कसैलाई के कुराले मार्क्सवादी बनाउँछ?
|
(कार्ल मार्क्सले प्रसिद्ध रूपमा आफू ‘मार्क्सवादी नभएको’ घोषणा गरेका थिए। तर उनका सैद्धान्तिक कामले अनुसन्धानका अनेक शाखा, राजनीतिक आन्दोलन र तीव्र बहसलाई जन्म दियो। के हामी मार्क्सवादका आधारभूत एकीकृत विचारहरूको एउटा यस्तो समूह पहिचान गर्न सक्छौँ, जसले मार्क्सवादलाई परिभाषित गर्छ? Jacobin Radio को पोडकास्ट Confronting Capitalism को पछिल्लो शृङ्खलामा विवेक चिब्बर र मेलिसा नासेकले मार्क्सका लेखनका आधारभूत पक्षहरूको समीक्षा गर्दै विगत एक शताब्दीमा मार्क्सवाद कसरी विकसित र कसरी विकृत हुँदै आएको छ भन्ने व्याख्या गरेका छन्। विवेक चिब्बर संगको यो अन्तर्वार्ता मेलिसा नासेकले लिएकी हुन्।
विवेक चिब्बर न्यूयोर्क विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक हुन्। उनी Catalyst: A Journal of Theory and Strategy का सम्पादक हुन्। मेलिसा नासेक Democratic Socialists of America की सदस्य हुन्। |
मेलिसा नासेक: हाम्रो पोडकास्टमा र तपाईंको प्राज्ञिक काममा पनि तपाईं राजनीति, सिद्धान्त र अर्थतन्त्रलाई निरन्तर मार्क्सवादी दृष्टिकोणबाट हेर्नुहुन्छ। तर कहिलेकाहीँ तपाईं मार्क्सवादका केही पक्षको आलोचना पनि गर्नुहुन्छ। त्यसो भए, तपाईं आफूलाई कुन अर्थमा मार्क्सवादी ठान्नुहुन्छ?
विवेक चिब्बर: मार्क्सवाद विश्व कसरी चल्छ भन्नेबारेको एउटा सामाजिक सिद्धान्त हो, र समाजवादी आन्दोलनले प्रयोग तथा परिचालन गर्दै आएको सिद्धान्त पनि यही हो। त्यसैले विश्लेषणात्मक दृष्टिले हेर्दा समाजवाद र मार्क्सवाद फरक कुरा हुन्।
यसको अर्थ के हो भने, अस्ट्रियाली मार्क्सवादी रुडोल्फ हिल्फर्डिङले एकपटक भनेझैँ, तपाईंको राजनीतिक आबद्धता जस्तोसुकै भए पनि मार्क्सवादको सैद्धान्तिक शक्तिलाई स्वीकार गर्न सक्नुहुन्छ। अर्थात्, तपाईंलाई विश्वलाई सबैभन्दा राम्रो र सबैभन्दा स्पष्ट रूपमा व्याख्या गर्ने सिद्धान्त मार्क्सवाद हो भन्ने लाग्न सक्छ, तर तपाईं समाजवादी नहुन पनि सक्नुहुन्छ, किनकि यी दुई फरक कुरा हुन्। तर मेरो विचारमा सम्बन्धलाई बुझ्ने यो सबैभन्दा राम्रो तरिका होइन। म यसलाई यसरी प्रस्तुत गर्छु मार्क्सवादीहरू एक विशेष प्रकारका समाजवादी हुन्।
प्राविधिक रूपमा हेर्दा, तपाईं दक्षिणपन्थी हुन सक्नुहुन्छ र मार्क्सवादले नै विश्वलाई सबैभन्दा राम्रोसँग व्याख्या गर्छ भन्ने ठान्न सक्नुहुन्छ। त्यसपछि तपाईं पुँजीवादलाई स्थिर राख्ने प्रयासमा मार्क्सवादको प्रयोग गर्न सक्नुहुन्छ।
प्राविधिक रूपमा हेर्दा, तपाईं दक्षिणपन्थी हुन सक्नुहुन्छ र मार्क्सवादले नै विश्वलाई सबैभन्दा राम्रोसँग व्याख्या गर्छ भन्ने ठान्न सक्नुहुन्छ।
मेलिसा नासेक: स्टिभ ब्याननजस्ता व्यक्तिहरू मार्क्सवादबाट प्रभावित छन् भन्ने धेरै चर्चा हुने गर्छ।
विवेक चिब्बर: प्राविधिक रूपमा त्यो कुरा सही हो। तर मेरो विचारमा त्यसो गर्नु मार्क्सवादको मूल भावनाविपरीत जानु हो। किनकि मार्क्सवाद भनेको समाजवादी आन्दोलनलाई बुझ्न, त्यसको मार्गदर्शन गर्न र दिशानिर्देश गर्न सहयोग गर्ने सिद्धान्त हो।
समाजवादीहरू नै पुँजीवादले कसरी काम गर्छ, इतिहास कसरी विकसित भएको छ र हामीले समाजवाद भन्ने गरेको अझ मानवीय र अझ न्यायपूर्ण समाज निर्माण गर्न सम्भव बनाउने परिस्थितिहरू के–कस्ता हुन् भन्नेबारेको एउटा निश्चित बुझाइलाई आत्मसात् गर्छन्।
मार्क्सवादका कमजोरीहरू जे–जस्ता भए पनि, व्यापक अर्थमा सामाजिक लोकतान्त्रिक र समाजवादी परियोजनालाई अगाडि बढाउन मार्क्सवाद अझै पनि सबैभन्दा बढी अन्तर्दृष्टि दिने र सबैभन्दा उपयोगी सिद्धान्त हो।
मार्क्सवाद सही पनि हुन सक्छ, गलत पनि। तपाईं समाजवादी भएर पनि भन्न सक्नुहुन्छ, “मेरो विचारमा मार्क्सवाद वास्तवमा धेरै हदसम्म गलत छ।” अनि तपाईं त्यही सिद्धान्तलाई आत्मसात् गर्ने समाजवादी पनि हुन सक्नुहुन्छ। म अझै पनि मार्क्सवादलाई आत्मसात् गर्नुको कारण के हो भने, म आफूलाई समाजवादी ठान्छु। र म के पनि ठान्छु भने, यसका कमजोरीहरू जे–जस्ता भए पनि, व्यापक अर्थमा सामाजिक लोकतान्त्रिक र समाजवादी परियोजनालाई अगाडि बढाउन मार्क्सवाद अझै पनि सबैभन्दा बढी अन्तर्दृष्टि दिने र सबैभन्दा उपयोगी सिद्धान्त हो।
मेलिसा नासेक: त्यसो भए, मार्क्सवादको केन्द्रमा रहेका विचारहरू के हुन्?
विवेक चिब्बर: यो एउटा रोचक प्रश्न हो, किनकि यस विषयमा कहिल्यै पनि सहमति भएको छैन। सामाजिक सञ्जालमा हेर्दा, ‘मार्क्सवाद’ भन्ने कुनै एउटा निश्चित कुरा छ, त्यसका चारवटा नियम वा पाँचवटा आधारभूत अवयव छन्, र तपाईं त्यसलाई मान्ने व्यक्ति हुनुहुन्छ वा हुनुहुन्न भन्नेमा कुनै दुविधा छैन भन्ने खालको अद्भुत आत्मविश्वास देखिन्छ। तर जब तपाईं यसलाई त्यसरी निश्चित सीमाभित्र बाँध्न खोज्नुहुन्छ, मार्क्सवादी परम्पराका अभिन्न हिस्सा मानिने व्यक्तिहरूले नै मार्क्सवादी सिद्धान्तका लागि अनिवार्य मानिएका यी वा ती नियम पालना नगरेको सजिलै भेट्टाउन सकिन्छ। त्यसैले मार्क्सवादको केन्द्रमा वास्तवमा के छ भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन।
जब तपाईं यसलाई त्यसरी निश्चित सीमाभित्र बाँध्न खोज्नुहुन्छ, मार्क्सवादी परम्पराका अभिन्न हिस्सा मानिने व्यक्तिहरूले नै मार्क्सवादी सिद्धान्तका लागि अनिवार्य मानिएका यी वा ती नियम पालना नगरेको सजिलै भेट्टाउन सकिन्छ।
कसैले श्रमको मूल्य सिद्धान्त भन्न सक्छ। अझ धेरै महत्त्वाकांक्षी र आडम्बरीहरूले द्वन्द्ववाद वा त्यस्तै केही भन्न सक्छन्। तर मार्क्सवादको इतिहासको जुनसुकै कालखण्डमा, समाजवादी राजनीतिमा अग्रपङ्क्तिमा रहेका र आफूलाई मार्क्सवादी भन्ने मानिसहरूलाई हेर्नुभयो भने, तपाईंले मार्क्सवादका लागि आधारभूत ठान्न सकिने विषयहरूमा नै गहिरो मतभेद पाउनुहुनेछ– चाहे त्यो मूल्य सिद्धान्त होस्, दर्शन होस्, अथवा भौतिकवाद नै किन नहोस्। त्यसैले यो प्रश्नको जवाफ दिन सजिलो छैन। तर म यस प्रश्नबाट पन्छिन पनि चाहन्नँ।
मेलिसा नासेक: म तपाईंलाई यो प्रश्नको जवाफ दिन बाध्य पार्छु।
विवेक चिब्बर: ठीक छ। सबैभन्दा पहिले, मार्क्सवाद कुनै संहिता होइन। बाइबल वा धर्मजस्तो होइन, जसमा केही केन्द्रीय मान्यताहरू हुन्छन् र ती सबैलाई अनिवार्य रूपमा पालना गर्नुपर्छ, अनि ती सबै कुनै केन्द्रीय प्राधिकारले निर्धारण गरेको हुन्छ।
वास्तवमा, मार्क्सवादको केन्द्रीय प्राधिकार कार्ल मार्क्स नै थिए। तर जब उनले आफ्नो सिद्धान्तलाई अरू मानिसहरूले जसरी प्रयोग र प्रस्तुत गरिरहेका थिए, त्यो देखे, जीवनको उत्तरार्धमा उनले प्रसिद्ध रूपमा भनेका थिए, “मलाई यति मात्र थाहा छ - म मार्क्सवादी होइन।” यसको अर्थ उनले मार्क्सवादलाई कहिल्यै कुनै संहिताका रूपमा स्थापित गर्न खोजेका थिएनन् भन्ने थियो।
मार्क्सवादको केन्द्रीय प्राधिकार कार्ल मार्क्स नै थिए। तर जब उनले आफ्नो सिद्धान्तलाई अरू मानिसहरूले जसरी प्रयोग र प्रस्तुत गरिरहेका थिए, त्यो देखे, जीवनको उत्तरार्धमा उनले प्रसिद्ध रूपमा भनेका थिए, “मलाई यति मात्र थाहा छ - म मार्क्सवादी होइन।”
मार्क्सवादलाई अनुसन्धान कार्यक्रम भनिन्छ। यसको अर्थ विश्वले कसरी काम गर्छ भन्नेबारे केही प्रस्तावना र परिकल्पनाहरूको एउटा समूह हो, जसको मूल्याङ्कन तिनको आफ्नै आधारमा, अर्थात् ज्ञानमीमांसात्मक रूपमा गरिनुपर्छ– ती प्रस्तावना र परिकल्पनालाई प्रमाणले समर्थन गर्छ कि गर्दैन भन्ने आधारमा। त्यसैले यसलाई एउटा निश्चित संहितामा स्थिर पार्न खोज्नु मूर्खतापूर्ण हुन्छ।
त्यसैगरी, तपाईले यसलाई यति व्यापक वा यति फराकिलो पनि बनाउन चाहनुहुन्न कि जे पनि स्वीकार्य होस् अर्थात्, जुनसुकै कुरालाई पनि मार्क्सवाद मान्न सकियोस्। त्यसैले मेरो विचारमा मार्क्सवादको यस्तो परिभाषा आवश्यक हुन्छ, जसले यसलाई पहिचानयोग्य बनाओस्, यसको एउटा मूल र सार प्रदान गरोस्, तर त्यसभित्र पर्याप्त असहमति र बहसका लागि पनि ठाउँ राखोस्, ताकि मार्क्सवादी दायराबाट अलिकति बाहिर गएको आरोपमा मानिसहरूलाई निष्कासित गर्नमै हाम्रो सारा समय खर्च नहोस्।
अब, मार्क्सले आफ्नो सिद्धान्त विकसित गर्दा के गर्न खोजिरहेका थिए, त्यसतर्फ हेरौँ।
उनी के देखाउन खोजिरहेका थिए भने, यस संसारमा रहेको अन्यायको आधार– जसले हामीलाई अझ राम्रो संसार निर्माण गर्ने प्रयास गर्न प्रेरित गर्छ, आधुनिक समाजको संरचनाभित्रै रहेको छ। र मार्क्सका अनुसार त्यो संरचना भनेको यसको वर्गीय संरचना हो। उनको विचारमा, वर्गीय संरचनाले मानिसहरूमाथि केही निश्चित सीमाहरू खडा गर्छ र केही निश्चित बाध्यताहरू थोपर्छ, जसले उनीहरूलाई निश्चित ढङ्गले व्यवहार गर्न बाध्य बनाउँछ। यस्तो व्यवहारले मानवीय र न्यायपूर्ण सामाजिक व्यवस्था निर्माण गर्न असम्भव बनाउँछ। र यदि त्यस्तो व्यवस्था असम्भव छ भने, सामाजिक संरचनामै परिवर्तन गर्नुपर्छ र त्यसको स्थानमा नयाँ संरचना स्थापित गर्नुपर्छ कम्तीमा त्यस्तो संरचना, जसले मानव जीवनको समुन्नतिसँग मेल खाने किसिमका सामाजिक सम्बन्ध, संस्थाहरू र व्यवहारहरू सम्भव बनाओस्।
मेलिसा नासेक: मैले पुँजी, खण्ड–१ पहिलोपटक पढ्दा मलाई साँच्चिकै गहिरो प्रभाव पारेको एउटा विचार के थियो भने, मार्क्सले पुँजीपति भनेको पुँजीवादको मूर्तरूप मात्र हो भनेर चर्चा गरेका छन्। उनको भनाइको आशय के हो भने, यो त्यस्तो व्यवस्था होइन, जसलाई आफ्नै व्यक्तिगत उद्देश्य र इच्छासहितका केही व्यक्तिहरूले मात्र अघि बढाइरहेका हुन्छन्। बरु, यो त्यस्ता पात्रहरूद्वारा सञ्चालित हुन्छ, जसले सामाजिक व्यवस्थाभित्र एउटा निश्चित भूमिका निर्वाह गर्छन्। त्यसैले जाँच, बुझाइ र चुनौती दिनुपर्ने कुरा यी व्यक्तिहरू मात्र होइनन्, स्वयं सामाजिक व्यवस्था हो। यो वास्तवमै अत्यन्त गहिरो विचार हो।
विवेक चिब्बर: बिल्कुल सही। श्रमिकहरू आफ्नो परिस्थितिमा फसेका छन्, उनीहरूसँग अर्को विकल्प नभएकाले हरेक दिन बाहिर निस्केर आफ्नो श्रमशक्ति बेच्न बाध्य छन् भन्ने कुरा समाजवादी र मार्क्सवादीहरूलाई सहजै स्वीकार्य हुन्छ। त्यो बिल्कुल सत्य हो। तर मार्क्सले यसभन्दा गहिरो कुरा पनि गरिरहेका थिए। त्यो के हो भने, पुँजीपतिहरू पनि आफ्नै परिस्थितिमा फसेका हुन्छन्। उनीहरू बजारमा प्रतिस्पर्धा गर्न बाध्य हुन्छन् र नाफा कमाउन आफ्ना श्रमिकहरूबाट अतिरिक्त श्रम निकाल्न बाध्य हुन्छन्।
श्रमिकहरू आफ्नो परिस्थितिमा फसेका छन्, उनीहरूसँग अर्को विकल्प नभएकाले हरेक दिन बाहिर निस्केर आफ्नो श्रमशक्ति बेच्न बाध्य छन् भन्ने कुरा समाजवादी र मार्क्सवादीहरूलाई सहजै स्वीकार्य हुन्छ। त्यो बिल्कुल सत्य हो। तर मार्क्सले यसभन्दा गहिरो कुरा पनि गरिरहेका थिए।
त्यसैले मार्क्सका लागि श्रमिकहरू जति बजारका कैदी हुन्, पुँजीपतिहरू पनि त्यसभन्दा कम कैदी होइनन्। यो कुरा गहिरो महत्त्वको छ, किनकि यसको अर्थ हुन्छ– पुँजीपतिहरूलाई असल बन्न आग्रह गरेर पुँजीवादलाई राम्रो बनाउन सकिँदैन। उनीहरू पुँजीपति नै रहिरहने हो भने, उनीहरूले आफूले गर्दै आएको काम गर्नैपर्छ। काम कसरी गरिन्छ र मानिसहरूले आफ्नो जीविका कसरी चलाउँछन् भन्ने तरिका परिवर्तन गर्न, पुँजीपति भएका मानिसहरूमाथिका बाध्यता र सीमाहरू नै परिवर्तन गर्नुपर्छ– र ती बाध्यता तथा सीमाहरू वर्गीय सीमाहरू र वर्गीय बाध्यताहरू हुन्।
मेलिसा नासेक: ठीकै हो। अनि सामाजिक शक्तिहरू नै व्यक्तिहरूभन्दा माथि र मुख्य रूपमा जिम्मेवार हुन्छन् भन्ने यस विचारबारे हामी कुरा गर्दा मानिसहरूले प्रतिवाद गर्दै भन्थे, “तर उदाहरणका लागि, जेफ बेजोस त खराब मान्छे हुन्।” अनि म उनीहरूलाई बुझाउने प्रयास गर्थें– सायद उनी खराब होलान्, सायद नहोलान्। वास्तवमा त्यो कुरा अप्रासंगिक हो।
विवेक चिब्बर: सुसान नाइम्यानले हालै समाजवादीहरूले दुष्ट (evil ) शब्द प्रयोग गर्नुपर्छ भन्ने तर्क गरेकी छन्। म वास्तवमा त्यससँग सहमत छैन। तर तपाईं प्रयोग गर्न चाहनुहुन्छ भने, ठीकै छ। मेरो विचारमा evil नैतिक शब्द होइन; यो धार्मिक शब्द हो। समाजवादीहरू नैतिक हुनुपर्छ र उनीहरू नैतिक रूपमा प्रेरित हुनुपर्छ। तपाईं बेजोसलाई दुष्ट भन्न सक्नुहुन्छ, तर उनले जे गर्छन्, त्यो केवल उनी दुष्ट भएकै कारणले गरिरहेका होइनन्। यदि तपाईंले जेफ बेजोसलाई उसको पदबाट हटाएर उसको ठाउँमा अरू कसैलाई राख्नुभयो भने, उसले पनि लगभग त्यही काम गर्नेछ। किनकि उसले संलग्न रहेको व्यवसायको क्षेत्रमा सफल हुन त्यसै गर्नुपर्छ।
त्यसैले मार्क्सवादको पहिलो अवयव, यसको मुख्य आधार भनेको पुँजीवादको वर्गीय संरचना जसलाई मार्क्सले ‘गतिका नियमहरू’ भनेका छन्– ले नै त्यसको बृहत् गतिशीलता निर्धारण गर्छ। वर्गीय संरचना चल्ने आधार के हो भने, एउटा समूह अर्को समूहभन्दा केवल धनी भएर मात्र होइन, त्यो समूहले अरू मानिसहरूको शोषणबाट आफ्नो आम्दानी र सम्पत्ति प्राप्त गर्छ।
धेरै अन्य सिद्धान्तहरूले पनि ‘वर्ग’ भन्ने शब्द प्रयोग गर्छन्। तर ती सिद्धान्तहरूमा वर्गलाई सामान्यतः आम्दानीसँग जोडिएको हुन्छ। एउटा वर्गमा धनी मानिसहरू हुन्छन्, अर्को वर्गमा उनीहरूभन्दा तल रहेका गरिब मानिसहरू हुन्छन्, अनि बीचमा केही मानिसहरू हुन्छन्। र उनीहरूलाई आम्दानीको स्तरका आधारमा छुट्याउन सकिन्छ।
मेलिसा नासेक: ठीकै हो। यीमध्ये केही सिद्धान्तले वर्गलाई एक प्रकारको सांस्कृतिक हैसियतसँग जोड्छन्– जस्तै, निश्चित ठाउँमा बस्नु, निश्चित जीवनशैली अपनाउनु...
विवेक चिब्बर: रुचिहरू।
मेलिसा नासेक: हो, ठ्याक्कै।
विवेक चिब्बर: तर मार्क्सका लागि वर्गहरूलाई एकअर्काबाट छुट्याउने कुरा मानिसले कमाउने आम्दानीको स्तर होइन, आम्दानी प्राप्त गर्न उनीहरूले के गर्नुपर्छ भन्ने कुरा थियो। त्यसैले दोस्रो अवयव के हो भने, एउटा समूहका मानिसहरूले अर्को समूहका मानिसहरूको शोषण गर्ने अवस्था नै वर्ग हो। र यसबाट उनको आशय के थियो भने, एउटा समूहले अर्को समूहका मानिसहरूबाट श्रम गराएर आफ्नो आम्दानी प्राप्त गर्छ।
अब, धनीहरूले गरिबहरूबाट श्रम निकाल्ने तथ्यले यी दुई समूहलाई एउटा विशेष सम्बन्धमा बाँध्छ। त्यो सम्बन्ध के हो भने, गरिबहरू धनीहरूले उनीहरूमाथि गर्ने व्यवहारका कारण गरिब छन्। र धनीहरू गरिबहरूमाथि गर्ने व्यवहारका कारण धनी छन्। त्यसो भए यसको अर्थ के हुन्छ, सोचौँ। यदि तपाईं श्रमिकहरूको अवस्था सुधार्न चाहनुहुन्छ उनीहरूले बढी ज्याला पाऊन्, राम्रो काम गर्ने अवस्था पाऊन्, राम्रो आवास पाऊन् भन्ने चाहनुहुन्छ भने यी सबै कुरा प्राप्त गर्न उनीहरूले आफ्ना रोजगारदाताबाट कसरी बढी प्राप्त गर्ने भन्ने उपाय खोज्नुपर्छ, किनकि पैसा आउने स्रोत त्यही हो।
यसैबीच, रोजगारदाताहरूले नाफा कमाउन आफ्ना कर्मचारीहरूलाई सकेसम्म कम दिन प्रयास गर्नुपर्छ। मार्क्स वर्गबारे यही दृष्टिकोणमा किन पुगे भने, श्रम आन्दोलनले कठोर अनुभवबाट के सिक्यो भने, आफ्नो आधारका मानिसहरू अर्थात् श्रमिकहरूको अवस्था सुधार्न खोज्दा उनीहरू बारम्बार रोजगारदाता र पुँजीपतिहरूको प्रतिरोधको सामना गर्न पुग्थे। यिनै कठोर अनुभवबाट वर्गको यस्तो अवधारणा विकसित भयो, जसमा वर्ग केवल असमानता मात्र होइन, मानिसहरूलाई एकअर्कासँग जोड्ने एउटा प्रकारको सामाजिक सम्बन्ध हो। यस्तो सम्बन्ध, जसमा एक पक्षको अवस्था सुधारिँदा अर्को पक्षले त्यसको मूल्य चुकाउनुपर्छ। यसैलाई शोषण भनिन्छ।
मार्क्सले सामान्य मानिसहरूले आफ्नो काम गर्ने अवस्था कसरी सुधार्न सक्छन् भन्नेबारे एउटा राजनीतिक सिद्धान्त विकसित गरे। त्यो हो– आफूलाई एउटा वर्गका रूपमा संगठित गरेर।
यसबाट तेस्रो अवयव उत्पन्न हुन्छ। पुँजीवादमा बहुसंख्यक मानिस अर्थात् श्रमिकहरूले आफ्नो जीवन राम्रो बनाउन चाहन्छन् भने, उनीहरूले आफ्ना रोजगारदाता अर्थात् संसारका जेफ बेजोसहरूबाट आउने प्रतिरोध र यी सुविधाहरू दिन गरिएको अस्वीकारलाई कसरी पार गर्ने भन्ने उपाय खोज्नुपर्छ। त्यसो कसरी गर्ने? यसका लागि मार्क्सले सामान्य मानिसहरूले आफ्नो काम गर्ने अवस्था कसरी सुधार्न सक्छन् भन्नेबारे एउटा राजनीतिक सिद्धान्त विकसित गरे। त्यो हो– आफूलाई एउटा वर्गका रूपमा संगठित गरेर।
त्यसो कसरी गर्ने? उनीहरूले आफूहरूबीच के समान छ भन्ने कुरा पहिचान गर्छन् त्यो उनीहरूको आर्थिक अवस्था हो। अनि उनीहरूलाई अर्को पक्षबाट के कुराले अलग गर्छ भन्ने पहिचान गर्छन्– त्यो अर्को पक्षले उनीहरूको शोषण गर्नु हो। त्यसपछि उनीहरू आफ्ना रोजगारदाताविरुद्ध अझ प्रभावकारी रूपमा संघर्ष गर्न सक्ने संगठन र संस्थाहरू निर्माण गर्ने प्रयास गर्छन्। संगठन निर्माण गर्ने, तिनलाई प्रयोग गरेर संघर्ष गर्ने र धनी तथा गरिबबीचको शक्ति-सन्तुलन परिवर्तन गर्ने यो प्रक्रियालाई वर्गसंघर्ष भनिन्छ।
अब, यी तीनवटा विचार नै मार्क्स मूलतः प्रतिबद्ध रहेका विषय हुन्, र सम्पूर्ण मार्क्सवादी परम्पराले यिनै कुरालाई व्याख्या र विकसित गर्ने प्रयास गर्दै आएको छ: वर्ग आधुनिक समाजको आधार हो; शोषणको प्रक्रियामार्फत वर्गीय संरचना कायम रहन्छ; र यसलाई पार गरेर अझ राम्रो समाज निर्माण गर्न, वा अझ राम्रो पुँजीवाद नै निर्माण गर्न पनि, मानिसहरूलाई एउटा वर्गका रूपमा संगठित गर्नुपर्छ– जातिका रूपमा होइन, लैङ्गिक पहिचानका आधारमा होइन, वर्गका रूपमा। किनकि जाति र लैङ्गिकता वर्गसरह एउटै कुरा होइनन्।
मेलिसा नासेक: त्यसो भए तपाईंको भनाइ के हो भने, यदि तपाईंले सामाजिक वर्गलाई केन्द्रमा राख्नुहुन्न भने तपाईं वास्तवमै मार्क्सवादी हुन सक्नुहुन्न?
विवेक चिब्बर: हो, त्यही हो। र आजको वामपन्थको विडम्बना र गहिरो दुःखान्त यही हो। मार्क्सवादको पहिचान गराउने विशेषता अर्थात् वर्गलाई दिइएको केन्द्रीय महत्त्व आजको वामपन्थले अपराध वा मूर्खताको संकेतका रूपमा हेर्छ। जबसम्म तपाईं वर्गको केन्द्रीयतालाई स्वीकार गर्नुहुन्न, तपाईं मार्क्सवादी हुन सक्नुहुन्न। वास्तवमा, मेरो विचारमा तपाईं समाजवादीसमेत हुन सक्नुहुन्न। यो विषयमा समेत बहस गर्नुपर्ने अवस्था आउनु आफैँमा लज्जास्पद कुरा हो।
जबसम्म तपाईं वर्गको केन्द्रीयतालाई स्वीकार गर्नुहुन्न, तपाईं मार्क्सवादी हुन सक्नुहुन्न। वास्तवमा, मेरो विचारमा तपाईं समाजवादीसमेत हुन सक्नुहुन्न।
अब, मार्क्सले यस आधारमा एउटा निश्चित राजनीतिक अर्थशास्त्र, अर्थात् आर्थिक सिद्धान्त विकसित गरे, जसलाई उनको श्रमको मूल्य सिद्धान्त भनिन्छ। यस सिद्धान्तमार्फत उनले पुँजीपतिहरूले श्रमिकहरूबाट कसरी श्रम निकाल्छन्, ज्याला कसरी निर्धारण हुन्छ, पुँजीवादमा मूल्य कसरी निर्धारण हुन्छ, र पुँजीपतिहरूले श्रमबाट आफूहरूले निकालेको अधिशेष कसरी वर्गका रूपमा बाँडेर लिन्छन् भन्ने देखाउन खोजे। त्यसैले श्रमिकहरूबाट त्यो श्रम निकाल्नुमा उनीहरूको सामूहिक, साझा स्वार्थ हुन्छ। उनको आर्थिक सिद्धान्तले यही कुरा व्याख्या गर्ने प्रयास गरेको थियो।
मार्क्सवादभित्र श्रमको मूल्य सिद्धान्तको औचित्य र बचाउ गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा धेरै बहस भएका छन्। मार्क्सवादप्रति अत्यन्त विश्वसनीय निष्ठा भएका मानिसहरूले समेत त्यस सिद्धान्तको साँघुरो रूपलाई टिकाउन नसकिने ठानेका छन्। अब तपाईं सोध्न सक्नुहुन्छ, “ठीक छ, यदि तपाईंलाई श्रमको मूल्य सिद्धान्त गलत लाग्छ भने पनि तपाईं मार्क्सवादी हुन सक्नुहुन्छ?”
मेरो विचारमा, विश्वलाई विशिष्ट रूपमा मार्क्सवादी दृष्टिले हेर्न तपाईंमा हुनुपर्ने आधारभूत धारणा के हो भने वर्ग नै आधारभूत कुरा हो, शोषण नै वर्गको केन्द्रमा रहेको कुरा हो, र त्यसबाट बाहिर निस्कने बाटो वर्गसंघर्षमार्फत जान्छ। तपाईं श्रमको मूल्य सिद्धान्तलाई स्वीकार नगरे पनि यो दृष्टिकोण कायम राख्न सक्नुहुन्छ। यो त्यसको एउटा उदाहरण मात्र हो।
मेरो विचारमा, कसैलाई मार्क्सवादी मान्ने वा नमान्ने निर्णयको परिभाषित वा निर्णायक विशेषता श्रमको मूल्य सिद्धान्त हुनु हुँदैन। तपाईंले यसलाई स्वीकार गर्न पनि सक्नुहुन्छ, अस्वीकार गर्न पनि सक्नुहुन्छ, र त्यसो गर्दा पनि मार्क्सले विकास गर्न खोजेको तथा मार्क्सवादीहरूले विकास गर्दै आएको अन्तर्निहित समाजशास्त्रीय दृष्टिकोणलाई कायम राख्न सक्नुहुन्छ। मार्क्सवादको इतिहास हेर्नुभयो भने तपाईंले मूल्यको सिद्धान्त, द्वन्द्ववाद र इतिहासको सिद्धान्तलगायत धेरै विषयमा मतभेद पाउनुहुनेछ। तर यी बहसमा संलग्न सबै मानिसहरू एउटा कुरामा सहमत छन्– वर्ग केन्द्रीय छ, वर्गसंघर्ष केन्द्रीय छ, र शोषणले वर्गलाई परिभाषित गर्छ।
यसले अनुभवजन्य रूपमा के देखाउँछ भने, आफूलाई मार्क्सवादी ठान्ने र विश्वले पनि मार्क्सवादीका रूपमा स्वीकार गरेका मानिसहरूको साझा आधार वर्गसम्बन्धी सिद्धान्त थियो, र उनीहरू अन्य विषयमा वैध रूपमा असहमत हुन सक्थे।
मेरो विचारमा, यही कुराले मलाई आफूलाई मार्क्सवादी भन्न सक्षम बनाउँछ, यद्यपि, उदाहरणका लागि, मूल्यको सिद्धान्त गलत हुन सक्छ भन्ने मेरो धारणा छ। यद्यपि मैले रूढ ऐतिहासिक भौतिकवाद सम्भवतः टिक्न नसक्ने सिद्धान्त हो भनेर सार्वजनिक रूपमा आलोचना गरेको छु। (यसको कमजोर रूप भने टिक्न सक्ने मेरो विचार छ, तर रूढ रूप टिक्न सक्दैन।) त्यस्तै, द्वन्द्ववाद भनेर चिनिने कुराप्रति पनि मेरो धारणा खासै सकारात्मक छैन। त्यो गलत छ भन्ने होइन, तर निकै सामान्य र सतही कुरा हो।
यी सबै कुरालाई ध्यानमा राख्दा, यस्ता विचार राखेर पनि आफूलाई मार्क्सवादी भन्नु पूर्णतः सुसंगत हुन्छ भन्ने मलाई लाग्छ। मानिसहरू यससँग असहमत हुन स्वतन्त्र छन्। तर यदि तपाईंले यीमध्ये कुनै एउटा अन्य विषयलाई नै मार्क्सवादको केन्द्रीय आधार ठहर गर्नुभयो भने तपाईंलाई ठूलो समस्या पर्नेछ। किनकि त्यसो गर्दा तपाईंले मार्क्सवादीका रूपमा सम्मान गर्ने धेरै मानिसहरू नै त्यस मापदण्डमा असफल भएको पाउनुहुनेछ।
क्रान्तिकारीका रूपमा निष्कलंक मानिने रोजा लक्जेम्बर्गले अल्प-उपभोगवाद (underconsumptionism) भनिने एउटा सिद्धान्तलाई स्वीकार गरेकी थिइन्। यस सिद्धान्तअनुसार पुँजीवाद दीर्घकालीन रूपमा प्रभावकारी मागको कमीबाट पीडित हुन्छ। यस विषयमा निकोलाइ बुखारिन र अन्य मार्क्सवादीहरूले उनको कडा आलोचना गरे, किनकि उनीहरूको जोड के थियो भने मार्क्सले अल्प-उपभोगवादलाई स्पष्ट रूपमा अस्वीकार गरेका थिए। ठीक छ, त्यसो भए यी दुईमध्ये स्वीकार्य मार्क्सवादी को हो? के तपाईं उनीहरूमध्ये एकजनालाई मार्क्सवादी समुदायबाट निष्कासित गर्न चाहनुहुन्छ?
तपाईं मूल्यको नियमलाई श्रम-मूल्य सिद्धान्तको केन्द्रीय आधार ठान्नुहुन्छ भने, तपाईंले स्विजी, हिल्फर्डिङ वा भ्लादिमिर लेनिनजस्ता व्यक्तिहरू अब मार्क्सवादी रहेनन् भन्नुपर्ने हुन्छ। के तपाईं त्यसो भन्न चाहनुहुन्छ?
पल स्विजी बीसौँ शताब्दीका सबैभन्दा महान् अमेरिकी मार्क्सवादी हुन्। उनले पुँजीवाद एकाधिकार पुँजी भनिने चरणमा प्रवेश गरिसकेको धारणा राखे। अब, यदि तपाईं प्रतिस्पर्धाको अन्त्य भइसकेको छ र कम्पनीहरूले कुनै क्षेत्रमाथि एकाधिकार कायम गरेर नयाँ प्रतिस्पर्धीहरूलाई प्रभावकारी रूपमा प्रवेश गर्नबाट रोक्न सक्छन् भन्ने मान्यता राख्नुहुन्छ भने, तपाईंले पुँजीले सबैभन्दा उच्च नाफादर खोज्दै विभिन्न क्षेत्रहरूमा आवतजावत गर्न सक्दैन भन्ने धारणा पनि स्वीकार गरिरहनुभएको हुन्छ। यसको प्राविधिक अर्थ के हुन्छ भने मूल्यको नियम अब लागू हुन छाडेको छ। यदि तपाईं मूल्यको नियमलाई श्रम-मूल्य सिद्धान्तको केन्द्रीय आधार ठान्नुहुन्छ भने, तपाईंले स्विजी, हिल्फर्डिङ वा भ्लादिमिर लेनिनजस्ता व्यक्तिहरू अब मार्क्सवादी रहेनन् भन्नुपर्ने हुन्छ। के तपाईं त्यसो भन्न चाहनुहुन्छ? त्यसको कुनै अर्थ नै हुँदैन।
त्यसैले, मेरो विचारमा, यस विषयमा अत्यन्त साँघुरो बुझाइ राख्नु मार्क्सवाद वास्तवमा जे थियो, त्यसको इतिहास र यसको मूल भावनासँग दुवैसँग मेल खाँदैन। म यसको केही फराकिलो अर्थ ग्रहण गर्न रुचाउँछु। तर वर्गको केन्द्रीयतालाई कायम राख्दा मार्क्सवादको एउटा स्पष्ट पहिचानयोग्य आधार भने रहन्छ, जसले यसलाई अन्य सिद्धान्तहरूबाट विशिष्ट बनाउँछ र, मेरो विचारमा, यसलाई खण्डनयोग्य (falsifiable) पनि बनाउँछ। सिद्धान्तबाट तपाईंले चाहने कुरा पनि यही हो।
मार्क्सपछिको मार्क्सवाद
मेलिसा नासेक: बीसौँ शताब्दीका ती महत्त्वपूर्ण मार्क्सवादीहरूले उन्नाइसौँ शताब्दीमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले विकसित गरेका मूल विचारहरूलाई कसरी अगाडि बढाए र कतिपय अवस्थामा कसरी परिवर्तन गरे?
विवेक चिब्बर: मेरो विचारमा, उनीहरू सबैले एउटा कुरालाई गम्भीरतापूर्वक आत्मसात् गरेका थिए– सामाजिक न्यायको मूल समस्या पुँजीवाद हो र त्यसैले हामीले यो आर्थिक प्रणाली कसरी काम गर्छ भन्ने बुझ्नुपर्छ। र मार्क्सका कृतिहरूले सबै प्रश्नको उत्तर दिएका थिएनन्। त्यसैले उनीहरूले मार्क्सको सैद्धान्तिक ढाँचा लिएर त्यसलाई थप विकसित गर्नुपर्यो, सिद्धान्तका लागि नयाँ रहेका क्षेत्रमा त्यसलाई विस्तार गर्नुपर्यो, र उनीहरूले आफ्नो क्षमताले भ्याएसम्म त्यसको प्रयोग गरे। उनीहरूले यी काम त्यस्तो समयमा गरे, जतिबेला यी विषयहरूमा निकै बहस र छलफल भइरहेको थियो।
रोजा लक्जेम्बर्गले पुँजीको दोस्रो खण्डमा मार्क्सले पुनरुत्पादनका योजनाहरू विकास गर्ने क्रममा गल्ती गरेको कुरा स्पष्ट रूपमा बताएकी थिइन् र आफूले त्यसलाई सच्याउने प्रयास गर्ने घोषणा गरेकी थिइन्। आजका धेरै मार्क्सवादीहरू यस्तो कुरा सुनेर बेहोस नै होलान्।
उनीहरूमा मार्क्सको सिद्धान्तका केही पक्ष वास्तवमै गलत हुन सक्छन् भनेर भन्न सक्ने आत्मविश्वास पनि थियो। रोजा लक्जेम्बर्गले पुँजीको दोस्रो खण्डमा मार्क्सले पुनरुत्पादनका योजनाहरू विकास गर्ने क्रममा गल्ती गरेको कुरा स्पष्ट रूपमा बताएकी थिइन् र आफूले त्यसलाई सच्याउने प्रयास गर्ने घोषणा गरेकी थिइन्। आजका धेरै मार्क्सवादीहरू यस्तो कुरा सुनेर बेहोस नै होलान्। मार्क्सवादभित्र यो एउटा अनौठो परम्परा हो। ‘संशोधनवादी’ भन्ने शब्दलाई गालीका रूपमा प्रयोग गरिन्छ। कुनै सिद्धान्तलाई संशोधन गर्यो भने त्यस व्यक्तिलाई बहिष्कार गर्नुपर्छ भन्ने धारणा मूलतः धार्मिक किसिमको दृष्टिकोण हो। यसको अर्थ के हो भने, तपाईं त्यो सिद्धान्त सामाजिक विज्ञान हो भन्ने धारणाकै विरुद्ध दृढतापूर्वक उभिनुभएको छ। विज्ञानलाई संशोधन गर्न सकिँदैन भन्नु भनेको त्यसलाई धर्ममा परिणत गर्नु हो।
बीसौँ शताब्दीमा मार्क्सवादभित्र भएका वास्तविक प्रगति वा संशोधनहरूलाई हेर्नुभयो भने, तीमध्ये अधिकांश साँच्चिकै फलदायी संशोधनहरू त्यही समयमा भएका थिए, जतिबेला श्रम आन्दोलन निकै सक्रिय थियो, र वामपन्थभित्र गहिरो तथा जीवन्त बौद्धिक संस्कृति थियो। त्यसले मानिसहरूलाई एउटा निश्चित आत्मविश्वास दिएको थियो– हामीलाई थाहा छ कि सिद्धान्तका आधारभूत मान्यताहरू सही छन्, तर त्यसैले हामी सिद्धान्तलाई अझ बलियो कसरी बनाउन सकिन्छ भन्नेबारे स्वतन्त्र रूपमा सोच्न पनि सक्छौँ। किनकि सिद्धान्तका केही कमजोर पक्षहरू पनि छन्, र ती कमजोर पक्षहरूको आलोचना गर्न हामी डराउनु हुँदैन।
मेलिसा नासेक: तपाईंले भन्नुभएको त्यस्ता बहसमध्ये एउटा उदाहरण दिन सक्नुहुन्छ?
विवेक चिब्बर: सक्छु। रोजा लक्जेम्बर्गको साम्राज्यवादसम्बन्धी बुझाइ वा हिल्फर्डिङको साम्राज्यवादसम्बन्धी बुझाइलाई लिएर भएको बहसलाई हेरौँ। त्यो बहसको मूल प्रश्न के थियो भने, पुँजीवाद आफ्नै आन्तरिक गतिशीलताका आधारमा टिकिरहन सक्छ कि सक्दैन, अथवा त्यसलाई बाह्य माग र बाह्य उत्प्रेरणाका स्रोतहरू आवश्यक पर्छन्?
लक्जेम्बर्गजस्ता व्यक्तिले पुँजीवाद आफ्नै आन्तरिक गतिशीलताका आधारमा टिक्न सक्दैन भन्थिन्। उनको यस धारणाको आलोचना गर्नेहरूले उनी पूर्णतः गलत भएको तर्क गरे। तर उनीहरूले उनको आलोचना यसरी गरेनन्– “तपाईं मार्क्सका भनाइविरुद्ध जाँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई बहिष्कार गर्नुपर्छ।” बरु, १९०० को सुरुआती दशकमा पुँजीको दोस्रो खण्डमा प्रस्तुत पुनरुत्पादनका योजनाहरूले वास्तवमा के प्रमाणित गर्छन् वा के प्रमाणित गर्दैनन् भन्ने विषयमा निकै स्वस्थ बहस भयो।
त्यसैगरी, एकाधिकार पुँजीसम्बन्धी बहसलाई हेरौँ। १९६० को दशकको अन्त्यतिर र १९७० को दशकको सुरुआतमा नयाँ वामपन्थ र त्यस पुस्ताका अर्थशास्त्रीहरू अगाडि आउँदा, उनीहरूले त्यसबेला मार्क्सवादी अर्थशास्त्रमा प्रभावशाली रहेको, लेनिनबाट हस्तान्तरण हुँदै आएको सिद्धान्तको निकै प्रभावकारी आलोचना गरे।
एकाधिकार पुँजी सिद्धान्तले बीसौँ शताब्दीको सुरुआतमै प्रतिस्पर्धात्मक पुँजीवादको अन्त्य भएको दाबी गर्थ्यो। प्रतिस्पर्धात्मक पुँजीवाद रूपान्तरण भएर एकाधिकार पुँजीमा परिणत भएको थियो। अब, यसको अर्थ के हो भन्नेमा कुरा अलि अस्पष्ट हुन्छ। एकातिर, उनीहरूले प्रतिस्पर्धाको युग समाप्त भइसकेको र ठूला व्यावसायिक समूहहरूले अब बजार नियन्त्रण गरिरहेको, त्यसैले प्रतिस्पर्धा मूलतः समाप्त भएको तर्क गर्थे। अर्कोतिर, उनीहरूले– मेरो विचारमा “एकाधिकारात्मक प्रतिस्पर्धा” भन्ने एउटा निरर्थक तर्क अघि सारे। मेरो विचारमा यो मूलतः आफैँमा विरोधाभासपूर्ण अवधारणा हो, र आफ्नो तर्कलाई जोगाउन गरिएको केही विशेष किसिमको आग्रह मात्र हो।
कुनै समय प्रभावशाली र प्रभुत्वशाली रहेको एकाधिकार पुँजीवादको यो सिद्धान्तलाई उदाउँदै गरेको नयाँ पुस्ताका मार्क्सवादी अर्थशास्त्रीहरूले निकै कडा आलोचना गरे। परिणामतः १९८० को दशकसम्म आइपुग्दा यो वास्तवमै एउटा अल्पमतको सिद्धान्तमा सीमित भइसकेको थियो।
यीमध्ये कुनै एउटा पक्ष मार्क्सवादी होइन त? एउटा पक्ष मार्क्सवादी र अर्को पक्ष गैर-मार्क्सवादी हो त? कसैले पल स्विजी मार्क्सवादी होइनन् भनेन। उनलाई ‘संशोधनवादी’ पनि भनिएन। उनीहरूले केवल उनको विश्लेषण गलत भएको बताए, र स्विजीले पनि उनीहरूको विश्लेषण गलत भएको बताए। मेरो विचारमा त्यो पूर्णतः वैध कुरा हो। यहाँ एउटा राम्रो बहस भएको थियो। दुवै पक्ष यस कुरामा सहमत थिए कि पुँजीवाद नै समस्या हो, वर्गीय संरचनाले हामीले विश्लेषण गरिरहेका जुनसुकै प्रक्रियालाई जन्म दिन्छ, र अझ राम्रो समाजमा पुग्न वर्गीय संरचनामै परिवर्तन गर्नुपर्छ। तर उनीहरू त्यस संरचनाको बृहत् गतिशीलता, अर्थात् त्यसलाई के कुराले सञ्चालन गर्छ र आज पुँजी तथा श्रमले कस्ता सीमितता र बाध्यताहरूको सामना गरिरहेका छन् भन्ने विषयमा असहमत थिए। त्यो त एउटा स्वस्थ वैज्ञानिक बहस मात्र हो।
मेलिसा नासेक: हामीमध्ये कतिपयले मार्क्सवादलाई धर्मजस्तो व्यवहार गर्ने कुरामा हाँसिरहेका छौँ। तर तपाईंको विचारमा मार्क्सवादलाई जीवन्त, गतिशील र निरन्तर विकसित हुँदै जाने कुरा मान्नु किन महत्त्वपूर्ण छ?
विवेक चिब्बर: किनभने यसले आफूलाई आलोचना गर्न छाड्नेबित्तिकै यसको मृत्यु हुन्छ। वास्तविकता यति धेरै परिवर्तन भइरहेको हुन्छ कि १५० वर्षअघिको सिद्धान्तलाई केवल कण्ठस्थ रूपमा दोहोर्याउँदैमा आजको पुँजीवादका रूप र विशिष्टताहरू बुझ्न सकिँदैन। किनकि आज पनि यो पुँजीवाद नै हो, तर यो उन्नाइसौँ शताब्दीको पुँजीवादभन्दा फरक छ। त्यसैले उन्नाइसौँ शताब्दीको वास्तविकताभन्दा कम्तीमा बाहिरी रूपमा फरक देखिने आजको वास्तविकताबाट सिद्धान्तका परिणामहरू निकाल्न सक्ने क्षमता आवश्यक हुन्छ। यसको मूल सार भने अझै उही छ।
वास्तविकता यति धेरै परिवर्तन भइरहेको हुन्छ कि १५० वर्षअघिको सिद्धान्तलाई केवल कण्ठस्थ रूपमा दोहोर्याउँदैमा आजको पुँजीवादका रूप र विशिष्टताहरू बुझ्न सकिँदैन। किनकि आज पनि यो पुँजीवाद नै हो, तर यो उन्नाइसौँ शताब्दीको पुँजीवादभन्दा फरक छ।
तर त्यसपछि अनुभवजन्य रूपमा देखाउनुपर्छ कि उन्नाइसौँ शताब्दीको तुलनामा यसको बाहिरी रूप फरक देखिए पनि संसारभित्र काम गरिरहेका अन्तर्निहित कारणात्मक संरचनाहरू अझै उही छन्। ती संरचनामा नाफाको उद्देश्य, प्रतिस्पर्धाको दबाब, पुँजीलाई सबैभन्दा उच्च प्रतिफलदर खोज्दै एउटा क्षेत्रबाट अर्को क्षेत्रमा लैजान प्रेरित गर्ने प्रवृत्ति, त्यसले कम्पनीहरूमाथि पार्ने सीमितता, कम्पनीहरूमाथिका ती सीमितताले श्रमिकहरूमाथि पार्ने बाध्यता, र अन्ततः श्रमिकहरूमाथिका ती बाध्यताले उनीहरूलाई आफूलाई संगठित गर्नुपर्ने परिस्थिति कसरी सिर्जना गर्छन् भन्ने कुरा पर्छन्। सिद्धान्तले यही कुरा व्याख्या गर्ने प्रयास गर्छ।
तपाईं सिद्धान्तलाई यी नयाँ अनुभवजन्य क्षेत्र र घटनाहरूमा विकसित गर्न सक्नुहुन्न भने, अन्ततः तपाईंसँग बाँकी रहने कुरा एउटा धर्म वा संहिता मात्र हो।
यदि तपाईं सिद्धान्तलाई यी नयाँ अनुभवजन्य क्षेत्र र घटनाहरूमा विकसित गर्न सक्नुहुन्न भने, अन्ततः तपाईंसँग बाँकी रहने कुरा एउटा धर्म वा संहिता मात्र हो। त्यो अमेरिकी विद्यार्थीहरू र प्राज्ञिक जगतका केही निश्चित उपसंस्कृतिहरूमा आकर्षक लाग्न सक्छ, तर मानिसहरूले वास्तवमा सामना गरिरहेको संसारसँग संलग्न भएर त्यसलाई बुझ्ने र परिवर्तन गर्ने प्रयासका लागि त्यसको कुनै वास्तविक प्रासंगिकता नै हुँदैन।
आधुनिक मार्क्सवादको अवस्था
मेलिसा नासेक: तपाईं आधुनिक मार्क्सवादलाई कसरी परिभाषित गर्नुहुन्छ?
विवेक चिब्बर: यो राम्रो प्रश्न हो। यसको जवाफ दिन सजिलो छैन। किनकि वास्तविकता के हो भने, श्रम आन्दोलनको पतन र प्राज्ञिक तथा बौद्धिक संस्कृतिको ह्राससँगै आज मार्क्सवाद मरेको नभए पनि जीवनरक्षक प्रणालीको सहारामा रहेको अवस्थामा छ।
पछिल्ला १५ देखि २० वर्षमा मार्क्सवादभित्र खासै धेरै काम भएको छैन। तर यदि आज बाँकी रहेको मार्क्सवादी परम्परालाई मैले समेटेर प्रस्तुत गर्नुपर्यो भने, विडम्बनापूर्ण रूपमा अहिले प्राज्ञिक क्षेत्रमा तथा बौद्धिक जगतमा मार्क्सवादीहरू भेट्टाउन कठिन भए पनि यो सिद्धान्त सय वर्षअघिको भन्दा निकै सुदृढ भएको छ भन्ने मेरो विचार छ।
मेलिसा नासेक: कसरी?
विवेक चिब्बर: यस सिद्धान्तको अन्तर्निहित आर्थिक तर्क लेनिन, लक्जेम्बर्ग र हिल्फर्डिङको समयको तुलनामा अहिले निकै, निकै स्पष्ट रूपमा व्याख्या गरिएको छ। सिद्धान्तका मानकात्मक आधारहरू अर्थात् यसका नैतिक प्रतिबद्धता, न्याय र अन्यायसम्बन्धी दृष्टिकोण बारे पनि यही कुरा भन्न सकिन्छ। यसले कल्पना गर्ने अझ मानवीय समाजको दृष्टि आज १९५० को दशकमा भन्दा पनि अनन्त गुणा स्पष्ट भएको छ।
मार्क्समा एउटा विरोधाभास थियो, उनले आफुले नैतिक आधारहरू विकास गरिरहेको कुरा अस्विकार गरे, तर उनका तर्कहरू भने गहिरो रूपमा नैतिक थिए। र उनीपछिका पहिलो दुई पुस्तासम्म, लेनिन र कार्ल काउत्स्कीको पुस्ताका मानिसहरूले पनि यही दृष्टिकोण दोहोर्याइरहे।
धेरै प्रारम्भिक मार्क्सवादीहरूले नैतिक सिद्धान्त विकास गर्न मार्क्स स्वयंले देखाएको अनिच्छालाई गम्भीरतापूर्वक आत्मसात् गरेका थिए। मार्क्समा एउटा विरोधाभास थियो, उनले आफुले नैतिक आधारहरू विकास गरिरहेको कुरा अस्विकार गरे, तर उनका तर्कहरू भने गहिरो रूपमा नैतिक थिए। र उनीपछिका पहिलो दुई पुस्तासम्म, लेनिन र कार्ल काउत्स्कीको पुस्ताका मानिसहरूले पनि यही दृष्टिकोण दोहोर्याइरहे। न्यु लेफ्ट आएपछि मात्र यसलाई एउटा विरोधाभासका रूपमा पहिचान गरियो।
स्टालिनवाद र पोल पोटका भयावह अनुभवपछि मानिसहरूले के महसुस गरे भने, हामीले पार गर्न नहुने नैतिक सीमाहरू के हुन् र पुँजीवादको आलोचना गर्ने नैतिक आधार के हो भन्नेबारे हामीसँग अत्यन्त स्पष्ट बुझाइ हुन आवश्यक छ।
अब, हामी पुँजीपतिहरूले श्रमको शोषण गर्छन् भन्छौँ भने, शोषण (exploit) भन्ने शब्दलाई ध्यान दिनुहोस्। यो गहिरो रूपमा नैतिक अर्थ बोकेको शब्द हो। मार्क्सले पुँजीपतिहरूले श्रमिकलाई केवल रोजगारी दिन्छन् मात्र भनेनन्। उनले उनीहरूले श्रमको शोषण गर्छन् भने। शोषण शब्दलाई नैतिक रूपमा तटस्थ ढङ्गले प्रस्तुत गर्ने कुनै उपाय छैन।
मेलिसा नास्चेक: मार्क्सवादी वृत्तबाहिर पनि शोषण (exploit) भन्ने शब्द सकारात्मक अर्थ दिने शब्द त होइन।
विवेक चिब्बर: हो। कसैको शोषण (exploit) गर्नु भनेको उसको फाइदा उठाउनु वा कुनै न कुनै रूपमा उसलाई अन्यायपूर्ण व्यवहार गर्नु हो। यदि हामी यो शब्द प्रयोग गर्छौँ भने, रोजगारीको सम्बन्धलाई शोषणकारी बनाउने कुरा के हो भन्नेबारे हामी स्पष्ट हुनुपर्छ। त्यसैले सन् १९६० र ७० को दशकसम्म मार्क्सवादी दार्शनिकहरूले यस विषयलाई खासै विकसित गरेका थिएनन्। तर न्यु लेफ्टले यसलाई विकसित गर्यो। र मलाई लाग्छ, यो अनुसन्धानको निकै फलदायी क्षेत्र बनेको छ।
लामो समयसम्म मानिसहरूले प्रयोग गरेको पुस्तक लेनिनको राज्य र क्रान्ति थियो, जुन स्पष्ट रूपमा भन्नुपर्दा निकै कमजोर पुस्तक हो। त्यसमा तर्कहरू अत्यन्त कमजोर ढंगले प्रस्तुत गरिएका छन्।
मलाई यो पनि लाग्छ कि अहिले हामी राज्यको सिद्धान्तबारे धेरै, धेरै स्पष्ट छौँ। लामो समयसम्म मानिसहरूले प्रयोग गरेको पुस्तक लेनिनको राज्य र क्रान्ति थियो, जुन स्पष्ट रूपमा भन्नुपर्दा निकै कमजोर पुस्तक हो। त्यसमा तर्कहरू अत्यन्त कमजोर ढंगले प्रस्तुत गरिएका छन्। राज्य वास्तवमा के हो र कुनै राज्यलाई पुँजीवादी राज्य बनाउने कुरा के हो भन्नेबारे त्यसले वास्तविक सिद्धान्त नै दिँदैन।
मेलिसा नास्चेक: निश्चित रूपमा, सुसंगत सिद्धान्त त दिँदैन।
विवेक चिब्बर: दिँदैन। त्यसैले मार्क्सवादका धेरै, धेरै, धेरै पक्षहरू छन्, जसलाई पछिल्ला चालीस वर्षमा पहिलेभन्दा निकै बढी सुदृढ ढंगले विकसित, व्याख्या र सुरक्षित आधारमा स्थापित गरिएको छ। त्यो समय नै वास्तवमा प्रतिभाशाली बौद्धिकहरूको एउटा पुस्ता मार्क्सवादतर्फ आकर्षित भएको अन्तिम समय थियो। तपाईंको जीवनकालमा र मेरो जीवनकालको अधिकांश अवधिमा पनि त्यो अवस्था रहेन।
हामी अहिले एउटा अनौठो परिस्थितिमा छौँ। मलाई लाग्छ, सन् १९६० को तुलनामा अहिले मार्क्सवादी सिद्धान्त वास्तवमै धेरै सुरक्षित आधारमा उभिएको छ। तर पछिल्ला चालीस वर्षमा विश्वविद्यालय, राजनीतिक दल र ट्रेड युनियनहरू जसरी विकसित भएका छन्, त्यसले वामपन्थको बौद्धिक जगतलाई निकै कमजोर बनाएको छ।
त्यसैले हामी अहिले एउटा अनौठो परिस्थितिमा छौँ। मलाई लाग्छ, सन् १९६० को तुलनामा अहिले मार्क्सवादी सिद्धान्त वास्तवमै धेरै सुरक्षित आधारमा उभिएको छ। तर पछिल्ला चालीस वर्षमा विश्वविद्यालय, राजनीतिक दल र ट्रेड युनियनहरू जसरी विकसित भएका छन्, त्यसले वामपन्थको बौद्धिक जगतलाई निकै कमजोर बनाएको छ। वामपन्थी बौद्धिक जगत त छ, तर त्यसको अत्यन्त थोरै हिस्सा मार्क्सवादी छ। र वामपन्थी बौद्धिक जगतको ठूलो हिस्साले मार्क्सवादी परम्परालाई बदनाम गर्छ र विगत १२० वर्षदेखि समाजवादी आन्दोलनको आधारका रूपमा रहेको कुरालाई अर्थात् वर्गीय राजनीतिलाई सक्रिय रूपमा कमजोर बनाउँछ।
मार्क्सका अनेक आलोचकहरू
मेलिसा नास्चेक: उदारवादी र रूढिवादीहरू मार्क्सवादका कडा आलोचक किन हुन् भन्ने कुरा मलाई त स्वाभाविक रूपमै स्पष्ट लाग्छ। यदि कसैलाई थाहा छैन भने, हाम्रा अघिल्ला ४९ वटा शृङ्खलामध्ये कुनै पनि हेर्दा यसको केही आधारभूत बुझाइ हुन थाल्छ। तर वामपन्थीहरू नै मार्क्सवादलाई अवमूल्यन गर्ने काममा किन सहभागी भइरहेका छन्?
विवेक चिब्बर: यसको कारण के हो भने उनीहरूले सही रूपमा बुझेका छन् कि मार्क्सवादको केन्द्रमा वर्गीय राजनीति र वर्गको केन्द्रीयता छ। र आजको वामपन्थ वर्गीय राजनीतिलाई कमजोर पार्न र त्यसको स्थानमा विभिन्न प्रकारका पहिचानको राजनीतिलाई स्थापित गर्न एकाग्र रूपमा लागिपरेको छ। मेरो विचारमा, यही कारणले यसलाई वामपन्थ भन्न लायक छैन। यो नवउदारवादको वामपन्थी घटक हो। यो वामपन्थ होइन।
यदि तपाईं पुँजीवादलाई आफ्नो राजनीतिको केन्द्रमा राख्नुहुन्न भने तपाईं वामपन्थी वा आमूल परिवर्तनवादी हुन सक्नुहुन्न। र यसको अर्थ आफ्नो राजनीतिको केन्द्रमा वर्गलाई राख्नु हो। आधुनिक वामपन्थको जन्म भएदेखि नै यो कुरा सत्य रहँदै आएको छ। उनीहरूले आफ्नो राजनीतिको केन्द्रमा वर्गलाई राखेका थिए। अहिलेको वामपन्थको ऐतिहासिक योगदान भनेको वर्गको केन्द्रीयतामाथि प्रश्न उठाउने मात्र होइन, त्यसलाई उग्र रूपमा अस्वीकार गर्ने पहिलो वामपन्थ हुनु हो। र यही कारणले इतिहासमा यो एउटा उपहासको विषयका रूपमा दर्ज हुनेछ।
तपाईं पुँजीवादलाई आफ्नो राजनीतिको केन्द्रमा राख्नुहुन्न भने तपाईं वामपन्थी वा आमूल परिवर्तनवादी हुन सक्नुहुन्न। र यसको अर्थ आफ्नो राजनीतिको केन्द्रमा वर्गलाई राख्नु हो। आधुनिक वामपन्थको जन्म भएदेखि नै यो कुरा सत्य रहँदै आएको छ।
मेलिसा नास्चेक: खैर, एक दिन म यसमाथि हाँस्न सकूँला भन्ने आशा गर्छु। विशेषगरी वामपन्थीहरूले मार्क्सवादमाथि गर्ने विभिन्न प्रकारका आलोचनाहरू छन्। त्यसमध्ये एउटा आलोचना म उठाउन चाहन्छु– मार्क्सवाद नियतिवादी (deterministic) छ भन्ने आलोचना। त्यसैले म तपाईंलाई सोध्न चाहन्छु, के मार्क्सवाद नियतिवादी हो? र यदि हो भने, के त्यो नराम्रो कुरा हो?
विवेक चिब्बर: अवश्य नै यो नियतिवादी हो। र यो ठीक मात्र होइन, व्यवहार्य सामाजिक सिद्धान्तका लागि वास्तवमा अनिवार्य नै छ। किनभने सामाजिक सिद्धान्त मूलतः कार्य-कारण सम्बन्धबारे हुन्छन्। सामाजिक सिद्धान्तले गर्ने काम नै यही हो। तपाईं कुनै एउटा घटना वा परिणाम कसरी अर्को घटनालाई जन्म दिन्छ भन्ने बुझ्न खोज्नुहुन्छ। त्यसपछि त्यसबारे एउटा सामान्यीकरण गर्ने प्रयास गर्नुहुन्छ अर्थात्, निश्चित परिस्थितिमा जब तपाईंसँग ए हुन्छ, तब बी पनि हुन्छ। सिद्धान्तहरूले गर्ने काम यही हो।
मार्क्सवाद भन्छ– जबसम्म तपाईंसँग पुँजीवादी वर्गीय संरचना हुन्छ, तबसम्म निश्चित प्रकारका सामाजिक परिणामहरू पनि हुनेछन्। ती सामाजिक परिणामहरू हुन्– शोषण, विभिन्न प्रकारका अन्याय र विभिन्न प्रकारका अनुचित परिणामहरू। यो एउटा नियतिवादी कथन हो। अब, म यसलाई बृहत् तहको नियतिवाद (macro-level determinism) भन्छु। तर पुँजीवादी समाजमा निश्चित प्रकारका संस्थाहरू र निश्चित प्रकारका सामाजिक परिणामहरू हुनेछन्। यसको अर्थ सूक्ष्म तहमा पनि यही कुरा सत्य हुन्छ भन्ने हो।
यदि तपाईं कुनै कारखानामा काम गरिरहनुभएको छ, यदि तपाईं कुनै रेस्टुरेन्टमा काम गरिरहनुभएको छ भने, मार्क्सवादीहरू भन्छन्– रोजगारीको सम्बन्धले त्यहाँ पनि निश्चित प्रकारका व्यवहारहरू जन्माउनेछ; समाज समग्रमा मात्र होइन, त्यही कार्यस्थलमा पनि। त्यसैले यदि तपाईं अमेजनको कुनै गोदाममा मानिसहरूलाई संगठित गर्न खोज्दै हुनुहुन्छ, वा युपिएसमा यातायात क्षेत्रमा काम गर्ने मानिसहरूलाई संगठित गर्न खोज्दै हुनुहुन्छ भने, त्यो एउटा कम्पनी वा एउटा गोदाम हो। त्यस्ता ठाउँहरूमा पनि उस्तै प्रकारका वर्गीय हित र वर्गीय प्रक्रियाहरू भेटिन्छन्, जसलाई तपाईंले बृहत् तहमा सिद्धान्तका रूपमा व्याख्या गर्नुहुन्छ।
मेलिसा नास्चेक: यसले हाम्रो कुराकानीको सुरुवाततिर फर्काउँछ, जहाँ हामीले सामाजिक सम्बन्धहरूले व्यक्तिहरूलाई निश्चित काम गर्न बाध्य बनाउँछन् भन्ने विचारबारे कुरा गरेका थियौँ।
विवेक चिब्बर: अब, यो तथ्य हो कि तपाईं बृहत् तहबाट सूक्ष्म तहमा जाँदै गर्दा नियतिवाद कम हुँदै जान्छ। किनभने जब तपाईं व्यक्तिको तहसम्म पुग्नुहुन्छ, मानिसहरू विभिन्न प्रकारका त्याग गर्न तयार हुन सक्छन्, आफ्ना वर्गीय हितविरुद्ध जान सक्छन्, ती बाध्यताहरूको विरुद्ध जान सक्छन्। तर हामीलाई यो पनि थाहा छ कि त्यस्ता मानिसहरू असामान्य हुन्छन्। त्यसैले जब तपाईं धेरै व्यक्तिहरूलाई समग्र रूपमा हेर्नुहुन्छ, सिद्धान्तको भविष्यवाणी गर्ने क्षमता बढ्दै जान्छ।
तर यसको अर्थ सूक्ष्म तहमा पनि यसमा कुनै भविष्यवाणी गर्ने क्षमता हुँदैन भन्ने होइन। यदि त्यस्तो हुन्थ्यो भने तपाईं एउटा अनौठो स्थितिमा पुग्नुहुन्थ्यो– “पुँजीवादका बृहत् नियमहरू नियतिवादी छन्, तर हेर्नुस्, तपाईं आफ्नो कार्यस्थल वा युनियन संगठित गर्न खोज्दै हुनुहुन्छ भने त्यसले काम गर्दैन, किनभने त्यो त सूक्ष्म तह हो।” यस्तो तर्कको कुनै अर्थ हुँदैन। सूक्ष्म तहमा यो कम नियतिवादी हुन्छ, तर अझै पनि यसको सम्भाव्यतामूलक (probabilistic)चरित्र अत्यन्त बलियो हुन्छ भन्नुचाहिँ अर्थपूर्ण हुन्छ।
पहिचानको राजनीतिबाट आएका मानिसहरू आकस्मिकता वा अनिश्चित परिस्थिति (contingency) का बारे कुरा गर्न निकै रुचाउँछन्। तर यदि संसार नै आकस्मिकताद्वारा सञ्चालित छ भने, तपाईं जातीय भेदभावको विरोध किन गर्नुहुन्छ? पितृसत्ताको विरोध किन गर्नुहुन्छ? यदि तपाईं भन्दै हुनुहुन्छ कि पितृसत्तात्मक सामाजिक सम्बन्धहरूले आफ्नै प्रकारको अन्याय उत्पन्न गर्छन् भने, तपाईंले अस्वीकार गरेको कुरा मार्क्सवादी नियतिवाद हो, तर त्यसको स्थानमा अर्को प्रकारको नियतिवाद स्वीकार गर्नुभएको छ। त्यसैले तथाकथित उग्र वामपन्थी बौद्धिक जगतबाट विकसित गरिएको यो एक प्रकारको भाषिक चाल मात्र हो।
पहिचानको राजनीतिबाट आएका मानिसहरू आकस्मिकता वा अनिश्चित परिस्थिति (contingency) का बारे कुरा गर्न निकै रुचाउँछन्। तर यदि संसार नै आकस्मिकताद्वारा सञ्चालित छ भने, तपाईं जातीय भेदभावको विरोध किन गर्नुहुन्छ? पितृसत्ताको विरोध किन गर्नुहुन्छ?
सत्य के हो भने, जसको कुनै स्पष्ट र पहिचान गर्न सकिने सामाजिक कार्यक्रम छ, जसको न्याय र अन्यायसम्बन्धी कुनै सामाजिक सिद्धान्त छ र जसले अन्यायलाई सामाजिक संस्था तथा सामाजिक संरचनासँग जोड्छ, उसले कुनै न कुनै हदसम्म कार्य-कारणसम्बन्धी नियतिवाद स्वीकार गरिरहेको हुन्छ। अथवा कम्तीमा पनि उसले एउटा अत्यन्त उच्च सम्भाव्यतामूलक सिद्धान्त स्वीकार गरिरहेको हुन्छ, जुन वर्ग सिद्धान्तभन्दा न बढी र न कम नियतिवादी हुन्छ।
मार्क्सवादमाथि आपत्ति जनाउँदा उनीहरूले वास्तवमा नियतिवादको विरोध गरिरहेका हुँदैनन्। उनीहरूको आपत्ति वर्गलाई व्याख्याको आधार बनाइएकोप्रति हो। र मैले भनेझैँ, यही नै समकालीन वामपन्थको पहिचान हो।
मेलिसा नासेक: यो त अर्को विचारमाथि आक्रमण गर्ने निकै बेइमानीपूर्ण तरिका पनि हो। किन सिधै यस्तो नभन्ने– “वर्ग नै आधारभूत निर्धारक हो भन्ने विचारप्रति मेरो आपत्ति छ”? वा, “वास्तवमा म यसको सट्टा अर्को कुरालाई आधारभूत मान्छु” भनेर किन नभन्ने?
विवेक चिब्बर: हो। यो पछिल्ला तीस वर्षमा सामाजिक सिद्धान्तमा व्याप्त भएको समग्र अन्योलको एउटा हिस्सा हो।
तपाईंले उल्ट्याउन खोजिरहेका अन्यायहरूका लागि पुँजीवाद नै कार्य-कारणका रूपमा जिम्मेवार छ भन्ने ठान्नुहुन्न भने तपाईं पुँजीवादको विरोध किन गर्नुहुन्छ?
हेर्नुस्, यदि पुँजीवादमा कुनै नियतिवादी गुण नै छैन भने तपाईं पुँजीवादविरोधी किन हुनुहुन्छ? तपाईंले उल्ट्याउन खोजिरहेका अन्यायहरूका लागि पुँजीवाद नै कार्य-कारणका रूपमा जिम्मेवार छ भन्ने ठान्नुहुन्न भने तपाईं पुँजीवादको विरोध किन गर्नुहुन्छ?
पुँजीवादमा स्पष्ट रूपमा पहिचान गर्न सकिने र अत्यन्त उच्च सम्भाव्यतामूलक कार्य-कारणसम्बन्धी गुणहरू छन् भन्ने नठानी आफूलाई पुँजीवादविरोधी भन्न सक्नुहुन्न। तपाईं नारीवादी हुनुहुन्छ भने पनि यही कुरा लागू हुन्छ, जातीय भेदभावविरोधी हुनुहुन्छ भने पनि यही कुरा लागू हुन्छ। तपाईं “सामाजिक न्यायका योद्धा” बन्ने र साथसाथै आकस्मिकतालाई प्रवर्द्धन गर्ने काम गर्न सक्नुहुन्न।
मार्क्सवादको पतन
मेलिसा नासेक: तपाईंले मार्क्सवाद लाइफ़ सपोर्टको अवस्थामा रहेको भन्नुभयो। तर हामीले बीसौँ शताब्दीमा यो कसरी फस्टाउँदै, विकसित हुँदै र विस्तार हुँदै गएको थियो भन्नेबारे कुरा गरिरहेका थियौँ। त्यसबीच के भयो?
विवेक चिब्बर: खैर, बीसौँ शताब्दीभरि यो फस्टाएको थिएन। वास्तवमा मार्क्सवादी सिद्धान्त गम्भीर रूपमा विकसित भएको दुईवटा मुख्य अवधि देखिन्छन्। पहिलो अवधि, सन् १९०५ को पहिलो रुसी क्रान्तिपछि करिब दुई दशकसम्म अर्थात् १९०५ देखि करिब १९३० को दशकको सुरुवातसम्म हो। त्यसपछि यसको वास्तविक पतन सुरु हुन्छ। त्यसपछि १९६० को दशकको मध्यदेखि उत्तरार्धतिर पुनः यसको पुनरुत्थान हुन्छ, जुन करिब १९८० को दशकको मध्यसम्म जारी रहन्छ। त्यसपछि फेरि यसको क्रमिक पतन सुरु हुन्छ। र सन् २०१५ सम्म आइपुग्दा यो तीव्र गतिमा अधोगतितर्फ जान्छ। किन? एकछिन सोच्नुभयो भने यसको उत्तर निकै स्पष्ट छ।
मार्क्सवाद एउटा सामाजिक सिद्धान्त हो, र यसका लागि गम्भीर अध्ययन, गम्भीर चिन्तन र गम्भीर विश्लेषण आवश्यक हुन्छ। त्यसैले यो त्यस्तो विचारको समष्टि हो, जुन प्रायः या त पेशेवर प्राज्ञिकहरूबीच, वा हामीले दैनिक राजनीतिक संगठन र गतिविधिबाट केही दूरीमा रहेका बौद्धिकहरू भन्न सक्ने समूहबीच विकसित हुन्छ। त्यसैले लेनिन, लियोन ट्रोत्स्की र रोजा लक्जेम्बर्गजस्ता मानिसहरू पनि आफ्नो समयको राजनीतिमा गहिरोसँग संलग्न थिए, तर उनीहरूले आफ्नो वास्तविक समयको ठूलो हिस्सा पढ्न, लेख्न र बैठकहरूमा बिताउँथे, कारखानाको उत्पादनस्थलमा होइन, श्रमिकहरूलाई संगठित गर्ने प्रत्यक्ष काममा होइन।
मार्क्सवाद एउटा सामाजिक सिद्धान्त हो, र यसका लागि गम्भीर अध्ययन, गम्भीर चिन्तन र गम्भीर विश्लेषण आवश्यक हुन्छ। त्यसैले यो त्यस्तो विचारको समष्टि हो, जुन प्रायः या त पेशेवर प्राज्ञिकहरूबीच, वा हामीले दैनिक राजनीतिक संगठन र गतिविधिबाट केही दूरीमा रहेका बौद्धिकहरू भन्न सक्ने समूहबीच विकसित हुन्छ।
उनीहरू र प्रत्यक्ष संगठनकर्ताहरूबीच जोड्ने एउटा माध्यम थियो, र उनीहरू त्यस राजनीतिक संस्कृतिबाट गहिरोसँग प्रभावित थिए, तर उनीहरू स्वयं कारखानाको उत्पादनस्थलमा श्रमिकहरू संगठित गर्ने कार्यकर्ता थिएनन्। त्यसबेलाका जर्ज लुकाच वा कार्ल कोर्शजस्ता मानिसहरू पनि थिए, जो मूलतः बौद्धिक मात्र थिए। यी सबै मानिसमा एउटा कुरा समान थियो– उनीहरूले आफ्नो धेरै समय पढ्न, सोच्न, अध्ययन गर्न र बहस गर्न बिताउँथे। उनीहरूमध्ये केही विश्वविद्यालयमा थिए, अरू विश्वविद्यालयबाहिर थिए, तर उनीहरू पनि दैनिक राजनीतिक सक्रियताबाट संस्थागत रूपमा अलग थिए।
१९६० को दशकमा पनि यस्ता मानिसहरू थिए, जो या त कम्युनिस्ट पार्टीहरूमा आबद्ध थिए, वा ट्रेड युनियनसँग सम्बन्धित अनुसन्धान संस्थाहरूमा काम गर्थे, वा पहिलोपटक ठूलो संख्यामा विश्वविद्यालयहरूमा प्रवेश गरेका थिए। १९६० र ७० को दशक पहिलोपटक यस्तो समय थियो, जब मार्क्सवाद विश्वविद्यालयहरूमा उल्लेख्य रूपमा जरा गाड्न पुग्यो। यी दुवै अवधिमा मार्क्सवादको विकास कुनै न कुनै रूपमा पेशेवर बौद्धिक भन्न सकिने मानिसहरूले गरे। यसको अर्थ, यो एउटा निश्चित वर्गीय परिवेश थियो। यी मानिसहरू मध्यमवर्गीय पृष्ठभूमिका थिए र मध्यमवर्गीय वातावरणमा हुर्किएका थिए। यसको अर्थ, उनीहरू मार्क्सवादी बन्दा वास्तवमा आफ्नो वर्गीय संस्कृतिबाट बाहिर निस्किरहेका थिए।
उनीहरूलाई आफ्नो वर्गीय संस्कृतिबाट बाहिर निस्कन प्रेरित गर्ने कुरा के थियो? त्यो थियो श्रम आन्दोलनको विस्फोटक विस्तार। यी दुवै अवधिमा बीसौँ शताब्दीको सुरुवातमा र १९६० तथा ७० को दशकमा एउटा कुरा समान थियो: ठूला सामाजिक उथलपुथलहरू। श्रम आन्दोलन, उपनिवेशवादविरोधी आन्दोलन, जातीय भेदभावविरोधी आन्दोलन, जुन मुख्यतः श्रमिक वर्गमै, विशेषगरी अश्वेत र खैरो वर्णका श्रमिक वर्गमा केन्द्रित थियो। त्यसपछि विकसित पुँजीवादी विश्वभित्र श्रम सक्रियताको यस प्रकारको विस्फोट फेरि कहिल्यै देखिएन।
मध्यमवर्गीय बौद्धिक र प्राज्ञिकहरू आफ्नो सामान्य वर्गीय परिवेशबाट बाहिर निस्कन पुगे, र त्यसले उनीहरूलाई एक प्रकारले मानवीय बनायो। यसले उनीहरूमा यस्तो मानवीय संवेदना भरिदियो, जुन प्राज्ञिकहरूमा सामान्यतः हुँदैन।
यसको परिणाम के भयो भने मध्यमवर्गीय बौद्धिक र प्राज्ञिकहरू आफ्नो सामान्य वर्गीय परिवेशबाट बाहिर निस्कन पुगे, र त्यसले उनीहरूलाई एक प्रकारले मानवीय बनायो। यसले उनीहरूमा यस्तो मानवीय संवेदना भरिदियो, जुन प्राज्ञिकहरूमा सामान्यतः हुँदैन। प्राज्ञिकहरू मूलतः महँगा पारिश्रमिक पाउने क्लर्कहरूजस्तै हुन्। उनीहरू मूलतः कागज धकेल्ने काम गर्छन्– कसैले कहिल्यै नपढ्ने अर्थहीन लेखहरू प्रकाशन गरिरहन्छन्, पदोन्नति र माथिल्लो सामाजिक हैसियतका लागि, आफ्नो वरिपरिको संसारसँग त्यसको कुनै वास्तविक सम्बन्ध के छ भन्नेबारे खासै नसोची।
मेलिसा नासेक: मलाई विशेषगरी यही कुराले मार्क्सवादतर्फ सधैँ आकर्षित गरेको छ। त्यो भनाइ– सिद्धान्तको उद्देश्य संसारको व्याख्या गर्नु होइन, त्यसलाई परिवर्तन गर्नु हो। अर्थात्, यो त्यस्तो सिद्धान्त हो, जसको उद्देश्य अमूर्त रूपमा विचारहरू प्रस्तुत गर्नु मात्र होइन, वास्तवमा संगठनकर्ताहरूलाई उनीहरूले प्रयोग गर्न सक्ने सूचना र ज्ञान उपलब्ध गराउनु हो। यो कुरा आफैँ स्पष्टजस्तो लाग्न सक्छ, तर वास्तवमा अधिकांश सिद्धान्तले यसबारे कुनै सरोकार राख्दैनन्।
विवेक चिब्बर: होइन, र सामाजिक रूपमा सान्दर्भिक काम गर्नुका लागि प्राज्ञिक क्षेत्रमा कुनै विशेष पुरस्कार पनि छैन। त्यसैले अधिकांश प्राज्ञिक र पत्रकारहरू यही मध्यमवर्गीय परिवेशमा हुन्छन्, र उनीहरूको आधारभूत प्रेरणा माथि उक्लिने र आफ्नो हैसियत अघि बढाउने हुन्छ, जसरी कुनै बीमा कम्पनी वा घरजग्गा एजेन्सीमा काम गर्ने व्यक्तिको हुन्छ।
यद्यपि, यी दुवै अवधिमा एउटा कुरा समान थियो। ती सामाजिक उथलपुथलका अवधि भएकाले धेरै मध्यमवर्गीय मानिसहरू आफ्नो सामान्य वर्गीय संस्कृतिको सीमाबाट बाहिर निस्केर संसारतर्फ आकर्षित भए। र यदि उनीहरू कम्युनिस्ट पार्टी, ट्रेड युनियन र समाजवादी पार्टीजस्ता राजनीतिक संगठनहरूमा वा त्यस्ता राजनीतिक संगठनहरूको वरिपरि थिए भने, भाग्यवश उनीहरूले ती संस्थाहरूको संस्कृतिबाट पनि एउटा अनुशासन पाए, आफ्ना विचारहरूलाई संसारसँग सान्दर्भिक बनाउने प्रयास गर्ने अनुशासन। यसले उनीहरूलाई आफ्ना विचारहरूलाई साँच्चिकै गहिरोसँग जाँच्न र तिनबारे गम्भीरतापूर्वक सोच्न प्रेरणा दियो। उनीहरू एकअर्काको वरिपरि पर्याप्त संख्यामा थिए, त्यसैले उनीहरूले एकअर्कालाई चुनौती दिन सक्थे, एकअर्कालाई जवाफदेही बनाउन सक्थे। र अन्ततः, मार्क्सवादी चिन्तकहरू यति धेरै भएकाले मार्क्सवाद एक प्रकारले मूलधारमै स्थापित भयो।
आज अधिकांश बौद्धिक र प्राज्ञिकहरू दुईवटा कारणले मार्क्सवादबाट टाढा रहन्छन्। पहिलो, यसले उनीहरूको करिअरमा खासै मद्दत गर्दैन। दोस्रो, यो लाजमर्दो कुरा मानिन्छ। आफूलाई अरूभन्दा फरक र असामान्य व्यक्ति भएको महसुस हुन्छ। र जबसम्म तपाईंसँग वास्तविक आत्मविश्वास हुँदैन, तपाईं वरिपरि आफ्नो समुदाय हुँदैन, वा तपाईं कुनै संगठन वा त्यस्तै संरचनामा आबद्ध हुनुहुन्न, कोठाभरिका अरू सबैभन्दा फरक व्यक्ति भएर बस्न गाह्रो हुन्छ। त्यसैले बिस्तारै तपाईं त्यही मूलधारमा समाहित हुँदै जानुहुन्छ। र यसले फाइदा पनि दिन्छ, किनभने तपाईं मार्क्सवादी नभएमा प्राज्ञिक करिअरमा अगाडि बढ्ने अवसर राम्रो हुन्छ।
आज अधिकांश बौद्धिक र प्राज्ञिकहरू दुईवटा कारणले मार्क्सवादबाट टाढा रहन्छन्। पहिलो, यसले उनीहरूको करिअरमा खासै मद्दत गर्दैन। दोस्रो, यो लाजमर्दो कुरा मानिन्छ। आफूलाई अरूभन्दा फरक र असामान्य व्यक्ति भएको महसुस हुन्छ।
त्यसैले यी दुईवटा अवधि नै त्यस्ता थिए, जब यी सबै कारणले मार्क्सवादी सिद्धान्त असाधारण रूपमा फस्टायो। जब श्रम आन्दोलनहरू कमजोर हुँदै गए, जब राजनीतिक संस्था, ट्रेड युनियन र राजनीतिक दलहरू विघटन गरिए, तब प्राज्ञिकहरू फेरि आफ्नो संसारमै फर्किए– पद, प्रतिष्ठा र सामाजिक हैसियतमा माथि उक्लिने दौडतर्फ, र श्रमिकहरूप्रति सामान्यतः मध्यमवर्गमा पाइने अवहेलनातर्फ। होइन र? त्यसैले १९४०, १९५० र १९६० को दशकमा तपाईंले यही अवस्था देख्नुहुन्छ। र १९९० को दशकदेखि फेरि उस्तै अवस्था देखिन थाल्छ।
१९९० को दशकसम्म आइपुग्दा प्राज्ञिक तथा बौद्धिक संस्थाहरू १९५० को दशकको भन्दा फरक भइसकेका थिए। ती संस्थाहरू अब पूर्ण रूपमा श्वेत पुरुषहरूको प्रभुत्वमा मात्र थिएनन्। अब त्यहाँ महिलाहरू पनि थिए, र विभिन्न जातीय तथा वर्णीय समुदायका मानिसहरू पनि थिए। उनीहरूले आफूहरूले श्वेत पुरुषहरूले पाएका सबै अवसर र सुविधाहरू नपाएको महसुस गर्न थाले। त्यसपछि उनीहरूले आफ्नै भेदभावका अनुभव, अदृश्य अवरोध (glass ceiling ) आदिलाई केन्द्रमा राखेर सामाजिक सिद्धान्त र सामाजिक विश्लेषण विकास गर्न थाले। र यही नव आमूल परिवर्तनवादका रूपमा स्थापित भयो।
नव आमूल परिवर्तनवादमा सबैभन्दा ठूलो पाप शोषण रहेन। गरिब मानिसहरूलाई कसरी धूलोपीठो पारिन्छ भन्ने कुरा पनि सबैभन्दा ठूलो पाप रहेन। सबैभन्दा ठूलो पाप बन्यो– भेदभाव, सांस्कृतिक अपहरण, वा यी मध्यमवर्गीय परिवेशमा अरू कसैले पाउने जस्तो सम्मान आफूले नपाउनु। र जसले यो परिवेश वा विश्लेषणमा वर्गको प्रश्न ल्याउन खोज्छ, जसले आधारभूत आवश्यकता पूरा गर्न नसक्ने, सामाजिक सुरक्षा वा आधारभूत रोजगारीसमेत नपाएका मानिसहरूतर्फ ध्यान मोड्न खोज्छ, त्यो यही प्रकारको आमूल परिवर्तनवादका लागि खतरा हो। किनभने यो आमूल परिवर्तनवाद आफ्नो सम्पूर्ण ध्यान माथि उक्लिन खोजिरहेका र आफ्नो महत्वाकांक्षा पूरा गर्न बाधा परिरहेको पेशेवर वर्गका समस्यातर्फ केन्द्रित छ। यही नै अब नयाँ आमूल परिवर्तनवाद बन्न पुग्यो।
वर्गबाट यसरी टाढिँदै जाँदा देखिएको विडम्बना के होइन भने यसले वर्गभन्दा माथि जाति/वर्ण वा लैङ्गिकतालाई प्राथमिकता दियो। विडम्बना त के हो भने यसले जाति/वर्ण र लैङ्गिकतालाई ती समुदायभित्रकै एउटा निश्चित वर्गीय समूहसँग जोडिदियो। उदाहरणका लागि, वर्गीय राजनीतिका पक्षमा जातीय भेदभावविरोधी राजनीतिलाई तुच्छ ठान्नुपर्छ भन्ने होइन। बरु पहिचानको राजनीतिले जातीय राजनीतिलाई अश्वेत तथा खैरो वर्णका धनी मानिसहरू, अर्थात् अश्वेत समुदाय, ल्याटिनो र एसियाली समुदायभित्रका पेशेवर तथा व्यवसायी वर्गको विश्वदृष्टिमा सीमित गरिदियो।
मेलिसा नासेक: र उनीहरूका आफ्नै वर्गीय हितमा।
विवेक चिब्बर: मार्क्सवाद सधैँ जातीय भेदभावविरोधी थियो। सधैँ। मार्क्सवादले पितृसत्तात्मक लैङ्गिक सम्बन्धका विरुद्ध पनि सधैँ संघर्ष गर्यो। तर उसले यी प्रश्नलाई यस्तो ढंगले अवधारणाबद्ध र सम्बोधन गर्यो, जसमा श्रमिक वर्गका गैर-श्वेत मानिसहरू र श्रमिक वर्गका महिलाहरूका हितलाई अगाडि राखियो र प्रवर्द्धन गरियो। यसको अर्थ, सामाजिक पहिचानहरूमाथि वर्गीय दृष्टिकोणबाट हेर्नु थियो।
पहिचानको राजनीतिले गरेको काम के हो भने जाति/वर्ण, लैङ्गिकता र यौनिकताको प्रश्नलाई प्राज्ञिक क्षेत्र र पेशेवर वर्गका माथि उक्लिँदै गरेका मानिसहरूले त्यसलाई जसरी अनुभव गर्छन्, त्यही सीमाभित्र संकुचित गरिदियो। त्यसैले यसले वर्गको स्थानमा जाति/वर्णलाई प्रतिस्थापन गरेको होइन। बरु यसले यस्तो जाति/वर्णसम्बन्धी दृष्टिकोण भित्र्यायो, जसमा अभिजात वर्गको मात्र चासो हुन्छ। यसले यस्तो लैङ्गिक राजनीतिसम्बन्धी दृष्टिकोण भित्र्यायो, जसमा पेशेवर तथा धनी महिलाहरूको मात्र चासो हुन्छ। यसको अर्थ, जातीय तथा लैङ्गिक उत्पीडनविरुद्ध अझ प्रभावकारी रूपमा संघर्ष गर्न तपाईंले त्यसलाई श्रमिक वर्गका मानिसहरूले जसरी अनुभव गर्छन्, त्यही ढंगले उठाउनुपर्छ। र उनीहरूले भोग्ने भेदभाव उनीहरूको समग्र अनुभवको एउटा सानो हिस्सा मात्र हो।
पहिचानको राजनीतिले वर्गको स्थानमा जाति/वर्णलाई प्रतिस्थापन गरेको होइन। बरु यसले यस्तो जाति/वर्णसम्बन्धी दृष्टिकोण भित्र्यायो, जसमा अभिजात वर्गको मात्र चासो हुन्छ। यसले यस्तो लैङ्गिक राजनीतिसम्बन्धी दृष्टिकोण भित्र्यायो, जसमा पेशेवर तथा धनी महिलाहरूको मात्र चासो हुन्छ।
उत्पीडित समुदायहरूका लागि, तपाईं महिला हुनुहोस्, गैर-श्वेत समुदायको व्यक्ति हुनुहोस् वा कुनै अन्य समूहको सदस्य हुनुहोस्, आधारभूत संघर्ष अझै पनि आवास, स्वास्थ्य सेवा, रोजगारी, बाल हेरचाहजस्ता विषयकै वरिपरि रहनेछ। तर पेशेवर वर्गका लागि यी विषय कहिल्यै वास्तविक समस्या नै बनेनन्, किनभने उनीहरूसँग यी सबै सुविधा उपलब्ध छन्। त्यसैले उनीहरू आफ्नो सामाजिक हैसियतमा अझ माथि उक्लिन बाधा पुर्याउने कुराहरूमै एकोहोरो ध्यान केन्द्रित गर्छन्, जबकि तपाईंको वर्गीय अवस्थाले वास्तवमा तपाईंको लैङ्गिक र जातीय अवस्थालाई माथि उक्लिँदै गरेका मानिसहरूको तुलनामा कसरी अझ खराब बनाउँछ भन्ने पक्षमा उनीहरूको ध्यान जाँदैन।
१९५० र ६० को दशकमा भने यस्तो थिएन, किनभने त्यस्तो हुनै सक्दैनथ्यो। त्यसबेला उनीहरू सामाजिक संस्थाहरूबाट यति व्यापक रूपमा बहिष्कृत थिए कि त्यहाँ उनीहरूको पहुँच नै थिएन। यही कारणले आजको आमूल परिवर्तनवादी राजनीति श्रमिकहरूका लागि ठूलो हदसम्म उपयोगहीन मात्र भएको छैन, श्रमिकहरू स्वयं पनि आमूल परिवर्तनवादीहरूप्रति वितृष्णा राख्छन्। किनभने आमूल परिवर्तनवादीहरूले आफ्नो अधिकांश समय ‘अशिक्षित तथा असभ्य जनसमुदाय’माथि उपहास र तिरस्कार पोख्न बिताउँछन् र हामीले पेशेवर–व्यवस्थापकीय वर्ग भन्ने गरेको वर्गका समस्यामै ध्यान केन्द्रित राख्न चाहन्छन्। यही नै पहिचानको राजनीतिका मूल विशेषता हो।
आज यसलाई नयाँ बनाउने कुरा के हो भने, समाजवादी र मार्क्सवादीहरूले पहिले ओगट्दै आएको आमूल परिवर्तनवादी विश्लेषणको स्थान यसले आफ्नो कब्जामा लिएको छ। जबसम्म वामपन्थमा हामीले देख्ने आमूल परिवर्तनवादको स्वरूप यही रहन्छ, तबसम्म वामपन्थ सीमान्तकृत, उपयोगहीन र ठूलो हदसम्म तिरस्कृत भइरहनेछ।
Source: https://jacobin.com/
अनुवाद एवं प्रस्तुति: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
माकुरो र झिँगा
चियाको इतिहासभित्र लुकेको स्वाद, सत्ता र साम्राज्यको कथा
पाउलो फ्रेरेका विचारहरू आज पनि उत्तिकै शक्तिशाली छन्
पश्चिमले आफ्नो पतन आफैं निम्त्याएको छ
रूपक समग्रताको रूपमा वा सामाजिक सञ्जाल हाम्रो रूपकको रूपमा
हो ची मिन्ह: स्वतन्त्रताको खोजदेखि साम्राज्यवादको पराजयसम्म
भोटेकोशी महाविनाशको ताण्डवले सिकाएका गम्भीर पाठहरू
प्रतिक्रिया