इजरायली अत्याचारविरुद्धको साझा पहल
प्यालेस्टाइनी तथा लेवनानी जनतामाथि इजरायलले मच्चाइरहेको नरसंहार तथा दमनका विरुद्ध संघीय राजधानी काठमाडौंमा असोज १९ गते एक सर्वदलीय/सर्वपक्षीय बैठकको आयोजना भएको छ ।
प्रगतिशील रुपान्तरण आन्दोलनको पहलमा भएको सो बैठकले इजरायलले गरेको अत्याचारका विरुद्धमा दशैंपछि एउटा सशक्त विरोध कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
उक्त बैठकले इजरायलले गरेको अमानवीय अत्याचारका विरुद्ध एउटा संयुक्त वक्तव्य जारी गर्ने, तिहारपछि ठूलो बिरोध कार्यक्रम दिने लक्ष्य राख्ने, सर्वसाधारण जनतामा इजरायलले गरेको अमानवीय अत्याचार सम्बन्धमा जनमत सृजना गर्न छोटा-छोटा भिडियो सामग्री / युट्युब सामग्री निर्माण गर्न थाल्ने, पत्रपत्रिकामा लेख प्रकाशित गर्न थाल्ने जस्ता निर्णयहरु पनि गरेको छ ।
साथै सो बैठकले ‘संयुक्त बिरोध कार्यक्रम जारी भएसम्मको अवधिभर बैठकमा उपस्थित राजनीतिक दल र नागरिक संस्थाका प्रतिनिधिहरूको समन्वय समिति कायम राखिराख्ने तथा समान उद्देश्य भएका तर यसमा छुटेका दल तथा संस्थाको प्रतिनिधित्व गराउन प्रयास गर्ने’ समेत भएको छ ।
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित: सरकार र पीडितबीच ९ बुँदे सहमति
चीनका लागि पूर्व राजदूतहरूद्वारा परराष्ट्र नीतिप्रति चिन्ता
बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार: योगमाया सम्मान प्रदान
आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक
प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो
फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…
प्रतिक्रिया