नाकाबन्दीका बीच क्युबाका स्वास्थ्य चमत्कारहरू

हवानाको एउटा भित्तेचित्र (म्युरल) छेउबाट गुडिरहेको सवारी चालक। “Abajo el bloque” अर्थात् “नाकाबन्दी मुर्दावाद”। (डेसमन्ड बोयलान, CC-BY, फ्लिकर)

गत हप्ता, क्युबाको मोलिक्युलर इम्युनोलोजी केन्द्र (CIM) ले फोक्सोको क्यान्सरको खोप उपचार 'भ्याक्सिरा' (VAXIRA) को विकाससँगै स्वास्थ्य क्षेत्रमा एउटा ठुलो सफलताको घोषणा गर्‍यो। यो एक उल्लेखनीय उपलब्धि हो, जसलाई क्युबाको फोक्सोको क्यान्सर विरुद्धको यो दोस्रो खोप हो भन्ने तथ्यले थप प्रभावशाली बनाएको छ।

यस खोपले क्यान्सरका कोषिकाहरूसँग लड्न बिरामीको रोग प्रतिरोधात्मक क्षमताको विकास गरी क्यान्सर फैलिनबाट रोक्छ। यसले मानिसको आयु उल्लेख्य रूपमा बढाउने प्रमाणित भइसकेको छ। सन् २०१३ देखि, ,३०० भन्दा बढी बिरामीहरूमा यस खोपको निगरानी, परीक्षण र जाँच गरिएको छ। १० वर्षको अवधिमा, बिरामीहरू औसतमा ७६.६ महिनासम्म बाँच्न सफल भए, जसमा 'भ्याक्सिरा' दिइएका कुल बिरामीमध्ये २० प्रतिशतले अप्रत्याशित रूपमा लामो समयसम्म बाच्न सफल भए। गत वर्ष क्युबाको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको कदर गर्दै भ्याक्सिरालाई क्युबामा 'प्राविधिक नवप्रवर्तन पुरस्कार' प्रदान गरिएको थियो। यो मानव जाति र क्यान्सर विरुद्धको लडाइँका लागि एक अविश्वसनीय सफलता हो र यो सफलता इतिहासकै सबैभन्दा लामो र गम्भीर नाकाबन्दी खेपिरहेको देशले हासिल गरिरहेको छ।

न्युयोर्कस्थित रोज्वेल पार्क क्यान्सर इन्स्टिच्युटले सन् २०१८ देखि 'CIM' सँग मिलेर क्लिनिकल ट्रायल (क्लिनिकल परीक्षण) सञ्चालन गर्दै आएको छ। उनीहरूले अमेरिकामा  सिमाभ्याक्सको पहिलो क्लिनिकल परीक्षण गरेका हुन्। जुन राष्ट्रले क्युबामाथि विनाशकारी नाकाबन्दी थोपरिरहेको छ, त्यही राष्ट्रले स्वास्थ्य क्षेत्रका यी ऐतिहासिक उपलब्धिहरूबाट फाइदा पनि उठाइरहेको छ।

सन् २०११ मा, क्युबाले 'सिमाभ्याक्स' (CIMAvax) को विकास गरेको थियो, जुन अझै पनि फोक्सोको क्यान्सरका लागि विश्वकै एक मात्र स्वीकृत खोप हो। यस खोपले क्यान्सरका कोषिकाहरूको वृद्धिलाई रोक्न र ट्युमरको फैलावटलाई ढिलो पार्न रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउने काम गर्छ। यो खोपले विश्वभरका ५,००० भन्दा बढी र क्युबामै अन्य हजारौँ मानिसहरूको उपचार गरिसकेको छ। यस खोपको अत्यधिक महत्त्वलाई ध्यानमा राख्दै, अमेरिकाले यसलाई आफ्नो देशमा परीक्षण गर्नका लागि एउटा विशेष सम्झौता गर्‍यो। न्युयोर्कस्थित रोज्वेल पार्क क्यान्सर इन्स्टिच्युटले सन् २०१८ देखि 'CIM' सँग मिलेर क्लिनिकल ट्रायल (क्लिनिकल परीक्षण) सञ्चालन गर्दै आएको छ। उनीहरूले अमेरिकामा  सिमाभ्याक्सको पहिलो क्लिनिकल परीक्षण गरेका हुन्। जुन राष्ट्रले क्युबामाथि विनाशकारी नाकाबन्दी थोपरिरहेको छ, त्यही राष्ट्रले स्वास्थ्य क्षेत्रका यी ऐतिहासिक उपलब्धिहरूबाट फाइदा पनि उठाइरहेको छ।

क्यान्सर उपचारका लागि चिकित्सा क्षेत्रमा भएका यी ठुला विकासहरू क्युबाका एकमात्र विस्मयकारी स्वास्थ्य उपलब्धिहरू भने होइनन्।

कोभिड-१९ महामारीको समयमा, क्युबाले पाँचवटा खोपहरू उत्पादन गर्‍यो: अब्दाला (Abdala), सोबेराना ०१ (Soberana 01), सोबेराना ०२ (Soberana 02), सोबेराना प्लस (Soberana Plus), र माम्बिसा (Mambisa)। क्युबा पश्चिमी गोलार्धमै सबैभन्दा कम कोभिड मृत्युदर भएका देशहरूमध्ये एक थियो । सन् २०२१ सम्ममा, विश्वव्यापी औसत मृत्युदर २.२% रहेको तुलनामा क्युबाको मृत्युदर मात्र ०.५९% थियो। यी खोपहरू उत्पादन गर्न विशेष रेफ्रिजरेसनको आवश्यकता पर्दैनथ्यो, जसको अर्थ यिनीहरूलाई सजिलैसँग ओसारपसार गर्न र यस्ता पूर्वाधारहरूमा पहुँच असम्भव भएका विश्वका अन्य स्थानहरूमा पनि वितरण गर्न सकिन्थ्यो। चाँडै नै, भेनेजुएला, इरान, भियतनाम, सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्स, र मेक्सिको सबैले आफ्ना नागरिकको सुरक्षाका लागि यो खोप प्रयोग गर्न थाले।

सन् २०२३ सम्ममा, प्रति १,००,००० मानिसमा खोप लगाउने दरमा क्युबा विश्वमै तेस्रो स्थानमा थियो। अमेरिकाले क्युबालाई आफ्नै जनतालाई खोप लगाउन आवश्यक पर्ने सिरिन्जहरू आयात गर्न प्रतिबन्ध लगाएको तथ्यका बाबजुद क्युबाले यो सफलता हासिल गरेको हो। यसै पृष्ठभूमिमा, क्युबा आफ्ना विद्यालयहरू सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने प्रयास स्वरूप साना केटाकेटी र बालबालिकाहरूलाई खोप लगाउने विश्वकै पहिलो देश बन्यो।

अमेरिका जस्तै क्युबाले पनि विश्वसामु आफ्ना कोभिड खोपहरू उपलब्ध गरायो। क्युबाले सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्सलाई खोपहरू दान गर्‍यो र अन्य देशहरूलाई सकेसम्म सस्तो मूल्यमा बेच्यो, तर अर्कोतर्फ अमेरिकाले भने खोपहरू उपलब्ध गराउनका लागि विभिन्न देशहरूलाई आफ्ना दूतावासका भवन र सैन्य शिविर जस्ता सम्पत्तिहरू धितो राख्न बाध्य पार्दै धम्क्याउने काम गर्‍यो। यो खोप प्राप्त गर्नेहरूले भविष्यमा खोप उत्पादक कम्पनी विरुद्ध गर्न सक्ने कानुनी कारबाहीबाट कम्पनीलाई "सुरक्षित" राख्नका लागि गरिएको थियो। यही नाफामूलक मानसिकता नै विश्वभर कोभिड सुरक्षाको वितरणमा देखिएको 'खोप रंगभेद' को मुख्य कारण थियो। अगस्त २०२४ सम्मको तथ्याङ्क अनुसार, उच्च आय भएका देशहरूमा प्रति १०० जनामा २२२ भन्दा बढी डोज खोप वितरण गरिएको थियो भने न्यून आय भएका देशहरूमा यो संख्या ४६ भन्दा कम थियो। सन् २०२१ मा, कोभिड खोप उत्पादन गर्ने अमेरिकी फर्मास्युटिकल कम्पनीहरू (मोडर्ना, फाइजर, जोनसन एन्ड जोनसन) ले ३१ अर्ब डलर जस्तो आँखा तिरमिराउने आम्दानी गरे। महामारीको समयमा कम्पनी र सेयरधनीहरूले पैसा कमाउनुपर्छ भन्ने अवधारणा आफैँमा पूर्ण रूपमा निन्दनीय हुनुपर्ने हो।

जैवप्रविधि (Biotechnology)

क्युबा खोपको क्षेत्रमा भएका अभूतपूर्व विकासहरूमा विश्वको नेतृत्व गर्दछ। तर, यो सब कसरी सम्भव भयो त? क्युबाले चिकित्सा क्षेत्रमा विश्वकै नेतृत्व गर्ने खालका स्वास्थ्य सफलताहरू हासिल गर्नु कुनै संयोग मात्र होइन। क्युबाले एक विश्व-स्तरीय जैवप्रविधि क्षेत्रको विकास गरेको छ जुन सरकारी स्वामित्वमा छ र यसले नाफाका लागि नभई जनताको हितमा काम गर्छ। त्यहाँ खोप उत्पादन गर्नमा कुनै नाफामूलक उद्देश्य हुँदैन; अनुसन्धान र विकास सामूहिक हितका लागि गरिन्छ, र वैज्ञानिक विकासको प्रक्रियालाई अझ राम्रो बनाउन स्रोतहरू साझा गरिन्छन्। यो पूँजीवादी देशहरूको स्थिति भन्दा पूर्ण रूपमा विपरीत छ, जहाँ जैवप्रविधि औषधि कम्पनीहरूको प्रभुत्व रहेको एउटा ठुलो प्रतिस्पर्धाको क्षेत्र हो, जो पूर्ण रूपमा नाफाबाट प्रेरित हुन्छन्। यसको परिणाम स्वरूप, स्वास्थ्य क्षेत्रमा ठुला विकासहरू हुँदा पनि तिनीहरू सर्वसाधारणको पहुँचमा पुग्न सक्दैनन्।

क्युबाले एक विश्व-स्तरीय जैवप्रविधि क्षेत्रको विकास गरेको छ जुन सरकारी स्वामित्वमा छ र यसले नाफाका लागि नभई जनताको हितमा काम गर्छ। त्यहाँ खोप उत्पादन गर्नमा कुनै नाफामूलक उद्देश्य हुँदैन; अनुसन्धान र विकास सामूहिक हितका लागि गरिन्छ, र वैज्ञानिक विकासको प्रक्रियालाई अझ राम्रो बनाउन स्रोतहरू साझा गरिन्छन्।

सन् १९८१ मा, क्युबाले 'बायोलोजिकल रिसर्च सेन्टर' (जैविक अनुसन्धान केन्द्र) स्थापना गर्‍यो—यद्यपि नाकाबन्दीका कारण उपकरण, सामग्री, अनुसन्धान पत्रिकाहरूमा पहुँच र औषधिहरूको आयात पूर्ण रूपमा रोकिएको थियो। स्थापनाको पहिलो ९ वर्षमा यस केन्द्रले तीनवटा उत्पादनहरू तयार गर्‍यो। सन् १९९० देखि २००० को बीचमा यसले १८ वटा, र सन् २००१ देखि २०१० को बीचमा ४० भन्दा बढी उत्पादनहरू तयार गर्‍यो। आज यो संख्या निरन्तर बढिरहेको छ। यही केन्द्र मौलाएर एक विश्व-स्तरीय जैवप्रविधि क्षेत्रका रूपमा विकसित भयो, जसले स्वास्थ्य क्षेत्रमा ठुला-ठुला सफलताहरू हासिल गरेको छ। क्युबाले 'हेमोफिलस इन्फ्लुएन्जा टाइप बी' (Haemophilus influenzae type B) का लागि कृत्रिम एन्टिजेन (synthetic antigen) भएको विश्वकै पहिलो मानव खोप उत्पादन गर्‍यो।

सन् १९८९ मा, देशमा मेनिन्जाइटिस बी को गम्भीर प्रकोप फैलिएका बेला क्युबाले विश्वकै पहिलो 'मेनिन्जाइटिस बी' (Meningitis B) विरुद्धको खोप उत्पादन गर्‍यो। मेनिन्जाइटिस बी बाट जोगाउनका लागि उत्पादन गरिएको यो इतिहासकै पहिलो खोप थियो र यसलाई ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा नागरिकहरूको सुरक्षाका लागि निर्यात गरिएको थालियो। अमेरिकाले भने मेनिन्जाइटिस बी का लागि आफ्नो पहिलो खोपलाई सन् २०१४ मा मात्र स्वीकृति दिएको थियो।

त्यसको अर्को वर्ष, क्युबाले हेपाटाइटिस बी विरुद्धको खोप उत्पादन गर्‍यो। योसँगै क्युबा हेपाटाइटिस बी खोप उत्पादन गर्ने विश्वका अन्य पाँच देशहरू (फ्रान्स, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया र बेलायत) को सूचीमा सामेल भयो। अमेरिकी नाकाबन्दीका कारण यो खोप आयात गर्न लगभग असम्भव र अत्यधिक महँगो भएपछि, क्युबाले आफ्नै खोप उत्पादन गर्‍यो र १५ वर्षभन्दा कम अवधिमा देशबाट हेपाटाइटिस बी लाई पूर्ण रूपमा उन्मूलन गर्‍यो।

मधुमेहबाट पीडित अमेरिकीहरू क्युबा विरुद्धको दुष्प्रचार सुन्दै र उनीहरूलाई नै मद्दत गरिरहेका क्युबाली अनुसन्धानकर्ता तथा वैज्ञानिकहरू विरुद्धको युद्धका लागि कर तिर्दै, क्युबाली औषधिबाटै उपचार पाइरहेका छन् भन्ने विचारले नै यो नाकाबन्दी कति अमानवीय छ भन्ने कुरा छर्लङ्ग पार्छ।

सन् २००६ मा, क्युबाले 'हेबरप्रोट-पी' (Heberprot-P) को विकास गर्‍यो, जुन मधुमेहका कारण खुट्टामा हुने घाउ (diabetic foot ulcers) का बिरामीहरूको खुट्टा काट्नुपर्ने अवस्थालाई ७५% सम्म कम गर्ने विश्वकै एक मात्र औषधि हो। १० वर्षभित्रै यसको प्रयोग २३ वटा देशहरूमा हुन थाल्यो। यसले खुट्टामा घाउ भएका ४,००,००० भन्दा बढी मानिसहरूको उपचार गरिसकेको छ। सन् २०२४ मा त अमेरिकाले आफ्नै नाकाबन्दीलाई समेत तोड्दै यस औषधिलाई परीक्षण र प्रयोगका लागि स्वीकृति दियो। मधुमेहबाट पीडित अमेरिकीहरू क्युबा विरुद्धको दुष्प्रचार सुन्दै र उनीहरूलाई नै मद्दत गरिरहेका क्युबाली अनुसन्धानकर्ता तथा वैज्ञानिकहरू विरुद्धको युद्धका लागि कर तिर्दै, क्युबाली औषधिबाटै उपचार पाइरहेका छन् भन्ने विचारले नै यो नाकाबन्दी कति अमानवीय छ भन्ने कुरा छर्लङ्ग पार्छ।

सन् २०१५ सम्ममा, क्युबा आमाबाट बच्चामा एचआईभी र सिफिलिसको सङ्क्रमण सर्ने प्रक्रियालाई पूर्ण रूपमा रोक्ने विश्वकै पहिलो देश बन्यो। क्युबाले आफ्नो समाजवादी मोडलका कारण यो सम्भव बनाएको हो, र यही कारणले गर्दा नै अमेरिकाका मुख्यधारका सञ्चारमाध्यमहरूमा यसको प्रशंसा गरिँदैन र यसलाई स्वास्थ्य क्षेत्रको प्रगतिको केन्द्रका रूपमा हेरिँदैन। यो ऐतिहासिक विश्वव्यापी उपलब्धि क्युबाको सर्वसुलभ स्वास्थ्य प्रणालीको परिणाम स्वरूप सम्भव भएको हो, जसले मातृ तथा बाल स्वास्थ्य कार्यक्रमहरूलाई एचआईभी र यौनजन्य सङ्क्रमण (STI) को उपचारसँग एकीकृत गरेको छ। सन् २००१ देखि निःशुल्क वितरण गर्दै आएको 'एन्टिरेट्रोभाइरल' (antiretroviral) उपचारका कारण क्युबामा एड्स (AIDS) को दर विश्वमै सबैभन्दा कम र अमेरिका महादेशमै सबैभन्दा न्यून रहेको छ। यसको खोप कार्यक्रमले विश्वभर अझै पनि मृत्यु र पीडाको कारण बनिरहेका रोगहरूलाई जरैदेखि उखेलेको छ, जसमा सन् १९७९ मा भ्यागुते रोग (diphtheria), सन् १९९३ मा दादुरा (measles), सन् १९९४ मा लहरे खोकी (whooping cough), र सन् १९९५ मा रुबेला (rubella) सामेल छन्। क्युबाले रक्तचाप (blood pressure) नियन्त्रणमा पनि विश्वमै सबैभन्दा उत्कृष्ट सफलता हासिल गरेको छ।

जुन सिद्धान्तहरूका कारण क्युबाले चिकित्सा क्षेत्रमा विश्वकै नेतृत्व गर्ने खालका अभूतपूर्व सफलताहरू हासिल गर्‍यो, तिनै सिद्धान्तहरू देशबाट रोग उन्मूलन गर्ने क्युबाको सफलतासँग पनि मिल्दाजुल्दा छन्। क्युबाको खोप अभियानको मुख्य उद्देश्य आफ्ना जनताको रक्षा गर्नु हो। सन् १९६२ मा सुरु भएको 'राष्ट्रिय खोप कार्यक्रम' ले कम्तीमा ५,६०,००० बालबालिकाको ज्यान जोगाएको छ, जो यो कार्यक्रम नभएको भए विभिन्न प्राणघातक रोगहरूको सिकार हुने थिए। यो कार्यक्रम चारवटा मुख्य निर्देशिकाबाट प्रेरित छ: खोप वितरणमा समानता; प्राथमिक स्वास्थ्य सेवामा खोपको एकीकरण; समुदायको सक्रिय सहभागिता; र निःशुल्क रूपमा खोप उपलब्ध गराउनु। यी मार्गदर्शक सिद्धान्तहरूले कर्पोरेट स्वार्थ वा लोभभन्दा पनि सिङ्गो समाजको स्वास्थ्य कति केन्द्रमा छ भन्ने कुरा प्रष्ट पार्छन्।

क्रान्तिकारी सरकारले चालेका पहिलो कदमहरूमध्ये एक क्युबाली समाजका लागि खोप अभियान सुरु गर्नु थियो। सन् १९६२ मा, भर्खरै गठन गरिएका क्रान्तिकारी कमिटीका १,००,००० सदस्यहरूलाई परिचालन गरी जनसङ्ख्या जनगणना गर्न र सबै बालबालिकालाई खोप लगाउन पोलियो अभियान सुरु गरियो।

स्वास्थ्य सेवा उपलब्ध गराउने क्युबाको यो दृष्टिकोण त्यहाँको क्रान्तिको वास्तविक स्वरूपको परिचायक हो: अर्थात् क्युबाली जनता र विश्वभरका उत्पीडितहरूको सेवा गर्नु। सन् १९५९ को क्रान्तिभन्दा अघि, क्युबामा प्रत्येक वर्ष ३०० बालबालिका पोलियोका कारण पक्षाघात (प्यारालाइसिस) को सिकार हुन्थे। क्रान्तिकारी सरकारले चालेका पहिलो कदमहरूमध्ये एक क्युबाली समाजका लागि खोप अभियान सुरु गर्नु थियो। सन् १९६२ मा, भर्खरै गठन गरिएका क्रान्तिकारी कमिटीका १,००,००० सदस्यहरूलाई परिचालन गरी जनसङ्ख्या जनगणना गर्न र सबै बालबालिकालाई खोप लगाउन पोलियो अभियान सुरु गरियो। केही महिनाभित्रै क्युबाबाट पोलियो पूर्ण रूपमा उन्मूलन भयो, र क्युबा यस्तो सफलता हासिल गर्ने विश्वकै पहिलो देशहरूमध्ये एक बन्यो। पोलियो अझै पनि विश्वभर पक्षाघात र मृत्युको एउटा प्रमुख कारण बनेको छ।

यी स्वास्थ्य उपलब्धिहरूले नयाँ उपचार र ओखतीहरूमा पहुँच, किफायती एवं सुलभ खोप तथा औषधिहरू, र स्वास्थ्य सेवाका उदाहरणीय मोडलहरू मार्फत विश्वभरका मानिसहरूलाई ठुलो फाइदा पुर्‍याएका छन्। तर, क्युबाको स्वास्थ्य सेवाको अर्को विस्मयकारी पक्ष भनेको यसको 'अन्तर्राष्ट्रिय ऐक्यबद्धता' हो।

क्युबाले भेनेजुएलासँगको संयुक्त कार्यक्रम 'अपरेशन मिराकल' (Operation Miracle) मार्फत ४० लाखभन्दा बढी मानिसहरूको आँखाको ज्योति फर्काएको छ। महामारी, कडा सरुवा रोग, प्राकृतिक प्रकोप र अन्य संकटका बेला जहाँ कुनै पनि देशले पाइला टेक्न चाहेनन्, त्यस्ता १६० वटा देशहरूमा क्युबाले चिकित्सा टोलीका रूपमा ६,००,००० भन्दा बढी स्वास्थ्यकर्मीहरू पठाएको छ। क्युबाले 'ग्लोबल साउथ' का डाक्टरहरूलाई अझै पनि निःशुल्क तालिम दिइरहेको छ, ताकि उनीहरू आफ्नै देशमा फर्केर चिकित्सा सेवा गर्न सकून्।

क्युबाले मानव जातिका लागि यी चमत्कारिक उपलब्धिहरू यस्तो नाकाबन्दी भोग्दै हासिल गरिरहेको छ, जसका कारण क्युबाभरका फार्मेसीहरूमा औषधिको अभाव हुन्छ, अनुसन्धानकर्ताहरूलाई स्वास्थ्य पत्रिकाहरू पढ्नबाट रोकिन्छ, र अनुसन्धानलाई सहज एवं द्रुत बनाउन सक्ने उपकरण, स्पेयर पार्ट्स तथा प्रयोगशाला सामग्रीहरूको आयातमा बाधा पुग्छ। अमेरिकी नाकाबन्दीलाई मानवतामाथिकै आक्रमणका रूपमा हेरिनुपर्छ। यो एउटा यस्तो साम्राज्यद्वारा गरिएको विनाशकारी युद्ध र अमानवीय कार्य हो, जसले विश्वभर बम, लडाकु विमान र आक्रमणकारी सैनिकहरू निर्यात गर्छ; र त्यो युद्ध त्यस्तो देशविरुद्ध छ, जसले विश्वभर डाक्टरहरू निर्यात गर्छ।

अमेरिकाले क्युबामाथि यो नाकाबन्दी यसकारण थोपरेको हो, ताकि उसले क्युबालाई एउटा "असफल राष्ट्र" सावित गर्ने प्रयास गर्न सकोस् र क्युबाको सर्वसुलभ एवं निःशुल्क स्वास्थ्य प्रणाली "असफल" भएको दाबी गर्न पाओस्; यी सबै प्रपञ्च उसले गरिब अमेरिकीहरूमाझ मृत्यु, टाट पल्टिने अवस्था र पीडा निम्त्याएर विशुद्ध नाफाका लागि सञ्चालित आफ्नो निकृष्ट स्वास्थ्य प्रणालीलाई जोगाइराख्नका लागि गरिरहेको छ।

कुनै समय क्युबामा शिशु मृत्युदर विश्वकै सबैभन्दा कम थियो। तर सन् २०१९ देखि क्युबामाथि २५० भन्दा बढी थप प्रतिबन्धहरू लगाइएका कारण शिशु मृत्युदर १४८ प्रतिशतले बढेको छ। अनुमान गरिए अनुसार यसले गर्दा १,८०० शिशुहरूले ज्यान गुमाउनुपरेको छ। आफ्नो सार्वभौमसत्ता रक्षा गरेकै कारण एउटा देशलाई समाप्त पार्ने, दण्ड दिने र ध्वस्त पार्ने मनसायले लगाइएको नाकाबन्दीको प्रत्यक्ष भौतिक परिणाम यही हो। यति हुँदाहुँदै पनि, क्युबाको शिशु मृत्युदर अमेरिकाको भन्दा अझै कम छ। अमेरिकाले क्युबामाथि यो नाकाबन्दी यसकारण थोपरेको हो, ताकि उसले क्युबालाई एउटा "असफल राष्ट्र" सावित गर्ने प्रयास गर्न सकोस् र क्युबाको सर्वसुलभ एवं निःशुल्क स्वास्थ्य प्रणाली "असफल" भएको दाबी गर्न पाओस्; यी सबै प्रपञ्च उसले गरिब अमेरिकीहरूमाझ मृत्यु, टाट पल्टिने अवस्था र पीडा निम्त्याएर विशुद्ध नाफाका लागि सञ्चालित आफ्नो निकृष्ट स्वास्थ्य प्रणालीलाई जोगाइराख्नका लागि गरिरहेको छ।

सत्य के हो भने, यस्तो विनाशकारी नाकाबन्दीका बीच पनि क्युबाले आफ्नो क्रान्तिका सिद्धान्तहरू र विश्वलाई अझ राम्रो बनाउने आफ्नो उत्प्रेरणालाई जीवितै राखेको छ।

जसरी सन् २००३ मा फिडेल कास्ट्रोले भनेका थिए:

"हाम्रो देशले अन्य देशका जनतामाथि बम बर्साउँदैन, न त सहरहरूमा बमबारी गर्न हजारौँ विमानहरू नै पठाउँछ; हाम्रो देशसँग आणविक हतियार, रासायनिक हतियार वा जैविक हतियारहरू छैनन्। हाम्रो देशका दसौँ हजार वैज्ञानिक र डाक्टरहरूलाई जीवन जोगाउने विचारका साथ शिक्षित गरिएको छ। अन्य मानव जातिको ज्यान लिनका लागि कुनै वैज्ञानिक वा डाक्टरलाई हानिकारक पदार्थ, ब्याक्टेरिया वा भाइरस उत्पादन गर्ने काममा लगाउनु यो अवधारणाको पूर्ण रूपमा विपरीत हुनेछ।"

स्रोत: जेडनेटवर्क

नवप्रित कालरा

नवप्रित कालराले क्याम्ब्रिज विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा स्नातक र युनिभर्सिटी अफ द आर्ट्स लन्डनबाट इन्टरनेट समानता (Internet Equalities) मा स्नातकोत्तर गरेकी छिन्। एक विद्यार्थीको रूपमा, उनी लगानी फिर्ता (divest) र उपनिवेशवाद अन्त्य गर्ने (decolonize) अभियानहरूका साथै जातिवाद विरोधी र साम्राज्यवाद विरोधी समूहहरूमा संलग्न थिइन्। नवप्रित सन् २०२३ मा इन्टर्नको रूपमा कोडपिंकमा आबद्ध भएकी थिइन् र हाल उनी डिजिटल तथा सामाजिक सञ्जालका सामग्रीहरू उत्पादन गर्छिन्। इङ्ग्ल्यान्डमा, उनी प्यालेस्टिनी मुक्ति, उन्मूलन (abolition) र साम्राज्यवाद विरोधी समूहहरूसँग मिलेर काम गर्छिन्।