ड्र्यागनफ्लाइले पनि मरेको अभिनय गर्छ !

संसार विचित्रको छ र यहाँ अनेकन विचित्रका कुराहरु हुने गर्छ । त्यस्तै एउटा विचित्रको कुरा चाहिँ पोथी ड्र्यागफ्लाइले भालेबाट पन्छिनका लागि मरेको अभिनय गर्नु पनि हो ।

केही पोथी ड्र्यागनफ्लाइहरूले कहिलेकाहीँ आफूलाई मरेको जस्तो देखाएर नर ड्र्यागनफ्लाइसँग अन्तर्क्रिया गर्नबाट बच्न खोज्छन्। वैज्ञानिक अनुसन्धानले देखाएको छ कि यो व्यवहार खासगरी एश्ना जुनेआ (Aeshna juncea) प्रजातिको ड्र्यागनफ्लाईहरूमा देखिन्छ। जब भाले ड्र्यागनफ्लाइले सम्भोग क्रियाको लागि पछ्याउँछन्, केही पोथीहरूले मरेको अभिनय गर्ने गर्छन् । त्यस दौरानमा उनीहरुले आफ्नो शरीरलाई हावामा खुल्ला छाडिदिएर जमिनमा झर्ने गर्छन् र हलनचलनको अवस्थामा रहेर आफूलाई मृत भएको जस्तो देखाउँछन्। यो रणनीतिले उनीहरूलाई भालेको अनावश्यक ‘प्रताडना’बाट बच्न र उनीहरुलाई झुक्याउन सफलता प्राप्त गर्ने गर्छन् ।

पोथीहरूले आफूलाई भालेको अनावश्यक उत्पीडनबाट बच्न र आफ्नो ऊर्जा बचत गर्न यो व्यवहार अपनाउने गर्छन् । कतिपय अवस्थामा भालेको लगातार पछ्याइ  पोथीहरूको लागि थकानपूर्ण र असुरक्षित हुन सक्छ।