मुलुकको अवस्था बनाना रिपब्लिक जस्तो, हामीले पाखुरा सुर्क्यौं भने भारतले निमोठ्छ !

नेपालमा वैदेशिक लगानीबारे डा. बाबुराम भट्टराईका विचार

वर्षौंदेखि वैदेशिक लगानीको कुरा भए पनि खासै प्रगति भइरहेको छैन । नेपालमा वैदेशिक लगानी खासै आएकै छैन ।

–हामी कहाँ चुक्यौं ? नेपालमा वैदेशिक लगानी नआउनुको भित्री अन्तर्य के हो भनेर बहस छलफल गर्नु जरुरी छ ।

–हामीले चीजलाई सापेक्षतामा हेर्नुपर्छ । अरुको दाँजोमा नेपालले किन अर्थतन्त्र उकास्न सकेन ?

–अहिले भारत, अफ्रिका विशाल बजार बनेको छ । वैदेशिक लगानी परोपकारका लागि होइन, नाफाको लागि आउने हो । हाम्रो आवश्यकता र लगानीकर्ताको उद्देश्य मिलेपछि वैदेशिक लगानी आउने हो ।

–जसले जतिसुकै दावी गरे पनि मुलुकको कूल ग्राहस्थ उत्पादन औसतभन्दा तल छ र

–देश किन पछाडि पर्यो भन्नेबारे वैचारिक एकरुपता छैन ।

–शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म दक्ष जनशक्ति बन्दैन । त्यो नबनेसम्म हाम्रो देश आन्तरिक रुपमा पनि आकर्षक गन्तव्य बन्दैन ।

–हाम्रो जस्तो भरखर औद्योगिकीकरण हुन लागेको मुलुकमा पुँजी जरुरी छ । श्रमको आकर्षणले मात्रै वैदेशिक लगानी आउँदैन ।

–मस्क, अडानी जस्ता लगानीकर्ताका लागि नेपालको श्रमबजार हात्तीको मुखमा जीरा मात्रै हो ।

–सुगौली सन्धि, ५० को सन्धिका कारण नेपालको अर्थतन्त्र भारत निर्भर छ । हामीले पाखुरा सुर्क्यौं भने भारतले निमोठ्छ ।

–आन्तरिक बजार र जनसांख्यिकको हिसाबले नेपालको बजार सानो होइन । तर यो अड्किएको र आश्रित अर्थतन्त्र हो । बृद्धिविहीन अर्थतन्त्रलाई नभत्काएसम्म देशभित्र बजार बन्दैन ।

–भूराजनीतिक सन्तुलन नमिलाएरसम्म नेपालको अर्थतन्त्र अघि बढ्न सम्भव छैन ।

–अब के गर्ने? यो पनि हुँदैन, त्यो पनि हुँदैन भनेर बस्ने त ?

नेपाल प्रज्ञा प्रतिष्ठान र वैकल्पिक अध्ययन समाजले काठमाडौँमा आयोजना गरेको ‘नेपालको-आर्थिक सामाजिक क्षेत्रमा बैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा डा. बाबुराम भट्टराईले व्यक्त गरेका विचारको पूर्ण विववरण तलको भिडियोमा ।