कोभिडबारे पुस्तकको लोकार्पण
पत्रकार दीपा दाहालद्वारा लिखित पुस्तक कोभिडः नसोचेको–नभोगेको सङ्कट पुस्तकको आज लोकार्पण गरिएको छ ।
सङ्घीय राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन प्रसिद्ध नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, संस्कृतिकर्मी गणेश रसिक र अभियन्ता मोहना अन्सारीले संयुक्त रुपमा गरेका थिए ।
पुस्तकको विशेषज्ञ सल्लाहकारमा डा. अनूप सुवेदी रहेका छन् ।

उक्त अवसरमा कोभिडका कारण आफ्ना जीवनसङ्गीनी गुमाएका गणेश रसिकले आफूले देखे भोगेका मार्मिक अनुभूतिहरुलाई साझेदारी गरेका थिए ।

सोही अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रममा डा. अनुप सुवेदी र डा. अर्जुन कार्कीले कोभिडको व्यवस्थापनको क्रममा देखे भोगेका अनभूति र कमी कमजोरीहरुबारे चर्चा गरेका थिए ।

कार्यक्रममा पुस्तकका मूल प्रकाशक बारबरा फाउण्डेसनका अध्यक्ष समेत रहेका डा. सन्दुक रुइतले पुस्तक प्रकाशन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै बारबरा फाउण्डेसनले गरेका र आगामी दिनमा गर्न गइरहेका गतिविधिहरुबारे छोटकारीमा प्रकाश पारेका थिए ।

त्यस अवसरमा पुस्तकका लेखक दीपा दाहालले पुस्तक प्रकाशनका पृष्ठभूमिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमका रोचक पक्ष सभापति, अतिथिहरुलाई मञ्चासन गराउने र लम्बेतान भाषण गराएर दर्शकश्रोतालाई दिक्क पार्ने परम्परागत ढर्रालाई अपनाइएको थिएन । सोही सन्दर्भमा डा. रुइतले उपस्थित सबै कार्यक्रमका अतिथि रहेको बताउँदा हलमा मज्जाले ताली बजेको थियो ।
उक्त पुस्तकको सहप्रकाशकमा फाइनप्रिन्ट रहेको छ ।
हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
प्रतिक्रिया