भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना
गत शुक्रबार राति ११:४७ मा आएको ६.४ म्याग्नेच्यूटको विनाशकारी जाजरकोट भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने निर्णय सरकारले गरेको छ ।
भूकम्प पीडितहरुलाई राहत दिनेबारे छलफल गर्न कात्तिक १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकले 'सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनःनिर्माण कार्य अघि बढाउने र पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने' समेत निर्णय गरेको छ ।
उक्त बैठकले गरेको निर्णयहरुमा भूकम्पबाट आवास क्षति भएका परिवारलालाई अस्थायी बसोबासको लागि टहराहरू निर्माण गर्ने; खोज, उद्धार, तत्काल राहत र घाइतेहरूको निःशुल्क उपचारमा प्राथमिकता दिने र भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने; मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने; भूकम्पबाट क्षति भएका सडक, सञ्चारलगायतका संरचना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।
; ; ; ;
हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
प्रतिक्रिया