मुलुक डरलाग्दो दुर्घटनामा जान सक्नेः राजनीतिशास्त्री प्रा. कृष्ण खनाल
नेपालका पार्टी मठाधीशहरुको कब्जामा छ ! (भिडियोसहित)
राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले ‘देशको अवस्था खासै नबिग्रिएको तर राजनीति भने सबैभन्दा बिग्रिएको’ बताएका छन् ।
बृहत् नागरिक आन्दोलनले ‘नेताराजको अन्त्य, राजनीतिक दललाई जनउत्तरदायी, पारदर्शी र भ्रष्टाचारविमुख बनाउन तथा गणतन्त्रलाई जनमुखी बनाउन’ माग गर्दै आगामी चैतदेखि थाल्ने सडक आन्दोलनको बारेमा जानकारी दिन आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘‘ड्राइभिङ सिटमा बस्नेहरु नै बिग्रिएपछि गाडी कहाँ कतिखेर दुर्घटनाग्रस्त हुन्छ भन्नै नसकिने बताउँदै प्राध्यापक खनालले मुलुक डरलाग्दो दुर्घटनामा जान सक्ने अवस्था रहेको’ बताए ।
‘अहिलेको अत्यधिक दलीयकरण समस्याको रुपमा रहेको’ प्राध्यापक खनालको भनाइ थियो । ‘दलतन्त्र भनरिहँदा आफूहरुले दलीय शासनको अन्त्य खोजको नभई गतिलो दलतन्त्र खोजेको’ बताउँदै उनले ‘लोकतन्त्रको अभ्यास गर्ने माध्यम दलहरु नै रहेको र दलबिना लोकतन्त्र चल्न नसक्ने’ बताए ।
‘‘अहिले मुलुकमा विभिन्न खालको समस्याहरु विद्यमान रहेको र त्यसको जड अहिले दलभित्र निर्माण भएको नेतृत्व र संरचना नै रहेको’ खनालको भनाइ थियो । उनको भनाइ थियो– ‘त्यसलाई भत्काउनु पर्छ, त्यसलाई नफ्याँकिकन हुँदैन ।’ ‘चुनावमा पार्टी नभई नेता हार्ने’ बनाउँदै खनालले ‘नेपालमा चाहिँ नेता कहिल्यै नहार्ने, पार्टी हार्ने अवस्था रहेको’ उल्लेख गरे । चुनावमा हार्नुको अर्थ नेताले आफ्नो एजेण्डा मतदाताहरुको बीचमा बिक्री गर्न नसकेको हो– उनको भनाइ थियो ।

‘नेताराज शब्द प्रयोग गर्नुको अर्थ पार्टीमा नेता नै चाहिँदैन भन्ने होइन’ भन्दै प्राध्यापक खनालले ‘त्यसको अन्तर्य पार्टीभित्र हामीले अपेक्षागरेअनुसारको नेतृत्व आउनुपर्यो भन्ने हो’ भनी उल्लेख गरे । ‘अहिले नेताहरुले पक्रेर राखेको पार्टीभित्रको अनुत्तरदायी संरचनालाई नागरिकहरुले तोड्नुपर्छ’ भन्दै उनले आफूहरु मुकदर्शक भएर बस्न नसक्ने बताए । ‘पार्टी नभईकन हुँदैन, पार्टी साध्य होइन, साधन हो’– उनको भनाइ थियो । ‘नेपालका पार्टीहरु मठाधीशहरुको कब्जामा छ, त्यसलाई भत्काउनु जरुरी छ’ भन्दै प्राध्यापक खनालले पार्टीको संरचना जनताप्रति उत्तरदायी हुनुपर्ने पनि बताए ।
प्राध्यापक खनालले त्यस अवसरमा व्यक्त गरेका विचारहरुको पूर्ण विवरण तलको भिडियोमाः
ढोँगी बहुपक्षीयतावादको दोबाटोमा क्युबा
सपनाको मृत्यु र फासीवादी उन्माद
लोकरञ्जक, सम्मोहनकारी र चामत्कारिक नेतृत्वले अगुवाइ गर्ने मध्यमवर्गीय सामाजिक …
क्षितिज पारिको यात्री: इब्न बतुताको अविस्मरणीय विश्व-परिक्रमा
जब पेन्सिल नै तरबार बन्यो
रुजवेल्ट र फायरसाइड च्याट्स: राजनीतिक सञ्चारको कालजयी विरासत
खतरनाक एल नीनो विकसित हुँदै: खडेरी र अनिकालको चेतावनी
प्रतिक्रिया