प्यालेस्टाइनी जनतामाथिको युद्ध अपराधविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न
पारिजात स्मृति केन्द्रले २०८० साल कार्तिक १७ गते पारिजात स्मृति भवन, म्हेपी नयाँबजारमा प्यालेस्टाइनी जनतामाथिको युद्ध अपराधविरुद्ध कविता वाचन कार्यकमको आयोजना गर्यो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवम् कवि विमल निभाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा जनस्वास्थ्यविद्, नागरिक अभियन्ता डा. शरद वन्तले प्यालेस्टाइनीहरूमाथि इजरायलले गरेको अत्याचारको ऐतिहासिक पाटोको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा कविहरू डा. महेश मास्के, राजकुमार केसी, केशव सिलवाल, विन्दु शर्मा, लक्ष्मी रुम्बा, कौशिला रिसाल, अगिव बनेपाली, गीता त्रिपाठी, स्वप्निल स्मृति, गौरी देवकोटा, छम गुरुङ, पवन ढुंगाना, राधिका कल्पित, भोलानाथ सुवेदी, युग सर्वनाम, सुरज राना, सन्जित फलाना लगायतले कविता वाचन गर्नुभएको थियो । प्रमुख अतिथिको मन्तव्य पश्चात कवि विमल निभाले पनि आफ्नो एउटा कविता वाचन गर्नुभएको थियो ।
पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन केन्द्रका कोषाध्यक्ष डा. विन्दु शर्माले गर्नुभएको थियो ।
आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक
प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो
फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…
जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन
झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…
पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
प्रतिक्रिया