बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार: योगमाया सम्मान प्रदान
राजेन्द्र सुवेदी स्मृति समाजले वि.सं. २०८२ सालको राजेन्द्र सुवेदी स्मृति साहित्य पुरस्कार वरिष्ठ समालोचक प्रा.डा.चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली साहित्यको समालोचना, भाषाविज्ञान, अनुसन्धान तथा लोकसाहित्यका क्षेत्रमा प्राडा बन्धु लामो समयदेखि साधनारत छन् ।
त्यसै गरी सोही वर्षको राजेन्द्र सुवेदी स्मृति कला पुरस्कार वरिष्ठ अभिनेत्री शकुन्तला शर्मा गुरुङलाई प्रदान गरिने भएको छ । लामो समयदेखि नेपाली रङ्गमञ्च र चलचित्रका क्षेत्रमा अभिनयका माध्यमबाट गुरुङले योगदान गर्दै आएका छन् । समाजका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा बसेको समाजको वैठकले सो निर्णय गरेको हो । आगामी साउन महिनामा स्व. सुवेदीको जन्म जयन्तीको अवसर पारेर प्रदान गरिने दुवै पुरस्कारको राशी २२,२२२।— रहेको छ ।
योगमाया पुरस्कार
नेपाल स्रष्टा समाजले वि.सं. २०८३ सालका लागि ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ साहित्यकार माया ठकुरीलाई तथा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ समालोचक निनु चापागाईँलाई प्रदान गरेको छ ।
योगमाया स्मृति दिवसका अवसरमा असार २२ गते राजधानीमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाली इतिहासकी विद्रोही तथा क्रान्तिकारी व्यक्तित्व योगमायाको स्मृतिमा स्थापित यी सम्मानहरू हरेक वर्ष अर्पण गरिँदै आएका छन् । दुवै सम्मानको नगद राशि ५० हजार १ सय ११ रुपैयाँ रहेको छ ।
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित: सरकार र पीडितबीच ९ बुँदे सहमति
चीनका लागि पूर्व राजदूतहरूद्वारा परराष्ट्र नीतिप्रति चिन्ता
प्रतिक्रिया