शर्माको प्रस्तावले ल्याएको तरङ्ग
आर्यघाटको ब्रम्हनालमा नतेर्सिएसम्म कार्यकारी पदमा बसिबस्न पाउनुपर्छ भन्ने मतका पक्षधरहरुका लागि शर्माको यो प्रस्ताव अप्रिय लाग्न सक्छ, तर नवीन सोच र चिन्तन दिन नसक्ने तथा मुलुक हाँक्ने क्षमता गुमाइसकेकाहरुलाई ‘सम्मानजनक विदाइ’ गर्ने यो एउटा राम्रो उपाय हुन सक्छ ।
नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय समितिको बैठकमा दुई पटकसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नीतिगत व्यवस्था प्रस्ताव गरेपछि एक किसिमको हलचल पैदा भएको छ ।
उनको राजनीतिक प्रस्तावमा राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने प्रस्ताव गरिएको छ ।
कांग्रेसभित्रै कतिपयले उनको यो प्रस्तावको विरोध गरेका छन् र त्यसलाई अलोकतान्त्रिक घोषित गरेका छन् । त्यसो भन्नेहरुको तर्क छ– जनताले चाहँदासम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ ।
वास्तवमा, महामन्त्री शर्माको यो प्रस्ताव बहसमा ल्याउनै पर्ने प्रस्ताव हो । आर्यघाटको ब्रम्हनालमा नतेर्सिएसम्म कार्यकारी पदमा बसिबस्न पाउनुपर्छ भन्ने मतका पक्षधरहरुका लागि यो प्रस्ताव अप्रिय लाग्न सक्छ, तर नवीन सोच र चिन्तन दिन नसक्ने तथा मुलुक हाँक्ने क्षमता गुमाइसकेकाहरुलाई ‘सम्मानजनक विदाइ’ गर्ने यो एउटा राम्रो उपाय हुन सक्छ ।
अहिले जुन ढङ्गले मुलुकको कार्यकारी पदहरुमा नेतृत्व छान्ने थिति, चलन र प्रक्रिया बसेको छ, त्यो अनुसार अधिकांश अवस्थामा जनताले चाहेको जस्तो व्यक्तिले नेतृत्व गर्न पाउने अवस्था छैन । त्यसलाई राजनीतिक सौदाबाजी र भागबण्डाले निलिसकेको छ । यो अवस्थामा, आमजनमत प्राप्त नभएको तर राजनीतिक सौदाबाजी र भागबण्डाको राजनीतिको कारण ‘खुदो पल्टेका’ व्यक्तिले पनि पटक पटक मुलुकको कार्यकारी पदमा पुग्ने र नेतृत्व गर्ने अवसर पाउने गरेको विडम्बनाजनक अवस्था छ ।
यस अवस्थामा, शर्माले अघि सारेको प्रस्तावबारे व्यापक बहस र छलफल हुनु जरुरी छ । उनले अघि सारेको यो प्रस्ताव कुनै नवीन सोच र चिन्तनमा आधारित कुरा पनि होइन । यो त विश्वका विभिन्न विकसित मुलुकहरुमा सफलतापूर्वक अभ्यास भइरहेकै कुरा हो । त्यसैले यस प्रस्तावबाट आत्तिनुपर्ने कुनै कारण छैन । साँच्चै नै नेपालका राजनीतिक दलहरु आम जनताले चाहेका मानिसले कार्यकारी पदमा रहेर नेतृत्व गर्ने कुरा नै चाहन्छ भने विकल्पमा प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीबारे पनि बहस र छलफल चलाउनु उचित हुन सक्छ । हिजो पटक पटक परीक्षणमा असफल साबित भइसकेकै व्यक्तिहरु घुमाइफिराइ नेतृत्वमा हावी भइरहने अहिलेकै प्रणाली कायम रहेसम्म मुलुक उभो लाग्न सक्दैन भन्ने कुरा व्यवहारिक रुपमै देखिइसकेको कुरा हो ।
औपचारिकताको चक्र तोड्ने र ‘नेपाल कार्ड’ चलाउने कूटनीतिक अग्निपरीक्षा
शेन्झेन सम्मेलन : बहुध्रुवीय विश्व कि महाशक्तिको नयाँ प्रभुत्व?
चर्चा बालेनको भारत भ्रमणको, चिन्ता राष्ट्रिय स्वाधीनताको
बिचौलिया उत्पादन गर्ने राज्यसत्ताको चरित्रमाथि प्रश्न
स्वर्णिम वाग्लेको झुसिलो डकार
ब्राजिलको चुनावमा लुलाका नौ औँलाहरूको कमाल
कांग्रेस महाधिवेशन : सतहमा हलचल, सारमा निरन्तरता
प्रतिक्रिया