दही खानुका दश फाइदाहरु

सबैलाई थाहा छ– दही स्वस्थकर खानेकुरा हो । यहाँ दही खाँदा हुने १० फाइदाहरुलाई टिपोट गरिएको छ ।

१. पाचन प्रणालीलाई स्वस्थ राख्छ ।

२. टाइप२ मधुमेहको खतरालाई कम गरिदिन्छ ।

३. मलद्वारको क्यान्सरको सम्भावनालाई घटाइदिन्छ ।

४. हड्डीलाई मजबूत राख्छ र हड्डी मक्किने समस्याबाट जोगाउँछ ।

५. तौल घटाउन र शरीरबाट बोसो काट्न सहयोग गर्छ ।

६. हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाइदिन्छ ।

७. उच्चरक्तचापलाई नियन्त्रित राख्न सहयोग गर्छ ।

८. शरीरबाट खराब कोलेस्ट्रोललाई घटाउने तथा नियन्त्रण गर्ने काम गर्छ ।

९. हाम्रो स्वभावलाई शान्त र खुसी राख्न सहयोग गर्छ ।

१०. दुखाइ र पीडाहरुलाई कम गरिदिन्छ ।

दही थरिथरिका पाइन्छन् । तीमध्ये स्वास्थ्यको हिसाबले चिल्लो कम भएको तथा सादा (चिनी नहालिएको) दही बढी स्वस्थकर र फाइदाजनक मानिन्छ ।

सामान्यतः दही जाँडरक्सी नखानेहरु माझ प्रचलित र लोकप्रिय खानेकुरा हो । पूर्वतिर दहीका बारेमा रमाइलो ठट्टा पनि प्रचलित छ । बाहुनक्षेत्रीहरुले मतवाली (जाँडरक्सी) खानेलाई ‘तिमीहरु त अन्न पनि कुहाएर खान्छौ’ भनी व्यंग्य गर्ने गर्छन् । त्यसको जवाफमा मतवालीहरुले चाहिँ ‘तिमीहरु पनि त के कम ! तिमीहरु पनि त दूधलाई कुहाएरै त खान्छौं नि !’ भनेर हाँसोठट्टा गर्ने गर्छन् ।