अशोक मेहताको झुसिलो डकार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Ashok%2520mehata_hQidCRWOCI_xjwo4gzolejk7fnbzrebgl9c8mekrez0jumixos0i5ldg6tvf4y7iub5x6yc_pVrrv0AJuu_wjodft0r9sgogfobg5dll7bznjqozn09ojynxvbezlknyzw1abuanu4gdvsi.jpg)
भारतीय सेनाका पूर्व मेजर जर्नेल अशोक मेहताले केही दिनअघि मात्रै भारतीय अनलाइन पायोनियरमा India is on the right track in शीर्षकमा प्रकाशित एक लेखमा उनले ‘अझै पनि दिल्लीले समर्थन गर्न लागि प्रचण्ड सही घोडा रहेको र देउवालाई तबलामा नै राख्नुपर्ने’ (Still, for Delhi, Prachanda is the right horse to back while keeping Deuba in the stable) टिप्पणी गरेका छन् ।
मेहता नेपाली मिडिया र राजनीतिकर्मीहरुले ‘नेपालीविज्ञ’को पगरी गुँथिदिएर अलि बढी नै बोकेका व्यक्ति हुन् । नेपालका कतिपय राजनीतिक दलहरु र भारतीय संस्थापनपक्षबीच संवाद र सम्पर्क गराउने व्यक्तिको रुपमा पनि उनको चर्चा हुने गरेका छन् ।
कतिपय सन्दर्भमा भारतीय संस्थापन पक्षको आवाज बोल्ने भनी चिनिएका पूर्व जर्नेल अशोक मेहताको यो भनाइ अत्यन्तै गम्भीर र आपत्तिजनक छ । यो यस अर्थमा पनि गम्भीर र आपत्तिजनक छ कि उनले कुनै व्यक्तिहरु विरुद्ध हैन, मुलुकको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड र मुलुकको प्रमुख राजनीतिक दलका सभापति एवं पाँच पटक प्रधानमन्त्रीको नेतृत्व सम्हालिसकेका शेरबहादुर देउवामाथि अत्यन्तै निम्छरो भाषा प्रयोग गरेका छन् । उनले नेपालको आन्तरिक राजनीतिमाथि सोझै हस्तक्षेपको भाषा बोलेको छ ।
अचम्म र उदेकलाग्दो कुरा के छ भने उनको लेख प्रकाशित भएको थुप्रै दिन बित्तिसक्दा पनि यसबारेमा सरकार तथा प्रचण्ड र देउवाले नेतृत्व गरिरहेका नेकपा माओवादी र नेपाली कांग्रेसले कुनै प्रतिक्रिया दिएका छैनन्, उनीहरु मुखमा बिर्को लगाएर बसेका छन् । अहिले मेहताको आपत्तिजनक भनाइको कुनै खण्डन नगर्नुको सोझो अर्थ भारतले नेपालको राजनीतिको ‘माइक्रो’ र ‘म्याक्रो’ म्यानेजमेन्ट गर्ने गरेको भनी लामो समयदेखि चल्दै आएको चर्चा सही हो भन्ने कुरालाई बल प्रदान गर्नु नै हो ।
यस स्थितिमा सरकारले मेहताको भनाइबारे आफ्नो धारणा प्रष्ट पार्नु जरुरी छ । कुनै बेला ‘आफ्नो नेतृत्वमा सरकार बने त्यो भारतको लागि समेत कम्फर्टेबल हुनेछ’ भनेवापत कठोर आलोचना खेपेका प्रधानमन्त्री प्रचण्ड र उनको दल नेकपा माओवादीले अशोक मेहताको भनाइबारे औपचारिक रुपमा मुख खोल्नु जरुरी छ । यति गम्भीर सवालमा पनि मौन बस्ने हो भने मेहताको भनाइमा लुकेको ‘नेपाली सत्ताको लगाम दिल्लीको हातमा छ’ भन्ने आशयलाई समर्थन गरेको अर्थ लाग्नेछ । यसले मौनं स्वीकृति: लक्षणम् (मौन रहनु कुनै पनि कुरालाई स्वीकार गरेको लक्षण हो) भन्ने भाष्य स्थापित गरिदिने खतरा पैदा हुन्छ ! अत: नेपालको आन्तरिक राजनीतिक एवं सार्वभौमिकतालाई समेत होच्याउने मेहताको भनाइको कडा खण्डन गर्दै उनलाई क्षमायाचना गर्नका लागि कुटनीतिक नोट पठाउने अन्यथा उनलाई नेपाल प्रवेशमा समेत निषेध लगाउने गरी सरकारले कठोर कदम चाल्नु आवश्यक देखिन्छ ।
![शोक मनाउने कुरा लहडको विषय हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal%2520police_daG77rMjnZ_qyjawvmabxf29po2lub7fso83sulamhifty4nihnudknbbvq2yu8qizwhcgx_nKNHC2eIvc_u3widhvgmj2qjje9jupeltf9leuc1k7mokcxjtun7ysgtpc1ferdmpseagpq.jpg)
शोक मनाउने कुरा लहडको विषय हो ?
![‘साधुलाई सुली, चोरलाई चौतारी !’](https://snowberry.prixacdn.net/media/gallery_folder/badsaha%2520kurmi_HW6Qie1zkj_xpgsjbbjlnx57hhdarq6tuafswhp0zrbwcfwzxorhjb1xfz3giku28snughi_lwDCvpZXKt_gd5qmpkxe55fzmulyadvwcmjba4dczti00qcn4m5h2v01ppusunm7volzoto.jpg)
‘साधुलाई सुली, चोरलाई चौतारी !’
![फुटपाथ विस्तारको क्रममा देखिएका दुई खतरनाक प्रवृत्तिहरु !](https://snowberry.prixacdn.net/media/gallery_folder/Footpath-Expansion_6Llu5Krnvt_kvy9zaxr0yqbiypdwhvw2ji4owbvxdfxncws0u0lyuguyykt5eeb84zl6etd_szazdJvatL_wgqrrk7jlkvhsfnw6m7csqcdxc98aietguqhvqlyshjqueqdzeenqskrkdu8.jpg)
फुटपाथ विस्तारको क्रममा देखिएका दुई खतरनाक प्रवृत्तिहरु !
![विश्वासको मतमा प्रचण्डको दाउपेच– ओली–देउवाबीच फाटो आउने झिनो आशा !](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda_sDFcc4PL1a_tyazc31ythqx7bqiyknnhrn9tylmbgyvh0s6jrythfuxmv6oxrwd9uzqlnfm_PfxTCQGLMu_ur1blg9pblxtcam7ps2gvfh5pimg5obpp2nnjbspfm8ly23uvsrzlx6wc66i_RGgoZPMzQ8_p5r3heamtscxh5tdlc31nft8pajrzp4b3loqribdlcjhgnttsf25xjblpiuw.jpg)
विश्वासको मतमा प्रचण्डको दाउपेच– ओली–देउवाबीच फाटो आउने झिनो आशा !
![बाढी पहिरोको प्रकोपः रोइलो मात्रै गर्ने कि कारण पत्ता लगाएर समाधान पनि खोज्ने ?](https://snowberry.prixacdn.net/media/gallery_folder/water-flood-river_bDEhMcadf2_dhhyltcqzz8eqd63zkqyc0lpchw77cr3lrkfai5txdl82usoycmfhqmod1be_j2rEoqjJyB_6hpanch6ll8io5gtny95gzbuyt8nbjencomzq1rxpfe8faolzjjuoywyzfgn.jpg)
बाढी पहिरोको प्रकोपः रोइलो मात्रै गर्ने कि कारण पत्ता लगाएर समाधान पनि खोज्ने…
![सत्ता दुर्व्यसनले निम्त्याएको भवितव्य](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda_5avh2xMaXm_s1k2qw46nuqpdm9zeg4hpyojke7lewvjsctdbwfrewoevt84xmlay6kfdt8o_nA7PoGqn8x_g5tgl0nymqikwajyzrxg2uh4lqauyg3fmvrlmp99ukecrdbeam2rhnrwtwkg.jpg)
सत्ता दुर्व्यसनले निम्त्याएको भवितव्य
![ओली-देउवा भलाकुसारी र सत्ता राजनीतिमा कम्पन](https://snowberry.prixacdn.net/media/gallery_folder/Satta-sangharsha_t8zRH6XUf6_krjetweqxtul3snbx6qbauhdrbkar6niwhfkouqvpdye5gklddzxj663ynjp_Ew9N5EgSSd_1kbtycvmbwikrmuxxashkyx1vczyrpoephskyo0so6nnsh1zwbhakohpy8sf.jpg)
ओली-देउवा भलाकुसारी र सत्ता राजनीतिमा कम्पन
![जनयुद्धको धङधङीको ‘बाइप्रोडक्ट’ !](https://snowberry.prixacdn.net/media/gallery_folder/pratik-thapa%2520badal%2520son_kYcJ0hxRJa_vge3e3f6zowq22zttxmrtxf2nts4ez8pltujxrcnoh7rkafyruvcku3a8del_2W4mWcMYPM_q0o362gph57ux3ue1k1fdow99tllrfqawlgtjnysmqygmmicotnf8k2ie4ri.jpg)
प्रतिक्रिया