३ दिन राष्ट्रिय शोक मनाइने
बाढी पहिरोले गरेको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारले असोज १५, १६ र १७ गते तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केलगत्तै हिजो बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
राष्ट्रिय शोकको समयमा सार्वजनिक विदा हुने छैन तर सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ ।
सोही बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय पनि गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।
यसअघि नै बागमती प्रदेश सरकारले बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । उक्त राहत प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई तत्कालै दिइने छ ।
–यो पनि पढ्नुहोस्
दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य
नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…
प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
प्रतिक्रिया