इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी कारबाहीको चेतावनी !

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल र संयुक्त राज्य अमेरिकालाई “बङ्गरा फुस्काइदिने गरी” जवाफ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पटक जब इजरायलले इरानी सैन्य स्थलहरूमा गरेको आक्रमणको सन्दर्भमा उनले सो कुरा बताएका हुन् ।

“शत्रुहरू, चाहे त्यो अमेरिका होस् वा जायोनी इजरायली शासन, उनीहरूले इरान र प्रतिरोधी मोर्चाविरुद्ध गरिरहेका क्रियाकलापहरूको लागि पक्कै पनि दाँत फोड्ने जवाफ पाउनेछन्,” खामेनीको भनाइ थियो ।

इरानको राज्य-नियन्त्रित प्रेस टिभीले जनाएअनुसार कात्तिक १६ गते शनिबार, तेहरानमा अमेरिकी दूतावास कब्जाको १९७९ को वार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यार्थीहरूसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।  

“इरानी राष्ट्रलाई अहंकारका विरुद्ध खडा हुन सक्षम बनाउन हामी निश्चय नै सबै आवश्यक कार्यहरू गरिरहेका छौं, चाहे त्यो सैन्य तयारी, शस्त्रास्त्रको व्यवस्था वा राजनीतिक कदम होस्। र भगवानको कृपाले हाम्रा अधिकारीहरू यसमा सक्रिय छन्,” खोमेनीको भनाइ थियो ।

खामेनीको यो टिप्पणी अक्टोबर १ मा इजरायलमाथि इरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले इरानमाथि गरेको पछिल्लो आक्रमणको एक हप्तापछि आएको हो। इरानले उक्त आक्रमण इजरायलले हमास र हिज्बुल्लाहका नेताहरूको हत्या गरेको तथा सिरियास्थित आफ्नो दूतावासमा इजरायलले गरेको वमवर्षाको जवाफमा गरिएको थियो।

इरान र इजरायलबीच लामो समयदेखि शत्रुता रहँदै आएको छ । गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमण र त्यसपछिको गाजामा इजरायली आक्रमणपछि त्यो शत्रुता झनै गहिरिएर गएको छ ।

इरानले इजरायलका आक्रमणहरूको जवाफ दिने बारे विचार गरिरहेको कुरा प्रकाशमा आएको छ । समाचार एजेन्सीहरुले जनाएअनुसार इरान इजरायलका विरुद्ध यसलाई “अन्तिम र पीडादायी” प्रतिकार गर्ने योजना बनाइरहेको छ । उसको प्रतिकार आक्रमण अमेरिकी राष्ट्रपति चुनावअघि नै पनि हुन सक्छ ।

खामेनीको शनिबारको टिप्पणीबाट इरानले अक्टोबर २५ मा इजरायलले गरेको आक्रमणको गम्भीरतापूर्वक लिएको प्रष्ट हुन्छ ।

त्यसो त इजरायल पनि इरानले जवाफी कारवाही गर्न सक्ने कुराको आँकलन गरेर उच्च तयारीकै अवस्थामा रहेको बताइन्छ ।  अमेरिकाले पनि इरानलाई जवाफी कारबाही नगर्न आग्रह गर्दै ֯ इरानले प्रतिकार गर्ने निर्णय गरेमा, अमेरिकाले इजरायललाई आफ्नो रक्षा गर्नमा सहयोग गर्ने’ बताउँदै आएको छ ।

एउटा कुरा के चाहिँ पक्का हो भने कदाचित इरानले प्रतिकार आक्रमण गर्यो भने त्यो विगतको भन्दा भयानक र ठूलो दायरामा हुने पक्का छ । इरान इजरायल तनावबीच इजरायलको आणविक शस्त्रका कारण उसको अग्रतालाई मान्नेहरुको कमी छैन । तर इरानको प्रेस टिभीले उल्लेख गरे अनुसार, इरानसँग आणविक हतियार उत्पादन गर्ने क्षमता रहेको तर सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सामूहिक विनाशको हतियार निर्माणविरुद्धको आदेशका कारण यसलाई रोकेको छ। यस कुराले के संकेत गर्छ भने इरानले कुनै पनि बेला आणविक बम बनाउन सक्ने हालतमा पुगिसकेको छ।

Image: https://edition.cnn.com

 

 

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?