हाम्रो देश नेपाल र हामी नेपालीहरु !

नेपालीहरु सक्कियौँ यदि भने नेपाल माटो न हो । हिँड्ने मानिस हो सशक्त गतिले सिद्धान्त बाटो न हो । जो दावानल राजनीति तिमीले झोस्यौ, डढायौ बन मास्नै लक्ष्य थियो त जंगलभरि बाटो खन्यायौ किन ?”

यो हामी सवै नेपालीहरुको प्रश्न हो । प्रश्न कोसित ? यो भनिरहनुपर्ने कुरै रहेन ।

नेपाली समाज, नेपाली सभ्यता र नेपाल देशको निर्माता नेपालीहरु नै हुन् । नेपाललाई माया गर्ने नेपालीहरु नरहेका भए विगतमा नेपाल न एकीकृत हुन्थ्यो । न सुरक्षित नै रहन्थ्यो । नेपाली हुनुमा गौरव गर्ने र नेपालका लागि गर्धन दिन पछि नहट्ने हाम्रा बहादूर नेपाली पुर्खाहरुकै त्याग तपस्या र वलिदानका कारण हामी अद्यावधि नेपाली भएर रहन पाएका छौँ ।

हाम्रा पुर्खाहरुले देश र देशवासीको महत्व बुझेका थिए । नेपाली मन मुटूको महत्व बुझेका थिए ।  मान्छेको महत्व बुझेका थिए । यसै भएर सुखानन्दका खोजीमा विदेशलाई कहिल्यै गन्तव्य बनाएनन् । मृगतृष्णाको वशीभूत भएर आफ्नो बेडरुममा विदेशीहरुलाई प्रवेश कहिल्यै गराएनन् ।

राष्टे« वयम् जागृयामः पुरोहिताः स्वाहाअर्थात् हामी हाम्रो राष्ट्रका लागि सधैँ चौकन्ना रहेर काम गर्छौँ, हाम्रा अगाडि रहेर पथप्रदर्शन गर्ने हाम्रा नेताहरुले हामीलाई सही बाटो देखाउन् ।

हाम्रा पुर्खाहरुले मृगतृष्णाको वशीभूत भएर आफ्नो बेडरुममा विदेशीहरुलाई प्रवेश कहिल्यै गराएनन् ।

पुरः अग्रे हितम् करोति इति पुरोहितः जसले देशवासीका अगाडि अगाडि रहेर सवैको हित गर्छ त्यही पुरोहित । पुरोहितप्रचलित अर्थको कर्मकाण्डी पुरेतहोइन  । वेदमा पुरोहितको अर्थ जन समाजलाई हितकारी बाटो देखाउने नेताथियो र राष्ट्रको अर्थ सिङ्गो देशथियो । हाम्रो परम्परागत राष्ट्रशब्द अङ्ग्रेजी भाषाका नेशनशब्दको पर्यायवाची होइन । हुँदै होइन । हुनै सक्दैन ।

अव हामी एक छिन सृष्टिमा मान्छे मात्रका बारेमा   सामान्य छलफल चलाएर पुनः आफ्नो निष्कर्षमा फर्कने प्रयत्न गरौँ ।

मान्छे के हो भन्ने सम्बन्धमा पश्चिमा विद्वान्हरुले विभिन्न सन्दर्भमा विभिन्न निर्क्यौल सुनाएका छन् । हाम्रा प्राचीन ऋषि मुनिहरुले पनि यसबारे गम्भीर छलफल चलाएका छन् र निष्कर्षहरु पेस गरेका छन् । महाभारत कालमा महाभारतको युद्ध सकिएपछिको शान्तिपर्वमा  वासुदेव कृष्णका प्रेरणामा राजा युधिष्ठिरका प्रश्नको उत्तर दिँदै शरशैयाशायी पितामह भीष्मले भनेका छन्,

गुह्यम् यद् व्रह्म तदहम् व्रवीमि

न मानुषात् श्रेष्ठतरम् हि किन्चित् ।

संसारको एक मात्र सत्यलाई व्रह्मसत्य भन्छन् । म तिमीलाई त्यही व्रह्मसत्य भन्छु, बावु युधिष्ठिर, यस सृष्टिमा सर्वश्रेष्ठ रचना मानव हो । मान्छेभन्दा श्रेष्ठ यस संसारमा अरु केही पनि छैन ।

समग्र संसारको रचना र पुनर्रचना गर्नसक्ने बोधि संबोधि महाविद्युत्युक्त, अनन्त क्षमतावान् मस्तिष्क छ मान्छेसँग । मान्छेको अन्तष्करणमा उत्कृष्टताको सारतत्व बीज रुपमा विद्यमान छ यसलाई बिउँझाएर मानिस सामान्यबाट महामानव बन्न सक्छ ।

जीवधारीहरुबीच मानिस नै यस्तो प्राणी हो जो विवेक बुद्धिले समन्वित छ । शारीरिक मानसिक बौद्धिक क्षमताका अतिरिक्त मानिससँग भावना छ, सम्वेदनशीलता छ, सौन्दर्यबोध छ, सृजनक्षमता छ, निर्माण र विनिर्माणका ताकतहरु छन् । समग्र संसारको रचना र पुनर्रचना गर्नसक्ने बोधि संबोधि महाविद्युत्युक्त, अनन्त क्षमतावान् मस्तिष्क छ मान्छेसँग । मान्छेको अन्तष्करणमा उत्कृष्टताको सारतत्व बीज रुपमा विद्यमान छ यसलाई बिउँझाएर मानिस सामान्यबाट महामानव बन्न सक्छ ।

पाश्चात्य मनीषि कोर्लिस ल्यामोन्टले आफ्नो सुप्रसिद्ध कृति ह्युम्यानिज्म एज अ फिलासफीमा लेखेका छन्, यस सृष्टिमा अनेकौँ आश्चर्यहरु छन् । यिनमा मानिसभन्दा अद्भुत र श्रेष्ठ अरु केही छैन । पास्कलका मतानुसार मानिस यस संसारको सर्वश्रेष्ठ बौद्धिक जीव हो । सत्य तथ्य जानकारी जुटाएर मानिस सुष्टिका सम्पूर्ण यथार्थलाई अभिव्यक्त गर्न समर्थ छ । रुसोको मतानुसार मानिस जन्मत: स्वतन्त्र छ र पनि विभिन्न किसिमका बन्धनमा बाँधिएको छ । सुकरातले भनेका छन्, मानव जीवन श्रेष्ठ त छ तर पर्याप्त ज्ञान भएन भने यो व्यर्थ पनि हुन सक्छ । मारकस एन्टोनियसले आफ्नो पुस्तक टु हिमसेल्फमा लेखेका छन्, मानिस नै सृष्टि र यसका समस्त क्रियाहरुको मूल केन्द्र हो र पनि मानिस आफैं आफ्नो लागि समस्या हो । संसारका रहस्यहरुको पर्दा उघारेर जानकारी लिन समर्थ भए पनि मानिस आफ्नो बारेमा अनभिज्ञ नै रहिआएको छ । आफ्नो र आफ्नो अस्तित्वका सम्बन्धमा उत्सुकताका साथ आफ्नो र आफ्नो परिवेशको अध्ययन परीक्षण गरिआएको छ ।

आइडियाज अफ ग्रेट फिलोसफरनामक आफ्नो सुप्रसिद्ध कृतिमा एस०एस० फास्टले भनेका छन्, सर्वोच्च सत्तासँग सम्बन्धित हुनुका कारण मानिस त्यसभन्दा अलि तल छ । प्रसिद्ध युनानी दार्शनिक पाइथागोरसको भनाइ छ, मानिस नै समस्त वस्तुहरुको मापदण्ड हो । चिनी दार्शनिक कन्फ्युसियस भन्छन्, मानिसको मापदण्ड मानिस नै हो । हरेक दृष्टिले यस सृष्टिको सूत्र हो मानिस । मानिस नै समाज र मूल्यहरुको माध्यम तथा समस्त संस्कृति र शक्तिको स्रोत हो । ऐतरेय उपनिषदले पनि भन्छ, ताभ्यः पुरुषमानयत्ता अब्रुवन् सुकृतं बतेति अर्थात् मानिस विश्वशक्तिको सुन्दरतम कृति हो । स्वामी विवेकानन्द भन्छन्, मानवजीवन सर्वश्रेष्ठ जीवन हो । यो पशुता,मानवता र देवत्वको संयोग हो । अशुभलाई शुभमा बदलिदिने र स्वार्थलाई परमार्थमा तिरोहित गराइदिने क्षमताका कारण मानिस प्रकृतिको सर्वश्रेष्ठ कृति हो ।

इजिप्टका प्रख्यात सन्त दार्शनिक हरमेस ट्रिस्मेजिस्टस भन्छन् मानिस इश्वरको एक दिव्य चमत्कार हो । मानिसका बराबर गौरवशाली, मर्यादित र श्रद्धास्पद अर्को प्राणी धर्तीमा छैन । मानिसका शरीरमा इश्वरको प्रवेश छ । परमात्म सत्ताको प्रतीक प्रतिनिधि हुनुका कारण मानिस स्वयम्मा समस्त ईश्वरीय गुणहरुले अभिपूरित छ । यसै कारण मानिसको दृष्टि पतनबाट जोगिएर उच्चता एवम् श्रेष्टतातिर जान उद्यत रहन्छ ।

मानिस के हो ?’ यस प्रश्नको उत्तर मानिस के होइन ?’ को प्रतिप्रश्नले दिन सक्छ । मानिस सव थोक हो । मानिसभित्र वीज रुपमा विकासका असीम सम्भावनाहरु  विद्यमान छन् । मानिस आफ्नो विषयमा जस्तो सोच बनाउँछ त्यस्तै बन्छ । मानिस एक अनगढ प्राणी हो । बनिबनाउ यन्त्र होइन ।

प्रख्यात ग्रीक दार्शनिक पिको डेला मिरान डोला तथा अर्नेस्ट क्यासिररले मानिसलाई सार्वभौम मानवभनेका छ न् । तदनुरुप मानिसको व्यापक स्वरुप प्रस्तुत गरेका छन् । उनी भन्छन्, आफ्नो विकास तथा पतनका लागि मानिस स्वयम् जिम्मेवार छ । हित अहितको निर्क्यौल तथा वरण गर्न मानिस स्वतन्त्र छ । मानिस स्वेच्छाले आफ्नो कर्मका माध्यमबाट निम्न योनिहरुमा भ्रमण गर्न सक्छ, दिव्य योनिहरुमा जन्मेर मोक्ष प्राप्त गर्न पनि सक्छ । यो चानचुने प्रप्ति होइन ।

मानिस के हो ?’ यस प्रश्नको उत्तर मानिस के होइन ?’ को प्रतिप्रश्नले दिन सक्छ । मानिस सव थोक हो । मानिसभित्र वीज रुपमा विकासका असीम सम्भावनाहरु  विद्यमान छन् । मानिस आफ्नो विषयमा जस्तो सोच बनाउँछ त्यस्तै बन्छ । मानिस एक अनगढ प्राणी हो । बनिबनाउ यन्त्र होइन । यसलाई चाहेअनुसार सुन्दर समुन्नत बनाउन सकिन्छ । अधोगामी बाटो लाग्दा नरपशु, नराधम बन्न पनि सकिन्छ । आफ्नो रोजाइको बाटो लिन मानिस स्वतन्त्र छ । शरीर, मन, अन्तस्करण र त्यसमा जोडिएका असामान्य क्षमताहरु सवैले सही उद्देश्यमा जोडिन पाउँदा मानिसका विकासका मार्गहरु भकाकभक खोलिन सक्छन् । यिनै शक्तिहरु निकृष्ट दिशामा नियोजित हुन जाँदा पतन र पराभवतिर धकेलिन पनि सक्छ मान्छे ।

विश्वकै श्रमजीवी जनताका महान् गुरु कार्ल मार्क्सले श्रमशील हातहरुसहितका मानव नै संसारको सुन्दरतम सृष्टि हो भन्नुभएको छ । लेनिन र माओ जस्ता कम्युनिष्ट क्रान्तिका महान् हस्तिहरुले पनि अनवरत अग्रगामी  सभ्यता र संस्कृतिका अथक सृजेता मानवको  अर्थात् देशभक्त जनताको ससन्दर्भ महत्वबोधनका साथ अर्थपूर्ण प्रशंसा गरेका छन् ।

गम्दै जाँदा मलाई लाग्छ, मानिसलाई भौतिक र आध्यात्मिक दुवै पाटाको समष्ठिमा जसरी अदियोगी शिव, कर्मयोगी वासुदेव कृष्ण, कर्मवीर देवव्रत भीष्मले यसको सम्पूर्णतामा व्यक्त गरेका छन् अरुका परिचायनमा त्यो पूर्णता अझै व्यक्त भएको पाइँदैन ।

समाजशास्त्रीहरुका अनुसार मानिस एक सामाजिक प्राणी हो । समाजको अग्रगमनमा मानिसको ठूलो भूमिका  रहिआएको छ । मानवशास्त्रीका अनुसार मानिस कुशाग्र दृष्टि, सुविकसित मस्तिष्क, कल्पनाशील मन र सर्वसमर्थ  शरीरले सम्पन्न एक समुन्नत प्राणी हो । पुरातत्ववेत्ताहरु भन्छन् मानिस संस्कृतिको सन्चायक, नगरका निर्माता, माटोका भाँडादेखि विभिन्न कलाकृतिहरुको आविष्कारक,कृषि, उद्योग, साहित्य, कला आदिको योजनाकार र निर्माता हो । यसैगरी जीववैज्ञानिक, रसायनविद्, मनोवैज्ञानिक आदिले मानिसका सम्बन्धमा आफ आफ्ना विचार विश्लेषण प्रस्तुत गरेका छन् । अध्यात्मविद्हरुले मानिस जगन्नियन्ता ईश्वरको अंशधर आत्मा भनेका छन् । उनीहरु भन्छन्, फूलाई विभिन्न रसायनहरुको सम्मिश्रण, मूलप्रवृत्तिहरुको दास, अणुहरुको संगठन, हिँड्ने डुल्ने  नश्वर प्राणी मात्र मान्नु मानिसका लागि सुहाउँदो कुरा होइन । मानिस यो भौतिक कलेवर मात्र होइन सुरदुर्लभ गरिमा हो । विशिष्ट प्रयोजनका लागि यो जीवन प्राप्त भएको छ । यसलाई तदनुरुप जिउन सक्नुपर्छ ।

गम्दै जाँदा मलाई लाग्छ, मानिसलाई भौतिक र आध्यात्मिक दुवै पाटाको समष्ठिमा जसरी अदियोगी शिव, कर्मयोगी वासुदेव कृष्ण, कर्मवीर देवव्रत भीष्मले यसको सम्पूर्णतामा व्यक्त गरेका छन् अरुका परिचायनमा त्यो पूर्णता अझै व्यक्त भएको पाइँदैन ।

मानिस आफ्नो इच्छाले व्रह्मचर्य साधना गर्न सक्छ, गार्हस्थ्य साधना गर्न सक्छ, ज्ञान साधना, कला साधना, तपःसाधना, आदि अनेकौँ साधना गर्न सक्छ । क्रान्ति साधना समेत पनि गर्न सक्छ । साधनाबाट मानिस बल, विद्या, धन, मान, प्रतिष्ठा, शान्ति, आत्मबोध र देश एवम् समाजको यथास्थितिमा प्रगतिपरक परिवर्तन लगायत जे जत्रो उपलब्धि पनि प्राप्त गर्न सक्छ । आफू, आफ्नो देश र समाजलाई सामान्यबाट विशिष्टमा रुपान्तरण गर्न सक्छ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् जनःजस्तो महान् लक्ष्य प्राप्त गर्न सक्छ ।

देशलाई देश बनाउने त मानिस नै हुन् । जसरी घरलाई घर बनाउने परिवार हो । परिजन कोही पनि भएन् र रित्तो रह्यो भने  घर खण्डहर बन्छ  । मानिसहरु अर्थात् निवासीहरु कोही रहेनन् भने देश सुनसान चिहान बन्छ । बन्दैन र ?

मान्छे छ र सपना कल्पनाहरु छन् । मान्छे छ र सृष्टिमा फूलहरु छन् । मान्छे छ र प्रकृतिमा सौन्दर्य छ, सुबास छ । हिमालमा शोभा छ । शश्यश्यामला वसुन्धरामा उर्बरता छ, उपयोगिता छ, । मान्छे छ र धर्तीमा जीवनको मिठास  छ ।

मानिस व्यष्टिमा व्यक्ति देखिन्छ । समष्टिमा मानिस नै समाज हो, जनता हो । देश हो । मानिस नै मानिसको संसार हो । बसोबास र विकास गर्ने मानिसहरु नै भएनन् भने देश के हुन्छ ? कहाँ हुन्छ ? देशलाई देश बनाउने त मानिस नै हुन् । जसरी घरलाई घर बनाउने परिवार हो । परिजन कोही पनि भएन् र रित्तो रह्यो भने  घर खण्डहर बन्छ  । मानिसहरु अर्थात् निवासीहरु कोही रहेनन् भने देश सुनसान चिहान बन्छ । बन्दैन र ?

मानिस नै मुलुकको बुद्धि बर्गत् र  उर्जा हो । प्रगति र विकासको सर्जक हो । मुलुकको सृजेता र रक्षिता हो  मानिस । आफ्नो बुद्धि बर्गत लगाएर मुलुकलाई रिमिझिसम पार्ने मानिस नै हो । जनता नै हो । मानिसलाई विदेश निकासी गरेर, बेचेर, देशको विकास हुन्छ भनि ठान्नु कुखुरी मार्दा आँगनभरि सूनका अण्डा बग्रेल्ती हुन्छन् र रातारात धनकुवेर भइन्छ भनिठान्नु जस्तै मूर्खता हो ।  मानिस बेच्नु त मूर्खता मात्र पनि होइन । बेच्नु पनि एक किसिमले मार्नु हो । थिचेर, मिचेर, काटेर, कुटेर शरीरबाट प्राण बाहिर निकालिदिनु नै  मार्नु हो । मार्नु अपराध  हो । मुलुक मार्नु अझ ठुलो अपराध हो । मानिस र मानिस नै अर्थात् रैथाने जनता  नै मुलुकको प्राण हो । प्राण बाहिर गएपछि देश मर्छ ।

विवेक हराएका स्वार्थलम्पट बिचरा भोका नाङ्गा राजनेताहरुले त सोच्नै सकेनन् । सोचेनन् । नेपालका आजका चैतन्ययुक्त युवा पुस्ताले र थोरै भए पनि इमानशेष नेताहरु तथा  सृजेताहरुले जिम्मेवारी बोधका साथ सोच्नुपर्ने कुरा आज यो पनि छ ।

महाभारतकालका भीष्मले  त्यति बेलै पहिल्याएको मानवको महत्व आजको यस एक्काइसौँ शताब्दिका वाम दक्षिण राजनेताहरुले पटक्कै नबुझेको देख्दा उदेक लाग्छ । उदेक लाग्ने मात्र होइन, भरङ्गै लाग्छ । ?