पायलट बाबाको आध्यात्मिक शिविर हुने
'ध्यान-योग तथा समाधि' विषयमा महायोगी पायलट बाबाको ५ दिने आध्यात्मिक शिविर नेपालको चितवन जिल्लामा हुने भएको छ। उक्त शिविर मङ्सिर ८ दिख १२ सम्म चितवनको 'लेक ट्वेंटी थाउजेंड फार्म एंड रिट्रीट रिसोर्ट'मा हुनेछ । त्यसका लागि पाइलट बाबा मंसिर ६ गते चितवन आइपुग्ने कार्यक्रम छ ।
हरिद्वार स्थित पायलट बाबा आश्रम र महायोग फाउन्डेसनले सो जानकारी दिएको हो ।
'भिजिट चितवन २४' को पुर्व संध्यामा सो शिविर आयोजना हुँदैछ ।
पायलट बाबाले 'क्लास' भन्न रुचाउने शिविर अवधिमा विभिन्न यौगिक क्रिया - मुद्रा -ध्यान विधि गराउनुका साथै योगको सूक्ष्म रहस्यबारे प्रशिक्षण दिनुहुनेछ । पाइलट बाबाको भनाइमा 'योग गर्ने भन्दा बुझ्ने कुरा हो, यसलाई बुझ्न साथ चुटकीका भरमा जीवन र सोच एवम धारणा परिवर्तित हुन्छ।'
स्मरण रहोस्, यस्ता शिविरहरु नेपालमा मात्रै विश्वका अन्य मुलुकहरुमा पनि सञ्चालित हुने गरेका छन् ।
पायलट बाबाको मङ्सिर ६ गते देखि हुने नेपाल भ्रमणमा बाबाको शिष्याद्वय महामंडलेश्वर योग माता चेतना, महामंडलेश्वर योग माता श्रद्धाका साथै शिष्या सावित्री ऐमा लगायतका अन्य थुप्रैको सहभागिता हुनेछ। बाबाको यस आध्यात्मिक शिविरका लागि भारत तथा नेपालमा संयोजनको काम नेपाली पत्रकार ज्ञानमित्रले गर्दै छन्।
हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
प्रतिक्रिया