एशियाली हात्तीहरू रोएर आफ्ना मृत बच्चालाई गाड्छन्

एसियाली हात्तीहरूले आफ्ना बच्चाहरूको मृत्युमा रोएर शोक गर्छन् र त्यसपछि मृत शरीरलाई गाड्छन्। भारतीय वैज्ञानिकहरुले आफ्नो अनुसन्धानका आधारमा यो कुरा बताएका हुन् । हात्तीहरुमा मृतकको  अन्त्येष्टि गर्ने संस्कार मानिससँग धेरै मिल्दोजुल्दो हुने गर्छ ।

अनुसन्धानकर्ताहरुले २०२२ देखि २०२३ का बीचमा कम्तिमा बीच कम-से-कम हात्तीका बच्चाहरुको पाँच चिहान फेला पारेका छन् । ती चिहानहरुमा मरेका बच्चा हात्तीलाई तिनका माउहरुले गाडेका थिए । ती सबै चिहानहरु भारतको बंगालमा फेला परेका हुन् । उक्त अनुसन्धान रिपोर्ट  यसै हप्ता प्रकाशित 'जर्नल ऑफ थ्रेटेंड टाक्सा'मा छापिएको छ ।  

यी सबै घटनाक्रमहरुमा माउ हात्तीले आफ्ना मृत बच्चाको लाशलाई आफ्नो सुँड र खुट्टाको मद्दतले अर्को ठाउँमा लगेको र त्यहाँ खाडल खनेर गाड्ने गरेको पाइएको छ । उनीहरुले त्यसरी लाश गाड्दा खुट्टा मास्तिर हुने गरी गाड्ने गरेको पाइएको छ ।

उक्त अनुसन्धान रिपोर्टमा भनिएको छ,  "हात्तीहरुलाई निगरानी गरिएका अवसरहरू, डिजिटल फोटोग्राफी, फिल्डनोट र पोस्टमार्टम रिपोर्टहरू हेरेपछि हामी भन्न सक्छौं कि बच्चाको मृत्युको कारण जेसुकै रहोस्, शवहरू असामान्य तरिकाले गाडिएको थियो।"

बच्चाको लाशमा रुनु–चिच्याउनु

अनुसन्धानकर्ताहरुले लेखेका छन् कि एक पटक त  हात्तीहरू गाडिएको बच्चा नजिकै चर्को आवाज निकाल्दै रोएको पनि देखियो। अनुसन्धानबाट ये कुरा पनि खुलेको छ कि उनीहरुले मृत बच्चाहरूलाई मात्र त्यसरी गाड्नका लागि लैजान्छ। ठूला र गह्रुँगो बोकेर लैजानका लागि सम्भव नहुने भएकोले हात्तीले त्यसरी बच्चाको लाशलाई मात्र लैजाने गरेको हुन सक्छ ।

अनुसन्धानकर्ताहरु परवीन कासवान र आकाशदीप रोयले हात्तीका पाँच बच्चाको मृत्युमा मानवीय हस्तक्षेप भएको कुनै प्रमाण नदेखेको बताउँछन्।  जुन स्थानमा ती बच्चा हात्तीका लाशहरु गाडिएका थिए, ती ठाउँका माटोमा १५–२० हात्तीको खुट्टाको छाप प्रष्ट देखिन्थ्यो । साथै, चिहानको माटोमा पनि हात्तीको खुट्टाको छाप भेटिएको छ ।

त्यसरी गाडिएका हात्तीको उमेर तीन महिनादेखि एक वर्षसम्म थियो । तिनीहरु सबैको मृत्यु अंगहरुले काम गर्न नसकेर भएको थियो ।  हात्तीले आफ्ना मृत बच्चाको लाश मानव बस्तीबाट सयौं मिटर टाढा चिया बगानमा सिँचाईका लागि बनाइएका नहर नजिक गाडेका थिए।

यो पनि पढ्नुहोस्

के हात्तीले पनि मृत्युसंस्कार गर्छ ?

 

सामाजिक और संवेदनशील हाथी

हात्तीको सामाजिक र सहयोगी व्यवहारबारे पहिलेदेखि नै मानिसले थाहा पाउँदै आएको कुरा हो ।  तर अफ्रिकी हात्तीहरूमा तिनीहरूका बच्चाहरूलाई गाड्ने सन्दर्भमा थोरै मात्र अध्ययनहरू भएका छ। एसियाली हात्तीहरूमा यस विषयमा कुनै विस्तृत अध्ययन भएको छैन।

अफ्रिका र एसियाका जंगली हात्तीहरू मरेका हात्तीको लाश गलेर खत्तम नहुँदासम्म कैयन पटक लाश भएको ठाउँमा जाने गर्छन् । यो कुरा पहिल्यै थाहा भइसकेको कुरा हो । तर अहिले  अहिले अन्त्येष्टि र शोक मनाउने गरेको खबर त्यो भन्दा फरक कुरा हो । यी सबै पाँच वटा घटनामा हात्तीहरू लाश गाडेको चिहानबाट टाढा गएका थिए। पछि उनीहरु त्यस ठाउँमा गएनन् । उनीहरु बसाइँसराइको समयमा पनि त्यो स्थानलाई छलेर अर्को समानान्तर मार्ग प्रयोग गरे।

इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (IUCN) का अनुसार एसियाली हात्तीको अस्तित्व खतरामा छ । यस प्रजातिका लगभग २६ हजार हात्तीहरू जंगलमा बस्छन् । तीमध्ये अधिकांश भारतमा र केही दक्षिणपूर्वी एशियामा। जंगलमा तिनीहरूको आयु ६०–७० वर्ष हुने गर्छ ।

स्रोत: https://www.dw.com