इलाम उपनिर्वाचनले जवाफ दिने दुई महत्वपूर्ण सवालहरु!
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Ilam-District-Final_boQ82yXCTz_1epvojllhyvw6vabok8gktarmzhcaaoiflxb9ozu9jhxr8i2or42jf6i7aej_pSXDsIg5KQ_fqcd5tujn1lbvouc0dcgjgqwsttwyeedr6gy7zmsjzcxsnexjxvtmihxhput.jpg)
संविधानसभाका अध्यक्ष एवं एमाले सांसद सुवासचन्द्र नेम्वाङको निधनपश्चात रिक्त रहेको इलाम क्षेत्र नं २ मा आउँदो वैशाख १५ मा हुन लागेको उपनिर्वाचनको तयारीमा दलहरु जोडतोडका साथ लागिपरेका छन् ।
हाल उपनिर्वाचन हुन लागेको क्षेत्र एमालेको लालकिल्लाको रुपमा परिचित छ । विगतमा मुलुकभरि माओवादीको लहर चल्दा समेत यस क्षेत्रमा एमालेले नै जितेको इतिहास छ । उक्त क्षेत्रमा एमालेका लागि सबैभन्दा बलियो प्रतिस्पर्धी नेपाली कांग्रेस रहँदै आएको छ ।
यसअघिको आम निर्वाचनमा भने एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले थोरै मतले मात्रै विजय हासिल गरेका थिए । त्यसबेला नेम्बाङले ३००२० भोट ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९९०६ मत प्राप्त गरेका थिए ।
त्यसो त अघिल्लो चुनावमा कांग्रेसका उम्मेदवार खड्कालाई तत्कालीन गठबन्धनका माओवादी लगायतका साझेदार दलहरुले समेत सघाएका थिए । तर यस पटक परिदृश्यमा परिवर्तन आएको छ । अघिल्लो पटक कांग्रेसलाई सघाउने माओवादी लगायतका दलहरु एमाले उम्मेदवार तथा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्बाङलाई सघाउने भएका छन् । यस अर्थमा यस पटकको चुनावको परिणाम एमाले उम्मेदवारको पक्षमा जाने बलियो सम्भावना छ ।
यस पटकको चुनावमा ‘शान्ति र पहिचानका लागि’ नाराका साथ पहिचानवादीहरुको तर्फबाट अघि सारिएका डेकेन्द्र थेगिमको उम्मेदवारीले के कस्तो दख्खल दिने हो ? त्यो विचारणीय छ । खासगरी, कोशी प्रदेशको नामकरणको विरोध गर्दै विगत लामो समयदेखि पूर्वमा पहिचानवादीहरुको आन्दोलन चल्दै आएको छ । ‘पहिचानवादी आन्दोलनकारीले जित्ने कि पहिचान विरोधी गिरोहले?’, ‘ इलाम जिल्ला शान्तिको किल्ला हुने कि गृहयुद्वको अखडा?’ जस्ता प्रश्नहरु उठाएर पहिचानवादीहरुले आफ्नो साझा उम्मेदवारको रुपमा डेकेन्द्रलाई अघि सारेका छन् ।
विगत लामो समयदेखि पहिचानवादी आन्दोलनको केन्द्रको रुपमा देखापर्दै आएको इलाममा यस पटकको चुनावमा थेगिमको पक्षमा खस्ने मतले निर्वाचन परिणामलाई प्रभावित पार्न सक्ने सम्भावनालाई कम आँक्न मिल्दैन ।
इलामको निर्वाचनको परिदृश्यमा अर्को बलियो प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु हुन् । अघिल्लो चुनावयता देशव्यापी रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षमा देखापरेको समर्थनको लहरलाई दृष्टिगत गर्दा यसअघि नेकपा माओवादी निकट लिम्बुलाई पनि कमजोर आँक्न मिल्दैन । उनको पक्षमा खस्ने मतले पनि इलामको निर्वाचन परिणामलाई प्रभावित पार्ने निश्चित छ ।
खासमा यो निर्वाचनले दुई महत्वपूर्ण प्रश्नहरुको जवाफ दिने देखिन्छ । एक, यसअघी चितवन र तनहुँमा सम्पन्न उपनिर्वाचनमा सफलता हाँसिल गरेको नयाँ दल राष्ट्रिया स्वतन्त्र पार्टीले आफूप्रतिको आम आकर्षण कायमै राखेको छ वा त्यो घट्यो ? अर्को, पूर्वमा पहिचानको मुद्दालाई जोडतोडले उठाइरहेका पहिचानवादीहरुका मुद्दामा जनसमर्थन कस्तो छ ?
त्यसबाहेक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनुवार, स्वतन्त्र उम्मेदवारहरू मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्याल, डाकप्रसाद गौतम र दीपेश बोहोराले पनि उम्मेदवारी दिएका छन् । उनीहरुले दिएका उमेदवारीको खासै चर्चा आवश्यक देखिंदैन ।
उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका इलाम २ मा हुन लागेको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने भएको छ भने चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारको अवधि तोकिएको छ ।
![शोक मनाउने कुरा लहडको विषय हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal%2520police_daG77rMjnZ_qyjawvmabxf29po2lub7fso83sulamhifty4nihnudknbbvq2yu8qizwhcgx_nKNHC2eIvc_u3widhvgmj2qjje9jupeltf9leuc1k7mokcxjtun7ysgtpc1ferdmpseagpq.jpg)
शोक मनाउने कुरा लहडको विषय हो ?
![‘साधुलाई सुली, चोरलाई चौतारी !’](https://snowberry.prixacdn.net/media/gallery_folder/badsaha%2520kurmi_HW6Qie1zkj_xpgsjbbjlnx57hhdarq6tuafswhp0zrbwcfwzxorhjb1xfz3giku28snughi_lwDCvpZXKt_gd5qmpkxe55fzmulyadvwcmjba4dczti00qcn4m5h2v01ppusunm7volzoto.jpg)
‘साधुलाई सुली, चोरलाई चौतारी !’
![फुटपाथ विस्तारको क्रममा देखिएका दुई खतरनाक प्रवृत्तिहरु !](https://snowberry.prixacdn.net/media/gallery_folder/Footpath-Expansion_6Llu5Krnvt_kvy9zaxr0yqbiypdwhvw2ji4owbvxdfxncws0u0lyuguyykt5eeb84zl6etd_szazdJvatL_wgqrrk7jlkvhsfnw6m7csqcdxc98aietguqhvqlyshjqueqdzeenqskrkdu8.jpg)
फुटपाथ विस्तारको क्रममा देखिएका दुई खतरनाक प्रवृत्तिहरु !
![विश्वासको मतमा प्रचण्डको दाउपेच– ओली–देउवाबीच फाटो आउने झिनो आशा !](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda_sDFcc4PL1a_tyazc31ythqx7bqiyknnhrn9tylmbgyvh0s6jrythfuxmv6oxrwd9uzqlnfm_PfxTCQGLMu_ur1blg9pblxtcam7ps2gvfh5pimg5obpp2nnjbspfm8ly23uvsrzlx6wc66i_RGgoZPMzQ8_p5r3heamtscxh5tdlc31nft8pajrzp4b3loqribdlcjhgnttsf25xjblpiuw.jpg)
विश्वासको मतमा प्रचण्डको दाउपेच– ओली–देउवाबीच फाटो आउने झिनो आशा !
![बाढी पहिरोको प्रकोपः रोइलो मात्रै गर्ने कि कारण पत्ता लगाएर समाधान पनि खोज्ने ?](https://snowberry.prixacdn.net/media/gallery_folder/water-flood-river_bDEhMcadf2_dhhyltcqzz8eqd63zkqyc0lpchw77cr3lrkfai5txdl82usoycmfhqmod1be_j2rEoqjJyB_6hpanch6ll8io5gtny95gzbuyt8nbjencomzq1rxpfe8faolzjjuoywyzfgn.jpg)
बाढी पहिरोको प्रकोपः रोइलो मात्रै गर्ने कि कारण पत्ता लगाएर समाधान पनि खोज्ने…
![सत्ता दुर्व्यसनले निम्त्याएको भवितव्य](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda_5avh2xMaXm_s1k2qw46nuqpdm9zeg4hpyojke7lewvjsctdbwfrewoevt84xmlay6kfdt8o_nA7PoGqn8x_g5tgl0nymqikwajyzrxg2uh4lqauyg3fmvrlmp99ukecrdbeam2rhnrwtwkg.jpg)
सत्ता दुर्व्यसनले निम्त्याएको भवितव्य
![ओली-देउवा भलाकुसारी र सत्ता राजनीतिमा कम्पन](https://snowberry.prixacdn.net/media/gallery_folder/Satta-sangharsha_t8zRH6XUf6_krjetweqxtul3snbx6qbauhdrbkar6niwhfkouqvpdye5gklddzxj663ynjp_7wFnprXsam_i9ra180esriwc9otb7pi2mdfsusyh4ixxwabzh6heizwx5cq2xqtggsybtab.jpg)
ओली-देउवा भलाकुसारी र सत्ता राजनीतिमा कम्पन
![जनयुद्धको धङधङीको ‘बाइप्रोडक्ट’ !](https://snowberry.prixacdn.net/media/gallery_folder/pratik-thapa%2520badal%2520son_kYcJ0hxRJa_vge3e3f6zowq22zttxmrtxf2nts4ez8pltujxrcnoh7rkafyruvcku3a8del_2W4mWcMYPM_q0o362gph57ux3ue1k1fdow99tllrfqawlgtjnysmqygmmicotnf8k2ie4ri.jpg)
प्रतिक्रिया