रुसी राष्ट्रपतिको चीन भ्रमण
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणको क्रममा चीनको राजधानी बेजिंगमा छन्। उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। भर्खरै राष्ट्रपति पदको सपथ लिएर पाचौं कार्यकाल सुरु गरेका पुटिनले आफ्नो विदेश भ्रमणको पहिलो गन्तव्य चीनलाई बनाएका छन्। यस हिसाबले पनि यो भ्रमण निक्कै अर्थपूर्ण रहेको छ।
२० वटा गाडीहरु रहेको पुटिनको कारगेडलाई सेतो पोसाक लगाएका चीनिया सुरक्षाकर्मीहरुले मोटरसाइकलले ग्रेट हल अफ दि पीपलको प्रांगण सम्म एस्कर्ट गरेका थिए। त्यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले उनको स्वागत गरेका थिए। सो समारोहमा तोपको सलामी प्रदान गरिनुका साथै दुई देशका राष्ट्रगानहरु बजाइएको थियो। त्यस पछि दुवै नेताले रेड कार्पेटमा हिँड्दै चिनियाँ सेनाको गार्ड अफ अनर ग्रहण र अवलोकन गरेका थिए। सोही समारोहमा चिनियाँ बालबालिकाहरुको समुहले चीन र रुसको झण्डा हल्लाउँदै उत्साहपूर्वक स्वागत गरेका थिए।
पुटिन र सी जिनपिङ्ग बीच भएको छलफलमा सीले पुटिनलाई पुराना मित्र भनेर सम्बोधन गरेका थिए। उनले पुटिनलाई भने– चीन र रुसको सम्बन्धले समयको परिक्षामा खरो उत्रिएको छ र यसले एक दशक यता भएका चालिसवटा बैठकहरुमा एक अर्कालाई रणनीतिक निर्देशन प्रदान गरेको छ। चीन रुससंग एक अर्काको राम्रो छिमेकी, राम्रो मित्र र राम्रो साझेदारको रुपमा रहनको लागि काम गर्न तयार छ। पुटिनले भने रुस र चीनबिचको सम्बन्ध कुनै शक्तिको विरुद्ध निर्देशित छैन। यो विश्वलाई स्थिरता प्रधान गर्ने तत्त्व हो। हामीहरु न्याय र लोकतान्त्रिक विश्व व्यवस्थाको सिद्दान्तलाई समर्थन गर्छौं जसले बहुध्रुवीय यथार्थलाई प्रतिविम्बित गर्छ र अन्तर्राष्ट्रिय कानुनलाई सम्मान गर्छ।
अन्तर्राष्ट्रिय राजनीतिमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणलाई ठुलो महत्वका साथ् हेरिँदैछ।
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
प्रतिक्रिया