हिजबुल्लाहका प्रमुखको हत्या

लेबनानी प्रतिरोध आन्दोलन हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको शुक्रबार इजरायली आक्रमणमा मृत्यु भएको छ। हिज्बुल्लाहले एक वक्तव्यमा आफ्ना प्रमुख नेता हसन नसरल्लाहको हत्या भएको पुस्टि गरेको हो।  इजरायली सेनाले आक्रमणको केही समयपछि नै हसन नसरल्लाहको मृत्यु भएको दाबी गरेको थियो। शनिबार जारी हिजबुल्लाहको वक्तव्यमा भनिएको छ कि नसरल्लाह आफ्ना सहिद साथीहरू संग सामेल भएका छन्। वक्तव्यमा हिजबुल्लाहले शत्रु बिरूद्ध र फिलिस्तीनको समर्थनमा युद्ध जारी राख्ने कसम खाएको छ।

इजरायलले शुक्रबार साँझ लेबनानको राजधानी बेरूतमा एक ठूलो हवाई आक्रमण गरेको थियो। यस आक्रमणमा हिज्बुल्लाहको मुख्यालय ध्वस्त गरिएको थियो। आक्रमणपछि इजरायली सेनाका चिफ अफ स्टाफ हर्जी हलेवीले हसन नसरल्लाहको मृत्यु भएको दाबी गरेका थिए। हलेवीले भनेका थिए कि हामी नसरल्लाहलाई निशाना बनाउन सफल भएका छौँ। हिज्बुल्लाहले करिब २० घण्टा पछि इजरायली आक्रमणमा नसरल्लाहको मृत्यु भएको स्वीकार गरेको छ।

हसन नसरल्लाह लेबनानमा बिगत तीन दशकदेखि  इजरायल विरोधको प्रतीक बनेका थिए। उनी हिजबुल्लाहको सबैभन्दा महत्वपूर्ण व्यक्तित्व थिए। उनको इरान र सर्बोच्च नेता अली खामेनीसँग पनि निकट सम्बन्ध थियो। यद्यपि, अमेरिका लगायतका धेरै देशहरूले हिज्बुल्लाहलाई आतङ्ककारी संगठन मान्दछन्। तर, इरानसँग हिज्बुल्लाहको राम्रो सम्बन्ध रह्यो।

नसरल्लाहको जन्म १९६० मा बेरूतको एक गरिब क्षेत्रमा भएको थियो। उनका बाबुको तरकारी पसल थियो। नसरल्लाह निकै सानो उमेरमा इजरायल विरोधी संगठनहरूसँग जोडिएका थिए। ८० को दशकमा उनी हिज्बुल्लाहमा सम्मिलित भए र १९९२ मा यसको प्रमुख बने। त्यसपछि उनले हिज्बुल्लाहको शक्ति व्यापकरुपमा बिस्तार गर्न सफल भएका थिए। हसन नसरल्लाहले सन् २००० मा लेबनानलाई १८ बर्ष लामो इजरायली आधिपत्य बाट मुक्त गर्ने हिजबुल्लाहको संघर्षलाई सफलतापुर्वक दोहर्याएका थिए। त्यस्तै सन् २००० मा हिजबुल्लाह र इजरायल बिच भएको युद्धमा इजरायललाई पराजित गर्न पनि नेतृत्वदायी भूमिका खेलेका थिए। उनको यो भूमिकाका कारण उनलाई अरब जगतमा नायकको रुपमा सम्मान गरिन्थियो।

Image source: https://gdb.voanews.com