‘बीआरआईलाई खेलाँचीको रुपमा लिएर गरिसकेको सम्झौताबाट पछि हट्न मिल्दैन’
राजन भट्टराई, नेकपा एमालेका नेता
नेपालमा यतिखेर बहसको एउटा विषय चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) बनेको छ । नेपाले बीआरआइमा सहमति जनाएको लामो समय बितिसक्दा पनि त्यसको कार्यान्वयनका लागि औपचारिक प्रक्रियाहरु अघि बढ्न सकेको छैन । खासगरी, भूराजनीतिक चलखले तथा नेपालको विशिष्ट भूराजनीतिक संवेदनशीलताको बीच यतिखेर बीआरआइ कार्यान्वयन गर्ने कुरा निक्कै जटील सवाल बनेको महसूस हुन थालेको छ । कतिसम्म भने, अघिल्लो प्रचण्ड सरकारले बीआरलाई कायान्वयन गर्न खोज्दा नै उनी सत्ताच्यूत हुनपर्ने परिस्थिति सिर्जना भएको भन्ने खालको बुझाइ पनि एकाथरिको रहेको छ ।
यस्तो स्थितिबीच हालका सत्तारुढ घटक नेकपा एमालेका नेता एवं परराष्ट्र मामिला प्रमुख राजन भट्टराईले भने सात वर्षअघि सम्झौता भइसकेको बीआरआइलाई खेलाचीको रुपमा लिन नहुने तथा अन्तर्राष्ट्रिय कानूनको एउटा अंग बनिसकेको बीआरआइबाट नेपाल पछि हट्न नसक्ने बताएका छन् ।
उनको भनाइ थियो– नजिकको छिमेकी, उदाउँदो शक्तिसँग सम्झौता गरिसकेको कुराबाट हामी कदापि पछाडि हट्न सक्दैनौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागले काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा साउन ३ गते आयोजना गरेको ‘विआरआईः वास्तविकता र भ्रम’ शीर्षकको अन्तक्र्रियामा भट्टराईले राखेका विचार तलको भिडियोमाः
सरकार कि विनिर्माणको प्रयोगशाला ?
क्युबाको आर्थिक सुधार र समाजवादी नवीकरणको सम्भावना
सुधार र खुलापनको नीतिदेखि यता चीनको शीर्ष नेतृत्वले चिनियाँ भाष्यलाई कसरी न…
उपभोक्ता शक्तिको भ्रम: खाद्यान्नलाई बजारीकरणबाट मुक्त गर्ने बेला किन भयो?
नेपालमा टेक्नो-फासीवादको विनिर्माण
आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण
विकास आयोजनामा सामाजिक तथा वातावरणीय सुरक्षण र अनुपालन
प्रतिक्रिया