध्ययन त्यागेनन्। उनले चिनियाँ क्रान्तिको दौरानमा समेत अध्ययन गरिरहे। चाहे हिँड्दा होस्, खाना खाँदा होस्, या बिरामी भएर सुत्दा पनि, उनको हातबाट किताब कहिल्यै छुट्दैन थियो। येनानमा रहँदा माओले आफ्ना उच्च पदस्थ नेता र कार्यकर्तालाई देशको इतिहास पढ्न जोड दिन्थे र उत्प्रेरित गरिरहन्थे ।

सन् १९४९ मा क्रान्ति सम्पन्न भएपछि माओ त्से तुङले प्रस्ट रूपमा भनेका थिए— "यदि हामीले भविष्यतर्फ हेर्न चाहन्छौं भने हामीले इतिहासलाई हेर्नुपर्छ।"

अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले माओबारे भनेका थिए— "माओ पूर्णरूपमा प्रतिबद्ध र व्यवहारिक कम्युनिस्ट मात्र होइनन्, उनी चिनियाँ जनताको इतिहासको गहिरो प्रशंसा गर्ने कल्पनाशील कवि पनि हुन्।"

जीवनको अन्तिम कालखण्डमा पुगिसक्दा पनि सिमा ग्वाङले लेखेको ज़िज़्ही तोंगजियान माओ त्सेतुङको सिरानीमै हुन्थ्यो। यो किताब धेरै पटक पढ्दा-पढ्दा झुत्रो भइसकेको थियो। पुस्तकका पन्नाहरू ठाउँ-ठाउँमा च्यातिएर टेपले टाँसिएका थिए। माओले करिब ३० लाख शब्द भएको यो पुस्तक १७ पटक पूरै पढेका थिए ।

स्रोत: Mao Zedong and the “Comprehensive Mirror to Aid in Governance”

Main image: https://avatars.dzeninfra.ru