दुई शिकारी
एक बथान जंगली हाँस माथि आकाशमा उडिरहेको थियो । दुई जना शिकारी बन्दुक ताकेर गोली छोडुँ छोडुँ भन्ने सुरमा थिए, त्यसबेला तीमध्ये एकजना शिकारीले भन्यो, “हेर हेर हाँस कति मोटो ! यस्तो माटो ताजा हाँसको मासु सोयावीनको चटनी राखेर पकाउने हो भने बडो स्वादिष्ट होला हगि ?”
“हैन, हैन यो हाँसलाई त भु्रँग्रोमा पोलेर नुनसित खायो भने पो स्वादिष्ट हुन्छ त !” अर्को शिकारीले भन्यो ।
कुरा मिलेन । कसरी पकाउने भन्नेमा बहसै चल्यो । धेरै बेर बहस चल्यो । मतैक्य हुन सकेन । आखिरमा बल्ल बल्ल दुई जनाका बीच संझौता भयो–“ल, अब आधा हाँस सोयावीनको चटनी राखेर पकाउने, आधा भुंग्रोमा पोल्ने !”
यसरी संझौता हुँदासम्ममा जंगली हाँसहरु उडेर अन्तै कतै पुगिसकेका थिए ।
प्रस्तुति: शारदारमण नेपाल
प्रतिक्रिया