दही खानुका दश फाइदाहरु
सबैलाई थाहा छ– दही स्वस्थकर खानेकुरा हो । यहाँ दही खाँदा हुने १० फाइदाहरुलाई टिपोट गरिएको छ ।
१. पाचन प्रणालीलाई स्वस्थ राख्छ ।
२. टाइप२ मधुमेहको खतरालाई कम गरिदिन्छ ।
३. मलद्वारको क्यान्सरको सम्भावनालाई घटाइदिन्छ ।
४. हड्डीलाई मजबूत राख्छ र हड्डी मक्किने समस्याबाट जोगाउँछ ।
५. तौल घटाउन र शरीरबाट बोसो काट्न सहयोग गर्छ ।
६. हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाइदिन्छ ।
७. उच्चरक्तचापलाई नियन्त्रित राख्न सहयोग गर्छ ।
८. शरीरबाट खराब कोलेस्ट्रोललाई घटाउने तथा नियन्त्रण गर्ने काम गर्छ ।
९. हाम्रो स्वभावलाई शान्त र खुसी राख्न सहयोग गर्छ ।
१०. दुखाइ र पीडाहरुलाई कम गरिदिन्छ ।
दही थरिथरिका पाइन्छन् । तीमध्ये स्वास्थ्यको हिसाबले चिल्लो कम भएको तथा सादा (चिनी नहालिएको) दही बढी स्वस्थकर र फाइदाजनक मानिन्छ ।
सामान्यतः दही जाँडरक्सी नखानेहरु माझ प्रचलित र लोकप्रिय खानेकुरा हो । पूर्वतिर दहीका बारेमा रमाइलो ठट्टा पनि प्रचलित छ । बाहुनक्षेत्रीहरुले मतवाली (जाँडरक्सी) खानेलाई ‘तिमीहरु त अन्न पनि कुहाएर खान्छौ’ भनी व्यंग्य गर्ने गर्छन् । त्यसको जवाफमा मतवालीहरुले चाहिँ ‘तिमीहरु पनि त के कम ! तिमीहरु पनि त दूधलाई कुहाएरै त खान्छौं नि !’ भनेर हाँसोठट्टा गर्ने गर्छन् ।
पृथ्वी ध्वंशको दिशातिर: मानव अस्तित्वमाथि मडारिएको खतराको घण्टी
अत्यधिक थकान लाग्छ ? सम्झन गाह्रो पर्छ ? यस्तो हुन सक्छ कारण !
मानव स्वास्थ्य र प्रकृतिको अनौठो अचम्मको साइनो
जलवायु परिवर्तन: सुक्खा क्षेत्र फैलिँदै, पृथ्वीको ४० प्रतिशत भूभाग प्रभावित हुन…
ओरिगेनो: एक शक्तिशाली जडिबुटी
रजनोवृत्ति र मस्तिष्क स्वास्थ्य: हर्मोन परिवर्तनको प्रभाव
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
प्रतिक्रिया