साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला: सातवटै प्रदेशमा अभियान लगिने
‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ । ‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत सो कार्यशाला सम्पन्न गरेको हो ।
महिला साइक्लिष्टको नेतृत्वमा साइकल राइड नेपाल पर्यटन बोर्डमा पुगेर कार्यशालाको समुदघाटन सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिष्ट अजय पण्डित क्षेत्री, उषा खनाल र सुरज रानालाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई साइकल खेलकूदमार्फत चिनाएकोमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय र के.के.कर्मचार्यले खाँदा ओढाएर सम्मान गरेका थिए । त्यसैगरी महिला साइक्लिष्ट सिकाइका अगुवा लक्ष्मी श्रेष्ठ र उर्मिला शाक्यलाई महिला साइक्लिट समुदाय बढाउन योगदान गरेकोमा वरिष्ठ कलाकारबाट सम्मान गरिएको थियो । प्राध्यापक अभि सुवेदीको सम्भाषणसहित क्यानभासमा स्थापित साइक्लिष्टको संलग्नतामा बरिष्ठतम कलाकार तथा सहभागीले संयुक्त रुपमा चित्रकला कार्यशालाको समुदघाटन गरेको थियो । सम्मानित साइक्लिष्टसहित पूर्वकूलपतिहरु तथा प्राध्यापक सुवेदीले संयुक्त रुपमा पानसमा बत्ती बालेर क्यानभासमा सबैले रंगहरु भर्दै सामूहिक चित्राकृति बनाएर समुदघाटन सम्पन्न गरेको थियो ।
नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा खुला चित्रकला कार्यशाला साँझसम्म आयोजना गरिएको थियो । ३३ जना कलाकार सहभागी रहेको सो कार्यशालामा एक जना कलाकारबाट दुईवटा क्यानभासमा चित्रकृति तयार पारी करिब ५० देखि ७० वटा चित्रकृति तयार गरिने लक्ष्य राखिएको थियो । सो कार्यशालामा वरिष्ठ चित्रकार शशिविक्रम शाहले घरबाटै चित्रकृति बनाई कार्यशालामा पठाउनु भएको थियो भने अन्य वरिष्ठ कलाकारहरुले पनि चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम भइरहेको छ । सबै कलाकृति जम्मा गरेर क्याटलग प्रकाशनसहित नेपाल कला परिषद्मा प्रदर्शनी गरिने लक्ष्य रहेको कुरा सो कार्यशालाका संयोजक डा तारालाल श्रेष्ठले जानकारी दिएका छन् ।
यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले बौद्धिक जगतसँग जोड्ने प्रयास भएको प्रतिक्रिया अतिथिहरुले दिएका छन् ।सोही अवसरमा वरिष्ठ कलाकार, साहित्यकार तथा अभियन्ताहरुले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा आमभेला तथा अन्तरक्रिया गर्ने तथा सातवटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियानलाई अघि बढाउने लक्ष्य आयोजक संस्थाले लिएको छ ।
स्मरण रहोस्, वातावरणीय न्यायको सशक्त माध्यमका रुपमा साइकल संस्कृति स्वीकार गरेर विश्व साइकल दिवस घोषणासहित संयुक्त राष्ट्रसंघले दीगो विकासको लक्ष्य तय गरेको छ । यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रीन इन्भेष्टमेन्ट’ शीर्षकमा केन्द्रित रहेको थियो ।
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध
बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …
सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त
सुकुम्बासी विस्थापनमा संवैधानिक हक र मानव अधिकारको उल्लंघन
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
प्रतिक्रिया