नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
मुलुकका प्रखर नागरिक अगुवा, अर्थविद् तथा पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ। ८७ वर्षको उमेरमा साउन १ गते शुक्रबार साँझ ७:४० बजे काठमाडौंको विशालनगरस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
लामो समयदेखि प्याङ्क्रियाजको क्यान्सरबाट पीडित डा. पाण्डेलाई स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि हिजो ह्याम्स र पाटन अस्पताल लगिएको थियो। चिकित्सक तथा परिवारको सल्लाहमा अन्तिम समयमा उनलाई घरै ल्याइएको थियो।
डा. पाण्डे नेपाली राजनीति र अर्थतन्त्रका एक निष्ठावान् र बौद्धिक व्यक्तित्वका रूपमा परिचित थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि गठित अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले नेपाली अर्थतन्त्रमा सुधारको पहल थालेका थिए। त्यसबाहेक, राजनीतिक दलहरूको ‘बाटो विराएको’ कार्यशैलीप्रति निरन्तर खबरदारी गर्दै आएका डा. पाण्डेले २०६२ सालको नागरिक आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गरेका थिए।
प्राप्त जानकारी अनुसार डा. पाण्डेको पार्थिव शरीरको अन्त्येष्टि भोलि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिनेछ।
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित: सरकार र पीडितबीच ९ बुँदे सहमति
चीनका लागि पूर्व राजदूतहरूद्वारा परराष्ट्र नीतिप्रति चिन्ता
प्रतिक्रिया