आँसु र हाँसो

नाइल नदीको किनारमा साँझपख एउटा हुँडार र गोहीको भेट भयो । उनीहरुले रोकिएर एकअर्कालाई अभिवादन गरे ।

हुँडारले सोध्यो– 'तपाईंको दिन कस्तो चल्दैछ मित्र ?'

गोहीले जवाफ दियो– 'मेरो दिन त खराब चलिरहेछ । कहिले काहीँ आफ्नो पीडामा म रुन्छु । तर सबैले सधै‌ भन्ने गर्छन् कि यो त गोहीको आँसु हो । त्यसले म अत्यन्तै आहत हुन्छु ।'

त्यो सुनेर हुँडारले भन्यो– 'तपाईं आफ्नो दु:खको कुरा गर्नुहुन्छ ! तर एकछिनको लागि मेरो बारेमा पनि त सोच्नुस् ! म संसारको सौन्दर्य, त्यसका आश्चर्यहरु र त्यसको चमत्कारहरु देखेर प्रशन्नताका कारण दिन हाँसे जस्तै गरी हाँस्ने गर्छु तर सबैले भन्ने गर्छन्– ए यो त हुँडारको हाँसो हो ।'

–खलील जिब्रान की लोकप्रिय कहानियाँबाट

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार