चीनका लागि पूर्व राजदूतहरूद्वारा परराष्ट्र नीतिप्रति चिन्ता
दलाइ लामा
चीनका लागि नेपालका पूर्व राजदूतहरूले नेपालको परराष्ट्र नीति र 'एक-चीन' नीतिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
हालै जारी गरिएको एक प्रेस वक्तव्यमार्फत उनीहरूले असार २२, २०८३ मा नागार्जुन नगरपालिका-२ स्थित नामग्याल विद्यालयमा १४औं दलाइ लामाको ९१औं जन्मदिन मनाइएको र उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
पूर्व राजदूतहरूले उक्त घटनालाई लिएर नेपालको परराष्ट्र नीतिमा परिवर्तन आएको हो भनी प्रश्न उठाएका छन् । वक्तव्यमा भनिएको छ, "नेपालले सधैं दृढतापूर्वक एक-चीन नीति अपनाउँदै आएको छ। परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत यो प्रतिबद्धता दोहोर्याइएको थियो, तर अहिले यो प्रतिबद्धतामा परिवर्तन आएको हो?" उनीहरूले के नेपालले छिमेकसँगको परराष्ट्र नीति बदलेको हो भनी प्रश्न गरेका छन्।
यस्तो प्रकारको गतिविधिले मित्र राष्ट्र चीनसँगको दौत्य सम्बन्ध र नेपालले अवलम्बन गर्दै आएको भूराजनीतिक सन्तुलनमा समेत प्रतिकूल असर पार्ने उनीहरूको ठहर छ। यो गतिविधि देशको स्थायित्व, विकास र स्वतन्त्रताको लागि प्रत्युत्पादक हुने भन्दै उनीहरूले नेपाल सरकार र सरोकारवालाहरूलाई थप सतर्क रहन आग्रह गरेका छन्।
आगामी दिनमा यस्ता गतिविधिहरू नदोहोरिने कुराको सुनिश्चितता गर्न र छिमेकी मुलुकसँगको सम्बन्धमा थप संवेदनशील हुन पूर्व राजदूतहरूले सरकारसँग जोडदार माग गरेका छन्।
उक्त वक्तव्यमा राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले हस्ताक्षर गरेका छन्।
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित: सरकार र पीडितबीच ९ बुँदे सहमति
बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार: योगमाया सम्मान प्रदान
प्रतिक्रिया