अन्तर्राष्ट्रिय तनहुँ समाज गठन
मूल जन्मथलो तनहुँ रहेर प्रवासमा छरिएर रहेका नेपालीहरुको जुम भेलाले तनहुँ समाज गठन गरेको छ ।
सो भेलाले राजन त्रिपाठीको सभापतित्वमा आठ महादेश वाट आठ उपाध्यक्ष, तिन सचिब, एक कोषाध्यक्ष, दुइ सह-कोषाध्यक्ष सहित संसारको विभिन्न मुलुक वाट तिस सदस्य तथा चौध सल्लाहकार समितिको गठन गरेको छ।
तनहुँको विकासमा सामूहिक योगदान गर्ने उद्देश्यले प्रेरित भएर तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको औपचारिक गठन गर्ने निर्णय समेत गरेको छ ।
संसारभर छरिएर रहेका तनहुँ निवासीहरू बिच आपसी समन्वय गर्दै तनहुँमा ज्ञान, सीप, प्रविधि हस्तान्तरण, नयाँ बजार माग अनुरूपको शिक्षा, प्राविधिक सीप विकास र स्वस्थ जस्ता विषयमा विशेष जोड दिँदै तनहुँको समग्र विकासमा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भूमिका खेल्ने गरी उक्त समाजलाई औपचारिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य समेत राखिएको छ ।
कार्यक्रममा विदेशमा रहेर तनहुँ र नेपाललाई संसारभर चिनाउन अतुलनीय भूमिका खेल्ने डाक्टर केशव पौडेल, डाक्टर अलिनी पोख्रेल, वेद राज पराजुली, नेम थापा, विशाल गुरुङ आदिले सम्बोधन गरेका थिए । भेलामा डाक्टर बच्चु कैलाश कैनी प्रमुख अतिथि रहेका थिए। तनहुँ समाज अमेरिकाका सभापति किरण पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
प्रतिक्रिया