काठमाडौंमा ३० दिन लामो निषेधाज्ञा

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले मंसिर ४ गते एक आदेश जारी गर्दै काठमाडौंका केही तोकिएका ठाउँहरुमा जुलुस, भेला, प्रदर्शन तथा विरोधका कार्यक्रमहरु गर्न रोक लगाएको छ ।

त्यसरी निषेधाज्ञा लगाएका क्षेत्रहरुमा पद्मोदय मोडदेखि सिंह दरवार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, विजुलीबजार पुल हुँदै नयाँ वानेश्वर चोकसम्म रहेका छन् ।

आगामी मंसिर सातमा हुने भनेको दुर्गा प्रसाईंहरुको प्रदर्शन र समानान्तर रुपमा नेकपा एमाले समर्थित युवासंघले आयोजना गर्न लागेको पूर्वसन्ध्यामा यो निषेधाज्ञा जारी गरिएको छ ।

यी दुई भिन्न समूहको एकै दिन हुने प्रदर्शनले राजधानीमा भिडन्त र अराजकताको स्थिति उत्पन्न हुन सक्ने आशंका गरिएको थियो । सोही पृष्ठभूमिमा यो निषेधाज्ञा आएको हो ।

स्मरणीय के छ भने, यो निषेधाज्ञा एक महिना लामो समयावधि किटेरै लगाइएको छ । यसअघि यति लामो समयसम्म निषेधाज्ञाहरु विरलै लगाइने गरिन्थ्यो ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।