किन प्राणीहरुले लामो यात्रा गर्ने गर्छन् ?

तपाईं–हामी धेरैले गौंथली देखेका छौं, चिनेका छौं । धेरैले याद पनि गर्नु भएको छ होला– यो चरा केही समयको लागि मात्र देखिने गर्छ र पछि आफैं हराएर जाने गर्छ । किन यो चरा केही समयको लागि मात्र देखिने गर्छ ? अरु बेला यो चरा कहाँ जान्छ त ? तपाईं–हामीमध्ये धेरैको मनमा यो प्रश्न स्वभाविक रुपमा उठ्ने गर्छ ।

वास्तवमा संसारमा यस्ता धेरै प्राणीहरू छन्, जो केही समयको लागि मात्र एक ठाउँमा बस्ने गर्छन् । यिनीहरू एक ठाउँबाट अर्को ठाउँ यात्रा गरिरहेका हुन्छन् । विशेष गरेर यिनीहरू एउटा समूह बनाएर लामो यात्रा गर्ने गर्छन् । कोही खानाको खोजीमा यात्रा गर्ने गर्छन्, कोही जाडोबाट बच्नका लागि यात्रा गर्ने गर्छन् । माछाहरू भने आफ्नो बच्चा जन्माउनका लागि सफा पानीको खोजीमा यात्रा गर्ने गर्छन् ।

एक मान्यताअनुसार उनीहरू बसिरहेको ठाउँमा दिन कम हुने भएकोले उनीहरू यात्रा गर्ने गर्छन् । विषेश गरेर भूमध्यरेखामा दिन केवल बाह्र घन्टा मात्र हुने भएकोले त्यहाँ बस्ने चराहरू अरु ठाउँमा यात्रा गर्ने गर्छन् । भूमध्यरेखाभन्दा माथि गर्मीको बेला दिनको लम्बाई करिब १४ देखि १६ घन्टासम्म हुने गर्छ ।

अर्को एक मान्यता अनुसार ध्रुवीय क्षेत्रमा बस्ने चराहरू भने चिसो मौसममा अत्यन्त जाडो हुने भएकोले तातो ठाउँको खोजीमा यात्रा गर्ने गर्छन् । यसरी विभिन्न चराहरूको यात्रा गर्नुको उद्देश्य र कारणहरू फरक फरक हुने गरेको छ ।

जनावरहरू पनि मौसम अनुसार वासस्थान र खानाको खोजीमा बसाइँसराइ गर्ने गर्छन् । त्यसै गरी, माथि पनि भनियो, माछाहरू पनि बसाइँसराइ गर्ने गर्छन् । तर जनावरभन्दा पनि धेरै बसाइसराइ गर्ने जीवमा चाहिँ  चराहरू नै पर्दछन् ।

त्यसरी एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्दा उनीहरू सधैं एकै बाटोमा यात्रा गर्ने गर्छन् । यात्रा गर्दा यिनीहरूले आफ्नो गन्तव्यको दिशा कसरी पत्ता लगाउँछन् भन्नेबारे धेरै वैज्ञानिक अध्ययनहरू भएका छन् । ती अध्ययनहरूबाट पत्ता लागेअनुसार चराहरू दिनमा सूर्यको मद्दतले बाटो पत्ता लगाउँछन् । रातमा भने ताराको मद्दत लिने गर्छन् । यति मात्र होइन, उनीहरू हावाको बहावको मद्दतले पनि आफ्नो वासस्थान पत्ता लगाउने गर्छन् ।

त्यसरी लामो यात्रा गर्ने केही प्राणीहरूका बारे केही तथ्य यहाँ प्रस्तुत गरिएको छ:

उडेर यात्रा गर्ने

दूरी

यात्रा गर्ने ठाउँ

कुकु चरा

८,००० माइल

युरोपदेखि दक्षिण धुव्र

गौंथली

१४,००० माइल

युरोपदेखि अफ्रिका र एसिया

पुतली

२,००० माइल

क्यानाडादेखि क्यालिफोर्निया

पौडेर यात्रा गर्ने

दूरी

यात्रा गर्ने ठाउँ

सालमोन

४,००० माइल

उत्तरी युरोप र अमेरिकादेखि आन्ध्र महासागर

इल

६,००० माइल

सारगासा समुद्रदेखि युरोप र उत्तर उत्तरी युरोप

व्हेल

८,००० माइल

हिन्द महासागरदेखि आन्ध्र महासागर

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।