प्यालेष्टाइनलाइ पूर्ण सदस्य बनाउने प्रस्ताव पारित !

संयुक्त राष्ट्रको महासभामा अरब देशहरुद्वारा प्यालेस्टाइनलाई पूर्ण सदस्य बनाउन राखेको प्रस्ताव अत्याधिक बहुमतले पारित भएको छ।

१९३ जना सदस्य भएको महासभाका १४३ देशले यो प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने ९ ले विपक्षमा मतदान गरेका थिए। त्यस्तै २५ देशले मतदानमा भाग लिएका थिएनन्। यो प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरु यस प्रकार रहेका छन्- इजरायल, अमेरिका, अर्जेन्टिना, हंगेरी, छेक गणतन्त्र माइक्रोनेसिया, पलाउ, नारु र पपुवा न्युगिनी।

यो प्रस्ताव महासभामा पारित भए पनि यसबारे अन्तिम निर्णय राष्ट्रसंघको सुरक्षा परिषदले लिनेछ। सुरक्षा परिषदले विगतमा प्यालेस्टाइनलाई राष्ट्र संघको पूर्ण सदस्य बनाउने प्रस्तावलाई अस्विकार गरिसकेको छ। अहिले राष्ट्र संघमा प्यालेस्टाइनको हैसियत सदस्यको नभएर पर्यवेक्षक राष्ट्रको मात्र रहेको छ। 

संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनको सदस्यता बारे मतदान हुनु भन्दा अगाडि यस प्रस्तावको कडा शब्दमा निन्दा गर्दै इजरायली राजदुत गिलाद एर्दानले कागज च्यात्ने मेसिनमा राखेर राष्ट्र संघको बडापत्रलाई च्यातेका थिए।

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?