समाजमा प्रचलित हाम्रा अप्रजातान्त्रिक बानीबेहोराहरू

विषय प्रवेश

प्रजातन्त्रका हल्लाहरू त बेला बेला हवाइजहाज चढेर उनेजाने गरेकै हुन् नेपालमा, तर हामी नेपालीहरूले अझै प्रजातन्त्रको स्वाद पाएका छैनौं र यसलाई जीवनशैली बनाउनेतर्फ त हामीले सोच्न पनि भ्याएका छैनौं । हामी अझै मध्ययुगका अँध्यारा खाडलहरूमा छौं र सामन्त नायकहरूलाई प्रसन्न गराउन तिनका चाटुकार पण्डितहरूद्वारा निर्मित पुराणहरूमा वर्णित नैतिकताहरूलाई नै मानसिकता बनाएर बाँचिरहेका छौं । शार्गलाई सम्पन्नतामा र शासित जनसाधारणलाई विपन्नतामा राख्न बनाइएका हिन्दू दर्शन, धर्मशास्त्र पुराण र स्मृतिहरूकै भूलभुलैयामा हामी जसम्म शक्तिमा रहेकालाई ईश्वर र शक्तिहीनलाई क्रीतदासतुल्य मानेर दानुसार व्यवहार गर्दै एका छौं । हामीले फूजस्तै मानवसित मानवीय सम्बन्ध शैलीको व्यवहार गर्ने वातावरण द्यावधि पाएका छैनौं र यसले एक स्वाभिमानपूर्ण सभ्य समाजमा हुर्केका जागरूक मानिसका दृष्टिमा हाम्रा बोलीबचन, चालचलन र विचार व्यवहारहरू उदेक लाग्दा पनि हुन सक्छन् । मानिसले मानिसका अगाडि तारु बाँस जत्तिकै निहुरिनु पर्ने, निहुरिएर बिन्ती चढाउनु पर्ने र बोलीमा पनि हजूर, सवारी होस्, मर्जीहोस्, ज्यूनार होस्, इस्योस, खाइस्योस्, बक्स्योस्, राज होस् जस्ता शब्दहरूको प्रयोग गर्नुपर्ने 'शिष्टता' एकातिर छ भने आफूभन्दा बुढापाका मानिसलाई नोकर चाकरका रूपमा ए रामे, ए विस्ने, तँ यता इज, तँ उता जा, भन्ने जस्ता 'शिष्टता' देखाउन पाइने परिपाटी पनि हामी कहाँ छ । यी दुई तिहरूप्रति ध्यान प्रदान गर्दै समाजमा प्रचलित केही जीवनशैलीहरूलाई यस लेखमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि

'हिन्दू' ऐतिहासिक परम्परा वर्णाश्रम धर्म व्यवस्थालाई अङ्गीकार गर्नुको कारण जातीय भावनाअन्तर्गत शूद्रहरू उपेक्षित, अपमानित र ज्ञान प्राप्तिबाट पूर्णतः वन्चित पारिए र कमारो प्रथाले सभ्यताको रूपमा स्वीकृति पायो । नारीहरू पुरुषहरूका भोग्यमा शारीरिक अस्तित्व मात्र मानिदै ए । यही मध्ययुगीन परिपाटीको निरन्तरता कायम रहेको स्थितिमा धर्माधिकारी शासकहरूद्वारा कट्टरतापूर्वक शासित रहँदै आएको अतीतको सर्वाधिक नेपाली भूखण्डमा शताब्दियौंदेखि मनुस्मृति, पारासर स्मृति, याज्ञवल्क्य स्मृति, निर्णय सिन्धु, धर्म सिन्धु दिका आधारमा जनताका कर्तव्य अकर्तव्यको निर्णय गरिने परम्परा रहेको छ । ती धार्मिक स्थापनाका सूत्रहरूले राजनीतिलाई वशवर्ती गराउँदै जनतामा समकालीन यथार्थ राजनीतिबोध कुण्ठित गराएर धार्मिक अन्धविश्वासहरूलाई नै जीवनशैली निर्धारित गरी तदनुसार 'पथ प्रदर्शन' गरिदै आएको छ । यसै राजनीतिक परिप्रेक्ष्यमा नेपालमा विभिन्न वंशहरूको शासन पछि राणा शासकहरूले आफूलाई स्थापित र प्रतिष्ठापित गर्ने मौका पाएका थिए, जसलाई नेपालमा सामन्तवादको 'स्वर्णयुग' भन्न सकिन्छ ।
२००७ सालअघि १०४ वर्षदेखि शासनसत्ताको उपभोग गर्दै आएका राणाहरूको शासनकालमा नेपालीहरू जनता होइन, निरीह रैती थिए । रैती जसको कुनै सम्मान थिएन, व्यक्तित्व र पहिचान थिएन । भूदासको जस्तो अवस्था थियो । आफ्नो रगत पसिनाद्वारा आर्जित सम्पत्ति र स्वयं आफ्नो ज्यानमाथि पनि फ्ना अधिकार थिएन । “ज्यू धन सरकारको" भनिन्थ्यो, सरकारी उत्पीडनको विरूद्ध सोच्नु पनि पाप थियो, अपराध थियो, राणाहरू रैतीलाई आफ्नो क्रीतदास सम्झन्थे । बूढो अनुभवी ज्ञानगुण सम्पन्न जस्तोसुकै होस् रैती भनेपछि त्यसलाई राणाहरू बोलचालमा सम्मानित र मानवतापूर्ण शब्दहरूको प्रयोगसम्म पनि गर्दैन थिए । रैती 'तँ', 'तिमी' भनिन्थ्यो । 'तपाईं' कहिल्यै भनिदैनथ्यो । जुनसुकै हुकुम दिन पनि सकिन्थ्यो । रैतीले निरन्तर रहेर हुकुम शिरोपर गर्नुपर्थ्यो । “हकुमको जवाफ छैन" भन्ने लोकोक्ति नै प्रचलित भएको थियो । राणाहरू आफैंले बनाएका नियम कानूनहरू पनि हुकुमका अगाडि निष्क्रिय हुन्थे । राणा सरकार र तिनका भाइ भारदारका अगाडि नेपाली रैतीहरूले तारु बाँस जत्तिकै निहुरिएर झुक्नु पर्थ्यो । स्वस्ति सलाम र प्रणाम गर्नु पर्थ्यो । बाटोमा पर कतै कुनै पनि राणालाई देख्ने वित्तिकै ओरैबाट रैतीले जय जयकार मनाउनु पर्थ्यो । आत्तिएर ती रैतीहरू राणाहरुका चित्र र सालिकलाई समेत झुकेर नमस्कार गर्ने गर्थे । किताब लेख्नु पर्दा लेखकहरुले तिनै राणाहरुको प्रशस्ति लेख्नु पर्थ्यो । राणाहरु मुलुक र जनताका स्वामी मानिन्थे । मुलुक र जनताभन्दा ठूला मानिन्थे । ऐन कानुनभन्दा माथि मानिन्थे । उनीहरूले जे गरे पनि खतबात थिएन । राणाहरूको आलोचना गर्नु भयङ्कर अपराध मानिन्थ्यो । रा विप्लव मानिन्थ्यो । देशद्रोह मानिन्थ्यो । राणाले जनसाधारणलाई कुनै पनि लहडअन्तर्गत मारिदिन पनि सक्थ्यो । यस्तो मारिनु गैरकाननी थिएन । राणाको विरूद्ध कुनै अदालतमा आवाज उठाउने स्थिति रैतीले पाएका थिएनन् । राणाहरू देश, जनता, नीति र कानूनभन्दा माथि थिए । उनीहरू आफूलाई ईश्वरको अवतार सम्झन्थे । ती वतारी ईश्वरको पूजा सम्मान गर्नु नै रैतीहरूको धर्म तथा कर्तव्य थियो

राणाहरू आफैले बनाएका नियम कानूनहरू पनि हुकुमका अगाडि निष्क्रिय हुन्थे । राणा सरकार र तिनका भाइ भारदारका अगाडि नेपाली रैतीहरूले तारु बाँस जत्तिकै निहुरिएर झुक्नु पर्थ्यो । स्वस्ति सलाम र प्रणाम गर्नु पर्थ्यो । बाटोमा पर कतै कुनै पनि राणालाई देख्ने वित्तिकै ओरैबाट रैतीले जय जयकार मनाउनु पर्थ्यो । आत्तिएर ती रैतीहरू राणाहरुका चित्र र सालिकलाई समेत झुकेर नमस्कार गर्ने गर्थे ।

यस्तो स्थितिलाई राणा शासन भनिन्थ्यो । राणातन्त्र भनिन्थ्यो । यस्तो व्यवस्था मास्न र मुलुकमा जनताको प्रजातन्त्र स्थापना गर्न केही नेपाली शुरवीरहरुले इस्वी. वीसौं शताब्दीको पूर्वार्धको अन्ततिर वाज बुलन्द गर्न थाले । यसवापत केही शुरवीरहरुको ज्यान पनि गयो । शहीदको रगतले नेपाली जनमानसलाई उत्तरोत्तर प्रेरित  र उत्तेजित पार्दै गयो । राणाको जहानिया शासनले मुलुक र जनता लुटिएको देखेर नेपाली जनता विशे रूपमा जुर्मुराउन थाले । देशभक्तिको बलिदानी भावना जनतामा व्यापक हुँदै गयो । यो लहर व्यापक हुन नपाउँदै संयोगव दिल्ली सम्झौता भयो । १०४ वर्षको क्रुर राणा शासनको अन्त्य भयो तर नेपाली जनताले वास्तविक प्रजातन्त्र भोग्न पाएनन् ।

विगतको दमनकारी शासन परम्पराले नेपाली जनताको जीवन शैलीमा छोडेको कुण्ठाको छाप मेटिन एउटा लामो प्रजातान्त्रिक परिपाटीअन्तर्गत निरन्तर अभ्यास र प्रयासको आवश्यकता थियो तर ०१७ सालमा पञ्चायती शासन व्यवस्था शुरू भयो । ०७ देखि ०१७ सम्मको १० वर्षले जनतामा प्रजातान्त्रिक जिज्ञासा मात्र उमारेको थियो, अभ्यास र अनुभव पर्याप्त हुन पाएको थिएन । ०१७ सालको सेरोफेरोबाट हुर्केको कसैले पनि प्रजातन्त्रलाई जीवनशैलीको रूपमा बुझ्न त्यति सजिलो परेन । 'सरकार' भन्ने बित्तिकै पुलिस लाठी बूट गोली इत्यादिको दमन हो भनी बुझ्न बाध्य नेपाली जनताले प्रजातन्त्र भन्नेबित्तिकै बाजागाजासहितको पंचन्याली र त्यसैमा भट्याइने नाराहरू बाहेक अरू केही बुझ्ने स्थिति रहेन । विगत ३० वर्षमा साँचो प्रजातन्त्रको उछित्तो काढ्नका लागि 'प्रजातन्त्र' शब्दको प्रयोग गरिएको, जनताकै भाग्यमा बन्चरो हान्न 'जनता' शब्दको उपयोग गरिएको, शोषणलाई मलजल पुर्याउन 'शोषणविहीन समाजको परिकल्पना, सुनाइएको, भ्रष्टाचार कमिशन गिरी र तस्करीलाई संस्थागत बनाएर विभिन्न चाडपर्वमा त्यसको विरुद्ध शान्तिपाठ गराइने गरेको र राष्ट्रियताका बोक्राहरू भिरेका अराष्ट्रिय चिन्तनलाई राजनीतिक अखडामा निरन्तर व्यायाम गराइएको पृष्ठभूमिमा जनताले बुझेको प्रजातन्त्र र प्रजातान्त्रिक मर्यादा कस्तो हुन्छ ? यो विचारणीय छ ।

हामीले यथार्थ जीवनमा प्रजातान्त्रिक वातावरणको स्वाद लिन पाएका छैनौं र आफ्नो जीवनमा प्रजातान्त्रिक शैलीलाई स्थापित गर्न पनि सकिरहेका छैनौं । त्यसैले हाम्रा संस्कारमा थुप्रै अप्रजातान्त्रिक बानी बेहोराहरूले श्रय पाएका छन् ।

प्रजातन्त्र भनेको जनताले जनताद्वारा जनताकै निम्ति चलाइने शासन व्यवस्था हो र साँचो प्रजातन्त्रमा कोही दास हुनुपर्ने स्थिति रहँदैन । मानिसलाई मानिसले समानताका आधारमा सम्मान गर्छ । जात वा सम्मानका दृष्टिले कुनै पनि व्यक्ति जन्मजात ठूलो र सानो मानिने गर्दैन । समाजमा शोषण, अन्याय र अत्याचार कायम रहने र शक्ति तथा सत्तामा रहेकाले जनसाधारणलाई पेल्न पाइने स्थिति रहँदैन । यसै भएर एक मान्छेले अर्को मान्छेको अगाडि त्तिएर गिडगिडाउनु पर्ने, धनुबाण बनेर झुक्नु पर्ने र श्रद्धा भक्तिपूर्वक अभिवादन टक्र्याउनु पर्ने जरूरत पर्दैन । शक्ति र सत्ताका धारमा एउटा मानिसले अर्को मानिसको व्यक्तित्वको अवहेलना गरेर सम्बोधन गर्न पाइँदैन । कानूनका अगाडि नागरिकहरू सबै समान हुन्छन् । गल्ती त्रुटी गरेमा जसको जसले पनि आलोचना गर्न पाइन्छ । अपराध गर्ने छुट कसैलाई हुँदैन ।

हामीले यथार्थ जीवनमा प्रजातान्त्रिक वातावरणको स्वाद लिन पाएका छैनौं र आफ्नो जीवनमा प्रजातान्त्रिक शैलीलाई स्थापित गर्न पनि सकिरहेका छैनौं । त्यसैले हाम्रा संस्कारमा थुप्रै अप्रजातान्त्रिक बानी बेहोराहरूले श्रय पाएका छन् । यथार्थमा त्यस्ता बानीहरू हाम्रा फ्नै परिवेश र वातावरणका उपजहरू नै हुन् । सामाजिक राजनीतिक पृष्ठभूमिमा उम्रेर झाँगिएका झाडीहरू हुन् । यसै परिप्रेक्ष्यमा हाम्रो पारिवारिक र सामाजिक जीवनमा विद्यमान केही अप्रजातान्त्रिक बानी बेहोराहरूलाई हेरौं ।

घरपरिवारमा
बिन्दुमा सिन्धु प्रतिविम्बित भए जस्तै हाम्रो घर परिवारमा नै पनि राष्ट्रिय जीवनशैली प्रतिविम्बित भएको हुन्छ । सरकारले जनतासित जस्तै घरका मूलीले पना परिवारसित गरिने व्यवहारमा विचार विवेक र सिद्धान्तहरु सबै प्रतिविम्बित भएका हुन्छन् । हाम्रा नेपाली-परिवारहरूमा अधिकार जति सबै घरमूलीमा केन्द्रित रहेको हुन्छ । घरमूलीले सबै व्यवहारिक कुराहरू पना परिवारमा सम्पूर्ण सदस्यहरूलाई राखेर सुनाउने र छलफल चलाउने गर्दैन । बहुमतको सम्मान र ल्पमतको कदर गर्ने परिपाटी कतै भेटिँदैन । परिवारका अतिथि तथा भविष्यका कर्णधार बालबालिकाहरूमाथि दरपूर्ण व्यवहार गरिँदैन । केटाकेटीको व्यक्तित्वको पूर्ण वेवास्ता गरिन्छ । खालि ठूलावडाको सल्लाहको मात्र खायस गरिन्छ । परिवारमा महिलाहरू पनि त्यत्तिकै हेपिएका हुन्छन् । तिनीहरूको व्यक्तित्वको सम्मान गर्ने परिपाटी नै छैन ।

कुनै भलादमी पाहुना बनेर कसैको घरमा पुग्छ भने ऊ त्यहाँको मूलीसित कुरा गर्छ । मानौं उसका लागि भान्सा तयार गर्ने महिला चाहिँ कुनै मानिस होइन । ऊ खाना खान्छ र तिन महिलाले सफा गर्न जूठा भाँडाहरू सरक्क छोडेर जुरूक्क उठ्छ, खुरूक्क चुठ्छ र फरक्क फर्केर मूलीसित गफ चुट्न थाल्छ । न त भलादमीले आफ्नो फोहर फैंले सफा गर्छ न त अरूले गरेकोमा धन्यवाद दिनेसम्मको वश्यकता नै महसूस गर्छ । घरका केटाकेटीहरू नजिकै ए भने त्यो भलादमी आफ्नो बडप्पन देखाउन कि त केटाकेटीहरूलाई हप्काउँछ कि त बड़े बाबूलाई चाकडी देखाउन केही कृत्रिम शब्दहरूको प्रयोग गर्छ । घरका जेठा बाठा ठूला ठालुहरू पनि महिला र बाबालिकाहरूसित निष्ठूरी व्यवहार गर्छन् । केही प्रश्न सोधिए भने 'तँलाई के वास्ता!' भन्ने जवाफ दिन हमेसा तयार रहन्छन् ।

फूलाई ठूलै प्रजातन्त्रवादी हुँ भनी हाँक हाँक्नेहरू पनि आफ्ना नोकर चाकरहरूसित सज्जन बनेर व्यवहार गर्दैनन् । गरीबीको कारण श्रम बेच्न बाध्य भयो भन्दैमा उसको त्मामा कुल्चिने धिकार धनीले पाएको हुँदैन भन्ने र्क ती मालिकहरूमा उम्रेको देखिँदैन ।

ठूला वडाहरू परिवारमा साना केटाकेटीहरूको त पाइला पाइलामा गल्ती र खोटहरू देखाउँछन् तर पना त्रुटीहरूबारे खुला दिलले अरूका अगाडि कुरा गर्न कहिल्यै आँट गर्दैनन् । कुनै पनि विषयको निर्णय लिनुपर्दा परिवारका मूलीले आफ्नै  कांक्षालाई प्राथमिकता दिन्छ, अरूका कुरा सुन्दैन । मूलीको निर्णयलाई चित्त बुझी नबुझी बाँकी परिवारले मान्नै पर्छ । नत्र उसले घोक्रेठ्याक लगाउन सक्छ। यसरी प्रायः घर परिवारमा सम्पूर्ण सदस्यहरू मूलीकै इच्छा आकांक्षामा चल्न बाध्य बनाइन्छन् । धिकारको केन्द्रीयता विशेष बलियो रहेसम्म सबैले प्रजातन्त्रको उपभोग गर्न पाएका हुँदैनन् भन्नेतर्फ घरमूलीले कहिल्यै विचार गर्दैन । मूलीका विचारमा ऊ बाहेक उसका परिवारमा सबै बेठीक हुन्छन् । अधिकार पनि उसले पाए पुग्छ अरूले अधिकार पाउनुपर्ने कुनै जरूरत नै रहने गर्दैन । महिला र केटाकेटीपछि डे बाबूका घर परिवारमा अत्यन्तै शोषित पीडित जीवन नोकरको हुन्छ । नोकर केटाकेटीहरू त मालिकका दृष्टिमा मानिस नै होइनन् । फलामका गधाहरू हुन् । मालिकको मनसाय बुझेर काम गर्न भने ती नोकर केटाकेटीहरूले सारै चलाख हुनु पर्छ । बोलाउँदा नाम समेत बिगारेर अपमानसाथ बोलाइन्छ । चर्का चर्का कामहरू दिइन्छन् । खाने बेला तिनैका भागमा मीठो मसिनो राम्रो रसिलो क्यै पनि हुँदैन । फुलाई ठूलै प्रजातन्त्रवादी हुँ भनी हाँक हाँक्नेहरू पनि आफ्ना नोकर चाकरहरूसित सज्जन बनेर व्यवहार गर्दैनन् । गरीबीको कारण श्रम बेच्न बाध्य भयो भन्दैमा उसको त्मामा कुल्चिने धिकार धनीले पाएको हुँदैन भन्ने र्क ती मालिकहरूमा उम्रेको देखिँदैन ।

चाहे जाडोयाम होस् चाहे गर्मी, चाहे भयानक खडेरी होस् चाहे वर्षा, बिहान राती नै उठेर घर करेसा सफा गर्ने, बस्तुभाउलाई घाँस पानी दिने, पंधेराबाट पानी सार्ने, चिया चमेनाको बन्दोबस्त गरेर घर परिवारलाई खुवाउने काम घरमा प्राय: नारीले गर्छन्, बुहारीले गर्छन् । गाउँबस्तीमा घरको काम बिहानै सकेर बनबाट घाँसको भारी उतार्ने खाना पकाएर बेलैमा श्रीमानजी लगायत परिवार सबैलाई टक्रयाउने काम पनि बुहारीकै हुन्छ । कति परिवारका श्रीमानहरू, सासुसुराहरू, रातभरि कोपरामा पिसाब गर्छन् । दिउँसो कोपरामै हात मुख धुन्छन्, कोपरामै चुठ्छन्। मैला कपडाहरू धुने, जुठाभाँडाहरू माझ्ने मात्र हैन निरन्तर कोपरा फाल्ने ठेक्का पनि त्यसै बुहारीको हुन्छ । गाउँ बस्तीका धनीमानी र ठूलाठालु परिवारमा श्रीमानरू शारीरिक काम गर्दैनन् बुढी माले खलाँती बनेर भात पकाएको, भाँडा माझेको देख्दा तन्देरी छोराको हृदयमा विवेक पलाउँदैन । हिन्दूधर्मीहरू बहिनीलाई मालाई ढोग्नु पर्छ भन्छन्, चाडपर्वमा वर्षको एक दुई पटक ढोग्छन् पनि तर कोपरा फ्याँक्ने, जूठो माँझ्ने काम भने तिनै आमा  बहिनीलाई पनि निर्धक्क लगाउँछन् । श्रीमती मात्र हैन मा बहिनीहरू पनि पीडित छन् ।

शहर बजारमा पनि प्रकारान्तरले यो चलन चालु छ । लगातार चिया पकाउने, खाजा बनाउने, खाना ठीक पार्ने भाँडा फला गर्ने र घरका कोठाहरु–विछ्यौनाहरु र अन्य कपडाहरु सफा गर्ने कामले गृहणीको कम्मर सोझिन पाउँदैन । घर मालिकले अफिस जाने आउने र साथीहरू थुपारेर गफ हाँक्ने बाहेक घरायसी काममा सहयोग गर्न तिर ध्यान दिँदैनन् । साना साना बालबच्चाको स्याहार संभार र हेरचाह गर्ने काममा पनि गृहिणीलाई सहयोग दिन घरमालिक कहिल्यै तैयार रहँदैनन् । पाहुना उँदा टार्ने पुर्याउने कामदेखि लिएर घर व्यवहारमा सबैतिर दृष्टि पुयाउने र ढाक्ने काम घरमा नारीहरूद्वारा चलेको पाइन्छ ।

कसैले जुठा भाँडा माझेको देख्दा वा श्रीमतीको साडी धोई दिएको देख्दा चाहे तो काम श्रीमती विरामी परेको वा सुत्केरी भएको अवस्थामा गरिएको किन नहोस् त्यस्ता श्रीमानलाई जोईटिंगरे भनेर भित्री मनमा खिसीट्यूरो गर्ने मनोदशा शहरदेखि गाउँ बस्तीसम्म जताततै छ ।

धुनिक शिक्षित दीक्षित परिवारहरूमा पनि नारीहरू परिवारका समान सहयोगी र समान मूल्यका सदस्य साबित हुन सकेका छैनन् । जागीर खाएर श्रीमान सरह बेतन कमाए पनि श्रीमतीको दर्जा परिवारमा दोस्रै छ । श्रीमानका खुट्टामा श्रीमतीले निधार जोतेर ढोक्नै पर्छ । जुठा भाँडाहरू एक्लै भएर माझ्नै पर्छ । सफा सुग्घर गर्ने काममा एक्लै जुट्नै पर्छ । नानीको ची नानीको बुबाले धुँदैनन् । नोकर चाकर राख्ने र मान्छेले मान्छेलाई हेप्ने, शोषण गर्ने सम्पन्न परिवारभन्दा बेग्लै सामान्य परिवारमै पनि घरायसी काममा श्रीततीलाई सघाउने समझदार श्रीमानहरू प्रायः भेटिदैनन् । कसैले जुठा भाँडा माझेको देख्दा वा श्रीमतीको साडी धोई दिएको देख्दा चाहे तो काम श्रीमती विरामी परेको वा सुत्केरी भएको अवस्थामा गरिएको किन नहोस् त्यस्ता श्रीमानलाई जोईटिंगरे भनेर भित्री मनमा खिसीट्यूरो गर्ने मनोदशा शहरदेखि गाउँ बस्तीसम्म जताततै छ । सामाजिक सांस्कृतिक संस्कार में दासतामुखी भएकोले कुरा र चिन्तनमा केही फेरिएकाहरूले पनि व्यवहारमा आफूलाई फेर्न सजिलो परेको देखिँदैन ।

सामन्ती संस्कारकै प्रधानता रहेको हाम्रो समाजमा बाबूको सम्पत्तिमा समान हक हुनुको कारण र विवेकशील प्रजातान्त्रिक मानसिकता नबन्नुको कारण दाजु भाइहरू बीच साम्पत्तिक लोभ इर्ष्याले भित्रभित्रै वैमनस्यता बढिरहेको पाइन्छ । प्रत्येक छोरोले बाबूको सम्पत्ति फै बढी पाउन चाहन्छ । स्वावलम्बन र पुरुषार्थका चिन्तनहरू त टाढाकै कुरा भएका छन् । फ्नो लाटो र अपांग भाइलाई पैत्रिक सम्पत्ति अलि बढी दिउँ भन्ने हैन, कसरी खुत्रुक्कै पारुँ भन्ने तिर दाइले सोच्ने परम्परा छ । छोरीहरू त परिवारमा पराइ जत्तिकै छन् । सम्पत्तिमा दाजु भाइसरह अंश पाउने हक अधिकार दिदी हिनीहरूको पनि स्थापित छैन । बाबुको सम्पत्तिमा छोराछोरीको अधिकार पूर्णतः समान नभएसम्म र छोरीहरूले जातकुल इत्यादिको परम्परागत न्धन तोडेर आफ्नो जीवनसाथी फैले रोज्ने अधिकार र सो धिकारको निर्धक्क उपभोग गर्ने वातावरण नपाएसम्म परिवार तथा समाजमा नारीहरूका निमित्त प्रजातान्त्रिक परिपाटी स्थापित भएको मान्न सकिदैन ।

नेपालका बहुसंख्यक घर परिवारहरू गुन्द्रक खाँदेको घैंटोको जस्तो मुखस्थिति लिएर बाँचेका छन्। घरको मूली अप्रजातान्त्रिक रहेसम्म र उसले रूलाई सागपात सम्झर गुन्द्रककै घैंटोमा खाँदेसम्म चिन्तन र व्यवहारको शृङ्खलामा परिवर्तन संभव पनि देखिदैन

यथार्थमा नेपालका बहुसंख्यक घर परिवारहरू गुन्द्रक खाँदेको घैंटोको जस्तो मुखस्थिति लिएर बाँचेका छन्। घरको मूली अप्रजातान्त्रिक रहेसम्म र उसले रूलाई सागपात सम्झर गुन्द्रककै घैंटोमा खाँदेसम्म चिन्तन र व्यवहारको शृङ्खलामा परिवर्तन संभव पनि देखिदैन शक्तिशाली रहेसम्म बाबुले छोरालाई हेप्छ । मस्ती गरेर बाबूको ठाउँमा छोरो मूली बनेपछि त्यसै तन्देरी छोरोले बूढो बाबु र मालाई अपहेलना गर्न थाल्छ । तिरस्कार गर्न थाल्छ । प्रजातान्त्रिक चार र व्यवहारको अभावद्वारा उत्पन्न यस विकृत स्थितिले गर्दा हाम्रा गाउँबस्ती र शहरबजार समेतमा आँसु र दुर्गन्धमा डुबेर मृत्युको उत्कट प्रतीक्षा गरिरहेका बूढाबूढीहरू भेटिन्छन् । बूढाबूढीहरुका विगतका योगदान र अनुभवहरुको मूल्यांकन गर्ने चलन तन्देरीहरुमा छैन । तन्देरीहरुको नयाँ विचारहरुको कदर गर्ने चलन प्रौढहरुमा छैन । प्रजातान्त्रिकता हाम्रा परिवारहरुमा वंशानुगत बनेर हुर्केको छ ।

समाज
अर्का छोराछोरीलाई भाँडा मझाएर फ्ना छोराछोरीलाई गतिला विद्यालयहरुमा पढाउने हाम्रो सामाजिक परम्परा अहिले सभ्यता बनेको छ । र्थिक वाध्यतावश नोकर बन्न आई पुगेका साना किशोर किशोरीहरुलाई उचित काम मात्र दिने र काम भ्याएर स्कूल जाउन् पढून् भन्ने धारणा राख्ने चलन भद्रभलादमी परिवारहरुमा पनि प्राय: देखिँदैन । त्यस्ता भद्र मालिक मालिक्नीहरु कति पञ्च हुन्छन् त कति इतर राजनीतिका नेता वा कार्यकर्ता पनि हुन्छन् । नेपालका श्रमिक बालबालिकाहरूको स्थिति र आवश्यकताबारे अनुसन्धान गरेर सुझासहित कार्यपत्र पेश गरेका विद्वान विदुषीहरु पनि हुन्छन् ।  यो यस्तो देख्दा के पनि भन्न कर लाग्छ भने हाम्रो
समाजमा धेरै जसो शिक्षित प्रतिष्ठित व्यक्तिहरुको दुइटा रुप हुन्छ - न्तरिक र सामाजिक । समाजमा उदार असल देखिएकाहरु भित्रभित्रै कन्जूस ठग बेईमान बलात्कारी पनि छन् । समाजमा मानव अधिकारका भाषण ठोकेर हिँडेकाहरु घरमा आफ्नै श्रीमती र छोराहरुलाई सामान्य निर्णयका अधिकारहरु दिनसम्म कहिल्यै तैयार नहुनेहरु पनि छन् । समाजमा न्यायप्रेमी वक्ता बनेर हिँड्ने र फ्नो सम्पर्कका लाटा सोझा सिधालाई ठगेर सम्पत्ति जोड्नेहरु पनि छन् । प्रजातान्त्रिक चारका दृष्टिले यहाँ यसै भएर पञ्च र कांग्रेसी- लाई चरित्रका आधारमा छुट्याउन पनि गाह्रो छ । कांग्रेसी र वापन्थीलाई खास खा मनोवृत्तिका धारमा छुटयाउन गाह्रो छ ।

गाउँका पुरेत पण्डितहरू पनि अप्रजातान्त्रिक चरित्रका दृष्टान्तहरू नै हुन् । जजमानकी छोरी बुहारी पाए बाँकी नराख्ने, विनाश्रमको दक्षिणा र भोजनमा हुरूक्क हुने, पुरेत पण्डितहरू आफूभन्दा बूढा पाका जजमानलाई पनि लाजै नमानी खुट्टामा ढोगाउँछन् ।

गाउँ घरतिर छरछिमेकमा र सौध सिमानामा जहिले पनि झगडा पर्छ । आफ्नोतिरको काँढा झिकेर अर्काको जग्गातिर फ्याँकिदिने, फोहर फ्याँकिदिने, फ्नो जग्गाको ढुङ्गा टिपेर अर्काको जग्गातिर फ्याँकिदिने परम्परा रहेको पाइन्छ । अलि लियाले कमजोरतिर जहिले पनि साँध मिचिरहन्छ । ठूलाबडाका लागि माथिल्लो कान्लो पनि आफ्नो तल्लो कान्लो पनि आफ्नो तर निर्धाका लागि हलचल बन्द । कतै बाटो नभए पनि पेलेर बाटो छ । कतै बाटो भए पनि पर्खाल लाएर बाटो छैन । गाउँका मध्यम र निम्न मध्यम वर्गीय परिवारहरुमा र अझ विशेषत:  उच्च जातिहरुमा यस्ता व्यवहारहरु प्रस्त देख्न पाइन्छन् । प्रधानपञ्चको खसी जहिले पनि छाडा हुन्छ । उसका गोरूले सर्वसाधारण जनताको बाली खायो भने र्मल दिन पर्दैन । पञ्चप्रधान धनी मानीले गाउँका गरीब घर परिवारका तरुनी छोरी बुहारीलाई ठट्टा गर्नु र शरीर स्पर्श गर्नु सामान्य कुरा जस्तो लाग्छ । भर्खरकी किशोरी र बालिकाहरूलाई पनि यौन उत्तेजनाका कुराहरु झिकेर जिस्क्याउने चलन निर्वाध छ ।

गाउँका पुरेत पण्डितहरू पनि अप्रजातान्त्रिक चरित्रका दृष्टान्तहरू नै हुन् । जजमानकी छोरी बुहारी पाए बाँकी नराख्ने, विनाश्रमको दक्षिणा र भोजनमा हुरूक्क हुने, पुरेत पण्डितहरू आफूभन्दा बूढा पाका जजमानलाई पनि लाजै नमानी खुट्टामा ढोगाउँछन् । खुट्टा पाएर पानी पिलाउँछन् ।श्राद्धमा पाँसुला पसारेर घिउ घसाउँछन् । जातिपातिको नाममा मानिसलाई होच्याउन त यिनीहरूको धर्म र कर्तव्यनै बनेको हुन्छ ।

धर्म र सभ्यताकाम्बरहरू नभएको जनजातीय जीवनपद्धति रू सरल र प्रजातान्त्रिक देखिन्छ ।

तुलनात्मक रूपले जनजातिहरूमा यस्ता विकृतिहरू भेटिदैनन् । जनजातिहरूको परिवारमा मूलीको चर्को एकतन्त्रीशासन हुँदैन । सबैले आाफ्नो राय व्यक्त गर्न र डान लिन पाउँछन् । लोग्ने स्वास्नी पनि असमानता देखिँदैन । दुवै एक अर्काको जुठो खान्छन् । दुवै एक अर्कालाई काममा सहयोग गर्छन् । तिनिहरूको प्रचलित भाषामा सम्मान र अपमानका होचा ग्ला सर्वनामहरू पनि हुँदैनन् । 'ए बाउ यता ' 'ए आमा त्यता जाऊ' भने पनि कुनै पमान मानिँदैन । भातलाई भुजा' र खानुलाई 'ज्युनार' भन्नु पर्ने' जरूरत ती सरल परिवारहरूमा कतै कसैले महसूस गरेको देखिँदैन । जनजातिका मानिसहरू झुरुप्प नजीक नजीक घर बनाएर बस्छन् । सेरोफेरो एउटैलाई चाहिने प्रवृत्ति तिनीहरूमा त्यतिजसो देखिदैन । साँधसिंमानाका झगडा पनि कमै हुन्छन् । नारीजीवनमा ग्ला अग्ला सतीत्वका पर्खालहरू लाउने परिपाटी पनि छैन । स्वेच्छाले केटा  रोजेर गन्धर्व विवाह गर्न सक्छन् । केटीहरू चित्त नबुझे छोड र पुनविवाह पनि गर्न सक्छन् । धर्म र सभ्यताकाम्बरहरू नभएको जनजातीय जीवनपद्धति रू सरल र प्रजातान्त्रिक देखिन्छ ।
यो त भयो गाउँको कुरा । शहरका कुरा बेग्लै छन् । हाम्रा शहरका सभ्य शिष्ट नागरिकहरू यतिसम्म 'सभ्य' र 'शिष्ट' छन् कि आफूबाहेक अरूलाई मान्छे देख्ने आँखै गुमाएका छन् । तल सडकमा मानिसहरू हिँडी रहेका हुन्छन् माथि कौशी र झ्यालहरुबाट निर्धक्कसित फोहोर फ्याँकिरहेका हुन्छन् । जोसुकैलाई जतासुकै परोस् मतलब छैन । फ्यात्त फाल्यो फुत्त भित्र पस्यो
भैहाल्छ ।

नि शिक्षित दीक्षित युवाहरू फूटपाथमा र साँगुरा गल्लीहरूमा भक्कूका राँगा जत्तिकै छाडा बनेर साकिल मोटरसाइकिल गुडाउँदछन् । कतै कसैलाई धक्का लाग्यो भने उल्टो त्यसैलाई गाली र उस्तैपरे लात पनि दिएर सुइँकुच्चा ठोक्छन् । शिष्टतापूर्वक अरूलाई पनि बाटो छोड़ने चलन छैन । गल्ती भएपछि क्षमा माग्ने चलन छैन । गल्ती गर्नु र उल्टो ग्राफै ठालू देखिन सक्नु यहाँ योग्यता मानिन्छ ।
बस चढ्दा र ओर्लँदा लान लाग्ने चलन हामीकहाँ छैन । थिच्नु मिच्नु र पेल्नु नै हाम्रो परम्परागत संस्कार हो जस्तो छ । बालक बुद्ध र निजहरूलाई धकेलेर उछिनेर बलियो अगाडि पुग्छ । हाम्रा अत्याधुनिक नवयुवकहरू यतिसम्म सभ्य बनिसकेका छन् कि कुनै विरामी, बूढाबूढी र बालकला पनि बसमा सिट छाड्न तयार हुँदैनन् । महिलाको निर्धारित सिटमा पुरूषहरू ढसमस्स स्छन् । यहाँ सहयोग र समझदारीको व्यापक अनिकाल परेको देखिन्छ ।

फूभन्दा बूढापाकाहरूलाई तिनीहरूको उमेर ज्ञान र अनुभवका धारमा मर्यादित गर्ने परिपाटी वर्तमान युवा पीढीमा छैन । सडकका मोडहरूमा उभिएर युवतीहरूलाई जिस्क्याउनु सामान्य जीवनशैली जत्तिकै बनेको छ । यसरी हाम्रो जीवन पद्धति एकातिर सामन्ती ठिहिरोले खुम्चिएको छ भने अर्कातिर धुनिकताका नाममा शहर बजारतिर आएको छाडावादी संस्कारले जथाभावी च्यात्तिएको र चुँडिएको पनि छ । नारीलाई केवल भोग्य शरीरमात्र ठान्ने चिन्तन पद्दति यस परिवेशमा उछाम वनेर फैलिएको महसूस हुन्छ ।

व्यवहार हेर्दा थाहा लाग्छ हामीकहाँ बुद्धिजीवीहरूले श्रमको कदर गर्ने र श्रमगर्नेलाई पारिश्रमिक मिलाएर दिने चलन छैन । श्रमिकलाई पारिश्रमिक दिनु दान दिनु जस्तो ठानिन्छ र सकेसम्म नदिनु दिनै परे पनि घटाएर दिनु आवश्यक मानिन्छ । साहु महाजन पुरेत पण्डित र ठूलाठालूहरूमा ति उच्चताबोधको भावना छ । उनीहरूको भनेपछि सबैले सेवा गर्नु पर्छ सबैले सित्तै काम गरिदिनु पर्छ सबैले कोसेली र नजराना टक्र्याउनु पर्छ भनी भन्छन् कसैको कुनै काम गरि दिए पछि कृतज्ञ हुनु र धन्यवाद दिनुसम्म पनि तिनीहरूको परम्परासुलभ छैन । पायो लियो खायो हिँड्यो प्रकृति नै यहाँ सभ्यता बनेको छ । आफूले माथिको चाकडी गर्न र तलकालाई आफ्नो चाकडी गराउने ढोकामा कुराउने, निहुराउने र बारंबार निहुरिदा त्यसको कम्मर दुख्यो होला भन्नेतर्फ नसोच्ने र फू ठाडो भएर र्को निहुरिएको हेर्न पाएमा मख्ख पर्ने दरवारिया चरित्र र चित्तवृत्ति सामान्य कार्यालयका हाकिमहरूमा समेत विकसित रहेको पान्छ ।

मान्छेलाई सम्पत्ति र सत्ताको डमा सारै ठूलो देख्ने र त्यस्ता 'ठूला' ले नजर मात्र लगादिए पनि 'गुन' माने 'सामन्त पीडित' मनस्थिति जस्तो राणाकालमा धियो लगभग त्यस्तै  अहिले पनि समाजको बहुसंख्यामा बिद्यमान रहेको अनुभूत हुन्छ ।

हाम्रा गाउँ र सहरका सचेत जनसाधारणहरू फूजस्तै जनसाधारण रहेर कसैले समाज र मुलुकको सेवा गरेको छ भने जिन्दगीभर गरेको भए पनि त्यसको त्यति वास्ता गर्दैनन् मोटर चढेर एकदिन गाउँ डुल्न उने शहरका मोटा घाटा सम्पन्न व्यक्तिलाई भने महापुरूष सम्झन्छन् त्यस्ता महापुरूषले मोटरबाट बाहि रनिस्केर कुनै जनसाधारणलाई सम्बोधन गर्दै उसको काँधमा त्यो सहरिया हात एकछिन राखिदियो भने बिचरो जनसाधारण यत्तिमै कृतज्ञ हुन्छ, भावविभोर हुन्छ उसका पाताला देखिका रगत नाकका टुप्पामा देखिन आपुग्छन् । मान्छेलाई सम्पत्ति र सत्ताको डमा सारै ठूलो देख्ने र त्यस्ता 'ठूला' ले नजर मात्र लगादिए पनि 'गुन' माने 'सामन्त पीडित' मनस्थिति जस्तो राणाकालमा थियो लगभग त्यस्तै  अहिले पनि समाजको बहुसंख्यामा विद्यमान रहेको अनुभूत हुन्छ ।

यो धार र्गीय हो भन्ने कुरा निम्न जाति मानिएकाहरू बीचमै पनि कतै कसैले र्थिक उन्नति गर्यो, पद प्रतिष्ठा प्राप्त गर्यो भने त्यसका परिवारमा जनजातीय सरलताहरू मेटिँदै जानु, दरवारिया शब्दविधान र कर्मारणले प्रश्रय पाउँदै जान अर्थात् भातलाई भुजा हिँड्नुलाई 'सवारी'का रूपमा बोल्न बुझ्न थालिनु र फ्नै जातिका अरु सर्वसामान्यला हेप्न थाल्नुबाट व्यक्त हुन्छ ।

विविध जात र वर्गमा विभाजित हाम्रो समाजमा शहर बजारको वाह्य परिधान हेर्दा तथागत सामन्ती सभ्यता र चिन्तनमा परिवर्तनको भास अनुभूत भए तापनि जनमानसिकताको धरातलमा उभेर हेर्ने हो भने सामान्य मानवतावादी दृष्टिकोणसम्मको विकास पाउन दुर्लभ छ । जन्मजात महान मानिएका, आदर सत्कार र पूजालायक मान्यजनहरू र जन्मजात नीच मानिएका अस्पृश्य र उपेक्षालायक निम्नजनहरू समाजमा चिन्तनको - पुरानै जगमा अडिएर बसेका छन् । यद्यपि यो धार र्गीय हो भन्ने कुरा निम्न जाति मानिएकाहरू बीचमै पनि कतै कसैले र्थिक उन्नति गर्यो, पद प्रतिष्ठा प्राप्त गर्यो भने त्यसका परिवारमा जनजातीय सरलताहरू मेटिँदै जानु, दरवारिया शब्दविधान र कर्मारणले प्रश्रय पाउँदै जान अर्थात् भातलाई भुजा हिँड्नुलाई 'सवारी'का रूपमा बोल्न बुझ्न थालिनु र फ्नै जातिका अरु सर्वसामान्यला हेप्न थाल्नुबाट व्यक्त हुन्छ । तथापि यी कुरालाई वर्गीय आधारमा बुझ्ने परिपाटी हामी कहाँ ग्राह्य बनिसकेको छैन । महान ज्ञान गुण र राष्ट्रिय अन्तर्राष्ट्रिय योगदानवापत मनमा श्रद्धा सम्मान उम्रेर हैन किन्तु भिजात कुलमा जन्मिदिएवापत सम्पन्न र पदासीन भई दिएवापत परम्पराको श्रृङ्खलामा बाँधिएर यहाँ मानिसले मानिसको खुट्टा ढोग्न पुग्नु, थर्थर कॉपेर हात जोडदै झुक्नु, अनुहारतिर होन भूमितिर नजर रालेर निश्चेष्ठ उभिनु जस्ता प्रकृयाहरू धर्म कर्तव्य र सभ्यताको रूपमा ग्राह्य बन्दै आएका छन् । जहाँ मालिक अस्मेल सम्पतिको मात्र हैन असीम अधिकारको पनि मालिक हुन्छ र नोकरले श्रम बेचेर जीविका चलाउने मात्र हैन, श्रद्धाभक्तिको पूजारी बनेर पूर्णतः त्मसमर्पण पनि गर्नुपर्छ । जहाँ सम्पन्नता र त्मोन्नतिहरू आफ्नो तपश्याको निवार्य प्राप्ति र उपलब्धिका रूपमा हैन, मालिकको प्रसन्नता र वरदानको रूपमा मात्र प्राप्त भएको मानिन सक्छ र प्रसन्नताका अभावमा प्राप्त सुरक्षित रहने प्रत्याभूति पनि छैन । यसैले यहाँ मन्दिर बनाएर मूर्ति स्थापित गर्ने र त्यस मूर्तिलाई धूपदीप नैवेध्य तथा विविध उपभोग्य सामग्रीका अतिरिक्त रगतसमेत चढाएर फूलाई कृत्यकृत्य सम्झने पौराणिक मानसिकता अजै विद्यमान छ । अझै नारीहरू देवदासी छन् र देव तथा देवदुतहरूद्वारा निरन्तर गरिने अपमान सहन गर्न र कदाचित देहव्यापार गरेर जीविका चलाउन पनि बाध्य छन्, तिनका हृदयमा पुरुष तैपनि महान छ, हुन पर्छ ।

यसरी मुलुकमा विद्यमान परिपाटीने अप्रजातान्त्रिक रहेकोले जनसाधारणले समाजका उच्चपदस्थ रिष्ठ र वरिष्ठको जीवनशैलीमा प्रजातन्त्रको दर्शन नपाउनु र आफूमा पनि विचार र चरणगत रूपमा प्रजातन्त्रसितको निकट सम्पर्क कायम भएको नपाउनु कुनै प्रत्यासित कुरो भएको छैन । यो त जस्तो मूल त्यस्तै पानी बहेको जस्तो मात्र हो ।

उपसंहार
संक्षेपमा के भन्न सकिन्छ भने सामन्ती परम्परा र परिपाटीले नै सभ्यता र संस्कृतिको रूपमा प्रमुखता पाएको वर्तमान नेपालको राजनीतिक पृष्ठभूमि समेतले समाजमा प्रजातान्त्रिक आचार विचारलाई अस्वीकार्य विधर्म जस्तै मान्दै एको समय शृङ्खलामा सामान्य नागरिकहरूको जीवनशैलीमा परिवर्तन नदेखिनु तिनीहरूको दोष मात्र होइन । सामन्ती संस्कारको चिहानमा उम्रेर झांगिनु पर्ने प्रजातान्त्रिक मूल्य र मान्यताको संस्कारलाई यहाँको जनमानसले नजिकैबाट देख्न बुझ्न र त्मसात् गर्न वातावरण पाएकै छैन । बनाएकै छैन। पौराणिक मानसिकताको मध्य युगीन जीवन दर्शनलाई १०४ वर्षको राणा शासन र त्यसपछिको सामाजिक, सांस्कृतिक र राजनीतिक यथास्थितिसमेतले जोगाउने प्रयास गर्दै आएको सन्दर्भमा जनमानस क्षतविछत पनि छ । निराशा र कुण्ठाहरुले पनि सामाजिक विकृतिको रूप लिन थालेका छन् । प्रजातान्त्रिक चार विचारको सम्भावना अझै विरामी अवस्थामा छ ।
परिवारमा प्रजातन्त्र फस्टाउन परिवार को मूली प्रजातान्त्रिक हुनुपर्दछ । समाजमा प्रजातान्त्रिक भावना चरणले गुञ्जायस पाउन स्थापित राजनीति प्रजातान्त्रिक हुनुपर्छ । यस दृष्टिकोणबाट विचार गर्दा हाम्रो समाजमा विद्यमान उच्छृंखल युवा युवतीहरू, भ्रष्ट हाकिमहरू, तस्कर राजनीतिज्ञहरू, कमिशनखोर मन्त्रीहरू, कालो बजारिया व्यापारीहरू, स्वार्थी मालिकहरू, कामचोर श्रमिकहरू, चोरहरू, डांकाहरू, गुण्डाहरू, बलत्कारीहरू मण्डलेहरू तथा शोषित, पीडित, बलात्कृतहरू र विस्थपित निर्वासित– यी सबै स्थापित राजनीतिक व्यवस्थाका उपजहरू नै हुन् । यिनै उपजहरूले यो स्थापनाको विनाश गर्ने कुरा पनि प्रत्यासित भने छैन ससारमा सबै कुरा गतिशील हुने भएकोले ढिलो चाँडो यहाँको सामाजिक, सांस्कृतिक, राजनीतिक यथास्थितिहरूमा पनि परिवर्तन लक्षित छ । समयको पदचाप सुनिन पनि थालेको छ ।

दायित्वबोध डट कमका सल्लाहकार समेत रहनुभएका शारदारमण नेपालले लेख्नुभएको प्रस्तुत लेख प्राज्ञिक पत्रिका झिल्कोको पूर्णाङ्क १३ मा प्रकाशित छ। २०४६ साल ताका प्रकाशित यो लेखको सन्दर्भले त्यसबेलाको सामाजिक–आर्थिक–राजनीतिक परिवेशलाई प्रतिनिधित्व गर्दछ । हाल त्यसबेलाका परिवेशभन्दा भिन्न केही रुपगत परिवर्तन र सुधारहरु आए पनि त्यसका सार पक्षहरु अझै यथावत नै विद्यमान रहेको  छ । यस पृष्ठभूमिमा यस लेखले उठान गरेको विषयवस्तुको सान्दर्भिकता र औचित्य अझै टड्कारो नै रहेको छ भन्ने हामीलाई लाग्छ ।