प्रतिशोधको राजनीति नगरौँ न रविजी !
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi%2520lamichhane_1xbinEWmon_zqcqidq4zybze5k4yvhihl6ub6qrkouh0zkotajr0bf9zowrk7luxyuxb3qq_xTX6pQHsrV_c2ejlsnfin1xobey12dldlpyttm9jrm6hj0ukjsymjbtt2pafi0sawwjzh3i.jpg)
कुनै बेला सञ्चारकर्मी समेत रहेको हालका गृहमन्त्री रवि लामिछानेको नेपालका सञ्चार उद्योगसँग ३६ (अलग अलग दिशातर्फ फर्किएको) को स्थिति छ । उनको बुझाइमा नेपालका सञ्चारकर्मीहरुले उनको एकहोरो खेदो खन्ने धन्धामा छन् । सम्भवतः त्यही कुण्ठा र भावना हिजो (बिहिबार) उनको मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयको मातहतबाट जारी गर्न गरी तयारी गरिएको एउटा परिपत्रमा खुलेर आयो ।
गृह मन्त्रालयबाट मातहतमा जारी गर्ने उक्त परिपत्रको २ नम्बरमा ‘सामाजिक संजालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण’ शीर्षकअन्तर्गत ‘Online News portal, Facebook, Twitter लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अर्नगल, आधारहीन, भ्रामक सन्देशहरु प्रचार प्रसार गर्ने, जातीय सांस्कृतिक सदभाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्लिलता प्रवर्द्धन गर्ने जस्ता कार्यहरु नियन्त्रण गरी दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक/एक जना अधिकृत स्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्ने । यस प्रकारका कार्यमा संलग्न उपर प्रचलित कानून बमोजिम कारवाही गरी सोको सार्वजनिकरण गर्ने’ उल्लेख गरिएको थियो ।
नेपालको कानूनले सञ्चारकर्मलाई अनुगमन, नियमन र कारवाही गर्ने बेग्लै निकायहरुको व्यवस्था गरेको छ । तर, हिजो जारी त्यो परिपत्रले कानूनका ती व्यवस्थाहरुलाई सोझै ‘वाइपास’ गरेर तत्सम्बन्धी कानूनी कारवाही र प्रक्रियाहरु गृहमन्त्रालय अन्तर्गतकै निकायबाट अगाडि बढाउने मनाशय बोकेको थियो । वास्तवमा भन्ने हो भने त्यो परिपत्रको मूल अन्तर्य हिजो निरंकुश पञ्चायतकालमा सञ्चारकर्मलाई सिडियो, अञ्चालाधीशहरुले नियन्त्रण–नियमन गर्ने र डण्डाको बलमा तर्साउने भन्दा फरक थिएन ।
स्वभाविक थियो, त्यो परिपत्रको व्यापक विरोध भयो र रवि लामिछानेहरु पछि हट्न बाध्य भए । तुरन्तै एक विज्ञप्ति जारी गर्दै तत्सम्बन्धी बुँदाहरु हटाइएको जानकारी गराएको थियो ।
आफूलाई अरुभन्दा फरक देखाउने जोश र जाँगर आफ्नो ठाउँमा ठीक होला, तर त्यो जोशको अन्तर्य आफ्ना सीमाहरुलाई नाघेर मनचिन्ते ढङ्गले अगाडि बढ्न पाउने छुट हो भन्ने अर्थमा बुझ्नु गलत हुनेछ । केही गरेर देखाइहाल्ने जोशमा होश गुमाएर आफ्ना सीमालाई बुझ्न नसक्दा उल्टै क्षति गर्न सक्छ भन्ने कुरा नयाँ राजनीतिककर्मी लामिछाने र उनका सल्लाहकारहरुले बेलैमा बुझ्नु जरुरी छ ।
त्यो भन्दा पनि महत्वपूर्ण कुरा शक्तिमा पुग्नासाथ प्रतिशोध साँध्ने कुचेष्टा कति ब्युत्पादक हुन्छ भन्ने कुरा एक पटक रबिले केपी ओलीलाई सोध्नै पर्ने देखिएको छ । मिडियालाई ‘तह लाउने’ ओलीको रहर कसरी उनकै विरुद्द जनमत निर्माणमा सहयोगी बन्यो र कतिपय सन्दर्भमा धेरै राम्रा काम गर्दै गर्दै पनि केपी ओलीको छवि नेपाली राजनीतिमा खलपात्र झैँ बन्दा उनले निरीहतामा सत्ता छोड्नु पर्यो भन्ने बिगतबाट शिक्षा लिनु उपयुक्त हुन्छ । त्यसैले प्रतिशोधको होइन विवेकको राजनीति गर्ने अभ्यास रविहरुले गर्नु पर्ने हुन्छ ।
भनिन्छ, बिरालोलाई बाघकै छाला ओढाए पनि आखिरमा उसले म्याउ गरिछाड्छ रे ! राजनीतिको ‘कोर्स करेक्सन गर्न’आएका लामिछाने समूहका कर्महरु त्यस्तो नबनून् ! रबिहरुलाई जे जसरी पनि खुइल्याउनु पर्छ भन्नेहरुकै पिछलग्गु भएर सरकारमा पुगेकाहरुले आफू तरवारको धारमा हिंडिरहेको बिर्से भने क्षति अरुलाई होइन उनीहरुलाई नै हुने पक्का छ ।
Image: https://upload.wikimedia.org/wikipedia/commons/2/2f/Rabi_Lamichhane_RSP.jpg
![शोक मनाउने कुरा लहडको विषय हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal%2520police_daG77rMjnZ_qyjawvmabxf29po2lub7fso83sulamhifty4nihnudknbbvq2yu8qizwhcgx_nKNHC2eIvc_u3widhvgmj2qjje9jupeltf9leuc1k7mokcxjtun7ysgtpc1ferdmpseagpq.jpg)
शोक मनाउने कुरा लहडको विषय हो ?
![‘साधुलाई सुली, चोरलाई चौतारी !’](https://snowberry.prixacdn.net/media/gallery_folder/badsaha%2520kurmi_HW6Qie1zkj_xpgsjbbjlnx57hhdarq6tuafswhp0zrbwcfwzxorhjb1xfz3giku28snughi_lwDCvpZXKt_gd5qmpkxe55fzmulyadvwcmjba4dczti00qcn4m5h2v01ppusunm7volzoto.jpg)
‘साधुलाई सुली, चोरलाई चौतारी !’
![फुटपाथ विस्तारको क्रममा देखिएका दुई खतरनाक प्रवृत्तिहरु !](https://snowberry.prixacdn.net/media/gallery_folder/Footpath-Expansion_6Llu5Krnvt_kvy9zaxr0yqbiypdwhvw2ji4owbvxdfxncws0u0lyuguyykt5eeb84zl6etd_szazdJvatL_wgqrrk7jlkvhsfnw6m7csqcdxc98aietguqhvqlyshjqueqdzeenqskrkdu8.jpg)
फुटपाथ विस्तारको क्रममा देखिएका दुई खतरनाक प्रवृत्तिहरु !
![विश्वासको मतमा प्रचण्डको दाउपेच– ओली–देउवाबीच फाटो आउने झिनो आशा !](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda_sDFcc4PL1a_tyazc31ythqx7bqiyknnhrn9tylmbgyvh0s6jrythfuxmv6oxrwd9uzqlnfm_PfxTCQGLMu_ur1blg9pblxtcam7ps2gvfh5pimg5obpp2nnjbspfm8ly23uvsrzlx6wc66i_RGgoZPMzQ8_p5r3heamtscxh5tdlc31nft8pajrzp4b3loqribdlcjhgnttsf25xjblpiuw.jpg)
विश्वासको मतमा प्रचण्डको दाउपेच– ओली–देउवाबीच फाटो आउने झिनो आशा !
![बाढी पहिरोको प्रकोपः रोइलो मात्रै गर्ने कि कारण पत्ता लगाएर समाधान पनि खोज्ने ?](https://snowberry.prixacdn.net/media/gallery_folder/water-flood-river_bDEhMcadf2_dhhyltcqzz8eqd63zkqyc0lpchw77cr3lrkfai5txdl82usoycmfhqmod1be_j2rEoqjJyB_6hpanch6ll8io5gtny95gzbuyt8nbjencomzq1rxpfe8faolzjjuoywyzfgn.jpg)
बाढी पहिरोको प्रकोपः रोइलो मात्रै गर्ने कि कारण पत्ता लगाएर समाधान पनि खोज्ने…
![सत्ता दुर्व्यसनले निम्त्याएको भवितव्य](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda_5avh2xMaXm_s1k2qw46nuqpdm9zeg4hpyojke7lewvjsctdbwfrewoevt84xmlay6kfdt8o_nA7PoGqn8x_g5tgl0nymqikwajyzrxg2uh4lqauyg3fmvrlmp99ukecrdbeam2rhnrwtwkg.jpg)
सत्ता दुर्व्यसनले निम्त्याएको भवितव्य
![ओली-देउवा भलाकुसारी र सत्ता राजनीतिमा कम्पन](https://snowberry.prixacdn.net/media/gallery_folder/Satta-sangharsha_t8zRH6XUf6_krjetweqxtul3snbx6qbauhdrbkar6niwhfkouqvpdye5gklddzxj663ynjp_7wFnprXsam_i9ra180esriwc9otb7pi2mdfsusyh4ixxwabzh6heizwx5cq2xqtggsybtab.jpg)
ओली-देउवा भलाकुसारी र सत्ता राजनीतिमा कम्पन
![जनयुद्धको धङधङीको ‘बाइप्रोडक्ट’ !](https://snowberry.prixacdn.net/media/gallery_folder/pratik-thapa%2520badal%2520son_kYcJ0hxRJa_vge3e3f6zowq22zttxmrtxf2nts4ez8pltujxrcnoh7rkafyruvcku3a8del_2W4mWcMYPM_q0o362gph57ux3ue1k1fdow99tllrfqawlgtjnysmqygmmicotnf8k2ie4ri.jpg)
प्रतिक्रिया