तस्विरको आँखाले हामीलाई कसरी पछ्याउँछ ?
माथि दिइएको तस्विरमा हेर्नुहोस् । तस्विरकी महिलाको आँखाले सोझै तपाईंलाई हेरिरहेको देख्नुहुनेछ । अब तस्विरलाई दायाँ वा बायाँतिर लैजानुहोस् र फेरि तस्विरमा हेर्नुहोस् । अहिले पनि तस्विरकी महिलाले तपाईंलाई नै हेरिरहेकी छन् जस्तो तपाईंलाई भान हुन्छ । दायाँ बायाँ, छड्के, सोझो जतातिरबाट हेरेपनि तस्विरकी नारीले तपाईंलाई नै हेरिरहेकी जस्तो महसँस हुन्छ । अरु फोटोहरु हेर्दा पनि हामीलाई यस्तै लाग्छ ।
यस्तो किन हुन्छ होला त ?
हाम्रा आँखाहरु अरु मानिसहरुको आँखामा हेर्दाखेरि पूरा गोलाकार वस्तुको रुपमा हेर्ने कुरामा अभ्यस्त भएको हुन्छ । हामीले त्यसरी हेर्दा हामीले हेरेको व्यक्ति वा तस्विरको आँखाको नानी पूर्ण गोलाकार देखिएपछि मात्र हामीलाई सामन्नेका मानिसले हेरिरहेको अनुभूति हुन्छ । त्यो गोलाकारमा हुने सानो हलचल वा फेरबदललाई पनि हाम्रो आँखाले ठम्याइहाल्छ ।
माथिको तस्विरमा हामीले हेर्दा तस्विरको आँखाको गोलाकार नानी जस्ताको तस्तै रहन्छ । यस्तो स्थिति जीवित व्यक्तिको आँखामा चाहिँ रहँदैन । यही कारण नै तस्विरमा जुनसुकै कुनाबाट हेर्दा पनि हामीलाई तस्विरको आँखाले पछ्याइरहेको वा हामीतिर नै हेरिरहेको छ कि जस्तो महसुस हुन्छ ।
पृथ्वीको नजिकैबाट गुज्रियो विशाल आकाशीय पिण्ड
सूर्य र पृथ्वीको भविष्य: समयको अन्त्यसम्मको एक रोमाञ्चक यात्रा
कार्बन डेटिङ: प्राचीन इतिहास बुझ्ने वैज्ञानिक समय यन्त्र
मानव उत्पत्तिको नयाँ रहस्य: होमो इरेक्टसको जीवित अंश
पृथ्वी सोचेभन्दा धेरै तातिँदै छ: अबको तीन वर्षमा हामी १.५ डिग्रीको 'रेड जोन'…
ब्रम्हाण्डको रहस्य: अनन्त विस्तार र अदृश्य आश्चर्यहरू
पृथ्वीदेखि मानवसम्मको कथा: उत्पत्तिदेखि चेतनाको विकाससम्मको यात्रा
प्रतिक्रिया