एउटै विषवृक्षका फरक फरक हाँगाहरु !

लौ न के गर्ने ? त्यो त्यहाँ पुगेको नयाँ मान्छेले त खोल्द्यूँ भन्छ ! खोलुँ खोलुँ पनि गर्छ । फ्यास्स खोल्दिन के बेर ! खोलेपछि त खोलिहाल्यो नि !

हैन, कसको के खोल्ने ? उसको खोल्ने कि हाम्रो खोल्ने ? महाभारतमा राजसभाका बीच दु:शासनले रानी द्रौपदीको सारी खोल्याथ्यो हैन ?”

अँ खोल्याथ्यो । अनि के भो त ?”

अनि के भो ? त्यो पनि सोध्ने कुरा हो ? दुनियाँका अगाडि निर्वस्त्र भएपछि अनि के भो ? मुख देखाएर हिँड्न नहुने भो । अरु के भो ?”

मुख देखाएर हिँड्न नहुने भए जे खोल्यो त्यही देखाएर हिँड्ने नि ! भ्रष्ट भइसकिएपछि अव केको लाज ? रह्यो सभाको कुरो । यहाँ सभा पनि छैन । द्रौपदी पनि छैन । दुःशासनले यहाँ कसको के खोल्छ ? आफ्नै कन्धनी छिन्ला छिन्ला जस्तो छ । त्यस्ताले कसको के खोल्छ । जे खोल्छ आफ्नै खोल्छ । कन्धनी नै चुँडिएपछि सवै छरपस्ट । जे खुल्छ अ दुःशासनकै पनि खुल्छ ।

फाइल भनेको त्यसको बाउको लगौँटी हो ? कि त्यसकै लगौँटी हो ?”

फेरि पनि खोल्द्यूँ ? खोल्द्यूँ ? भन्यो । आज पनि भेट्नेबित्तिकै भन्यो । कति मात्तिएको होला ? लौ न के गर्ने ?”

के खोल्द्यूँ भन्यो ?”

फाइल खोल्द्यूँ ? भन्यो ।

फाइल भनेको त्यसको बाउको लगौँटी हो ? कि त्यसकै लगौँटी हो ?”

फाइल भनेको हाम्रो पनि लगौँटी हो । प्रत्यक्ष र प्रतिपक्षमा रहेका हामी सव भ्रष्टहरुको लगौँटी हो ।

त्यसो भए मुलुकका ठुलाबडा जति आज फाइलकै लगौँटी लाएर बस्या छन् ?”

खै के हो ? के हो ? फाइलले ठुलाबडाको लगौँटी लाएको हो कि, ठुलाबडाले फाइलको लगौँटी लाएको हो । हिजोआज जहाँ जे कुरामा झगडा परेपछि एकले अर्काको फाइल खोल्द्यूँ भन्छ ।

यी आज समाजमा यत्र तत्र सुनिने सम्वादहरु हुन् ।

बिचराहरु कति दीन, हीन र दुःखी छन् । फाइल खुल्ला कि भन्ने डरले रात रातभरि निदाउँदैनन् । निदाउने ताल सुर मिल्ला कि भनेर कहिले दिल्ली, कहिले टोकियो र कहिले वासिङ्गटन पनि पुगेका छन् । जसरी पनि कमाउने दुर्व्यसनले सिट्ठन भएका बिचरा निशाचर निशाचरीहरु बल्लतल्ल आँखा लाग्दा सपनामा पनि झस्कन्छन् र खोल्यो खोल्यो भन्दै जुरुक्क उठ्छन् ।

यिनका तमाम करतूतहरुको फाइल त खोल्नै पर्ने हो । तर एउटा सिसाघरेले अर्को सिसाघरेलाई ढुङ्गा हान्न सक्छ र भन्या ? आफू सिसाघरे नरहेको भए र निर्दोष एवम् निर्भीक मुटूको देशभक्त नेपाली रहन सकेको भए ठाउँमा पुगेकै दिनबाट एक एक बदमासहरुको फाइल खोल्थ्यो । खोल्द्यूँ खोल्द्यूँ भनिरहँदैनथ्यो ।

भुक्ने कुक्कुर टोक्दैन । टोक्ने कुक्कुर भुक्दैन । कायर बढी कराउँछ । शूर वीर बढी बोल्दैन । शूराको त काम बोल्छ ।

जनताबीच यस्ता टिप्पणीहरु पनि सुनिन्छन् । आजका नेपाली जनता हिजोका जस्ता छैनन् । हरेक दृष्टिले सचेत बनिसकेका छन् ।

भुक्ने कुक्कुर टोक्दैन । टोक्ने कुक्कुर भुक्दैन । कायर बढी कराउँछ । शूर वीर बढी बोल्दैन । शूराको त काम बोल्छ ।यो आम नेपालीको परम्परागत अनुभवको अभिव्यक्ति हो ।

अव यो फाइलकाजीले फेरि पनि खोल्द्यूँ ? भन्यो भने  र भ्रष्ट बडाकाजीहरुले ल खोल्दे । अहिल्यै यत्ति बेलै खोल्दे भनेर नाइटो देखाइदिए भने ? कुइँ कुइँ गर्दै टाङ्मुनि पुच्छर लुकाएर भाग्ने त हैन ?”

भागेन भने ? खोलेर तिनका टाउकामा पिसाप गरिदियो भने ? अथवा तिनका टाउकोमा टुक्रुक्क बसेर अजीर्ण छेरि नै दियो भने । त्यो वीभत्स रस कुन नाकले थाम्ने ?” कति भ्रष्टहरु डराएका पनि छन् । 

त्यसरी भ्रष्ट बडाकाजीहरुको टाउकाकै दोहोलो काढ्न त सगरमाथा जत्तिकै उच्च नैतिक बल हुनुपर्छ । दाह्री भएर पुग्दैन, इमानदारी हुनुपर्छ, समझदारी हुनुपर्छ, वफादारी हुनु पर्छ, बहादुरी पनि हुनुपर्छ ।

चोरलाई जुनकिरीको पिल पिलसित पनि डर लाग्छ । घट्टमा सुतेकालाई डाँडापारि मेघ गर्जँदा पनि डर लाग्छ । पत्करलाई मामुली हावाको कुरा सुन्दा पनि डर लाग्छ ।

आफ्ना लाजमर्नु करतूतका फाइल लुकाउन अरुका फाइल खोल्द्यूँ ? खोल्द्यूँ ? भन्नेले के खोल्छ ? बित्यास पर्दा शौचालयको खापा पनि खोल्न सक्दैन भन्नेहरु पनि छन् । यसले जति चुरीफुरी गरे पनि फाइल समाति बस्ने हातहरु आफ्नै मान्छेका छन् । तिनीहरु स्वयम् भ्रष्ट हुन् र तिनले ज्यान गए पनि फाइल खुल्न दिँदैनन् भनेर ढुक्क हुने भ्रष्ट बडाकाजीहरु धेरै छन् । देश जनताको नियति अभैm यतैतिर अल्झिएको छ कि जस्तो पनि लाग्छ ।

चोरलाई जुनकिरीको पिल पिलसित पनि डर लाग्छ । घट्टमा सुतेकालाई डाँडापारि मेघ गर्जँदा पनि डर लाग्छ । पत्करलाई मामुली हावाको कुरा सुन्दा पनि डर लाग्छ । सुकेको खरलाई सलाइको काँटीसँग डर लाग्छ । झुलोलाई चकमकसँग डर लाग्छ । अझ मुटू कमजोर बनिसकेका मनुवालाई त कसैले एउटा खाली बोत्तल उठाएर बिर्को खोल्द्यूँ भन्यो भने पनि डर लाग्छ । यस्तो यो स्वभाविकताको पक्ष पनि छ ।

गम्भीर अवलोकनले देखाउँछ जसले चुरीफुरीका साथ खोल्द्यूँ खोल्द्यूँको अभिनय गरिरहेको छ उ स्वयम् एक खाली बोत्तल हो, सन्जोगव अहिले उ आफैं उखानतुक्काका हातमा परेको छ ।

हो, गल्ती गरिआएकाहरुलाई डर लाग्छ । जो गल्ती गरिआएको छैन र यथार्थ द्रष्टा पनि छ उसलाई डर लाग्दैन । उसले त अगाडिको दृश्य हेर्छ । नाटक हो कि यथार्थ हो त्यो हेर्छ । नियालेर हेर्नेले देख्छ खाली बोत्तल लिएर खोल्द्यूँ भन्नेकै हातमा पो छ बिर्को ? अहिले जसले खोल्द्यूँ खोल्द्यूँ भनिरहेको छ उ स्वयम् एक खाली बोत्तल त होइन ? गम्भीर अवलोकनले देखाउँछ जसले चुरीफुरीका साथ खोल्द्यूँ खोल्द्यूँको अभिनय गरिरहेको छ उ स्वयम् एक खाली बोत्तल हो, सन्जोगव अहिले उ आफैं उखानतुक्काका हातमा परेको छ । बोत्तललाई रित्तो र निरर्थक देखाइदिन र आफ्नो वर्चस्व बढाउन उखान तुक्काले दह्रो किसिमले सामनीति प्रयोग गरेको छ । उखानतुक्कामा लामो अनुभव छ ।  दूरदर्शिता छ । चाहिनेभन्दा बढी चलाखी पनि छ । धीर गम्भीर खेलाडी मानसिकता लिएर बोत्तलसँग  खेलिरहेको छ उखानतुक्का  । बिचरो बोत्तल आफैं निरीह छ । प्रतिक्षण उ आफैं निरर्थकतामा खुल्दै र छ्याङ्ग हुँदै आएको छ । आफैं अर्काका हातमा परेको बिचरो बोत्तलले कसको के खोल्छ ? सर्पका मुखमा परेको भानुभक्तको भ्यागुतोले अगाडि आकाशमा उडिरहेको हाँस समातेर खान खोजेजस्तै बिरह लाग्दो विडम्वना पनि  हो यो । जो यो खोल्दे सिम सिम नाटकमा सम्मिलित छन् ती त अभिनेता हुन् । अभिनयमै तल्लीन छन् । बुझेर नबुझेर जानेर नजानेर अभिनयमै तल्लीन छन् । कहाँ के हुँदैछ त्यसको थाहा समेट्ने त दर्शकहरुले हो ।

फैं अर्काका हातमा परेको बिचरो बोत्तलले कसको के खोल्छ ? सर्पका मुखमा परेको भानुभक्तको भ्यागुतोले अगाडि आकाशमा उडिरहेको हाँस समातेर खान खोजेजस्तै बिरह लाग्दो विडम्वना पनि  हो यो ।

हाम्रा दर्शकहरु अलि भावुक बढी छन् । भावुकता पुराणश्रोताहरुलाई काम लाग्ला वर्तमानका द्रष्टाहरुलाई त विवेकशीलता काम लाग्छ । आजको विकसित परिवेशमा जावो एक्सरे मेसिनले जति पनि काम गर्न नसक्ने आँखा के आँखा ?

कति मानिसहरु आज तथ्यबोधको साधनामा पनि छन् । सिरोहियाजस्तो वहुआयामिक शक्ति जुक्तिको खतरनाक मकरमत्स्यलाई यति फितलो आरोपको चयन किन ? आरोप चयनमै पनि उखानतुक्काको करामत त छैन ? नचिनेका भ्रष्ट बडाकाजी त होइनन् नि  । हुन् र ?” यसरी प्रश्न गर्नेहरु पनि छन् नेपाली समाजमा ।

राजनीतिक व्यवहारका दृष्टिले हेर्दा बिर्सन नहुने खाँटी कुरा के पनि छ भने

यं प्रशंसन्ति राजान: यं प्रशंसन्ति तस्करा:

बन्धका: यं प्रशंसन्ति स पार्थ पुरुषाधम:

अर्थात् सत्ता राजनीति गर्नेहरु, तस्करहरु, मोल पाएपछि जसको पनि हुन सक्ने बिकाउ चरित्रका व्यक्तिहरु जसको प्रशंसा गर्छन् ती असल मान्छे हुन सक्दैनन् ।

महाभारत अनुशासनपर्व

सवै हाँगाहरु सत्ता प्राप्ति र भोगचलनका पक्षधरहरु हुन् । देश जनताका लागि यिनमा फुल्ने, फल्ने बिखैहो ।

नेपालमा नेपाली काङ्ग्रेसले जसको विरोध गर्छ त्यो असल मान्छे हुनु पर्छ । जसको काङ्ग्रेसले प्रशंसा गर्छ, समर्थन गर्छ त्यो खराब मान्छे हुनुपर्छ । खराब मान्छेको काङ्ग्रेसले विरोध गर्दैन । समर्थन गर्छ । इतिहाससिद्ध यस कोणबाट हेर्दा आज चर्चामा आएकामध्ये को कति के हो दूधको दूध पानीको पानी छुट्टिएको हेर्न अझ केही दिन पर्खनु पर्ला कि ?

हुन त खोल्द्यूँ खोल्द्यूँखोल्ला कि ?’ ‘खोल्ला कि ?’ दुवै एउटै विषवृक्षका विभिन्न हाँगाहरु हुन् । भूमिका नाटकीय हो र निर्देशकको सोच अनुसार आवश्यकता देखिए यूँ परिवर्तन हुन पनि सक्छ । सवै हाँगाहरु सत्ता प्राप्ति र भोगचलनका पक्षधरहरु हुन् । देश जनताका लागि यिनमा फुल्ने, फल्ने बिखैहो । आजका दिनमा जनताका लागि त अवस्था परवर्तनको भूलभुलैया होइन, व्यवस्था परिवर्तनको आवश्यकता हो । टडकारो आवश्यकता हो । यसैले

विषवृक्षोपि सम्वर्ध्य स्वयम् छेत्तुमसाम्प्रतम् । अर्थात् विखकै बोट पनि उमारेर हुर्काएपछि आफैंले उखेल्नु ढाल्नु मनासिप हुँदैन ।

देश जनता खाइपचाइआएका सत्तासीनहरुले परम्परागत शोषण दमनको यथास्थिति कायम राख्नकै निमित्त जनताबीच फिँजाउँदै आएको निक्खरा अन्धविश्वा हो यो । अव हामी नेपाली जनताले यस्ता अन्धविश्वासहरु विरुद्ध हात हातमा बन्चरो लिएर जर्‍याक्जुरुक् उठ्नु पर्छ  र शुभ कार्यमा प्रवृत्त हुनु पर्छ । वेला भइसकेको छ । जतिखेर ब्यूँझिइयो त्यति खेर बिहानी ।