सबैभन्दा चम्किलो तारापुञ्ज
तारापुञ्ज अर्थात् ताराहरुको झुण्ड । त्यहाँ अरबौं–खरबौंको संख्यामा हाम्रा सूर्यजस्ता ताराहरु, त्योभन्दा साना ठूला ताराहरु विद्यमान रहेका हुन्छन् । त्यसबाहेक, संख्यामा गन्नै नसकिने गरी ग्रह, उपग्रह, धूमकेतु, छुद्रग्रह लगायतका खगोलीय पिण्डहरु पनि विद्यमान हुन्छन् ।
सबै तारापुञ्जहरु चम्किलो हुने गर्छ । तर तीमध्ये पनि हालसम्म पत्ता लागेका सबैभन्दा चम्किलो तारापुञ्ज चाहिँ WISE J224607.57-052635.0 हो । यो तारापुञ्जलाई सन् २०१५ मा सबैभन्दा चम्किलो तारापुञ्ज घोषित गरिएको थियो ।
यो तारापुञ्ज हाम्रो सूर्यभन्दा ३०००००००००००००० (३०० ट्रिलियन) गुना बढी चम्किलो छ । त्यसमा रहेको हाम्रो सूर्यभन्दा १०००००००००० (१० विलियन) गुना बढी पिण्ड (mass) रहेको क्वासार (Quasar) ले पैदा गरेको प्रकाशको कारण यो यतिविधि चम्किलो देखिएको हो । ज्ञात रहोस्, यो तारापुञ्ज पृथ्वीबाट १२.५ विलियन (१२५००००००००) प्रकाशवर्ष टाढा अवस्थित छ । प्रकाशवर्ष भन्नाले प्रकाशले पृथ्वीको एक वर्षमा पार गर्ने दूरी हो । प्रकाशले प्रतिसेकेण्ड ३ लाख किलोमिटरको गतिले दूरी पार गर्छ । यो हिसाबले एक प्रकाश वर्ष बराबर करिब ९.७ ट्रिलियन (९७०००००००००००) किलोमिटर हुने गर्छ ।
photo: wikipedia
एआई : हौवा होइन, ऐना हो ! नियमन-नियन्त्रण होइन, दिशा दिनुपर्छ
पृथ्वीको शक्तिशाली खगोलीय संरक्षक बृहस्पति ग्रह
कृषि र पर्यावरणका मौन पहरेदार चमेरो
रहस्यमयी प्लुटो: हाम्रो सौर्यमण्डलको एउटा अनौठो यात्री
ब्रह्माण्डमा हाम्रो पृथ्वी र विशाल आकाशगंगाहरुको अद्भुत यात्रा
भविष्यको खतरा: एआई मोडलले सुरक्षा घेरा तोड्यो !
सूर्यको गर्भबाट पृथ्वीसम्मको प्रकाशको रोमाञ्चक लामो यात्रा
प्रतिक्रिया